अन्तर्वार्ता

सहकारी मार्फत महिलाहरुको जीवनस्तर उठाउनु पर्छ ः गीता फुलेल अधिकारी

महिलाहरूबाट सञ्चालित सहकारी तथा वित्तीय संस्थाहरू त्यति धेरै भएको पाइदैन । केही त्यस्ता सहकारी तगा वित्तीय संस्थाहरू छन् जो महिलाहरूका लागि सञ्चालन भएका छन् । जसले महिलाहरूको जीवनस्तर माथि उठाउन अहोरात्र लागि परेको देखिन्छ । त्यसमध्ये काठमाडौंको चावहिल चुचेपाटीस्थित सवल महिला वहुद्देश्यीय सहकारी संस्थाको प्रमुख भूमिकामा काम गरिरहेकी प्रबन्धक गीता फुलेल अधिकारीसँग कृषि जर्नल मासिकका लागि धनबहादुर मगरले गरेको कुराकानीको प्रस्तुत अंश ः
यहाँको परिचय दिनु होस् न ?
गीता फुलेल अधिकारी, प्रबन्धक सवल महिला वहुद्देशीय सहकारी संस्था चुचेपाटी चावहिल काठमाडौं ।
सवल महिला वहुद्देश्यीय सहकारी संस्थाको उद्देश्य के छ ?
यो सहकारी महिला दिदी बहिनीहरुले सञ्चालन गरेको संस्था हो । यसको उद्देश्य समाजमा महिलाहरुको आर्थिक वृद्धिसँगै उहाँहरूको जीवनस्तरमा सुधार गर्नु र नेपाल सरकारले अवलम्वन गरेको तिनखम्वे अर्थनीतिलाई टेवा पु¥याउनु हो ।
सहकारी मार्फत तीनखम्वे नीतिलाई अगाडि बढाएर लैजानु पाँउदा असाध्ये खुशी पनि लागेको छ । म सहकारीमा प्रवेश गर्दा त्यति बेला त्यति धेरै ज्ञान थिएन । पछि आएर काम गर्दै आउँदा ज्ञान र सहकार्य पनि बढ्दै गयो । विशेष गरी सवल महिला वहुद्देश्यीय सहकारी संस्थाको तर्फबाट के गरेको छ भनेर कुरा गर्नु पर्दा विपन्न महिला दिदीबहिनीहरुले थोरै भएपनि आर्थिक सहयोग पायो भने केही गर्न सक्दो रहेछ । त्यसमा काम गर्ने २५ वटा समूहगत टिम छ । एउटा टिममा १०÷१० जना हुनुहुन्छ ।
समूहमा आवद्ध सदस्यहरू कुन व्यवसायमा बढी आवद्ध हुनुहुन्छ ?
आवद्ध सदस्यहरू धेरैजना कृषिमै आवद्ध छन् । जसबाट हामीले फिड व्याक पाएका छौं । राम्रो ठाउँमा हात हालेछु भनेर गर्व पनि लाग्छ । किनभने धेरै जना महिला दिदीबहिनीहरु आत्मनिर्भर बन्न सफल हुनु भएको छ ।
तपाई यस सहकारी संस्थामा कहिले पदवहाल हुनु भएको थियो ?
म ३ वर्ष भयो यस संस्थामा आएर काम गरेको छु ।
समूहमा महिलाहरूलाई कति सहयोग गर्नु हुन्छ लगानी गर्न ?
५० हजार देखि माथि । जुन समूहलाई लगानी गरेका छन् उहाँहरूले त्यही लगानीबाट व्याज र साँवासँग रिटर्न गरि उन्नति गरेर साँढे २ लाख माग गर्नु भएको छ । त्यसकारण पनि हाम्रो कामले महिला दिदीबहिनीहरूलाई टेवा पुगेको छ भन्ने विश्वास जागेको छ ।
सहकारीमा वेथितीहरू पनि हुन्छन् भन्ने कुरामा तपाईको धारण के छ ?
सहकारी बारेमा जसरी बजारमा हल्ला चलेको छ । हो, धेरै सहकारीहरु अलि वदमासी पनि देखिएका छन् । ठूलो सहकारीको मारमा साना सहकारीहरु परेका छन् । हामीले भन्दै आएका छौं कसैले कसैलाई थिचोमिचो गर्नु हुँदैन । त्यही कुरामा अडिग पनि छौं ।
कलेक्शन कति गर्नु हुन्छ ?
हाम्रो कलेक्सन सिट हेर्ने हो भने १००÷५० को वचतमा सीमित छ । त्यही वचतलाई संकलन गरेर समूहलाई दुई अढाई लाख लगानी गर्नु रामै्र लाग्छ ।
यहाँहरुको सवल स्वलम्वन वहुद्देश्यीय सहकरी संस्थाट कृषि क्षेत्रमा पनि लगानी गर्नु भएको रहेछ । सहकारीको लक्ष्य छ नि, मिट गरेको छ जस्तो लाग्छ यहाँलाई ?
जुन लेवलबाट हामी आयौं र हामी जहाँ छौं । सफलता नेै हासिल गरेका छौं ।
तैपनि यतिमै सन्तुष्त भएर बस्ने अवस्था होइन । हाम्रा अगाडि चुनौंती र अवसरहरू पनि धेरै छन् । गोकर्णमा दुईवटा सहकारी मिलेर गाईपालन गरेका छौं । पछिल्लो कार्यक्रमको मोडालिटी परिवर्तन भएको छ । हामी वहुद्देश्यीय हो । पछि हटेको होइन । मोडालिटी परिवर्तन मात्र भएको हो । अहिले हाम्रो संस्था मार्फत १ करोड शेयर लगानी त्यस फार्ममा गरेका छौं । हामीसँग अहिले ४५ वटा गाई छ । बाच्छा–बाच्छी गरि ५२ वटा छन् । दुहुनो गाई २२ वटा छन् । कुखुरा अढाई सय छ । टर्की पनि पालन गरेका छौं । कृषि गर्नु पर्छ कौशी खेतीलाई सरकारबाट पर्वद्धन गरिरहेको छ । हामीसँग आवद्ध भएका जो महिला दिदीबहिनीहरू जो समूहमा हुनुहुन्छ, उहाँहरु कसैले कुखुरा, कसैले गाईपालन गरिहनु भएको छ । यो हेरेर पनि लगानी गरेका छौं । पूरै कृषिमा लगानी गर्न नसकेता पनि हामीले कृषि गर्नुपर्छ र अहिले पनि हामी प्रतिवद्ध छौं ।
कृषि र वचतमा मात्र केन्द्रीत कार्यक्रम हो की अरुमा पनि लगानी गर्नु भएको छ ?
केन्द्रीत कार्यक्रम महिलाहरूमा नै हो । उहाँहरूको व्यवसायलाई सहयोग पु¥याउनु हो । हामीले गर्न पाउने पनि त्यही हो । वहुद्देश्यीय भएको कारण वचत तथा ऋण भनेर हामीले गर्न पाउँदैन तैपनि नगरे पनि पुग्दैन । वचत त समूहका सदस्यहरूबाट ल्याउनै पर्छ । हाम्रो वचत तथा ऋण तर्फको भन्दा पनि जो समूह छ । उहाँहरूबाटै केन्द्रीत हुन्छ । सहकारीको उद्देश्य वहुद्देश्यीय छ त्यसैको घेरा भित्र बसेर गर्ने काम गर्नुपर्छ । २५ वटा समूहको महिनामा एक पटक मिटिङ्ग हुन्छ । समूहमा रहेको सदस्यहरू बीच १ जना वरावर १०० रुपैयाँ उठाउँछौं । अनि त्यही लगानी गर्छौ । हाम्रो फोकोस चाहीँ महिला दिदीबहिनीहरुको आर्थिक उन्नती गर्नुमा छ । यसको साइडमा कृषिलाई पनि सँगै लाने हो ।
यहाँहरुले कृषिमा लगानी गर्ने कार्य कहिले देखि शुरु गर्नु भएको हो ?
सहकारीको दर्ता ०७१÷०७२ सालमा स्थापना भएको हो । कृषि गर्नु पर्छ भनेर त्यतिबेलै सोँच बनेको हो । २ वर्ष पछि मात्र कृषिमा लगानी ग¥यौं । हाम्रो लगानी कृषि र अरु व्यवसाय गरी झण्डै बराबरी जस्तै छ ।
यहाँले समूहमा काम गरेको छु भनेर महत्वपूर्ण कुरा बताउनु भयो । यहाँ एउटा महिला महिलामै केन्द्रीत भएर अगाडि बढ्नु भएको छ भनेर बताउनु भयो । काम गर्ने सिलसिलामा समूह सञ्चालनमा कस्ता कस्ता कठिनाईहरु आईपर्दो रहेछ बताईदिनुहोस न ?
कठिनाई त हरेक क्षेत्रमा हुन्छ । सानोलाई सानै ठूलालाई ठूलै, कुनै समूहमा आफन्तहरु बढी दखियो । अनुगमनका क्रममा आफ्नो परिवार भित्र संख्या पु¥याएर बसेको दखियो । त्यस्तो हँदा यहाँबाट लगेको लगानी आफ्नै घर परिवार भित्र प्रयोग गर्ने र लगानी बिग्रेर समस्या आएको देखियो । जुन समूहमा परिवार भन्दा बाहिरका सदस्यहरूबाटै जिम्मा लिएर गरिएका छन् । ती सफल भएको देखियो । जसले शुरुमा २०÷२५ हजार रुपैयाँ लिएर पनि राम्रो काम गरेको देखियो । म संस्थामा प्रवेश गरेको अवस्थामा ५० हजार दिएका समूहका प्रमुखले तीन लाखको हाराहारीमा व्यवसाय गर्ने सोँच बनाएको छ । कठिनाई त हुन्छ नै मुख्य कुरा अनुगमननै हो । हामीले गरेको लगानी कहाँ सञ्चालन गर्नु भएको छ एकै व्यक्तिले गरेका छन् कि मिलेर गरेका छन् छुट्याउन जरुरी छ ।
कृषि गर्न उपत्यका स्तरको चाहिन्छ । उपत्यकाभरि कार्य विस्तार गर्नका लागि २ हजार शेयर सदस्य आवश्यक रहेको महशुस भएको छ । त्यतिबेला कुरालाई भन्दा कामलाई प्राथमिकता दिनु पर्छ । त्यतिबेला हामीसँग कूल पूँजी १ करोड मात्र थियो । मैले यी कुराहरू साथीहरूसँग राखेपछि धेरै जनाले शेयर थप्न ईच्छुक बन्नुभयो । गएको फागुन ७ गते स्टाफ मिटिङ्ग बसेर कसरी जाने भन्ने सल्लाह भएअनुसार क्लव गठन गरेर अगाडि बढ्ने सहमति भयौं । संस्थाकै मातहतमा सवल महिला फाउण्डेशनको स्वरुपमा जाने र संस्थाकै रोहवरमा सञ्चालन गर्ने भयौं । अब थप्ने शेयरपूँजी संस्थामै थप्ने । योजनाको लागि १४÷१५ वटा मिटिङ्ग ग¥यौं । त्यसपछि २२ जना महिला दिदी बहिनीहरु सहभागी हुनुभयो त्यसका लागि शेयर पूँजी ३÷३ लाख फागुन ७ सम्म पु¥याउने भनेको थियौं । असाध्यै खुशी भएर आवद्ध हुनुभयो । त्यसकारण पनि हाम्रो शेयर पूँजी १ करोड ५३ लाख पुगेको छ ।
त्यसबेला हामीसँग शेयर पूँजी २४ लाखको थियो । त्यसपछि गत असार मसान्त सम्ममा १ करोड ५३ लाख पुगेको छ । फेरि असार मसान्त पछि योजना ल्याएका छौं । समूहको माग अनुसार जो महिलाहरु नितान्त घरमा गृहणी हुनुहुन्छ । उहाँहरुलाई घरबाट निस्कन बाटो पनि चाहिँदो रहेछ । मैले कुरा राख्ने वितिकै योजना राम्रो छ भन्नुभयो । हाम्रो शेयर पूँजी पनि वृद्धि गर्नु छ । भविष्यमा हामीले कार्य क्षेत्र विस्तार गर्नु छ । संस्थालाई कृषिमा पनि केन्द्रीत गर्दै लैजानु छ । यसो गर्न काठमाडौं जिल्लामा मात्र सीमित रहेर पुग्दैन । उपत्यकाभरी कार्य क्षेत्र विस्तार गर्नको असार मसान्त यता ५३ लाख पुगी सकेको छ । यसलाई कसरी परिचालन गर्ने चुनौंती आएको छ ।
यही आर्थिक वर्षभित्र सकेसम्म ३० वटा समूह पु¥याउनु पर्छ भनेर समूह प्रमु्ख लागि रहनु भएको छ । त्यसो भयो भने उहाँहरुबाट ल्याएको शेयर पूँजी यताको समूहमा लगानी गर्नु पर्ला । जुन पैसा शेयरको रुपमा बटुलेका छौं । सही ठाउँमा सदुपयोग गर्न लगानी गरेका छौं । यो भन्दा बाहेक संस्थाको गतिशीलता बढाउन कृषिमा हाम्रो समूह भित्रैबाट फरक ढंगले काम गर्नु पर्छ भन्ने हामीलाई लागेको छ ।
यहाँहरुको संस्थाले विशेषगरि कृषिमा जोड दिईरहनु भएको देखिन्छ । नेपालको कृषिलाई कसरी बुझी रहनु भएको छ । यो अवस्थामा हाम्रो देशको कृषि कसरी अगाडि बढ्ला ?
बाहिबाट आएकाहरु यहाँ आएर कृषिमा लगानी गरिरहेको सुनिन्छ । आर्थिक उन्नती प्रगति गरेको सुनिन्छ । तर अलिकति सरकारको तर्फबाट कसैलाई हौसला दिएको देखिदैन । अनुदानको विषयमा जसको शक्ति उसको भक्ति भयो भन्ने सुनिन्छ । एकातिर कौशी खेतीमा बढावा दिईरहेको पाइन्छ । अर्कोतिर भारतबाट आएका तरकारी उपभोक्ताहरूलाई खुवाईरहेको छ । जनस्तरमा चेतना नपुगेको हो कि भन्ने फिल भएको छ । व्यक्तिगत रुपमा भन्नु पर्दा गएको लकडाउनको बेलामा अर्घाखाँची जिल्लामा तरकारी लगेर गाडियो । चितवनमा तरकारी फालियो । तर भारतबाट ल्याइएका तरकारीहरु खान वाध्य भयौं । सरकारले कृषि गरेकालाई अनुदान दिने र नगरेकालाई अनुदानबाट आउट गर्ने प्रणालीको पद्धति बसाउनु पर्छ । त्यसखालको बढावा दियो भने हामी पनि खुलेरै कृषिमा लगानी गर्न सकिन्छ ।
यहाँले बजारीकरणको कुरामा विशेष जोड दिनुभएको छ । नेपालको कृषिमा कतिको सम्भावना देख्नु भएको छ ? देशलाई कृषिबाट आत्मनिर्भर बनाउनु पर्छ भनेर धेरै लागि रहनु भएको छ । यहाँको तर्फबाट भन्नु पर्दा के भन्नुहुन्छ ?
नेपालमा साँच्चीकै लागि पर्ने हो भने कृषिबाट आत्मनिर्भर बन्न सकिन्छ । तराईबाट हामीले धरै उत्पादन गर्न सक्छौं । काठमाडौंको जमीनमा कित्ताकाट रोकिएको छ भनेर सुनिन्छ अहिलेको माग अनुसार युवावर्गमा कृषि गर्छु, कुखुरा पालन गर्छु गाई पालन गर्छु, बँगुर पालन र माछा पालन गर्छु भनेर लागि परेको छ । हामी बेला बेलामा हिड्छौ,ं डुल्छौं, घुम्छौं । त्यस क्रममा कृषिमा लागिरहेको देख्दा असाध्य खुशी लाग्छ । गर्न सकिन्छ र आत्मनिर्भर बन्न सकिन्छ जस्तो लाग्छ । तरपनि सरकारी स्तरबाटै पहल हुनु जरुरी छ । अहिले यहाँलाई पनि जानकारी होला हाम्रो संस्था वहुद्देशीय प्रकृतिको हो । हालसालै राष्ट्रिय खाद्य बैंकका स्थापना भएको छ । त्यो बैंक नितान्त कृषि क्षेत्रमा काम गर्छु भनेर आएको छ । हामी पनि त्यस बैंकसँग आवद्ध छौं । कृषि तर्फ खाद्य बैंकसँग जोड्न सकिन्छ कि भनेर सोची रहेकी छु ।
सवल महिला वहुद्देश्यीय सहकारी संस्थालाई नेपाल सरकारबाट सहयोग पाउनु भएको छ ?
छैन, पहल गरिएको हो, हामी काठमाडौं जिल्ला भित्र सीमित भएको कारण पाएनौं । विगतमा पनि कृषि फर्मको बारेमा बताएका थियौ । हाम्रो कृषि फार्म काठमाडौं उपत्यका भन्दा बाहिर हुन्थ्यो भने पाइन्थ्यो होला । तर, काठमाडौं उपत्यका भित्र भएको भएर पाउनु हुन्न भने पछि त्यति चाँसो पनि लिइनँ ।
स्थापना कालमा कतिजना शेयर सदस्यहरुबाट शुरु भएको थियो र अहिले कति पगेको छ ?
२०७१ सालमा स्थापना हुँदा २५ जनाबाट शुरु गरेका थियौं । अहिले सक्रिय शेयर सदस्य १२ सयजना हुनुहुन्छ । यही आवमा २ हजार शेयर सदस्य पु¥याउने लक्ष्य छ ।
अन्तमा केही कुरा भन्नु हुन्छ की ?
धेरै अनुभव पनि नभएकोले होला, आफू एउटा संस्थामा कार्यरत रहँदा, आफू मात्र नभएर आफ्ना शेयर सदस्यहरुलाई के दिन सकिन्छ भन्ने लाग्दो रहेछ । मुख्य सन्तुष्ति भनेको समूहमा गएर भिजिट गर्छु । उहाँहरूबाट राम्रो सुझावहरू आउँदा असाध्यै खुशी लाग्छ । हामीले जुन किसिमले लगानी गरेका छौं, सही ठाउँमा सदुपयोग गरेको रहेछु भन्ने महशुश भएको छ । मैले अघि पनि भनि सकेकी छु । संस्था मार्फत कृषि र समूहलाई अगाडि बढाएर जाने हो । हामीले त्यति धेरै अपेक्षा राख्नु भन्दा पनि जति अपेक्षा राखिन्छ । त्यसलाई मिट गर्ने किसिमले लाग्ने हो । विस्तारै हामी सफलता तिर अगाडि बढ्न सक्छौं भन्ने आशा राखेकी छु ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close