विचार

कृषि विकासको निमित्त सरकारी व्यवस्था

प्रिच्छेद ११
अहिले सम्मको परिच्छेदहरूमा नेपालो कृषि के कस्तो रहेछ भन्ने कुराहरू मात्र उल्लेख भयो यी परिच्छेदहरूको अध्ययनले नेपालमा जस्तो पनि खेती गर्न सकिने रहेछ भन्ने कुरा स्पष्ट देखाउँछ । कृषि विकासका सम्भावनाहरू बारे धेरै लेखहरू तथा विभिन्न ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । यहाँ ती कुराहरूलाई फेरि दोहो¥याउन पट्टी नलागि यस परिच्छेदमा कृषि विकासको निमित्त श्री ५ को सरकारबाट पटक–पटक गरी उठाइएका कदमहरूको उल्लेख गरिएको छ ।
प्रथम विश्व युद्ध शुरु हुनु भन्दा पहिले नेपालसँग अरु देशहरूको सम्पर्क विशेष निकट थिएन । बाहिरी दुनियाँसँग सम्पर्क नराखेमा नेपालमा कुनै आर्थिक समस्या आउँदैन र यहाँ सदा आफूले चाहेको पुगी नै रहने छ भन्ने भावना पनि त्यस बेलाका शासकहरूमा थियो होला । युद्ध समाप्त भएपछि दुनियाँमा अनेक उथलपुथल आयो । अरु देशमा पर्न आएको आर्थिक संकटहरू नेपालमा पनि विस्तारै–विस्तारै देखिन थाले । यसमाथि विस्तारै विस्तारै बढ्दै आएको जन–वृद्धिले जीवन माथि पर्न आएको बोझ त छँदै थियो । देशको आर्थिक अवस्था सुधार गर्नको निमिक्त तात्कालीन सरकारको दृष्टि आकर्षित हुन आयो । हुन त कृषि विकास गर्न अनेक विदेशी विशेषाज्ञहरु लगाई गराउने सकिन्थ्यो तापनि नेपालीलाई नै चाहिने शिक्षा र सहुलियत दिन निमित्त सर्वप्रथम नेपाली छात्रहरूलाई भारतको नागपुरको कलेज अफ एग्रील्चरमा वैज्ञानिक कृषिको अध्ययन गर्न पठाएको पाइन्छ ।
विक्रम सम्वत् १९७८ तिर आएर यिनै तालिम पाई आएका नेपाली कृषि विशेषज्ञाहरूद्धारा नेपाला सर्वप्रथम एग्रीकल्चर अफिस खुल्यो । १९७९–८२ सम्म विशेष उल्लेखनीय काम केही भएन । १९८२ मा आएर डिपार्टमेन्ट अफ एग्रीकल्चर खडा हुन आयो । यो डिर्पाटमेन्ट खडा भएपछि यसको कार्यक्रम तथा नीति सोही सालको अषाढ १६ गते गोरखापत्रमा सर्वसाधारण जनताको निमित्त प्रकाश गरियो जुन यस प्रकार छ ः –
‘‘हामी सकल गोरखाली प्रजाहरूमा जाहेरै छ कि श्रीमान प्रजाप्रेमी श्री ३ महाराज चन्द्रसम्शेर जङ्गबहादुर राणाका शासनमा नेपाल राज्यको उन्नति र प्रजाहरूको सुखः सम्मृद्धि बढाउनको निमित्त गरिएको कैयौं उन्नति साधन कार्यहरू प्रभुबाट जुन प्रकारको आविष्कार गरि बस्एििको छ, सोही प्रकारले हालै केही दिन अगाडि देखि माथि लेखिएका उन्नति साधारतय कार्यहरू मध्येको एक कार्यस्वरुप व्यवस्या प्रचार विभाग अर्थात् कृषि कार्यकारीणी समिति वा ‘‘डिपार्टमेन्ट अफ एग्रीकल्चर’’ जस्को हेड अफिस नेपाल डिल्लीबजारमा खोली बक्सिएको छ । औं त्यसका साथ–साथै त्यो रमणीय र सुन्दर दरवार जस्को ‘‘सिंहदरवा’’ भन्ने नाम सुप्रसिद्ध छ, यस अफीस र फार्मको मुख्य उद्देश्य यो छ कि स्वतन्त्र राज्य नेपालको कृषि कार्यमा उन्नति होओस् तथा कृषि शिक्षाको साथ–साथै कृषि विषयका विदेशी हलो, हिरो पम्प इत्यादि कृषि औजार आदि साधानद्धारा जमीनको मर्मत गर्न जानी नाना प्रकारका बीजहरूको संग्रह, आरोपण र फ्लोत्पादनहरूद्धारा नेपाललाई पर रमणीय समृद्धशाली देश बनाउनका निमित्त भविष्यमा वैज्ञानिक कृषकहरू तयार होउन् अल्प व्ययले खेतीको काम चलोस् इत्यादि अनेक प्रयोजनको निमित्त यो आफीस र एग्रीकल्चरल डिपामोस्ट्रेशन फार्म खोली बक्सिएको हो ।
नेपाल चार भाञ्ज्याङ्ग भित्रमा धेरै डाँडा–काँडाहरू खाली भैरहेको र लकडी–काठ–पात, दाउरा इत्यादिको पनि मूल्य बढ्दै गएकाले र केही काममा सो लकडी–काठ, पात, दाउरा)मा कमी हुन जाने समेत यस्तो पछि सम्मको विचार श्री ३ महाराज चन्द्र शमशेर जङ्गबहादुर राणा, प्रभुबाट गोदावरीमा एक ‘‘फरेष्ट नर्सरी’’ (जङ्गलमा लाउने बिरुवाहरू तयार गर्ने ठाउँ) खोलाई बस्क्सेको छ । यस नर्सरीबाट भिन्न–भिन्न प्रकारका वृक्ष–बोट बिरुवाहरू तयार गरी सो खाली परीरहेको नाँगा डाँडामा सारिने मन्सायले यो नर्सरी खडा भएको हो ।
आज वडा हर्षका साथ नेपालका सकल प्रजा वर्गमा जाहेर होओस् भन्नको निमित्त एग्रीकल्चर आफीस मार्फत् यो सूचना दिइन्छ । ठीक तपशलिका कृषि सम्बन्धी कार्यहरूमा जसलाई जुन किमिसमको कार्य गर्न मनसुवा छ उनीहरू वेदाममा हुने कार्य वेदामैमा र दाम खर्च गर्नु पर्ने कार्यमा दाम खर्च गरी यस अफीसद्धारा लाभ उठाउन पाउने छन् । जसलाई ती कार्यहरू गर्नाको ईच्छा छ उनी महाशयहरूले यस आफीसमा दरखास्त दिनु वहुतै आवश्यक छ ।
तपसील
वेदाममा हुने काम ः–
१. वैज्ञानिकरीतिले खेती गर्ने काम सिक्ने पाउँ भन्नेलाई सो कामको शिक्षा दिने ।
२. किसिम–किसिमको जन्सीहरूको बिउ पाउँ भन्नेलाई आफीसबाट मौज्दात रहेकाबाट यथा साध्य पहिलो पटकलाई दिने र सो बीज लाउने तरिका समेत बताई दने ।
३. कृषिको कामलाई चाहिने हलो, पम्प इत्यादि जिन्सी मालको काम र ती मालहरूको उपयोग गर्ने काइदा पनि सिकाई दिने ।
४. यस अफीसमा मौज्दात भएका रहेका कृषि सम्बन्धी मालहरू मध्ये बालगिरी लैजान्छु, पाउँ भन्नेलाई सिकाई दिने र ती मालहरूबाट लिने काम सिकाई दिने ।
५. यस किसिमको खेती गर्न चाहान्छु, त्यसका निमित्त शिक्षा सम्बन्ध मद्दत पाउँ भन्नेलाई मद्दत दिने ।
६. मैले गरेको खेतीमा किरा रोग आदिबाली बिग्रियो । उब्जाउ कम भयो सो के–केले भएको हो, के गर्नाले यस्तो नहुने हुन्छ । जाँची उपाय समेत सिकाई पाउँ भन्नेलाई सो काम गरिदिने ।
७. मेरो जग्गाको माटो कुन किसिमको खेती गर्नालाई लायक छ जाँची पाउँ भन्नेलाई सो जग्गाको माटो जाँची दिने, टाढा भए माटो झिकाई जाँची दिने ।
८. ‘‘साइलेज’’ हरियो घाँसको चारा बनाउने काइदा सिकाई पाउँ भन्नेलाई सिकाई दिने ।
९. किसिम–किसिमको मल बनाउने काइदा सिक्छु भन्नेलाई सो मल तयार गर्ने काइदा र कुन मल कुन फसलका निमित्त मनासिव छ त्यो पनि सिकाई दिने ।
१०. गोरस र पशु पालनका विषयमा शिक्षा पाउँ भन्नेलाई सो शिक्षा दिने ।
११. गाई, भैसी, वयलहरू खरीद गर्छु, असल छ छैन जाँच्नलाई मद्दत पाउँ भनेमा जाँची दिने ।
१२. वाग, बचैँचा लगाउन विषयमा र सो बगैँचाको बोट बिरुवाहरूमा लाग्ने रोग किरा इत्यादिको इलाज गर्ने काइदा सिक्न पाउँ भन्ने लाई सिकाई दिने
१३. एग्रीकल्चर फार्मिङ्ग वा डेरी फार्र्मिङ्ग खोल्न इच्छा छ त्यसको निमित्त नक्सा (स्कीम) तयार गर्नालाई मद्दत पाउँ भन्नेलाई मद्दत दिने ।
१४. माथिका दफा–दफामा लेखिएका बाहेक कृषि विषयको हरेक काम कुराको बारेमा मद्दत माग्न आउनेलाई यथासम्भव मद्दत दिने ।
दाम लिएर गरी दिने ः–
१. किसिम–किसिमका देशी वा बिलायती बीउहरू झिकाई पाउँ भन्नेलाई परल मोल मात्र लिई झिकाई दिने ।
२. यस फार्ममा तयार भएका बीउहरू माग्न आएमा दोस्रो पटक देखिलाई नाफा नदिई परल मोलमा दिने ।
३. खेती विषयको हलो–पम्प आदि देशी सामान झिकाई पाउँ भन्नेलाई परल मोल दिलाई झिकाई दिने ।
४. तर्जुवाको निमित्त अफीसमा मौज्दात रहेका मालहरू बालगिरी आउनेलाई यथायोग्य भाडा लिई दिने ।
५. कसैका खेतको माटो जाँच्नलाई यहाबाट नहुने भएमा देशतर्फ पठाई जँचाउने काम पर्न आएमा लाग्दो खर्च लिई सो काम गरिदिने ।
६. साइलेजका कसैलाई दरकार छ भने यामैमा आई जनाउ दिएको पक्षमा लागेको खर्च लिई तयार गरिदिने ।
७. गोरस र गोवर्धन शास्त्रको शिक्षा माग्न आएमा खर्च लाग्ने भयो भने सो खर्च लिई झिकाई दिने ।
८. बगैँचाको बोट बिरुवाहरू सार्ने भिन्न–भिनन प्रकारका काइदा सिक्न आएमा लाग्ने खर्च लिई सिकाई दिने ।
९. कृषि विषयमा माथि लेखे बाहेक अरु हरएक कुराको मद्दत माग्न आएमा खर्च लाग्ने भयो भने सो खर्च लिई मद्दत दिने ।
माथि तपसिलमा लेखिएका बाहेक अर्को यस कुराको सूचना पनि दिइन्छ कि जग्गा जमीन केही नभएको सुकुम्बासी रैतीहरू वा बेइलमी भै यताउती घुमी आफ्नो मुलुक छाडी परदेशमा गै दुःख पाईरहेका रैती दुनियाँहरूलाई पनि सुख र सुविस्ताका साथ आफ्ना जीविका चलाउन् भन्ने यस्ता प्रकारको दुःखीहरू माथि असीम दया राखिबक्सी श्र ३ महाराज चन्द्र शमशेरबाट वहुतै सुविस्ताको रास्ता खोलि बक्सिएको छ । हेटौडा लकडी कटाउन ढुआउनालाई द्धार अड्डा र सो जग्गा आवाद गर्ने इच्छा भएका रैती दुखियाँहरूलाई विघा १ एक मोरु २० का दरले मोतापोता दिई जग्गा आवाद गराउने बन्दोवस्तलाई भोता पोता अठ्ठा समेत काम गराई बक्सेको छ ।
श्री ३ महाराजबाट रास्ता आफ्ना दुःखी रैतीहरूमाथ करुणा रही खोलिबस्क्ेको मौकालाई शिरोपर गरी जसलाई विघाजमीन आवद गर्न मन छ उनी महाशयहरूले यस अफीसमा वा मोतापाता अड्डा हेटौडामा दरखास्त दिईदिनु भए सो पाउन हुनेछ ।
यति मात्र होइन कि श्री ३ प्रभुबाट सो जग्गा आवाद गर्न आएका र आउने रैती र त्यहाँ हेटौडाका वासिन्दाहरूसमेत सो जग्गामा औलका रोग हुने हुनाले त्यस्का बचावलाई एक डाक्टर वा कम्पाउण्डर बराबर सो रैतीहरूलाई आरोग्य राख्नाका निमित्त औषधी समेत बेदाममा दिने बन्दोवस्त पनि गरिबक्सेको । औं साथ–साथै हालैमा एक अंग्रेजी डाक्टर जो औंलोको रोगको खास स्पेशलिष्ट निजलाई देशबाट झिकाई बक्सी सो औंलको रोग क्रमसँग घटाउने उपायलाई तर्जुमा पनि हुन लागि रहेछ ।
अर्को यो कुराको पनि सूचना गरिन्छ कि जो महाजन सेठ साहुकारहरू आफूलाई वा खरीद बिक्रीको कामलाई हेटौडामा काटी रहेको जति थान लकडी लिनाको इच्छा छ उनी महाशयहरूले पनि यस अफीसमा वा द्धार अड्डा हेटौडामा दरखास्त दिए चाहिएको लकडी चलेको दर–भाउमा लिन पाउँछन् ।
यस्ता हयस्ता अनेक देश र पजाको हित हुने काम श्री ३ महाराज चन्द्रशमशेरबाट नेपालमा उठाई बक्सेको छ भने हामी श्री ३ चन्द्र भक्त प्रजाहरूले पनि यती काममा यथाशक्य यत्न गरी उनै श्री ३ प्रभुको जय मनाई आफ्नो लाभ उठाउनाको सदा उद्यत रहनु परम कर्तव्य छ ।
क.प.सोमशमशेर ज.व.रा. ।
हेड अफीस, डिपार्टमेन्ट अर्फ एग्रीकल्चर
डिल्लीबजार, नेपाल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close