सम्पादकीय

किसानलाई सँधै बाँदरको चिन्ता

बाँदरको नियन्त्रण गर्ने कानूनले हल हुँदैन

हाम्रो देश कृषि प्रधान देश हो । हामीले देशेको कृषि उत्पादनलाई त्यति महत्वका साथ अगाडि बढाउन नसकिरहेको अवस्था छ । देशको केही कृषि बालीहरुमा हामी आत्मनिर्भर भएपनि समग्र कृषिमा आत्मनिभर हुन सकिहरहेको छैन । यस्तो अवस्थामा देशको अधिकांश भू–भाग विविधकारण जमीन क्रमश बाँझो बन्दै गएको छ । यसले हाम्रो देशको कृषि उत्पादनमा नराम्री प्रभाव पारेको सबैलाई थाहा छ । देशको कुल भू–भागमा खेतीयोग्य जमीन समेत २०–३० प्रतिशत बाँझो भएको छ । यसका पछाडि मुख्य मुख्याका कारणहरू सही समयमा पहिचान समेत गर्न नसकीरहेको अवस्था छ । जसको कारण कृषिमा ह्रास आएको छ । जल्दोवल्दो युवाहरु विदेशमा पलायन हुनबाट रोकिएको छैन । अर्को तिर खेतीयोग्य जमीन शहर बनाउने होड बाजीमा नासिदै गएका छन् । राज्यले खेतीयोग्य जमीन प्लटिङ्ग गर्नबाट रोकिएको भ्रम फैलाई रहेको छ । अर्को तिर तिव्रगतीमा प्लटिङ्ग गर्ने कार्य जताततै जारी रहेको छ । यस्तो अवस्थामा नेपालको कृषियोग्य भूमि मासिएको त छ नै । अर्कोतिर बजारको व्यवस्थापनमा ठूलो चुनौंती आएको छ । किसानले उत्पादन गरेको फलफूल तरकारीको लगायत मूल्य उठाउन सकिरहेको छैन । विदेशी फलफूल तरकारी र दैनिक उपभोग्य वस्तुले नरामरी नेपाली किसानलाई असर पु¥याईरहेको छ । सरकारको उपयुक्त नीति नभएको कारण सँधै उत्पादन हुने भूमि समेत बाँझो बनिरहेको छ । कतिपय किसानले व्यक्तिगत रुपमा आफ्नो पहलबाट कृषि गरेपनि कतै सिँचाईको अभाव, कतै बजारको अभाव, कतै विचौलियाको विगविगी जस्ता कुराले कृषिमा यो अवस्थामा आएको हो । दिगो कृषि प्रणालीलाई व्यवस्थापन गर्न नसक्दा राज्यले सँधै व्यापार घाटा मात्र सहनु परेको छैन । देशको अर्थतन्त्र नै तहस नहस बन्न लागेको छ । कृषि क्षेत्रलाई मात्र राम्ररी ध्यान दिन सकेको भए यो अवस्थाको अन्त्य हुन अनुमान सम्म हामीले नगरेको होइन ।
कृषि नै हाम्रो देशका मूल अर्थतन्त्रको आधार हो । तर कृषिलाई उचित ढंगले व्यवस्थापन गर्न नसक्दा हामी कृषिमा पछि परेका छौं । यि समग्र कुराहरुलाई हेर्दा अर्को समस्या पनि हाम्रो कृषि कर्ममा लागेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सँधै पिरोलो बनिरहेको समस्या बाँदरको समस्या हो । बाँदरको विगविगी राजधानीको वरिपरि मात्र छैनन् देशैभरि छ । परम्परागत कृषि गर्ने दूरदराजका किसानहरु बाँदरको कारण खेतीपाती लगाउन छोडेका छन । बाँदरले किसानको खेतीबाली खाईदिँदा दिक्क मानेर किसानहरु स्वयम खेती गर्न छोडेर अन्य पेशा अंगाल्न पुगेको थुप्रै उदाहरण हाम्रो सामु छन् ।
सरकारसँग कानून छ । कानूनको कारण झन् किसानहरु विस्थापित बन्न पुगेका छन् । कानून बनाएर क्षेतिपूर्तिको व्यवस्थापन पनि गरेका छन् । तर त्यो क्षेतिपूर्ति विकल्प हुन सक्दैन । किसानले ढुक्कका साथ कृषि गर्न पाउनु पर्छ अनि मात्र देशको कृषि बालीमा उत्पादन बढाउन सकिन्छ । बाँदर भगाउने प्रविधि नबनाएको पनि होइन तर त्यो प्रविधि प्रभावकारी बन्न सकेको छैन । बाँदर मात्र होइन बँदेल, दुम्सी पनि समस्याको विषय बनेका छन् । तर सबभन्दा ठूलो समस्या भनेको बाँदरले नै बढी नोक्सान गरेको देखिन्छ । बाँदर कतिवबेला आउछन् । लखेट्ने भनेर कुरीरहने किसानलाई फुर्सद हुँदैन । मुख्य समस्या नै बाँदर बनेकाले यस्तो समस्याको समाधान गर्न व्यक्तिले मात्र सक्दैन । राज्यले नै बाँदर नियन्त्रण गर्न गम्भीर भएर सोच्नु पर्छ ।
बाँदर नियन्त्रणमा समस्या समाधान गर्न त्यति सजिलो छैन् । तर पनि दीर्घकालीन रुपमा हल गर्नतिर लाग्नु चाहीँ जरुरी भएको छ ।
हाम्रो देश नेपालमा बाँदर धार्मिक हिसावले संरक्षित गरिएको प्राणी हो यसलाई रामको चेला र मानव जातीको पूर्व वंशज पनि हो भनेर आदर गर्ने चलन छ । र मार्नु वर्जित गरिएको छ । नेपाली साँस्कृतिमा पुरातन सनातन हिन्दु संस्कारको जगबाट आएको हामी बाँदर सकारात्मक देखिन्छ । यसर्थ नेपालीहरु बाँदरको सन्तान हनुमानलाई आदर गर्दछ किनकी नेपाल एउटा हिन्दु धर्म मान्ने धर्मावलम्वीहरुको वाहुल्यता रहेको छ । आसामी बाँदरलाई नेपालीले हनुमानको सन्तान भनिन्छ । धर्म संस्कार अनुसार रामभक्त हनुमान भएको कारण हनुमान जातिका बाँदरलाई नेपालीहरुले श्रद्धाको रुपमा लिइएको छ । तथापी त्यसलाई नियन्त्रण कसरी गर्ने भन्ने कुरा ठूलो चुनौंतीको विषय बनेको छ ।
तर अब राज्यले यसको व्यवस्थापन नगरी सुखै छैन । कृषि गर्नु चाहने पीढिलाई निराश बनाई रहेको बाँदरले बाँदरलाई कसरी नियन्त्रण गर्ने भनेर राज्यस्तरबाटै गरिनु् पर्छ । क्षेतिपूर्ति समाधान होइन । बाँदरको नोक्सानी ठूलो हुन्छ । बाँदर धपाउन गुलेली बोकेर कुर्न सँधै सकिदैन । त्यसकारण यसको नियन्त्रण भनेको भाले बाँदरलाई नियन्त्रण गरी वन्ध्यकरण गर्नु अपरिहार्य छ । मानिसको जनसंख्या वृद्धि हुनबाट वन्ध्यकरण गरेजस्तै बाँदरलाई पनि नियन्त्रण गरी वन्ध्याकरण गर्न जरुरी छ । त्यसबाट मात्र बाँदरबाट हुने समस्या तत्काल नभए पनि भविष्यमा किसानहरुले सन्तोषको सास फेर्न पाइन्छ । तपशिलका कार्यहरु गर्दै जाँदा दिनानु दिन बढ्दै गरेको बाँदरका संख्यात्मक वृद्धिले नेपाली किसान सँधै तर्सित बन्नु पर्ने छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close