काठमाडौं÷भाद्र २८ सरकारको निकै कम लगानी हुने कृषि बाली हो कोदो । तर, सरकारको प्राथमिकता र चासो नहुँदा कोदो उत्पादन खुम्चिदै जान थालेको छ । त्यतिमात्रै होइन्, कोदो खेती परम्परागत र निर्वाहमूखी मात्रै भएको छैन्, विदेशबाट नै आयात् गर्नुपर्ने वाध्यता छ ।
चौथो खाद्य बालीको रुपमा लिइने कोदो उत्पादन वृद्धि, अनुसन्धान तथा प्रविधि तथा क्षेत्र विस्तारमा सरकारले लगानी गर्न सकेको छैन । निकै पौष्टिक र उपयोगी खानका रुपमा लिएको कोदो उत्पादन बढाउन सरकारले उन्नत प्रविधि, अनुसन्धान र सवै किसानलाई आकर्षित गर्न नसकेको सरोकारवाला बताउँछन् । कोदो मनाङ र मुस्ताङबाहेक मध्य र उच्च पहाडी सवै जिल्लामा उत्पादन हुन्छ ।
कोदो उत्पादन गर्न लगानी निकै कम लाग्छ । जस्तोसुकै कडा, पाँगो वा सुख्खा क्षेत्रमा पनि कोदो उम्रिन्छ । यसका उत्पादनका लागि निकै कम लगानी गरे पुग्छ । तर, कोदो उत्पादन वृद्धि र यस सम्वन्धी सरकारी अध्ययन, अनुसन्धान तथा प्रविधि विस्तार हुन नसकेको सरोकारवाला बताउँछन् ।
कोदो उत्पादन हुने क्षेत्र पहिचान गरी उन्नत प्रविधि, बिउ, मल र किसानलाई आकर्षित गर्ने खालको योजना सरकारले नगराउँदा र कोदो खेती प्राथमिकता नपरेको राष्ट्रिय कृषक समुह महासंघका पूर्व अध्यक्ष उद्धव अधिकारी बताउँछन् । सरकारले पनि धान बाली जत्तिकै कोदो बालीलाई प्रवद्र्धन र उत्पादन वृद्धिमा जोड दिनुपर्ने उनको तर्क छ ।
नेपालमा हाल २ लाख ६३ हजार हेक्टर जमीनमा कोदो खेती भएको सरकारी तथ्याङ्क छ । त्यसबाट वार्षिक रुपमा ३ लाख २४ हजार मेट्रिक टन कोदो उत्पादन हुने गर्छ । सीमावर्ती क्षेत्रमा हुने सस्तो र कम गुणस्तरको उत्पादन र आयात्ले आन्तरिक उत्पादन विस्थापन भएको, पाखो खोस्रेर कोदोको दाना बीउ फाल्दा उम्रने यो बाली करौडांै रुपैयाँको विदेशबाट कोदो आयात् गर्नु पर्ने वाध्यता छ । फलस्वरुप, गत आव २०७६÷०७७ मा ७ करोड १५ लाख २७ हजार रुपैयाँ बराबरको कोदो भारतबाट आयात् भएको छ । त्यस्तै, २०७५÷०७६ मा पनि ८ करोड ३ लाख रुपैयाँ बराबरको कोदो आयात् भएको छ ।
कोदो निकै पौष्टिक र औषधीजन्य खाद्य पदार्थको रुपमा पनि प्रयोग हुँदै आएको छ । यसले रोगसँग लड्ने प्रतिरक्षात्मक प्रणाली बढाउन सहयोग गर्छ । खासगरी सुप, रोटी, पाउरोटी, केक, पुवा, ढिँडो लगायतका परिकारका रुपमा कोदोको प्रयोग हुन्छ ।
त्यस्तै ः घरेलु मदिराजन्य वस्तु उत्पादनमा समेत कोदोको प्रयोग बढ्दै गएको छ । साउन १५ लाई किसानले कोदो दिवसका रुपमा मनाउन शुरु गरिसकेको छन् । बागलुङ, पर्वत, स्याङ्जा, रूकुम, रोल्पा, पाल्पा लगायतका केही पहाडी र पश्चिम पहाडी जिल्ला कोदो खेतीका लागि उपयुक्त जिल्ला मानिन्छन् । कोदो उत्पादन वृद्धि र प्रवद्र्धन गर्न विहीबार राष्ट्रिय कृषक समुह महासंघ र कृषि पत्रकारहरूको संस्था (अनाज) ले कोदो सम्वन्धित वहस समेत गरेको छ ।