कृषि विशेषसमाचार

पेपिनो मेलोन खेती प्रविधि

धनहादुर मगर
१. पचिय ः
नेपालीमा ठ्याक्कै यसको नाम यही भन्ने त छैन तर गोलभेडा र खर्बुजाको समीश्रण स्वाद बोट र प्रकृतिमा भएको हुँदा गोल खर्बुजा भन्ने पनि गरिन्छ । यो फल नेपालको लागि अति नौलो र सम्भावना बोकेको खेती प्रविधि हो ।
यो ९क्यििबलबअभबभ ाबmष्थि० सोलेनेसी परिवार भित्रको फल हो । यसको बास्तविक नाम क्यििबलगm ःगचचष्अबतगm हो । यसलाई पेपिनो मेलोनको वा त्चभभ mभयिल त, कही द्यगकज ःभयिल, अनि एभबच ःभयिल त कहीँ ःभयिल ँचगष्त र ज्यलभथ ःभयिल भनेर चिनिन्छ । स्पेनिस भाषामा पेपिनो मेलोनको अर्थ काँक्रो हुन्छ । लेटिन अमेरिकन नाममा भने गुलियो काँक्रो ९क्धभभत ऋगअगmदभच भनिन्छ । यसको उत्पत्ति एण्डिज पर्वत अन्तर्गतको कोलम्बिया, पेरु र चिलीबाट भएको मानिन्छ । सन् १९८९ सम्म यो फल अमेरिकाको क्यालिफोर्नियामा मात्र उत्पादन गरिन्थ्यो । हाल यो फल जापान र न्यूजिल्याण्डमा समेत लोकप्रिय भएको छ । यसको जंगली प्रजातिको बारेमा केही थाहा हुन नसके पनि यो फल ज्यादै राम्रो मानिन्छ । यसलाई धेरैले यसको उत्पति तथा जन्मस्थान पेरु हो भनिन्छ । त्यसैले पेपिनो मेलोनबाट अपभ्रंश भएर पेरु भन्ने देशको जन्म भएको भनेर सन्न पाइन्छ ।
यो फल गोलो, अनि अण्डाकार हुन्छ भने बाहिरी भाग नरम हुन्छ । यसको फल ५ देखि ६ इन्च जति लामो, ३ इन्च जति चौडा हुन्छ भने रंगमा फल पाक्नु अघि हल्का हरियो र पाकेपछि पहेँलो हुन्छ । पाके पछि पहेँलो र गाढा कलेजी रंगको धर्काहरु फलमा हुने गर्दछ । जसको वासना, गुलियोपन र स्वादमा नास्पति, खर्बुजा, चिउरी, भुइँकटहर, काँक्रोको समिश्रण स्वाद भएको पाइन्छ । यस फल भित्र रहेको बीयाँ खान लायक हुन्छन् । यसलाई सौन्दर्य बालीको रुपमा समेत घरको गमलामा लगाउन सकिन्छ ।
पेपिनो मेलोन एक सदावहार सोलानेशी परिवारको बुट्यान हो । यो बहुवर्षीय विरुवा पनि हो । तर, एक वर्षीय खेती यसको खेती गरिन्छ । काँचोमा तरकारीको रुपमा खान मिल्ने र पाकेपछि सलाद (फलफूल)को रुपको खान मिल्ने यो फल सुगन्धित, ठिक्क गुलियो, तिर्खा मेटाउने र तृप्तिदायी हुन्छ । विश्व बजारमा न्यूजिल्याण्डमा यो लोकप्रिय छ भने अमेरिकन बजारसम्म यो लोकप्रिय हुँदै गएको छ । यसको न्यूनतम् उचाई ९० सेन्टिमिटर सम्मको हुन्छ । ठूलोमा १.२ मिटरसम्म हुने गर्दछ । यसको खेती गर्ने तरिका गोलभेडा खेतीकै जस्तो हुन्छ । यो सिधा अघि बढ्ने बुट्यान भएकाले यसलाई कुनै आधार (थाँक्रा) दिइरहनु पर्दैन । तर फल धेरै लागेको बेलामा भने फललाई जमिनमा छोइनबाट जोगाउन आधार दिनु पर्दछ । नेपालको काठमाडौं उपत्यकाको सन्दर्भमा अनुसन्धानमा देखिएको परिणामले यो छिट्टै बढ्ने र रोपेको ३ देखि ६ महिनामा फल फलेर बजार लिइसकेको हुन्छ ।
पेपिनो मेलोन मूलतः दक्षिण अमेरिका, पेरु, चिली लगायत देशहरूमा यसको उत्पत्ती स्थल मानिन्छ । यो फल नेपालमा कसरी आईपुग्यो भन्ने कुरा अनुसन्धानकै विषय भएपनि यो फल धेरै वर्षअघि नेपालमा आईसकेको पाइन्छ । तर यो फलको विस्तृत जानकारी नभएको र खासगरी घरको करेसा बारी, गमलामा फलाई सजावती फलको रुपमा रहँदै आएको देखिन्छ । तर यसको व्यवसायिक खेती गर्ने ज्ञानको कमीले नेपालमा विकास र विस्तार हुन सकेन ।
२. उद्देश्य ः
यो फल नेपाली जनमानसमा बढी चिनीएको फल होइन । वास्तविक रुपमा भन्नु पर्दा यो फललाई औद्यौगिक बालीको रुपमा विकास गरी जुस, जाम लगायत विभिन्न परिकारहरू उत्पादन गर्न सकिन्छ । नेपाली माटो सुहाउँदो सरल प्रविधिमा आधारित यसको उत्पादन गरी नेपालको तरकारी आयतलाई विस्थापन गर्न यो फलले सहयोग पु¥याउनेछ । यही उद्देश्यले म आफ्नै व्यक्तिगत पहल र पछि संस्थागत रुपमा यसको खेती गर्दै आएको छ ।
क) नेपालमा पेपिनो मेलोन खेती प्रविधिमार्फत कृषिको उत्पादन र उत्पादकत्व बढाउने ।
ख) प्राङ्गारिक उत्पादन गरी नियमित मूल्य श्रृँखलामा आवद्ध गर्ने ।
ग) यो फलको प्रसारका लागि सरकारी तथा गैह्र–सरकारी संघ–सस्थाहरूसँग समन्वय र सहकार्य गर्ने ।
घ) वेरोजगार स्थानीय युवाहरूलाई रोजगार प्रदान गर्ने ।
ङ) कृषि बजारीकरणका लागि अरु र आफ्नै पहलमा आफ्ना उत्पादनहरू बिक्री वितरण गर्ने ।
च) भविष्यमा पेपिनो मेलोनलाई औद्यौगिक बालीविकासको रुपमा अघि सार्ने ।
छ) कृषिजन्य वस्तुको उत्पादनका साथै आफ्नै बिक्रीवितरण कक्ष सञ्चालन गर्ने । ः
ज) पेपिनो मेलोन खेती प्रविधिलाई व्यवसायिक रुपमा अगाडि बढाउने ।
झ) कृषिसँग सम्बन्धित फल पेपिनो मेलोनबाट बन्ने परिकारहरूको अध्ययन अनुसन्धान गर्ने । उत्पादित पेपिनो
मेलोनको फललाई नेपालको भूगोलमा फैलाउन प्रयास गर्ने ।
ञ) पेपिनो मेलोन महत्व र आवश्यकताको बारेमा जनमानसलाई बुझाउने ।
ट) फलफूलजन्य उपजसँग सम्बन्धित सरकारी, गैह्र–सरकारी संघ–संस्थाहरूसँग समन्वय गर्ने ।
ठ) पेपिनो मेलोन उत्पादन गर्ने कृषि उद्यमी, कृषक बिक्रेताहरूसँग सहकार्य र समन्वय गर्ने ।
३. अध्ययन, सोध, एवम्, अविष्कार विधि औजार ः
पेपिनो मेलोन ९एभउष्लय ःभयिल०को अध्ययन सम्बन्धमा धेरै लामो समयदेखि कृषि सञ्चारकर्मीको रुपमा काम गर्दै आएको छु । कृषि सम्बन्धी विभिन्न बोट, बिरुवा, अन्नबालीको अध्ययनमा रुची भएको कारण पनि यो फलको विषयमा थोरै भएपनि जानकारी थियो । तर, यो फलको नाम नेपालमा १० वर्ष अघि पनि कुन फल हो भनेर कसैलाई थाहा थिएन । तर, जानकार सुत्रका अनुसार कसैले यसलाई जापानीज खर्बुजा भनेको पाइयो । मैले गरेको अध्ययन अनुसार नेपालमा यो फलको व्यवसायिक खेतीको सम्भावना अध्ययनबाट पुष्टि भएको कारण २०६९ साल अघि सुन्दरी जल घुम्न गएको बेला यसको बुटा देखेर आफैले ल्याएर गमलामा संरक्षण गरी राखेको र करिब १ वर्ष पछि २०७० साल असारमा यो फलको बारेमा कृषि जर्नल मासिकमा समेत प्रकाशित भएको छ । यो फलको विकास गर्न सुन्दरीजलबाट ल्याएपछि गमलामा फलाई यसको बीउलाई संकलन गरी चन्द्रागिरी नगरपालिकाको नजिकै विष्णुदेवी मन्दिरको र ईट्टा भट्टाको नजिकै रहेको नैकाप निवासी दिलीप महर्जनको आधा रोपनी जमीन भाडामा लिएर यसको विकास गरेका थिए । त्यस अघि कोठामै राखेर यसको सिकेसमा राखेर बीउबाट उमारी बिरुवा हुर्काई यसको व्यवसायिक उत्पादनको सम्भावना हुन्छ कि हुँदैन भनेर जमीनमा रोपन गरी हेर्दा व्यवसायिक सम्भावना प्रवल रहेको पाइयो र हाल यसको खेती मच्छेगाउँ–९, टौखेलमा करीब ३ रोपनी जमीनमा २०७० सालदेखि खेतीको निरन्तरता भईरहेको छ । र यो फलको नाम नेपालमा कसैलाई पनि थाहा नभएकोले गुगल सर्च इन्जिनमा खोजी गर्दा पेपिनो मेलोन हुन भन्ने पत्ता लागेकोले त्यसको अवस्था कस्तो भनेर अध्ययन अनुसन्धान गरेको हुँ ।
म कुनै कृषि सम्बन्धी विषय वैज्ञानिक होइन । म कुनै विश्वविद्यलयमा अध्ययन गरेर डिग्री हासिल गरेको व्यक्ति पनि होइन । समय परिवेश र परिस्थितिले मलाई ३० वर्षदेखि कापी, कलम समाउन कर्मले जुराई दिएको कारण यसलाई मैले भाग्यको रुपमा नै लिँदै आएको र १५÷२० वर्ष अघिनै नेपालमा कृषि क्षेत्रको महत्व र कृषि क्षेत्रको विकासको लागि लाग्नु पर्छ भन्ने आत्मैदेखि लाग्दै आएकोले कृषि विषयमा कलम चलाउँदै गर्दा यो खेती प्रविधिमा लागेको हुँ । म नवीन प्रविधिका खोज गरी काम गर्ने सिलसिलामा यो फलको विकास गर्नु पर्छ भनेर यसको अध्ययन अनुसन्धानमा लागेको हुँ र गर्दै जाँदा सफल खेती परीक्षण सम्पन्न गरेको हो । यो प्रविधिलाई थप अध्ययन र अनुसन्धान गर्दा कुनै जटिल र सघन प्रकारको औजार र प्रविधिहरू प्रयोग गर्नु नपर्ने, पानी नजम्ने जस्तोसुकै माटोमा लगाउन सकिने, यो खेती प्रविधि नेपालको माटो र हावापानीमा सुहाउँदो हुने पुष्टि भएको छ ।
कुनै जटिल प्रविधि र औजारको प्रयोग यस खेतीलाई गर्नु पर्दैन । ३ महिना पछि नै छिट्टै उत्पादन दिने, टुसारोबाट बचाउन सकेको खण्डमा बाह्रै महिना यसको खेती गर्न सकिने । यसलाई कटिङ्ग प्रविधिबाट पनि प्रसार गर्न सकिने, गोलभेडा खेतीको तुलनामा ९० प्रतिशत आर्थिक भार कम पर्ने, प्राविधिक खर्च गर्नु नपर्ने रहेको छ ।
४. पेपिनो मेलोन उत्पादन गर्ने लक्ष्य ः
क) नेपालमा पेपिनो मेलोन खेती प्रविधिमार्फत कृषिको उत्पादन र उत्पादकत्व बढाई व्यवसायिक कृषि गर्ने ।
ख) पेपिनो मेलोन खेती उत्पादनको माध्यमबाट नेपालको अर्थतन्त्रलाई सहयोग पु¥याउने ।
ख) पेपिनो मेलोन विस्तारको लागि सरकार तथा सरोकारवाला निकाय र सञ्चारमाध्यमसँग सहकार्य गर्ने ।
ग) पेपिनो मेलोनलाई औद्यौगिक बाली उन्मूख गराउन आम कृषकहरूलाई प्रोत्साहन गर्ने ।
५. विश्लेषणको आधार ः
हामी आज पनि नेपालको ८० प्रतिशत भू–भागमा असारे पानीको भरमा कृषि गरिरहेका छौं । बढ्दो जनसंख्या र चाहिदो उत्पादन नहुनाको कारण वर्षेनी खर्बौ रुपैयाँको तरकारी फलफूल, खाद्यन्न आयत् गर्नु परेको छ । आफ्नै देशमा स्रोत साधानहरू भएपनि आधुनिक कृषि प्रविधि, ज्ञान, सिँचाईको सुविधा नभएको कारण हामी कृषिमा पछि परेका छौं ।
आफ्नै खोज, अध्ययन र अनुसन्धानमा कृषि पत्रकारिताको साथै नयाँ जातको फलफूल खेती यो पेपिनो फललाई प्रवद्र्धन गर्दै आएको छु । म आफ्नै व्यक्तिगत पहल गर्दै आएको र यसलाई संस्थागत रुपमा यही २०७६ कार्तिक २५ गते देखि कम्पनी रजिष्ट्रारको कार्यालय विधिवत दर्ता गरी चन्द्रागिरी अर्गानिक एग्रो इण्डष्ट्री प्रा.लि नामक कम्पनीमार्फत प्रवद्र्धन गर्दै आएको छु । मेरो विचारमा यसरी व्यवस्थित र निरन्तर व्यवसायिक खेती गरिएको यो नै पहिलो पटक हुनसक्छ । यद्यपी फललाई नर्सरी व्यवसायीहरूमार्फत नेपालीहरूको घर–घरमा पुगेको तथ्याङ्कहरू पाउन सकिन्छ । यो फललाई प्राय गमलामा रोप्ने गरेको पनि पाइन्छ ।
क) पेपिनो मेलोनमा थोरै मात्रामा क्यालोरी हुने भएकाले यसले शरीरको तौल घटाउन मद्दत गर्दछ ।
ख) यसमा चिनीको मात्रा कम हुने भएकोले चिनी रोगीले पनि खान मिल्छ ।
ग) कोलेस्ट्रोलको मात्रा प्रायः शुन्य भएकाले हृदय रोगी र मोटोपनका रोगीले पनि खान मिल्छ ।
घ) पपिनो मेलोन सोडियम फ्रि फल हो । रगतमा सोडियमको मात्रा कम हुनु भनेको रक्तचाप घट्नु हो । तसर्थ स्वास्थ्यको दृष्टिले उच्च रक्तचाप हुनेहरूलाई यो अति उत्तम हुन्छ ।
६. यो फलको वहु विशेषता ः
क) सदावहार र सधँै हरियो हुने हुँदा घरमा यसलाई सौन्दर्य बालीको रुपमा लगाउन सकिन्छ ।
ख) यसलाई गमलामा रोपेर पनि फलाउन सकिन्छ ।
ग) छिटो बढ्ने र फल समेत चाँडै प्राप्त हुनेहुँदा कम समयमा समेत आम्दानी लिन सकिन्छ ।
घ) पेपिनो मेलोन फल भित्र बोक्रा देखि बियाँसम्म खान मिल्ने मानिन्छ ।
ङ) प्रशस्त फाइवर युक्त भएकाले उच्च रक्तचाप विरामीले फलफूलको रुपमा खान सकिन्छ ।
च) मधुमेह, किड्नी, अपज, भएका विमारीहरूले यो फल खानाले स्वास्थ्य रहन सहयोग पु¥याउँछ ।
छ) सोडियमको मात्रा शून्य भएकोले उच्च रक्तचापको विरामी तथा किड्नीको विमारी समेत खान सकिन्छ ।
७. व्यवसायिक सम्भावना ः
विश्वका केही देशहरूमा पेपिनो मेलोनलाई व्यवसायिक रुपमा सफलतापूर्वक खेती गरिरहेको पाइन्छ । जस्तैः पेरु, न्यूजिल्याण्ड, चिली र पश्चिम अष्ट्रेलिया र अमेरिकाका कतिपय देशमा यसलाई सौन्दर्य बालीको रुपमा समेत विकास गरिएको छ । छिटो फल लाग्ने, चाँडै नकुहिने, भण्डारण अवधि समेत लामो भएको हुँदा उत्पादन लागत समेत कम हुन जान्छ । यदि नेपाल सरकार अन्तर्गतको कृषि विभागले यसलाई बजार प्रवद्र्धन गर्न सके प्रायः नेपालको धेरै ठाउँमा खेति गर्न सकिन्छ ।
८. यो फलको प्रजातिहरू ः
क्लोस्साल ९ऋययिककब०िस्
अध्ययन अनुसार यो क्लोस्साल धेरै लामो हुन्छ । यो प्रायः वैजनी रंगको हुन्छ । जसमा हल्का वैजनी रंगको धर्सा हुन्छ । जुसको मात्रा प्रसस्त, गुलियो । वेजोड स्वादिलो हुने यसको प्रमुख विशेषता हो । पर परागसेचन ९ऋचयकक एयििष्लबतष्यल० को माध्यमबाट यसको उत्पादन वृद्धि गर्न सकिन्छ ।
ईकाडोरियन गोल्ड ९भ्अगबमयचष्बल न्यमि० स्
यो प्रजाति दक्षिण अमेरिकाको बजारमा पाउने जाती हो । यो नास्पति आकारको हुन्छ । यसको आकर्षक रंग हुन्छ । बजार राम्रो भएको जातमा पर्दछ । स्वायम्सेचित हुने यो फलको आकार बढाउन थिनिङ ९त्जष्लष्लन० फल पत्लाउने विधि गर्नु पर्दछ ।
एल–कामिनो ९भ्ी(ऋबmष्लय० स्
चिलीबाट संकलन गरी न्युजिल्याण्डबाट सन् १९८२ मा उन्मोचन गरिएको यो जात मध्यम आकार देखि ठूलो आकारको हुने गर्दछ । यो फल सामान्य अण्डाकार प्रकारको वैजनी धर्साहरु हुन्छन् ।
न्यूजिल्याण्डको २ जातमा यो जात अग्रस्थानमा रहेका छन् । अध्ययन अनुसन्धान अनुसार नेपालमा पाइने यो जातीको पेपिनो मेलोनको खेती हुँदै उपयोग गर्दै आएको छ ।
मिस्की प्रोलोफिक ९ःष्कपष् एचयषिष्अ०स्
क्यालिफोर्नियाको क्बल व्यकभ मा उत्पति भएको यो जात जसको विकास ल्बलअथ न्बचचष्कयल ले गरेका हुन् । फल क्रिम सेता, हल्का वैजनी धर्सा रहेको हन्छ । वासना गुलियो । फलमा बीउ धेरै हुँदैन । अलि छिटो पाक्ने यसको प्रमुख विशेषता हो ।
न्यूयोर्कर ९ल्भधथयचपभच० स्
चिलीबाट प्रशारण सामाग्री ल्याई क्यालिफोर्नियामा उन्मोचन तथा प्रर्वद्धन गरिएको यो जात मध्यमदेखि ठूलो आकारको हुने गर्दछ । अण्डाकार हुने फलको टुप्पातिर तिखारिलो हुने, बाहिरी भाग नरम र सुनजस्तै पहेँलो हुन्छ । गाढा वैजनी धर्का हुने यो जातमा प्रसस्त जुस ९व्गष्अथ० गुलियो, वानस्पतिक वृद्धि सिधा बढ्ने प्रमुख विशेषता यो जातको रहेको छ ।
९. अध्ययन गर्दा प्राप्त अन्य जातहरू
रियो बाम्वा ९च्ष्य द्यबmदब०
टेम्पटेशन ९त्झउतबतष्यल०
टोमा ९त्यmब०
भिष्टा ९ख्ष्कतब० आदि प्रजातिहरू पनि पाइएको छ ।
१०. वानस्पति वृद्धि ९ँयचभकतचथ न्चयधतज० ः
पेपिनो मेलोन सानो, सदावहार, हरियो हुने बुट्यान हो । जसको जरा ँष्दचयगक प्रकारको हुन्छ । यसको वृद्धि सिधा करिब ३ फिटसम्म हुने गर्छ ।
११. पात ९ीभबा० ः
चम्किलो हरियो पात हुन्छ । गोलभेडाको जस्तै पातमा साना–साना रौंहरूले ढाकेको हुन्छ । पेपिनो हेर्दा आलु जस्तो देखिन्छ । सामान्य ीयदभम यच ीभबाभितक बाँडिएको हुन्छ ।
१२. फूल ९ँयिधभच० ः
पेपिनो मेलोनको फूल सानो हुन्छ । यसको रंग निलो र सेतो मिश्रित हुन्छ । यो फल टिप्न परिपक्व भएको बेला पहेँलो र वैजनी रंगको धर्सो आउँछ । फूल पूर्ण रुपमा नफक्रेको अवस्थामा आलुको जस्तो देखिन्छ । यो परसेचन र स्वयम्सेचित दुबै प्रकारको हुन्छ भने यो ज्भचmबउजचयमष्तभक हो । जसमा भाले र पोथी अंग रहेको हुन्छ । यसको परागसेचन किराद्धारा हुन्छ ।
१३. फल ९ँचगष्त० ः
यो पेपिनो मेलोन फल विभिन्न आकार प्रकारको हुन्छ । पेपिनोको राम्रो जात नभएको खण्डमा स्वाद नमिठो, खल्लो र साबुनको जस्तो वासना ९क्यबउथ० आउँछ । फल पाक्ने बेलामा तापक्रम ३० डिग्री भन्दा बढी भए चिनीको मात्रा घट्ने गर्छ ।
१४. हावापानी ९ध्भबतजभच० ः
अध्ययन अनुसार पेपिनो मेलोनको खेती समुद्री सतहको ५०० देखि ३००० मिटरसम्म गर्न सकिन्छ । अलि न्यानो र तर तुषारो नपर्ने ठाउँ यसको लागि उपयुक्त मानिन्छ । यसले २.५ डिग्री सेन्टिग्रेडसम्म तापक्रम सहन सक्छ तर लामो समयसम्म भने सक्दैन र पातहरू झर्न र मर्न समेत शुरु गर्छ । यसलाई ग्रीन हाउसमा समेत राख्न सकिन्छ । पेपिनो मेलोन १२ देखि २५ डिग्री सेन्टिग्रेड तापक्रममा उम्रन्छ । ५ देखि ३५ दिनसम्म यसको राम्रो वृद्धि विकास हुन्छ । पेपिनो मेलोनको फल लाग्न रातको तापक्रम २३–२४ डिग्री सेन्टिग्रेड भन्दा बढी तामक्रम हुनुपर्छ । पूर्ण रुपमा पाकेको पेपिनो मेलानेलाई तापक्रम ९च्ययm त्झउभचबतगचभ० मा केही हप्तासम्म राख्न सकिन्छ । फलको परिपक्वता परागसेचन भएको ८० दिनमा हुने गर्दछ ।
१५.माटो ९क्यष्०ि ः
पेपिनो मेलोन धेरै प्रकारको माटो जस्तै बलौटे, दोमट, चिम्टाइलो माटोमा समेत गर्न सकिन्छ । यद्यपी यो फलले क्षरिय र नुनिलोपन भएको माटोमा यस प्रकारको प्रजातिले सहन सक्दैन । पानीको निकास राम्रो नभएको, पिएच ५.५ देखि ७.५ सम्मको माटोमा अति राम्रो हुन्छ । पारिलो घाम लाग्ने र चिस्यान नभएको जमीन यो खेतिको लागि उपयुक्त हुन्छ ।
१६. बीउ उमार्ने तरिका ९क्भभम न्भचmष्लबतष्यल ःभतजयम० ः
बीउलाई नर्सरीमा व्याड बनाई उमार्ने गरिन्छ । बीउलाई नर्सरीमा व्याड राख्दा गोलभेडा अनि भण्टाको बीउ नर्सरीमा राखे जस्तै गरी राख्नु पर्दछ । बीउ छरिसकेपछि हल्का छोप्नु पर्दछ । माटोलाई भने सुख्खा राख्नु हुँदैन । यदी गमला तथा प्लाष्टिकको थैलामा बीउ उमार्दा विरुवा नउम्रन्जेल तातो बनाई राख्नु पर्दछ । बीउ उमारेको स्थान र उमार्ने तरिका त्यस ठूलो समस्या छैन । यसको बीउ प्रविधिमा उमार्ने हो भने ३–१० दिनमा भित्र यसको बीउ उम्रन्छ । विरुवा उम्रे पछि विरुवालाई तुरुन्त चहकिलो प्रकाशमा राख्नु पर्दछ । यसलाई लामो दक्षिण मोहडा फर्काएर राख्दा राम्रो हुन्छ । यसको लामो आकार दक्षिण मोहडा तिर फर्केको हुन्छ । सिकेसमा राखेर उमारेको खण्डमा विरुवा उमे्रको १७ दिनमा स्थानन्तरण गरिनु पर्छ ।
१७. विरुवा लगाउने तरिका ९क्भभष्लिप एबिलतबतष्यल ःभतजयम० ः
कटिङ्ग प्रविधिबाट तयार गरिएको पेपिनो मेलोनको विरुवा थुँगामा राखिएको छ भने १६–१७ दिनमा लगाउन तयार हुन्छ । तर बीउबाट सिकेस प्रविधिमा तयार गरिएको छ भने कम्तीमा पनि १ महिना बढी समय लाग्छ । र केही समय लगाउनको लागि कुर्नु पर्छ । त्यस पछि मात्र विरुवालाई स्थायी जमीनमा रोपिन्छ । विरुवा रोप्ने जमिन एक महिना अघि नै राम्रोसँग खनजोत गरी झारपात हटाई तयार गर्नुपर्छ । यदि टुसारो नलाग्ने ठाउँमा पेपिनो मेलोनकको खेती गर्दा यसको बिरुवालाई कार्तिक मंसीरमा रोपेर बैशाख, जेठ महिनामा फल निकाल्न सकिन्छ ।
१८. विरुवा लगाउने दुरी ९म्ष्कतबलअभ या क्भभम एबिलतबतष्यल० ः
पेपिनो मेलोन लगाउन अघि टे«क्टरले जोती वा कुटो कोदालोले खनेर आलुलाई जस्तै ३ वाई ३ फीटको ड्याङ बनाउनुको पर्दछ । ड्याङ् तयार भएपछि ३ वाई ३ कै दूरीमा बेर्ना रोप्नु पर्दछ । मुख्य कारण यसको जरामा पानी जम्नु दिनु हुँदैन । पानी जम्दा जरा कुहिन गई यसले जमीनबाट लिने खाद्य पदार्थ लिन सक्दैन । जमीनको व्यवस्थापन गरी जमीनको व्यवस्थापन सँगै ड्याङ बनाउनु, पेपिनो मेलोनलाई बिरुवादेखि विरुवाको दुरी १ मिटर र लाइनदेखि लाइनसम्म दुरी पौने १ मिटरको हुनु पर्दछ । राम्ररी ड्याङ बनाएको एक रोपनी जमिनमा २०० देखि ३०० सम्म बेर्ना लगाउन सकिन्छ ।
२०. प्रशारण ९एचयउयनबतष्यल० ः
पेपिनो मेलोनको प्रशारण बीउबाट र कटिङ विधी दुबैबाट गर्न सकिन्छ । बीउको हकमा बीउलाई नर्सरीमा उमारे पछि स्थानन्तरण गरिन्छ । कटिङ विधिबाट तयार गर्नको लागि ३ देखि ५ इन्च भएको हाँगा बेर्नाको लागि राम्रो हुन्छ ।
यदि उचित तापक्रम मिलेको अवस्थामा कटिङ गरी रोपिएको बिरुवामा ४८ घण्टा देखि १ हप्तादिन जरा आउँछ ।
काटेको डाँठलाई जरा आउन मद्दत गर्ने हर्मोन ९च्ययतष्लन ज्यचmयल० प्रयोग सँगै उपचार गर्दा कटिङ्ग हाँगा एक रुपताले धेरै जरा आउन मद्दत गर्दछ । बिरुवा पूर्ण रुपमा जराको विकास भएपछि गमला वा अन्य स्थायी ठाउँमा सार्न सकिन्छ । कटिङ गरिएको हाँगालाई जमीनमा रोप्दा ३ फिटको फरकमा रोप्नु पर्दछ । तर कटिङ्ग प्लाष्टिकको थुङ्गा विना काटेर सिधै जमीनमा गाड्दा पनि पेपिनोको हाँगाले बिरुवाको रुप लिन्छ र सर्छ पनि । तर, त्यसरी गरिएको पेपिनो मेलोनको स्वास्थ्य र एकीकृत जरा बनाउन सक्दैन । धेरै जसो असमान प्रकारको रोगी भएको बिरुवाको रुपमा पाउन सकिन्छ । त्यसकारण बीउ छ भने सिकेसमा जमाउनु र यदि कटीङ्ग प्रविधि अपनाउने हो भने प्लाष्टिकको थुँगामा माटो सहीत खाद्य पदार्थ मिसाएर माटो भरी कटिङ्ग गरेको हाँगा गाड्नु पर्छ । अनि मात्र रोप्दा राम्रोसँग फल लिन सकिन्छ ।
२१. मलखाद ९ँभचतष्ष्शिभच० ः
पेपिनो मेलोनको लागि आलु खेतीलाई जस्तै ड्याङ बनाउनु पर्दछ । मलखादको हकमा पनि गोलभडा खेतीको जस्तै तरिकाले गर्न सकिन्छ । यसलाई पूरा रुपमा पाकेको गोबरमल र कम्पोष्ट मल विरुवा रोप्ने खाडलमा विरुवामा रोप्नु अघि बनाईसकेको ड्याङको बीचमा मल राख्नु पर्दछ । मलखादको मात्रा माटोको उर्वराशक्ति, हालिएको कम्पोष्ट मल र गोबरमलको मात्राले निर्धारण गर्छ । माटो प्रशस्त खाद्यतत्व भए विरुवाको वृद्धि अत्यधिक हुने गर्दछ । जसले फल लाग्ने संख्या, फलेको गुणस्तर र किराको प्रकोपलाई बढावा दिन्छ । एक रोपनी जमीनको आधार अनुसार २०० देखि ३०० वटा बिरुवा रोप्न सकिन्छ । एकवटा बिरुवा बराबर १०० देखि २०० ग्राम सम्म कम्पोष्ट मल दिए पनि पुग्छ ।
२२. काँटछाँट तथा गोडमेल ९ऋगततष्लन बलम ध्भभमष्लिन० ः
पेपिनो मेलोनका खेतीलाई बढी मल दिनुहुँदैन । यो जातको बाली बढी मल पाएर बढी नै झाँगिएको हुन्छ । बोट बढी झाँगिएको अवस्थामा वानस्पतिक वृद्धिको मात्रा अधिक हुने भएकोले राम्ररी फल दिन सक्दैन । यसको खाद्यतत्व र प्रशारण भएको ठाउँमा बिरुवाको वृद्धि विकास अनियन्त्रित हुने गर्दछ । यसलाई स्वतन्त्र रुपमा फैलिन दिन पनि सकिन्छ ।
तर यसको बढ्ने सीमा सानो बोटको रुपमा विकास हुँदा नै फल लिन र सजिलो हुन्छ ।
काँटछाँट गरेर गर्दा अझ राम्रो र बोट दह्रो बन्दछ । रोग किरा लागेको सुकेको हाँगालाई हटाउनु पर्दछ । फललाई सूर्यको प्रकाश परेको खण्डमा धर्साहरु र वैजनी रंग दिन्छ । जसले फलको स्वाद र फल पनि आकर्षक बन्छ । आवश्यकता हेरी गोडमेल गरी झारपात नियन्त्रण गरिनु पर्दछ । ड्याङ बनाएर रोपी सकेपछि पेपिनोलाई पराल, खर वा सुकेको झारपात र प्लाष्टिकले मल्चीङ्ग गर्दा झारपात कम आई उत्पादन बढ्ने र रोगकिराहरू पनि नियन्त्रण हुने गर्दछ । पेपिनो मेलोनले रोग र झारसँग लड्नसक्ने प्रतिरोधी क्षमता राख्दछ ।
२३. तुषारोबाट बचावट ९क्बखभ तय ँचयकत० स्
पेपिनो मेलोन तुषारो खप्न सक्दैन । काठमाडौं उपत्यकामा तुसारो पर्ने भएकोले टुसारो र हिँउ नपर्ने ठाउँमा भने बाह्रै महिना खेती गर्न सकिन्छ । यदि टुसारो परेको ठाउँमा खेती गर्नु पर्दा भने २ महिनाको लागि प्लाष्टिकको अस्थायी घर टुसारोबाट बचाउन सकिन्छ । असार साउनमा महिनामा बढी पानी पर्दछ यस्तो मौसममा फलको गुणस्तरमा ह्रास आउँछ । त्यसकारण असार–साउनमा बढी पानी परेको बेलामा पनि अस्थायी रुपमा सामान्य प्लाष्टिकको प्रयोग गरी टनेलको रुपमा छोपी दिँदा फलले राम्रो स्वाद दिन्छ र जति घाम लागे पनि जति पानी परे पनि केही नहुने बाली भएकाले यसको २ महिना टुसारोबाट बचाउन सके बाह्रै महिना यसको खेती गर्न सकिन्छ ।
२४. रोग तथा किराहरु ९म्ष्कभबकभ बलम क्ष्लकभअतक० ः
पेपिनो मेलोन ९एभउष्लय ःभयिल० मा लाग्ने प्रायः रोग÷किरा सोलानेसी परिवारका तरकारी र फलफूलका बालीमा जस्तै यसमा पनि लाग्ने गर्दछ । रोगहरूमा द्यबअतभचष्ब िकउयत, एन्थाकनोज, डढुवा जसको कारण ब्तिभचलबचष्ब कउउरएजथतयतजयचब कउउ हुने गर्दछ । किराहरूमा क्उष्मभच mष्तभ, फेदकटुवा किरा, ज्यचल(धबचm, भिबा mष्लयच, ाष्भिक दभभतभि, ऋययिचबमय दभभतभि, ९उयतबतय०, ँचगष्त ाथि, औसा र राता कमिला लाग्ने गर्दछ ।
२५. बाली टिपाई ९ज्बचखभकतष्लन० स्
पेपिनो मेलोन ९एभउष्लय ःभयिल०मा परागसेचन भएको ७० देखि ८२ दिनभित्र फल परिपक्व हुने गर्दछ । फल पूर्ण रुपमा परिपक्व नभएसम्म टिप्नु हुँदेन । फल टिप्नको लागि परिपक्व समय भएको बेला फलमा प्राय वैजनी धर्सो सहित केही भाग पँहेलो हुँदै जान्छ । बढी पाकेको फल वैजनी धर्सो सहित पूरै पँहेलो हुन्छ । बढी पाकेको फलको स्वाद ज्यादै मिठो भएपनि टिपेको धेरै दिन सम्म रहन सक्दैन । फल पाकेको नपाकेको कुरा फलमा हुने गन्ध ९ँबिखयगच० र चिनी ९कगनबच० को मात्राले गर्दछ । धेरै परिपक्व फलहरु पाकेपछि पहेँलो देखिने हल्का सुन्तला रंगको हुने गर्दछ । परिपक्व भएर टिपेको फललाई सुरक्षित भण्डारण र व्यवस्थापन गर्न जरुरी हुन्छ । नत्र छिटो बिग्रन सक्छ । फल बढी पाकेमा फुट्ने, रंगहीन हुने र पानीको मात्र घट्दै जाने गर्दछ । पूर्ण रुपमा पाकेको फललाई कोठाको तापक्रममा केही हप्ता दिनसम्म भण्डारण गर्न सकिन्छ ।
२६. उत्पादन ९एचयमगअतष्यल० ः
साधारतया प्रति बोटमा ३ देखि ५ किलोको दरले फल फल्दछ भने प्रति हेक्टर १५० टनसम्म फल्ने गर्दछ ।
हाल काठमाडौं उपत्यकामा उत्पादन भएको पेपिनो मेलोनको प्रचलित बजार उत्पादन मूल्य १०० सय रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म बजारभाव रहेको छ । तर, यसलाई राम्ररी प्याकिङ्ग, ब्राण्डिङ्ग, लेवलीङ्ग गरी बिभिन्न बजारमा पु¥याउन सके प्रति किलोग्राम २०० देखि ३०० रुपैया पाउन सक्दछ ।
२७. खेतीको बढ्दो सम्भावना ९त्यय एयककष्दभि तय अगतिष्खबतष्यल० ः
पेपिनो मेलोन ९एभउष्लय ःभयिल०नेपालको लागि नयाँ खेती प्रविधि हो । यसको विस्तार, विकास, प्रचार प्रसार छोटै अवधिमा धेरै भएको छ । नेपालमा भरखरै व्यवसायिक खेती गर्न लागेको धेरै भएको छैन । तर छोटो समयमा यसको विस्तार हुँदै गईरहेको छ । कृषि उद्यमी र उपभोक्ता माझ छोटै समयमा बजारमूखी बनिसकेको छ ।
राम्रो मूल्य पाउन सफल भएको यस फललाई सबैले सकारात्मक रुपमा लिएकाले यसको खेतीमा पनि राम्रो सम्भावना बढ्दै गएको छ । स्वास्थ्यको लागि पनि अति उपयोगी भएकोले विमारीहरूका लागि यो फल औषधी जतिकै सावित भएको छ । यसकारण पनि कृषि उद्यमीहरू उत्साहित बन्दै गएको छ । तर, सरकारको यसमा चाँसो नभएको कारण र प्रचार प्रसारको कमी आएको छ । यदि सरकारको सहयोग गर्ने हो भने भविष्यमा देशव्यापी व्यवसायिक खेतीको रुपमा विस्तार गर्न सकिन्छ ।
२८. पेपिनो मेलोन उत्पादनमा चुनौंती र अवसर ९इउउयचतगलष्तथ बलम ऋजबििबलनभ ष्ल उभउष्लय mभयिल उचयमगअतष्यल ः
एकाइसौं शताब्दीको विश्व आज एकपछि अर्को गर्दै कृषि, विज्ञान र प्रविधिमा फड्को मार्दै गएको छ । स्वास्थ्य, शिक्षा, सूचनाको क्षेत्रमा तीव्र रुपमा विकास भएको छ । यो अवस्थामा नेपालले पनि आफ्नो क्षेत्रबाट अगाडि बढ्नु पर्ने अवस्था आएको छ । यस विषयमा सबभन्दा पहिले नेपालको कृषि क्षेत्रमा सुधार गरी नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने र देशबाट उत्पादित कृषि वस्तुहरूको निर्यात बढाई विश्व बजारमा पु¥याई विदेशी विनिमय आर्जन गर्ने माध्यम बनाई उद्योगको रुपमा विकास गरि पेपिनो मेलोनबाट बन्ने विभिन्न प्रकारका वस्तुहरू उत्पादन र बजारीकरण गर्दै अगाडि बढ्नु पर्छ । यो पेपिनो मेलोनको राम्ररी उत्पादन गर्न सके खाडी मुलुक जहाँ अत्यधिक गर्मी छ त्यहाँ खपत गरे विदेशी विनय भित्र्याउने सक्ने प्रवल सम्भावना रहेको छ । यो नेपालको लागि चुनांती भन्दा पनि सुनौंलो अवसर हुन सक्छ ।
२९. जोखिम अवस्था ः
विदेशी उत्पादन नेपाली बजारमा हावीभइरहेको विद्यमान अवस्थामा तरकारीजन्य र फलफूलजन्य वस्तुको आयतमा कमी ल्याउन पेपिनो मेलोनले सहयोग गर्दछ र स्वास्थ्यको दृष्टिले विदेशी कृषिजन्य उत्पादन जोखिम हुन सक्छ ।
विदेशमा बिक्री वितरण पछि अर्थात रसायनिक विषादीको प्रयोग र बढी रसायनिक मलमा उपयोग गरेर उत्पादन गरिएको खाद्यवस्तु केही खतरा चाहीँ हुन सक्छ । खाद्य प्रशोधन र प्याकेजिङ्ग गरिएको फलफूलजन्य वस्तु नेपाली बजारमा आउँदैन भन्नेकुरा कसरी ग्यारेन्टी कसरी गर्न सकिन्छ ? प्याकेजिङ्ग गरेको फलफूल महिनौं बन्दरगाहमा अड्किएर र हप्तौंसम्म सडकमार्ग भएर आउने वस्तु के राम्रो र स्वास्थ्यकर हुनसक्छ ?
राम्रो प्लाष्टिक प्याकेज र फल मैनमा डुबाएर प्याकेजिङ्ग गरि पठाएको खाद्यवस्तु स्वास्थ्यको लागि जोखिम हुन्छ कि हुँदैन भन्नेतिर पनि ध्यान दिनु पर्दछ ।
महिनौंसम्म केही नहुने रासायनिक औषधीको प्रयोग नगरी लामो अवधिसम्म कुनै पनि खाद्यवस्तु राख्न सक्दैन । जसले हाम्रो स्वास्थ्यमा दीर्घकालीन असर पु¥याईरहेको हुन्छ । त्यसकारण आफ्नै देशमा सहज र सजिलै देशको हावापानीमा र भूगोलमा उत्पादन गर्न सक्ने फल पेपिनो मेलोन किन नलगाउने ?
यसको उत्पादन र बजारीकरण किन उपभोक्ता कहाँ नपु¥याउने ? तत्कालीन समस्या र चुनौंतीहरू हामीसँग भएपनि यसको बजारीकरण गर्नसक्ने अवसर पनि हामी माझ रहेको छ ।

३०. आर्थिक, सामाजिक, वातावरणीय मानवीय जोखिम विश्लेषण र न्यूनीकरणका उपाय ः
हाम्रो देश नेपालमा कृषि कर्म गर्ने जनशक्तिहरूको कमी हुँदै गएको छ । जसको कारण धेरै भू–भागमा जमीनहरू बाँझो बन्न थालेको अवस्था छ । धेरै कष्ट विना यो फलको उत्पादन लिन सक्ने भएकोले ग्रामीण क्षेत्रका किसानहरूले शहर बजारमा पेपिनो मेलोन ९एभउष्लय ःभयिल० को फललाई बिक्री वितरण गरी मनग्गे फाइदा लिन सक्दछ ।
पेपिनो मेलोनको ९एभउष्लय ःभयिल० महत्व नबुझेकाहरू यसको नाम थाहा नपाए पनि राम्रो फलको रुपमा लिएको पाइन्छ । यसलाई व्यवसायीक खेती हुन्छ भन्ने थाहा नभएकाले पनि यो फललाई नेपाली जनताले अझै के हो भन्ने जानकारीमा छैन । कतिपय अवस्थामा स्वयम् नर्सरी गर्नेहरूले समेत गमलामा राखेर फलाउने र नाम समेत थाहा नभएकोले पाइन्छ । उनीहरू यो फललाई जापानीज खर्बुजा भनेर चिनिएको पाइन्छ । तर यसको नाम पेपिनो मेलोनको ९एभउष्लय ःभयिल० हो । यसको उत्पत्ति, व्यवसायिक सम्भावना, थाहा छैन ।
नर्सरी खेती गर्नेले गमलामा राखेर रोप्दा फल्छ भन्ने बाहेक अरु थाहा नभएको अध्ययन अनुसन्धानले देखाएको छ । यो फल नेपालमा कसरी भित्रियो भन्ने सम्बन्धमा विदेशमा गएर बसेका, विदेशबाट फर्केका, केही फलफूल र वागवानी पारखीहरूले नेपालमा भित्र्याएको अनुमान छ । सबभन्दा पहिले कसले ल्यायो भन्ने कुरा एकीन भएको छैन । विशेष गरी यस सम्बन्धी अध्ययन गरेका, फलहरूका पारखीहरूले नेपालमा ल्याएको हुनुपर्छ । किनकि चिया जसरी भारतमा यो फल नपाउने भएकाले सात समुद्रपारीबाट नै यो फल ल्याएको हुनु पर्दछ भन्ने अनुमान मान लगाउने सकिन्छ । तर यो फल नेपालमा भित्रीएको चाहीँ ५० औं वर्ष भइसकेको अनुमान लगाउन सकिन्छ ।
उत्पादन, प्रशोधन, बजारीकरण गर्ने मुख्य स्थान चन्द्रागिर नगरपालिका मच्छेगाउँको टौखेलमा रहको छ र रहने छ । उत्पादन स्थल रहेको यस नगरपालिका भित्रको वरिपरि सडक छेउमा मानव वस्ती बढ्दै गएपनि कृषि गरिने क्षेत्रले कसैलाई पनि वातावरणीय रुपमा क्षति पु¥याएको छैन । अझै पनि ति क्षेत्रमा कृषि गर्ने जमीन प्रशस्त रहेको छ । माटो, हावापानी, पानीको उपलब्धता र पानीको स्रोतहरूमा त्यति कठिनाई छैन । कृषि कर्मको लागि र यहाँ बसोवास गर्नेहरूका लागि वातावरण अझै पनि स्वच्छ रहेको छ ।
यहाँको उर्वर भूमिमा यस क्षेत्रको वरिपरि गाईपालन, कुखुरापालन, तरकारी तथा फलफूल उत्पादन आदि कार्यहरू व्यवसायिक रुपमा गर्दै आएका छन् । पेपिनो मेलोन ९एभउष्लय ःभयिल० उत्पादन कार्यले स्थानीय स्रोत साधनको अधिकतम् उपयोग गरी जैविक विविधताको संरक्षणमा समेत जोड दिइएको छ । पेपिनो मेलोन खेती प्रविधिलाई गाईको गोवर, झारपात र स्याउलाहरू आदि मिश्रण गरी पूरै कम्पोष्ट प्रयोग गरिने र औषधीको रुपमा स्थानीय रुपमा पाइने बोझो, तितेपाती, वनमारा झारको, प्रयोग गरी किरा फट्याङ्ग्रा र माटोमा रहेको सुक्ष्म जीवहरूलाई संरक्षण गर्ने कार्य गरेको छ । यहाँको माटोको ईट्टा भट्टाले प्रयोग गरेको जमीनमा बाहेक कुनै हानी नपु¥याएको र माटोको जैविक शक्तिमा कुनै कमी नआएको उत्पादनको अवस्थाले थाहा पाउन सकिन्छ ।
पेपिनो मेलोन खेती चन्द्रागिरी नगरपालिकाको ९ नं. वडा रहेको छ । धार्मिक र साँस्कृति हिसाबमा यो क्षेत्र धनी रहेको छ । खेती किसानीका साथै यस क्षेत्रमा नेवारी समुदाय बसोवासको वाहुल्यता रहेको छ । धार्मिक रुपमा विष्णुदेवी मन्दिर, मच्छेनारायण र नजिकै मातातिर्थ यस क्षेत्रको विशेषता आफ्नै प्रकारको छ । साँस्कृतिक रुपमा भन्नु पर्दा मच्छेगाउँको टौखेल र बोसीगाउँको नेवारी परम्पराले राम्रो स्थान पाएको छ । अझै पनि यो गाउँका जनताहरू धेरैजसो खेती किसानीमा निर्भर रहेको छ । बाहिरबाट आएर व्यवसायिक कृषि गर्नेहरू ती स्थानीय वासीहरूकै जग्गा जमिनहरू भाडामा लिएर खेती किसानी गर्ने गरेको छ । पेपिनो मेलोन ९एभउष्लय ःभयिल०को खेतीलाई रसायनिक औषधी र रसायनिक मलको आवश्यक पर्दैन । जसको कारण माटोलाई स्वास्थ राख्न पनि वातावरणीय रुपमा सकारात्मक नै मान्न सकिन्छ ।
३१. अपेक्षित नतिजा प्रतिफल ः
पेपिनो मेलोन ९एभउष्लय ःभयिल० सदावहार फल हो । यो फल समुद्री सतहको ५०० मिटरको ३००० फिटको उचाँईसम्म खेती गर्न सकिन्छ । तराई क्षेत्रको लागि पेपिनो मेलोन गर्मी महिनामा खेती गर्न सकिदैन । तराईमा भदौ महिनामा रोपन गरी चैत्र महिनामा बाली लिने गरी एक बालीको रुपमा उत्पादन लिन सकिन्छ । तर यो बालीलाई शित लहरबाट असर पु¥याउन सक्दैन । हिउँ र टुसारो पर्ने क्षेत्रमा एक बालीको रुपमा लगाउन सकिन्छ । तर टुसारो नपर्ने मध्यदेखि उच्चपहाडी क्षेत्रको जुनसुकै भाग र हावापानीमा यो फल राम्ररी खेती गर्न सकिन्छ ।
३२. अपेक्षित उपलब्धीहरू वार्षिक विवरण र सार्वजनिक हित ः
काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका टौखेल मच्छेगाउँ–९, मा पर्ने यो स्थानमा यो खेतीबालीलाई अवलोकन गर्न सहज हुने । अझ पनि त्यस क्षेत्रमा बाँकीरहेको जमीनलाई स्थानीय वासिन्दा र बाहिरबाट आएका जाँगरिला कृषकहरूले आफ्नो क्षमता अनुसार व्यवसायिक रुपमा तरकारी खेती, च्याउखेती, कुखुरापालन गाईभैंसी पशुपन्छीपालन लगायत खेतीबालीहरू गर्दै आएका छन् । तर, पनि पेपिनो मेलोनको खेती लगाई रहँदा यहाँका किसानहरूमा उत्सुकता देखिएको पाइन्छ ।
धेरै स्थानीय मानिसहरू समेत यसको खेती गर्न चाहिरहेको देखिन्छ । यो नयाँ जातको खेती भएकाले पूर्ण रुपमा यसलाई व्यवस्थापन नगरीकन सबैलाई सहज वितरण गर्ने अवस्था बनिसकेको छैन । किनकी हाम्रो जस्तो देशमा बजारीकरणको समस्या अझै रहेकोले घिउकुमारी जस्ता खेतीमा धोका खाए पछि । किसानहरू आफै सचेत बन्दै आएको छ । म आफै पनि सचेत नागरिक भएकाले परियोजनाको लक्ष्य पूर्ण रुपमा पूरा नभएसम्म कसैलाई पनि आजसम्म वितरण गरिएको छैन । गरिने पनि छैन । तत्काल लाभ लिइहाल्ने कतिपय व्यवसायीहरूको कारण कृषि क्षेत्रले वदनामी कमाएको छ । तर मैले गरेको योजनामा त्यस्तो हुन दिइने छैन । हामीले सार्वजनिक हितको लागि एकदुईवटा बिरुवाहरू माग गरेको खण्डमा कहिले काहीँ एकदुइवटा बिरुवा चाहीँ निशुल्क रुपमा दिँदै आएको छ । फल पाकेपछि आफूले स्थापित गरेको बजार र उपभोक्ताको माग पूरा गर्न भने फल बिक्री गर्दै आएको छ ।
३३. स्वास्थ्यवद्र्धक फलको रुपमा पहिचान ः
पेपिनो मेलोन ९एभउष्लय ःभयिल० स्वास्थ्यको लागि अति उपयोगी फल हो । यो फलको उपभोग गर्दा पाचन प्रकृया बढ्ने, तिर्खा मेटिने, मधुमेह र किड्नीका विरामीले खाँदा स्वास्थ्य हुने, मृर्गौलाका क्रिटिनाईन घटाउने भई स्वास्थ्यमा सुधार भएको देखिन्छ । यो फल खाँदा जटिल भन्दा जटिल विरामीहरु समेत निको हुने गरेको तथ्यहरू पाउन सकिन्छ ।
३४. मानव समुदायको लागि हुने फाइदा ः
नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई पूरा गर्न सचेत र जागरुक नागरिक नेपालीहरूको कर्तव्य हुन आउँछ । नेपाल सरकारको यो नारालाई सार्थक बनाउन आ–आफ्नो क्षेत्रबाट जुट्नु पर्दछ ।
मान्छे जब निरोगी हुन्छ । तब मात्र सुखी हुन सक्छ । मानिसको शरीरमा रोग लागेको खण्डमा कोही पनि सुखी हुन सक्दैन । शरीरमा रोग लाग्न नै नदिन यो फलको उपभोग गर्दा हुन्छ । तर यसलाई आम उपभोक्ता सम्म पु¥याउन सकिएको छैन । विदेशमा उत्पादित अर्बौं रुपैयाँको फलफूलहरू नेपाली भूमिमा भित्रिने गरेको छ । ति फलफूलहरूभन्दा नेपाली भूमिमा फल्ने फलफूलहरू कैयौं गुणा गुणस्तरीय छ । नेपालमा नै स्याउ, अनार, किवी सुन्तला, खरबुजा, कागती लगायत फलफूलहरू जस्तै पेपिनो मेलोन पनि उत्पादन गरि फलफूलको रुपमा विकास गरिनु पर्छ ।
७५३ वटै स्थानीय निकायसम्म पेपिनो मेलोन ९उभउष्लय ःभयिल० खेती प्रविधि विस्तार गरी उत्पादन बढाउनु आवश्यक छ । यो फल मानव समुदायको लागि आर्थिक रुपमा मात्र नभई स्वास्थ्यको दृष्टिले उच्च प्रकारको स्थान लिन सक्छ ।
यो फल के बालबालिका, के वृद्धवृद्धा, के युवा, सबैको लागि खान हितकर छ भन्ने अध्ययनले पुष्टि गरेको छ ।
नेपालमो खानाको कारण दिन प्रतिदिन बढ्दै गएको मधुमेह र किड्नीको विमारीहरूलाई यो फल नियमित रुपमा खुवाउन सके उनीहरू स्वास्थमा सुधार भई निरोगिता हासिल गर्न सक्छ ।
स्वास्थ्य उपचारको नाममा आर्थिक रुपमा बाहिरिने औषधीजन्य वस्तु खरीदलाई पैसा नेपालमै रहन सक्ने वातावरण बन्न सकी देशको अर्थतन्त्रलाई ठूलो टेवा पु¥याउने सक्दछ ।
५. अन्य सान्दर्र्भिक विषय ः ः
क) भविष्यको कर्णधार आजका कलिला बालबालिका, विद्यार्थी लगायतले खाजादेखि घरमा खानेकुरा समेत फाष्ट फुडको मात्रा बढ्नु देशको लागि स्वास्थ्य र आर्थिक दृष्टिकोणले हीतकर छैन । अस्वास्थकर खाद्यान्न उपभोगबाट निम्तिएको विमारीको कारण जथाभावी औषधी प्रयोग गर्नाले खर्बौं रुपैयाँ विदेशिएको डरलाग्दो अवस्था छ । त्यसकारण प्राङ्गारिक उत्पादन नै उपभोग गर्नु पर्छ भन्ने यस कम्पनीको उद्देश्य र लक्ष्य रहेको छ । यो कम्पनी मार्फत उत्पादित पेपिनो मेलोन ९एभउष्लय ःभयिल० उपभोग गर्नु पर्छ भन्ने सन्देश दिन चाहेको छ ।
ख) नेपालमै उत्पादित कृषिजन्य खाद्य वस्तुहरू, गहुँ, मकै, कोदो, चामल, फापर, जौ, कोरु जस्तै पेपिनो मेलोन ९एभउष्लय ःभयिल० स्याउ, सुन्तला, भुइँस्याउ, नास्पात्ती, अँगुर, किवी, एभोकाडो लगायत फलफूलहरु उत्पादन बढाई स्वच्छ र शुद्ध खानेकुरामा ध्यान दिनसके आर्थिक रुपमा मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि फाइदाजनक छ ।
ग) यो फल अन्य बालीवस्तुलाई जस्तै औद्यौगिक बालीको रुपमा विकास गरी फल उपभोगका साथै जुस, जाम लगायत वस्तुहरू उत्पादन गरी नेपालमै खपत गराउने र विदेशी विनिमय आर्जन खाडीका देशहरूमा निर्यात बढाउने, देशको वेरोजगार युवाहरूलाई रोजगार प्रदान गर्ने सम्भावना बढ्ने छ ।
घ) हाम्रो देश नेपाल कृषि उत्पादनको प्रचुर सम्भावना बोकेको देश हो । कृषि नै हाम्रो जीवनयापन गर्ने प्रमुख आधार हुन् । कृषि नै नेपालको अर्थतन्त्रको मूल आधार हो । पेपिनो मेलोन खेती प्रविधि नेपालको लागि नयाँ बाली हो । तर, यो बाली सजिलै विस्तार गर्न सकिने बाली हो ।
यो बाली उत्पादन गर्दा थोरै लगानीबाट शुरु गर्न सकिन्छ । यसलाई छोटो समयमा पनि विस्तार गरी आफ्नै सीप प्रयोग गरी वृहत रुपमा खेती गर्न सकिन्छ । यो बालीको विस्तारले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने छ ।
३५. सन्दर्भ सामाग्री प्रयोग हुने सामाग्री ः
क) नेपालमा सम्भावना र बजार भएका बालीहरू ः डा.राजेन्द्र देवकोटा
ख) कृषि जर्नल मासिक वर्ष ९ अंक १२ माघ २०७० ः मेघराज कार्की, धनबहादुर मगर, नित्यराज राउत
ग) पेपिनो मेलोनका विभिन्न वेभसाइट धधध।९पष्मलभथ ऋबचभ अयmmगलष्तथ।यचन०
घ) गुगल सर्च इन्जिन, विक्पिडिया कोष तथा भण्डारणबाट लिइएको
ङ) पेपिनो मेलोन सम्बन्धी लेख तथा आलेखहरू

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close