कृषि प्रविधिसमाचार

च्याउ खेतीको विकास भारतीय च्याउ वाधक

काठमाडौं ५ फागुन देशभरिका च्याउ किसानहरू एक हौं, भन्ने नारा लिएर राष्ट्रिय च्याउ जागरण अभियान २०७६ सम्पन्न भएको छ ।
पुस ९ गते देखि २९ गते देशको विभिन्न ठाउँमा पुगेर गरिने उक्त कार्यक्रममा झापाको काकडभिट्टाबाट उद्घाटन भई काठमाडौंको खुमलटारमा आएर सम्पन्न हुने उक्त कार्यक्रममा भेटघाट, साँस्कृतिक कार्यक्रम, अन्तरक्रिया वृहद अन्तरक्रिया, च्याउ परिकार प्रदर्शनी लगायत कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा च्याउ व्यवसायीहरूले भोग्नु परेको समस्या र समाधानको विषयमा केन्द्रीत रहेर गरेको कार्यक्रममा नेपालको कृषिलाई च्याउ व्यवसायबाट पु¥याएको योगदान र भविष्यमा च्याउ उत्पादनलाई महत्व दिनु पर्ने बताएका थिए । उक्त अवसरमा पूर्व च्याउ व्यवसायी संघका अध्यक्ष चित्रराज तिमिल्सिनाले भारतको च्याउ नेपालमा आएको र नेपाली किसानहरूलाई अप्ठ्रो पारिरहेको बताउनु भयो ।
तिमिल्सिनाले ४ करोड लगानी ५० औं रोपनी मार्फत सप्लाई ८ घण्टा नेपाली च्याउ टिक्ने र ४ दिन भारतको रहने भएकोले भारतीय च्याउसँग प्रतिस्पर्धा गर्न निकै समस्या परिरहेको बताएको छ । विषाक्त च्याउ आउन नदिन कृषि आन्दोलन पूर्वदेखि पश्चिसम्म कार्यक्रम लग्नु परेको बताउनु भयो ।
कृषि परियोजना मार्फत दिइने अनुदान वास्तविक किसान नपाएको र झोले किसानले परियोजना बनाई अगाडि लान्छ ।
उत्पादनमा आधारित अनुदान दिनुपर्छ । त्यसैगरी हिपात साप्ताहिक पत्रिकाका प्रधान सम्पादक बाबुराम ढकालले कीट विकास केन्द्रले मौरी र च्याउ कीट विज्ञान महाशाखाले प्रभावकारी कार्य गर्न नसकेको बताए । नेपाल सरकारको सहयोग अन्तरक्रियाको लागि ५ लाख छुट्याएको छ ।
त्यसैगरी पत्रकार तथा कृषि व्यवसायी रमेश तुफानले ग्रास रुट स्तरमा जोडिएको किसानहरू यो अभियान जोडिनु पर्छ । ५ लाख भन्दा बढीलाई लाभ पु¥याउनु पर्छ । मासु नखानेलाई च्याउ विकल्प हुन्छ । ३५ सालदेखि बढी मूल्य बढेको छैन । बजारमा घाटामा च्याउ गईरहेको छ । च्याउलाई बजेट छुट्याएको छैन । विषादी नखाऔं । भारतबाट सिधै आउने च्याउ रोकिएको छ । यो अभियानले अनुदान प्रभावकारी हुन्छ भन्ने हो ।

नीति निर्माता तह च्याउ नीति
च्याउ उत्पादक किसान संघ नेपाल
केन्द्रीय कार्य समितिको कार्यालय,
हरिसिद्धि ललितपुर
राष्ट्रिय च्याउ जागरण अभियान–२०७६ का सन्दर्भमा
प्रेस विज्ञाप्ती
आदरणीय पत्रकार साथीहरू
च्याउ उत्पादक किसान संघ नेपाल देशभरिका च्याउ कर्मीहरूको साझा संगठन हो । वि.सं २०६१ मा स्थापना भएको यस संगठनले शुरुदेखि नै च्याउ उत्पादन र बजारीकरणको सन्दर्भमा देखा परेका समस्या समाधानको लागि पहल गर्दै आईरहेको छ । यसै क्रममा यही मिति २०७६ पुस ९ गते सोमबार तदनुसार २५ डिसेम्बर २०१९ देखि १ महिने मेची–महाकाली राष्ट्रिय च्याउ जागरण अभियान–२०७६ सञ्चालन गर्न लागिएको छ । त्यही कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुनु भएको सम्पूर्ण पत्रकार साथीहरूमा च्याउ उत्पादक किसान संघ नेपालको तर्फबाट हार्दिक स्वागत अभिवादन गर्दछु । साथै नेपालको च्याउ उद्यमका समस्याहरूको समाधानको लागि हामीले गरिरहेको प्रयासमा विगतदेखि नै यहाँहरूले पु¥याउनु भएको सहयोग, सद्भाव प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै राष्ट्रिय च्याउ जागरण अभियान २०७६ लाई सफल बनाउन समेत यहाँहरूबाट सहयोग हुनेमा म विश्वस्त छु ।
आदरणीय मित्रहरू ः
राष्ट्रिय च्याउ जागरण अभियान –२०७६ को आयोजना किन गर्नु प¥यो भन्ने बारेमा उल्लेख गर्नु अगाडि नेपालको समग्र च्याउ उद्यमको अवस्था र समस्याहरूको बारेमा केही तथ्याङ्हरू यहाँहरूलाई जानकारी दिनु उपयुक्त हुन्छ भन्ने लागेको छ ।
नेपालमा अरु धेरै कृषि उपजहरू जस्तै च्याउको उपभोग कहिलेदेखि गरियो भन्ने एकीन छैन । किनकी च्याउ जंगली खाद्यवस्तु हो र हाम्रा पुर्खाहरूले जानेर वा नजानेर जंगलबाट च्याउ टिपेर खाने गरेको पाइन्छ । मानिसले खेतीगर्ने कार्यक्रमको शुरुवात भने सन् १९७३ मा शैलेशचन्द्र सिंहले कीर्तिपुरमा गर्नु भएको हो । उहाँले कन्ये च्याउको खेती शुरु गर्नु भएको थियो । त्यसको केही वर्ष पछि सन् १९९२ मा डा.महेश अधिकारीले गोदावरीमा मृगे च्याउको खेती गरे पनि अहिले च्याउ खेती देशका सबै भू–भागमा फैलिएको छ । त्यससँगै खेती गर्ने प्रवृति, च्याउका जातहरू पनि निकै परिवर्तन आएको छ । अहिले कन्ये र गोब्रेको साथै सिताके, मिल्की, ग्यानोडर्मा लगायतका अनेकौं जातका च्याउको उत्पादन र बिक्री वितरण हुने गरेको छ ।
तथ्याङकगत रुपमा हेर्दा च्याउको उत्पादन र बजारीकरणको अवस्था यस्तो रहेको छ ।
वार्षिक बीउ उत्पादन
कन्ये ः करिब ४९ लाख ७० हजार प्याकेट (करिब १५ करोड रुपैयाँ बराबर)
गोब्रे ः करिब १ लाख २५ हजार बोटल (करिव ७५ लाख बराबर)
सिताके ः करिब ३७ हजार प्याकेट (करिब ५५ लाख बराबर)
मिल्की ः करिब ५ हजार प्याकेट (करिब ३ लाख रुपैयाँ बराबर)
ग्यानोडर्मा ः करिब १ हजार प्याकेट (करिब १ लाख रुपैयाँ बराबर)
वर्षिक च्याउ उत्पादन (बीउको २० प्रतिशत रिस्क प्याक्टर)
कन्ये ः करिब ८० लाख के.जी (करिब १ अर्ब रुपैयाँ बराबर)
गोब्रे करिब ९ लाख के.जी (करिब २७ करोड रुपैयाँ बराबर)
सिताके ः करिब १ लाख ५० हजार के.जी (करिब ७ करोड ६५० लाख रुपैयाँ बराबर)
अन्य प्रकारको च्याउ ः (करिब ३० लाख रुपैयाँ बराबर)
प्रत्यक्ष रोजगारी ः करिब ३५ हजार जना
निजी क्षेत्रको लगानी
बीउ उत्पादन ः करिब ७५ करोड
च्याउ खेतीमा करिब १ अर्ब २५ करोड
च्याउ उत्पादक किसानले भोग्ने परिरहेको समस्या
कच्चा पदार्थको समस्या क्वारेन्टाइनको समस्या
गुणस्तरीय बीउका समस्या जग्गाको समस्या
पूँजीगत समस्या बजार व्यवस्थापनको समस्या
बीमाको समस्या भण्डार गृह र कलेक्शन सेन्टरको समस्या
श्रमिकको समस्या सरकारी गलत रबैयाको समस्या
पत्रकार मित्रहरू
यी समस्या समाधानको लागि च्याउ उत्पादक किसान संघले पटक–पटक सरकारी निकार्यलाई घच्घच्याई रहेको छ । सरकारले कृषि विभाग अन्तरगत रहेको व्यवसायिक कीट विकास केन्द्रलाई च्याउ क्षेत्रलाई हेर्ने जिम्मेवारी दिएको छ । तर, हामीले पटक–पटक अनुरोध र हार–गुहार गर्दा पनि केन्द्रले च्याउको क्षेत्रको समस्या समाधानका लागि गम्भीरतापूर्वक पहल कहिल्यै पनि गरेन । त्यही सरकारी वेवास्ताकै कारण नेपालमा प्रचुर सम्भवना हुँदा–हुँदै पनि च्याउ किसानहरूले कहिल्यै पनि आफूलाई सुरक्षित महसुस गर्न पाएन । नेपालमा सम्भवतः च्याउ मात्रै यस्तो उत्पादन हो जसको मुल्य कहिल्यै बढेन, बढेको छैन । विगत ४ दशकको अवधिमा नेपालमा अरु उत्पादन र वस्तुहरूको मूल्य श्रृँखलामा कति उतार चढाव आएको छ भन्ने बारेमा तपाई हामी सबै जानकार छौं । तर व्यवसायिक रुपमा च्याउ खेती शुरु भएको करिब ४ दशक अवधिमा च्याउको मूल्य कहिल्यै बढेन । च्याउ उत्पादनसँग सम्बन्धित सबै भौतिक सामाग्री र कच्चा पदार्थको मूल्य सयौं । हजारौं गुणा बढेको छ । तर च्याउको मूल्य कहिल्यै बढेन । सिजन अनुसार अलिकति तल माथि हुने बाहेक २०३५÷४० देखि हालसम्म च्याउको मूल्य स्थिर रहँदै आएको छ भने अलिकति उत्पादन बढेर नेपाली च्याउ किसानले लाभ पाउँछन् कि भन्ने आशा पलाएको, बेला भारतबाट अनधिकृत रुपमा भित्रिने च्याउले नेपाली किसानलाई हरेक वर्ष थलानै पार्ने गरेको छ । त्यसको विरुद्ध हामीले विगतमा थुपै्र पटक अभियान सञ्चालन ग¥यौं । त्यसबाट केही सकारात्मक सन्देशहरू प्रवाह भएको छ । तर, जुन रुपमा रोकिनु पर्ने हो । त्यो रुपमा रोक्न सकेको छैन । हाम्रो भनाई भारतीय वा अरु कुनै देशबाट च्याउ आयत् हुनै हुँदैन भन्ने होइन । नेपाली किसानको उत्पादन बजारीकरणको सुनिश्चितता पछि वैधानिक बाटोबाट आयत गरिनु पर्छ भन्ने हो । भन्सार र कर नतिरी चोरबाटो प्रयोग गरेर ल्याइने गुणस्तरहिन च्याउले नेपाली किसानलाई थला त पारिरहेको छ नै साथ–साथै उपभोक्ताको स्वास्थ्य माथि समेत गम्भीर खेलवाड गरिरहेको छ ।
आदरणीय पत्रकार साथीहरू
यस्तै समस्याहरू समाधानको लागि पहल गर्ने सम्वद्ध सरकारी निकायहरूलाई दवाव दिने, च्याउ किसान, व्यवसायी सरोकारवाला पक्षहरूको आवाजलाई एकीकृत गर्ने, च्याउको पौष्टिकताको बारेमा उपभोक्ताहरूलाई जानकारी दिने उद्देश्यले राष्ट्रिय च्याउ जागरण अभियान–२०७६ को आयोजना गरिएको हो ।
राष्ट्रिय च्याउ जागरण अभियान २०७६ किन ः
१. अनाधिकृत रुपमा भारत लगायतका देशबाट आयत् हुने कम गुणस्तरको च्याउको आयत बन्द गर्नको लागि दवाव सिर्जना गर्नु ।
२. गुणस्तरीय च्याउ उत्पादन र बजारीकरणमा सहजीकरण गर्र्न ।
३. च्याउ किसान, व्यवसायी, सरकारी निकाय, सरोकारवाला संघ–संस्थाको साथै विज्ञहरूबीचमा समन्वय विस्तार गरि च्याउको उत्पादन, प्रशोधन र बजारीकरण प्रभावकारी बनाउने ।
४. च्याउ खेती र बजारीकरणको लागि उच्च प्रविधिको प्रयोग बढाउनु ।
५. च्याउको पौष्टिकताको बारेमा उपभोक्तालाई सचेत बनाउने ।
६. राष्ट्रिय च्याउ केन्द्र स्थापनाको लागि सरोकारवालाहरूको दवाव सिर्जना गर्न ।
७. भन्सार, क्वारेन्टाइनको साथै स्वादेशभित्र च्याउजन्य उत्पादनको लागि आवश्यक कच्चा पदार्थ काठ, पराल, बाँस आदि समेतको ओसार पसारमा देखाएको समस्या समाधानको लागि पहल गर्न ।
८. विभिन्न देशको विभिन्न भागमा च्याउ संकलन केन्द्र तथा चिलिङ भ्यान सञ्चालन गर्न ।
९ सातवटै प्रदेशमा हरेक वर्ष च्याउसँग सम्बन्धित प्रदर्शनी स्थल सञ्चालनको लागि पूर्वाधार तयार गर्न ।
१०. च्याउको पौष्टिकता र परिकारको बारेमा जानकारी दिन ।
११. उत्पादनमा आधारित अनुदानलाई प्रभावकारी बनाउन । बैंक तथा वित्तिय संस्थाबाट प्रदान गरिने सहुलियत दरको कर्जा सहज रुपमा उपलब्ध गराउने पहल गर्न ।
१२. च्याउ बीमा प्रभावकारी रुपमा लागु गराउन ।
१३. च्याउको पोष्ट हार्भेष्ट सम्बन्धी उच्च ज्ञानको आदान प्रदान गर्न ।
च्याउ किसानको लागि आवश्यक पर्ने सार्वजनिक जग्गा उपलब्ध गराउन सबै तहका सरकार समक्ष आग्र्रह गर्न ।
१५. च्याउ किसान, व्यवसायी र मजदुरको व्यवसायजन्य स्वास्थ्य सुरक्षा सुनिश्चित गराउन ।
१६. च्याउको उत्पादन तथा यसको समग्र उन्नयनको लागि आर्थिक र प्राविधिक सक्षमता निर्माण गर्न ।
१७. च्याउका किसानको समस्या पहिचान गरि समाधानको पहल गर्न ।
१८. च्याउ उद्यमको आधारभूत मूल्य मान्यता आचार संहिता निर्माण गर्न ।
१९. देशभरिका च्याउ कर्मीहरूलाई एकीकृत गर्दै च्याउ सञ्जाल निर्माण गर्न ।
२०. किसानमैत्री च्याउ नीति निर्माणका लागि दवाव सिर्जना गर्न ।
२१. च्याउ उत्पादन तथा व्यापारको लागि आवश्यक वमोजिम सहकारीको निर्माण गरी तथा सञ्चालन गर्न ।
अन्त्यमा, हाम्रो यो कार्यक्रम नेपाल सरकारले शुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० को लागि आन्तरिक पर्यटन पवद्र्धन समेत सहयोगी हुनेमा हामी विश्वस्त छौ । यो कार्यक्रम सफल पार्न पत्रकार मित्रहरूबाट प्राप्त हुने साथ सहयोग प्रति च्याउ उत्पादन किसान संघ नेपाल कृतज्ञता व्यक्त गर्दछु ।
प्रेमनारायण अधिकारी
अध्यक्ष
च्याउ उत्पादक किसान संघ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close