विषादी प्रयोगमा न्यूनिकरणको खाँचो
काठमाडौं ५ फागुन
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले पत्रकार सम्मेलन गरी साप्ताह व्यापी विषादी प्रयोग मुक्त सप्ताह कायक्रम सम्पन्न गरेको छ । साताव्यापी गरिने उक्त कार्यक्रमलाई पत्रकार सम्मेलन निमित्त केन्द्र प्रमुख सहदेव प्रसाद हुमागाईले जानकारी गराउनु भएको हो ।
पत्रकार सम्मेलनमा पत्रकार गोपाल आलेमगरले गत आवमा भन्दा ८५ प्रतिशत जाँजपास प्रभावकारी नभएको हो की, आयत ८४ करोड पुगेको छ । सरेश कुमार यादवले सन् २०१३ देखि नेपालमा मनाईरहेको विषादीको तथ्याङ्क उपलब्ध गराएको भए राम्रो हुन्थ्यो । हिमालयन टेलिभिजन प्रमुख संवाददाता वोमलाल गिरीले खतरनाक विषादी किन नियन्त्रण भएन ?
सामुदायिक नेटवर्कका संवाददाता सिर्जना वरालले वर्षौंदेखि विषादी प्रयोग भईरहेको छ मुक्त कसरी बनाउने ? हाल छाला, मुटु रोग र क्यान्सरको समस्या भएको देखिएको छ । विषादीको प्रयोगले रगतमा समेत क्यान्सर भएको छ ।
केन्द्र प्रमुख हुमागाईले हामीलाई चिन्तित बनाएको छ । विषादी प्रयोग घटाउने उद्देश्य हो । तर पनि हाम्रो मात्र एकल प्रयास सम्भव छैन । यहाँहरूलाई सरोकारवालाको रुपमा लिएका छौं ।
८५ प्रतिशत विषादी प्रयोग गरिरहेको र प्रतिवन्धित विषादी प्रयोग भएको छैन । विषादी आयत् बढ्दो छ । अन्य देशको तुलनामा बिग्रने भने होइन । समुचित प्रयोग गर्न नसकेको कारण भएको हो र
मुख्य चुनौंती विषादी प्रयोग गर्ने किसानहरूको जनचेतनाको कमी छ । कार्यक्रम प्रप्याप्त छैन । प्रदेश नं.७ विषादी प्रयोग न्यूनिकरण गर्ने । उचित प्रयोगको विषयमा जानकारी गराउन सक्छौं । अनुगमनका कार्यक्रमहरू गरिरहेका छौं । जिल्ला कृषि विघटन पछि ज्ञान केन्द्र र स्थानीय निकायहरूमा जानु परेकाले पदपूर्ति लगायत कार्यमा अगाडि बढ्न सकेनौं । भरखरै जीवनाशक विषादी व्यवस्थापन कार्यविधि २०७६ पारित गरेको छ । विषादी प्रयोग गरिएकाहरूलाई कसुर हेरी सजाएको व्यवस्था छ । संरचना बने पछि तदारुकता साथ गर्ने छौं । हामीले कडा खालका विषादीहरू खुल्ला सीमाना र बोर्डरबाट झोलामा राखेर ल्याउने गरेको अनुमान गरेका छौं । कार्यक्रम वर्षभरी आउनुपर्ने सञ्चारकर्मीहरूको प्रश्नमा ज्ञान केन्द्रबाट कार्यक्रम अगाडि बढाउँछौं । शैक्षिक संघ–संस्था तथा विद्यार्थी, किसान लगायत जनस्तरमा कार्यक्रम गर्ने छौं । खतरनाक विषादी नियन्त्रण गर्न कृषकसम्म पुग्नु पर्ने महसुस गरेका छौं ।
राजधानी दैनिकका संवाददाता कौशिला कुँवरले किसानको चेतना के कारण कमी भएको हो ?
भन्ने पश्नमा घटाउनु पर्ने बढ्दै गएको छ । कृषकहरूलाई अझै जनचेतना पु¥याउन सकेका छैनौं । हामीले यस विषयमा सोचेजति गर्न नसकेकोमा रिलाईज गरेका गरेका छौं । कार्यक्रम खर्चको विषयमा २०१३ मा ५ लाख थियो हाल बढाएर ७ लाख पु¥याएको छ । सूचनालाई सम्प्रेशण गर्न सकिन्छ भन्ने कुरालाई ध्यान दिएका छौं । कार्यक्रम बढाउने सक्यौं भने सम्बन्धित तह कार्यक्रम लिएर जान सक्छौं । जैविक विषादी आयत् र उत्पादनको कार्यक्रम छ । हाम्रो मात्र प्रयास प्रयाप्त छैन । किसान, व्यापारी लगायत निकायलाई सञ्चारकर्मीहरूले सचेत गराउनु प¥यो ।
विषादी प्रयोग मुक्त सप्ताह २०७६ पौष २३ देखि २९ सम्म ‘‘घाटक विषादीको प्रयोग हटाऔं जैविक विविधताको संरक्षण गरौं ।’’
९ूभ्ष्mिष्लबतभ ग्कभ या ज्ष्नजथि ज्बशबचमयगक एभकतष्अष्मभकस् ऋयलकभचखभ द्यष्य(मष्खभचकष्तथू०
प्रेस विज्ञाप्ती
नेपालमा सन् १९५२ देखि मलेरिया रोग नियन्त्रणका लागि भित्र्याईएको विषादी त्यस पछिका वर्षहरूमा कृषि उत्पादनको क्षेत्रमा समेत प्रयोग हुने थालेपछि यसको मात्रा प्रति वर्ष बढ्दै गएको देखिन्छ । अन्य देशको तुलनाम प्रति ईकाई जमिनमा विषादीको प्रयोग निकै कम (३९६ ग्राम खास विष प्रति हेक्टर प्रति वर्ष) रहे पनि करिब ८५ प्रतिशत भन्दा बढी विषादी तरकारी बालीमा मात्र प्रयोग हुने गरेको पाइएको छ । गत वर्षको तथ्याङ्क हेर्दा नेपालमा ६३२.४१ टन खास विषादी आयत् भएको देखिन्छ । जसमा कीटनाशक २१६ टन, रोगनाशक २६७ टन झारनाशक १४२ टन र अन्य ५ टन रहेको छ । विषादीको आयत्को लागि करिब ८४ करोड रुपैयाँ गत वर्ष खर्च भएको देखिन्छ । विषादी मानव शरीरमा श्वास प्रश्वास प्रकृया, छालाको सम्पर्क तथा खानाको माध्यमबाट पस्ने गर्दछ । विषादीले विषादीको कारोवारमा संलग्न व्यक्ति, कृषकहरू तथा उपभोक्ताहरू सबैलाई नराम्रो प्रभाव पार्ने गर्दछ । पुरुषको तुलनामा महिला तथा बाल बालिकाहरूमा विषादीको नकारात्मक असर बढी पर्ने हुन्छ । विषादीका कारणले तत्काल असरको रुपमा मानव मुर्छा, झाडा पखाला, कम्पन, दृष्टि कमजोर तथा मृत्युसम्म ल्याउँछ भने दीर्घकालीन असरमा अन्धोपना, क्यान्सर ट्यूमर, नपुंशकता, बाँझोपन विकृति बच्चाको जन्म, शरीरका विभिन्न अंगहरूमा असर, नशा सम्बन्धी समस्याहरू जस्ता पक्षघाट लगायतका समस्या ल्याउने गर्दछ । संसारमा हरेक वर्ष ४ करोड मानिसमा विषादीले कतै न कतै र कुनै न कुनै रुपमा असर गरेको अनुमान गरिएको छ । र विश्वमा विषादीकै कारणले वार्षिक करिब ३ लाख ५५ हजार मानिसको मृत्यु हुने जनाइएको छ ।
सन १९८४ को भारतको भोपालमा विषादी चुहावटको कारणबाट भएको असरले २० हजार मानवीय क्षेति तथा ५ लाखभन्दा बढी घाइते भएको घटनालाई स्मरणगर्दै सन् १९९८ देखि एब्ल् ९एभकतष्अष्मभ ब्अतष्यल ल्भतधयचप(क्ष्लतभचलबतष्यलब०ि डिसेम्वर ३ लाई ूएभकतष्अष्मभ ग्कभ म्बथ ू विषादी प्रयोग मुक्त दिनका रुपमा विश्वव्यापी मनाउने कार्य गर्दै आएकोमा विषादीबाट हुने असरलाई अभियानको रुपमा अगाडि ल्याउन सन् २०१० देखि सप्ताहव्यापी रुपमा सञ्चालन गर्ने थालनी भए स्वरुप नेपालमा पनि यस कार्यक्रम सन् २०१३ अर्थात विगत ६ वर्षदेखि सहभागी हुँदै आएको छ । विषादी प्रयोग मुक्त सप्ताहको लागि यस वर्ष ूभ्ष्mिष्लबतभ ग्कभ या ज्ष्नजथि ज्बशबचमयगक एभकतष्अष्मभकस् ऋयलकभचख द्यष्य(मष्खभचकष्तथू घातक विषादीको प्रयोग हटाऔं । जैविक विविधताको सरंक्षण गरौं भन्ने मूल नाराका साथ भव्य रुपमा मनाउन लागिएको छ ।
खतरनाक विषादीहरू मानव स्वास्थ्य र वातावरणको लागि चुनांंैती रहेको छ । खतरनाक विषादी लगायतका रसायनहरूको मानव स्वास्थ्य र वातावरणको ख्याल नगरी उत्पादन र प्रयोग बढी रहेको छ । विषादीहरू लक्षित समस्या समाधान गर्ने भन्दा मानव, वन्यजन्तु, पानीको स्रोत, माटो तथा हावामा समाविष्ट भईरहेको छ । मौरी लगायत पराग सेचकको संख्यामा कमी आएको कारण कृषि उत्पादनमा ह्रास तथा कृषि पर्यावरणमा रहेको मित्र जीवहरूको संख्यामा कमी आउँदा र शत्रु जीवले विषादी पचाउन क्षमता विकास हुँदा विभिन्न रोगकीराहरू महामारीको रुपमा आउने गरेका छन् । ओजन तहको विनाशमा विषादीको भार ६ प्रतिशत रहेको तथ्याङ्कहरूले देखाएको छ । मानवको जीवन धान्न महत्वपूर्ण रहेको खाद्यवस्तु तथा वातावरण खतरनाक विषादीहरूको सम्पर्कबाट टाढा हुनु जरुरी देखिन्छ । स्वास्थ कृषि पर्यावरणमा खतरनाक विषादीहरू हटाई कृषि उत्पादन गर्ने र वातावरणलाई सुरक्षित राख्नु आजको आवश्यकता रहेको छ । विषादीको न्यूनतम्, न्यायोचित र सुरक्षित प्रयोगको साथै विषादीबाट पार्न सक्ने नकारात्मक प्रभाव न्यूनिकरण गर्ने व्यवस्थापन विधि, जनचेतनामूलक कार्यक्रम सञ्चालन नियमको सवलिकरण, कार्यन्वयन पक्ष सुदृढ गराउन र शत्रु जीवहरूको विवेकपूर्ण व्यवस्थापन कार्यक्रम अघि बढ्नु जरुरी छ । साथै अत्यन्त खतरनाक विषादीहरू बेचविखन तथा प्रयोगमा प्रतिवन्ध गर्ने कार्य पनि महत्वपूर्ण रहेको छ । नेपालमा पनि हालसम्म २४ वटा खतरनाक विषादीहरूको प्रयोगमा प्रतिवन्ध लगाइएको छ ।
नेपाल ध्त्इ, क्ष्एएऋ र ब्एएएऋ को सदस्य, तथा च्भ्ल्एब्ए, क्तयअपयmि, च्यततभचमबm तथा द्यबकभ िऋयलखभलतष्यल पक्षधर भएदेखि नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूबाट मानव स्वास्थ्य र वातावरण सुरक्षाको लागि विभिन्न पहल हुँदै आएको छ । अत्यन्त घाटक विषादीको प्रयोगमा प्रतिवन्ध, ऐन नियमावलीलाई कडाईकासाथ लागु गर्ने, आईपीएम कार्यक्रमलाई बढावा दिदै विषादीका विकल्पहरूलाई प्राथमिकता दिने सञ्चारमाध्यमहरूबाट विषका असरहरूबारे जानकारी दिने विषादीको सुरक्षित प्रयोग विधि बारे जानकारी गराउने लगायतका विभिन्न कार्यक्रम पनि सञ्चालन आईरहेको छन् । रासायनिक विषादीको न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य र वातावरण अनुकुल जैविक विषादी उत्पादन एवं प्रयोगका लागि नेपालको ७ जिल्लाहरूमा सामुदायिक आईपिएम स्रोत केन्द्र स्थापना गरी कृषकस्तरमानै जैविक तथा वानस्पतिक विषादीको उत्पादन कार्य भईरहेको छ । आम उपभोक्तामा विषादी युक्त तरकारी तथा फलफूल सेवनबाट हन सक्ने जोखिम न्यूनिकरण गर्ने उद्देश्यकासाथ २०७१ अषाढ ४ गतेदेखि कालीमाटी फलफूल तथा तरकारी बजारमा र २०७४ देखि देशको अन्य ६ स्थानमा विषादी अवशेष द्रुत विश्लेषण ईकाई स्थापना गरी विषादीको अवशेष विश्लेषण कार्य भइरहेको छ ।