विचार

वायु मण्डलीय खतरा र विश्व (सजिव प्राणी) संकटमा

पवनराज दुवाल श्रेष्ठ
विश्व मानव प्रतिस्पर्धात्मक अहंकारले सीमित निजी स्वार्थले राष्ट्रहरूमा शक्ति र पैसा वृद्धि गरेर विलासिता गरी विश्व ब्रह्माण्डलाई खेल मैदान ठानी विभिन्न रासायनिक पदार्थ उत्पादन एवम् आणविक परिक्षण र भण्डारण गरि विष्फोटन गर्ने र रासायनिक पदार्थ उत्पादन एवं आणविक परिक्षण र भण्डारण गरि विष्फोटन गर्ने र युद्ध गर्ने रासायनिक पदार्थ उत्सर्जन र दंगा प्रदर्शन क्रियाकलाप गर्ने । ब्रह्माण्डलाई उथलपुथल पार्ने कार्यले वायु मण्डल खतरामा पार्ने गर्दछ । जलवायू परिवर्तन र विश्व विश्व ब्रह्माण्ड उष्णता मानव सभ्यताकै लागि वृहत ठूलो खतरा र समस्या भईरहेको छ । यसका कतिपय कारण मानव सृजित वातावरण संरक्षण बारे ध्यान नदिई विकास निर्माणको नाममा प्रचुर रुपमा स्रोत र साधनको अत्यधिक प्रयोगले संकट विनाशको ढोका खोलेको हो । जलवायू परिवर्तनको दुष्प्रभाव विश्वका सबै देशमा देखा परेको छ । जलवायु परिवतन र (Climated Change)को खास उदाहरण हो । विश्व ब्रह्माण्ड उष्णता र (Climated Change) जलवायु परिवर्तन सम्बन्धी राष्ट्र संघीय पे्रmमवर्क अनुवन्ध (UNFCCC) ले जलवायु परिवर्तन शब्दलाई मानवको कारण भएको परिवर्तन भन्ने अर्थमा प्रयोग गरेको छ । जुन अन्य कारणले भएको परिवर्तनलाई जलवायु वहुप्रकार (Climate Variability) भन्ने शब्द प्रयोग गरेको छ । विश्वव्यापी उष्णता भनेको पृथ्वीको नजिकको हावाको ( सतहको नजिकको हावाको तापक्रम गत एकसय वर्षमा (सन् २००५ सम्ममा) ०.७४ देखि ०.१८ डिग्री सेल्सियस (१.३३–०३२ डिग्री फरेन हाइट सम्मले बढेको छ । जुन पुरानो अनुमान भन्दा बढी छ । विगत एकसय वर्षमा धर्तीको सतहमा हाल सबैभन्दा बढी तापक्रम वृद्धि भएको देखिएको छ । जलवायु परिवर्तन सम्बन्धि अन्तर सरकारी प्यानेल (IPCC) को प्रतिवेदन अनुसार विसौ शताब्दीको मध्यदेखि विश्व ब्रह्माण्डमा सरदर तापक्रम वृद्धि यस्तो वृद्धिमा प्रमुख कारण हरित गृह ग्याँसको (Green House Gas) वृद्धिले गर्दा भएको हो । तापक्रममा यस्तो वृद्धिले समुन्दी सतह बढ्ने, कृषि क्षेत्रमा प्रतिकुल प्रभाव पार्ने, हिमनदी पग्लने कतिपय जीव लोप हुने र रोगको संख्यामा वृद्धि हुने जस्ता प्रतिकुल प्रभाव पार्ने तथ्य दर्शाएको छ । वैज्ञानिक कथन अनुसार पृथ्वीको उत्पत्ति भएको झण्डै ४ अर्ब पच्पन्न करोड देखि चार अर्ब सत्तरी करोड वर्ष वितेको छ । पृथ्वी अस्तित्वमा आए पछि यस भित्रको वातावरणीय परिवर्तन अनुरुप हालको अवस्थासम्म आइपुगेको हो । विश्व कालखण्डमा कुनै क्रममा घटनावश पृथ्वीमा वज्र र वायुको समायोजन हुन गई यस्तो वातावरण उत्पन्न भएको जुन जीवका लागि अनुकुल रह्यो । त्यही वातावरणीय चक्र प्राणीहरूको उत्पत्ति अस्तित्व र जीव रक्षाको लागि आवश्यक प्रमुख स्रोत भै रह्यो । केही दशक अगाडि देखि पृथ्वीको जलवायुमा अचानक परिवर्तन आउन थालेको र यसले समग्र प्राणी जगत मानव सभ्यता माथि नै खतरा उत्पन्न भएकोले ठूलो हलचल उत्पत्ति भएको छ । केही दशक अगाडि देखि पृथ्वीको जलवायुमा अचानक परिवर्तन आउन थालेको र यसले समग्र प्राणी जागृत मानव सभ्यता माथि नै खतरा उत्पन्न भएकोले ठूलो हलचल उत्पत्ति भएको छ । विश्व औद्योगिकरणको युग प्रारम्भ भएपछि मानव गतिविधिको कारण जलवायू परिवर्तनमा ठूलो असर परेको तथ्य वैज्ञानिक तथ्याङ्कले प्रष्ट पारेको छ । हरित गृह ग्याँसहरू (Green House Gas) को बढ्दो उत्सर्जनका कारण पृथ्वीको सतहको तापक्रममा वृद्धि हुन गई जलवायूमा प्रतिकुल प्रभाव पर्ने गर्दछ । अन्टार्कटिका सागरमा थुप्रिएर रहेको हिउँ जुन संयुक्त राज्य अमेरिकाको आकार बराबर थियो । सन् २०४० मा पूर्ण रुपमा पग्लिने भविष्यवाणी पहिले वैज्ञानिकहरूले गरेका थिए । जुन वार्षिक ६ प्रतिशतका दरले पग्लिरहेको छ । वैज्ञानिक मत अनुसार सो हिउँ सन् २०१५ सम्म अत्यधिक पग्लन सक्ने विश्लेषण गरिसकेको छ । विश्व ब्रह्माण्ड उष्णताकै कारण अन्टार्कटिकाको वरफीय तह प्रत्येक वर्ष ३६ क्युविक माइल्सका दरले घट्दै छ । यसैगरी ग्रीनल्याण्डको हिमनदीहरू पहिले अनुमान भन्दा बढी दुईगुणा तीव्र रुपले पग्लिएर समुद्रमा मिसिदै छ यो शताब्दीको अन्त्यमा तीव्र तापक्रमका कारण अफ्रिकी महादेशका एक चौथाई तालहरू सुक्न सक्ने छ । अन्टार्कटिकामा विश्वकै ९० प्रतिशत वरफको भण्डारण रहेको छ । जुन यस्तो सानो अंश पग्लियो भने पनि विश्व भरिका समुद्रको सतह २० फीट बढ्न सक्छ । विकसित देशहरूले विशेषगरी औद्योगिकरण र भौतिक विकासले वातवरणीय संकट प्रकट गरेको छ भने नेपाल जस्तो विकासोन्मुख राष्ट्रले गरीवी, अज्ञानता, जनसंख्या वृद्धि र आर्थिक पछौटेपन नै वातावरणीय विनाशको प्रमुख कारक तत्वको रुपमा लिदँदै आएको छ । यसरी विश्वमा वातावरणीय विनाश सँगै मरुभुमिकरणको समस्या पनि प्रमुख रोगको रुपमा देखा परिरहेका छन् । सबभन्दा बढी मरभूमिकरणको समस्या अहिले अफ्रिकी राष्ट्रहरूमा देखिएको छ । र ल्याटिन अमेरिकामा ३१ प्रतिशत भू–भाग मरुभूमिको अवस्था उब्जेका छन् भनि वातावरणविद्हरूको तर्क छ । मरुभुमिको कारण वर्तमान विश्वको कुल जनसंख्याको ४४ प्रतिशत (दुई अर्ब ७० करोड) मानव प्रभावित रहेका छन् । तसर्थ एक करोड ३५ लाख जनसमुदाय विस्थापित हुने अवस्था सृजना भएको करीव अनुमान गरिएको छ ।
कृषि क्षेत्रमा प्रभावहरू ः
यदि यो समस्याबाट नेपाल पनि मुक्त रहने नेपालको डोल्पा, मनाङ र मुस्ताङ जस्तो दुर्गम जिल्लाहरूमा हाल करिब १० हजार वर्ग किलोमिटर जमीन चिसो मरुभुमिमा परिणत भएका छन् । प्रमुख रुपमा तीव्र गतिमा वृद्धि भैरहेको वनजंगलको क्षय साथै अति प्रचुर मात्रामा मानव उपभोग क्रियाकलापका कारण तराई देखि हिमाली क्षेत्रका कैयौं भु–भागमा मरुभुमिकरणको समस्याबाट ग्रसित भै रहेका छन् । विश्व २१ शताब्दीमा पनि गरिब राष्ट्रले करिव ८० प्रतिशत उर्जा वनजंगलबाट निकालिएका छन् । वातावरणविद्का अनुसार कुनै पनि राष्ट्रको कूल क्षेत्रफल मध्य ४३ प्रतिशत वातावरण सन्तुलनका लागि कुल क्षेत्रफलमा मध्ये ४३ प्रतिशत वनजंगलले ढाकेको हुनु जरुरी छ । तर नेपालमा करिब ३० प्रतिशत मात्र वनजंगल बाँकी रहेको साथै त्यसमा पनि क्रमिक रुपमा घट्ने क्रम रोकिन सकेको छैन । जसले वातावरणीय विनाश तीव्र गतिमा भैरहेका छन् । तसर्थ रोकथाम नियन्त्रणका लागि देशका विभिन्न स्थानमा वृक्षरोपण अभियान ल्याई रोपिएको बाट बिरुवाको संरक्षण र सम्वद्र्धन गर्ने हरियाली अवस्था ल्याई जनचेतना शिक्षामूलक कार्यक्रमहरू तीव्र रुपमा सञ्चालन गर्ने अत्यन्त आवश्यक छ । तीव्र वन विनाश जनसंख्या वृद्धि, वस्ती र चरीचरणका लागि प्रत्येक कालखण्डमा वनजंगलको फँडानी र नेपालको पहाडी क्षेत्रको दुई करोड ४० लाख घनमटिर माटो बगेर जाने गर्दछ । साथै प्रतिवर्ष एक दशमलब ७० मिलिमिटर उर्वरा भूमि माटोको सतह घट्ने गरेको छ प्राणी आचरण क्रियाकलापबाट प्रत्येक वर्ष करिब ३५ मेट्रिक टन प्रति हेक्टर अवैज्ञानिक अनैतिक र अशिक्षित विधिबाट गरिने कृषि प्रणालीको कारण प्रतिवर्ग प्रति हेक्टर २५ मेट्रिक माटो बगेर गईरहेका छन् । एक अध्ययन अनुसार चुरे तथा मध्य पहाडी भागको १९ हजार १३४ वर्ग किलोमिटर भैसकेका छन् । यसैगरि वन जंगलको विनाश भैरहे आगामी एक दशकभित्र नेपालको पहाड र तराई क्षेत्रको उर्वरा भुमि नष्ट हुन गई राष्ट्रले खडेरी र भूक्षय जस्ता प्राकृतिक विपत्तिहरूको सामना गर्नु पर्ने वातावरणविद्हरूले स्पष्ट पारेको छन् । रुख बिरुवाले वायु मण्डलमा रहेको कार्वन डाइअक्साइडलाई सोस्ने साथै संचित गरेर राख्ने भएकाले जलवायु परिवर्तनलाई कम गर्नमा ठूलो योगदान दिइरहेको हुन्छन् । जलवायू परिवर्तनको कारण वातावरणमा आएको परिवर्तन अनुसार आफूलाई विकास गर्न नसक्दा धेरै अरु बिरुवा तथा जीवजन्तु लोप हुने सम्भावना हुन्छ । तीव्र वन डडेलो, नयाँ प्रजातिका परचक्री जीवहरू र रोगको प्रकोपले थप वन विनाश भए पछि यसको प्रत्यक्ष असर वन्यजन्तु साथै अन्य जैविक विविधतामा पर्दछ तसर्थ उनीहरूको अस्तित्व विनाश भै लोप हुँदै जाने गर्दछ ।
अर्काे पानीमा भरपर्ने हामै्र कृषि प्रणालीमा वर्षाको मात्रामा आउने उतारचढावले उत्पादन घट्न जाने छ । जलवायु र वर्षाको प्राकृतिक चक्रमा परिवर्तन हुँदा परम्परागत बाली चक्रको सन्तुलनमा वाधा पर्न जान्छ र जसले भू–क्षय बाढी पहिरोका कारण माटोको उर्वरा शक्ति घट्नगई कृषि उत्पादनमा आउँछ । साथै नयाँ खालका किटाणु तथा रोगव्याधि परचक्री जीव उत्पन्न भएर बालीनालीलाई विनाश गर्दछ । बढी तातोपनले विशेष गरेर मानव स्वास्थ्यमा झाडा पखाला र लामुखुट्टे जातिबाट सर्ने मलेरिया कालाज्वर जापानिज इन्सेफ्लाइटिस जस्ता रोगमा वृद्धि भई मृत्युदर बढ्दै जान्छ । नेपालका तराई भेगमा यो समस्याबाट बढी पीडित हुन सक्ने छन् । साथै बाढी पहिरोका घटनाको समयमा शुद्ध पिउने पानीका अभावले धेरै जनसमूदाय पानीजन्य रागेहरूबाट पीडित ग्रसित दुखी बनी अति तड्पित अवस्थाबाट मृत्युको मुखमा पुग्न वाध्य हुन्छन् । वातावरणीय विनाशमा औद्यौगिक कलकारखानाबाट निस्केको कार्वनडाइअक्साइड ग्याँस र शहरका विभिन्न सडक गल्लीमा गुड्ने गाडी र पूराना थोत्रा गाडीहरूले ओकल्ने प्रदुषित धुवाका कारण वायू मण्डलमा हुने स्वच्छ अक्सिजनको मात्रामा समेत कमी हुने गर्दछ । विशेषज्ञका अनुसार स्वच्छ मानिसले सास फेर्ने हावामा कम्तीमा पनि २० दशमलब ७ प्रतिशत अक्सिजनको मात्रा हुन आवश्यक छ । धुवा धुलो प्रदुर्षणले ग्रसित शहरहरूमा काठमाडौं, विराटनगर, विरगञ्ज, राजविराज र नेपालगञ्ज जस्तो औद्योगिक क्षेत्रहरूको वायुमण्डलीय अक्सिजनको मात्रा क्रमिक रुपमा ह्रास आईरहेको शहरको रुपमा चिन्दछ र वातावरणीय ध्वनी प्रभाव यसरी नै ध्वनी प्रदुर्षण पनि दिनानुदिन बढ्दै गईरहेको छन् । प्राणी जगतको कानले श्रवण गर्ने सक्ने क्षमता भन्दा बढीको ध्वनीलाई ध्वनी प्रदुर्षण भन्दछ । यसलाई डेसीवलले नाप्ने गरिन्छ । सामान्य कुराकानी गर्दा निस्केको ध्वनीको वेग ६० डेसिवल छ भने ८० डेसिवल भन्दा चर्को ध्वनी स्वास्थ्यको लागि खरावी मानिन्छ तसर्थ विशेषाज्ञको कथन अनुसार नेपालमा शहरी क्षेत्रहरूमा ध्वनीको वेग औसत ११० डेसिवल सम्म पुग्ने गरेको पाइन्छ जुन प्राणी जगतको मानसिक र शारिरिक स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको हुन्छ । औद्योगिक कलकारखानामा जडित मेशिनबाट निस्कने कर्कश ध्वनी मोटर गाडीबाट बज्ने ध्वनी र हर्न ध्वनी मानव हो–हल्ला र भीरबाट निस्कने कोलाहपूर्ण आवाजले काठमाडौं, धरान, विरानगर, हेटौडा र बुटवल जस्तो औद्योगिक क्षेत्रहरूमा ध्वनी प्रदुर्षणको मात्रा अति बढ्दो छ ।
वातावरणीय प्रभावहरू ः
सूर्यको किरण पृथ्वीमा पर्ने गर्दछ । सो किरणका कारण पृथ्वीमा उत्पन्न भएको ताप, धुवा, धुलो, ग्याँस आदिको कारणले आकाशमा जान नसकी पुनः पृथ्वीमा फर्की पृथ्वी, तातो हुनुनै हरित गृह ग्याँसको असर हो । पृथ्वीलाई ६ प्रकारको भिन्न ग्याँसहरूले तर्साई रहेका हुन्छन् । ती ग्याँसहरू कार्वन डाइअक्साइड (Co2) मिथेन (CH4) नाइट्रसअक्साइड (N20), हाइड्रो फ्लोरो कार्वन (HFCs) परफ्लोरा कार्वन (PFCs) सल्फर हेक्जाफ्लोराइड (HF6) हुन तीन मध्ये कार्वन डाइअक्साइड, मिथेन, नाइट्रस अक्ससाइड पानीको वाफ लगायत अन्य केही ग्याँसहरूलाई हरित गृह ग्याँस भन्दछन् । यी हरित गृह ग्याँसहरूले वायु मण्डलमा एक प्रकारको तह नै बनाई पृथ्वीको सतहमा ढाकिएर परावर्तित हुनगई फर्केका सूर्यको किरणहरूको केही मात्रा पुनः पृथ्वी मै फर्काई दिन्छ । सो प्रक्रियालाई हरित गृह प्रभाव भनिन्छ । प्राकृतिक रुपमा रहिरहेको हरित गृह प्रभावकै क्रियाकलापले गर्दा पृथ्वीमा प्राणी जीवन सम्भव भैरहेको छ । वायु मण्डल क्षेत्रमा हरित गृह ग्याँसहरूको प्रभावले विभिन्न उथलपुथल भई वातावरण परिवर्तनको अवस्था सिर्जना भएको हुन्छ । हरित गृह ग्याँसहरू विभिन्न प्राकृतिका र मानव सृजित दुबै स्रोतबाट उत्सर्जित भई वायु मण्डलमा प्रभाव पार्दछ प्राकृतिक वन डढेलो ज्वालामुखी विष्फोटन, रुख तथा पात पतिंगर कुुहिने आदि प्राकृतिक सोतहरू हुन भने मानव सृजित स्रोतहरूमा, घर भवन, यातायात साधन, उद्योग तथा कलकारखानामा खनिज इन्धनको व्यापक प्रयोग हुनु वन विनाश तथा जमीनको उपयोगमा आउने परिवर्तन पशुपालन, फोहोर मैलाको उचित व्यवस्थापन नहुनु आदि पर्दछन् । ओद्योगिक क्रान्ति, वायू मण्डलमा हरित गृह ग्याँसको मात्रा वृद्धि हुनु मानवीय कारण हुन् र हरित गृह प्रभाव बढ्न गई पृथ्वीको औसत तापक्रम क्रमिक रुपमा वृद्धि भैरहेका छन् । यस प्रक्रियालाई विश्व उष्णीयकरण भएको भन्दछन् । विश्व उष्णीकरणले कुनै पनि स्थानमा लामो समयसम्म ओैसत वर्षा र तापक्रम (जलवयू)मा आएको परिवर्तनलाई जलवायू परिवर्तन हो । यस्तो परिवर्तन दशकौ वा सयवर्ष भन्दा बढीको अवधिमा भएको हुनु पर्दछ । वैज्ञानिक मत अनुसार मानवीय क्रियाकलापका कारण हरित गृह ग्याँस उत्सर्जनमा वृद्धि हुँदा जलवायू परिवर्तन भैरहेको हुन्छ । हरित गृह प्रभावको प्रमुख तत्व कार्वनडाइअक्साइड (Co2) ले भविष्यमा खतराको स्थिति सृजना गर्नेछ । यसको परिणाम स्वरुप जैविक विविधतामा ह्रास, हिमताल विष्फोटन, हिमरेखा माथि सर्नु, ज्वालामुखी विष्फोटन र नयाँ रोग उत्पन्न हुनु आदि समस्याहरू आइरहेका छन् । वायु मण्डलीय तापक्रम ज्ञ।छ देखि द्द।छ डिग्री सेलिसयस वृद्धि हुँदा ५० प्रतिशत जति जैविक विविधतामा ह्रास खतरा पर्ने छन् र सन् २०३० सम्म २५ प्रतिशत जति वनस्पति एवम् पशुपक्षी लोप हुने अवस्थामा पुग्ने वैज्ञानिक तर्क छन् । कृषिक्रम गर्दा प्रयोग हुने डिजेलबाट निस्कने धुँवा, विजुली तथा अन्य उर्जाको प्रयोग, रसायनिक मल रसायनिक पदार्थ विषादीको प्रयोगबाट निस्कने खतरनाक ग्याँस, कृषि क्षेत्रबाट प्राङ्गारिक पदार्थ कुहिँदा निस्कने ग्याँसहरू माटो व्यवस्थापन गर्दा र नाइट्रोजन युक्त रसायनिक मलको प्रयोगले नाइट्रस अक्साइड निस्कन्छ । धान खेतबाट र चौपायको खाना पचाउँदा हुने पाचन प्रक्रिय तथा मलद्वारबाट मिथेन ग्याँस निस्कन्छ । कृषि कर्ममा प्रयोग गर्ने इन्धन बाल्दा, विभिन्न मेशिन चलाउँदा बढी खनजोत गर्दा साथै प्राङ्गारिक पदार्थ कुहिँदा, कार्वन डाइअक्साइड निस्कन्छ । यी कारणहरूले गर्दा वायु मण्डलीय तापक्रमका कारणले नेपाल लगायत अन्य विकासोन्मूख राष्ट्रहरूलाई तुलनात्मक रुपमा बढी असरहरू भईरहेको छ । नेपालको हरित गृह ग्याँस उत्सर्जन दर अरु देशहरूको तुलनामा की ९ण् ।ण्द्दछ० प्रतिशत भएता पनि यसको नराम्रो प्रभावबाट गुज्रिरहेको अति संवेदनशील र भविष्यमा अति प्रभावित हुने लक्षण हुन अगाडि आइरहेका छन् । वातावरणविद्को अध्ययन अनुसार नेपालको औसत तापक्रम प्रति वर्ष ०.००६ डिग्री सेल्सियसका दरले वृद्धि भइरहेका छन् । औद्योगिक गतिविधि र अन्य मानव गतिविधिहरू जस्ता वन विनाशले वायु मण्डलमा कार्वन डाइअक्साइडको घनत्वमा वृद्धि गरेको छ । ओद्योगिक गतिविधि इन्धनहरू मध्येबाट कार्वन डाइअक्साइडको उत्सर्जनको मात्रा हेर्ने हो भने ठोस इन्धनबाट २० प्रतिशत जुन कि कोइलाबाट ३५ प्रतिशत तरल इन्धन जुन कि ग्यासोलिन (पेट्रोल)बाट ३६ प्रतिशत पाकृतिक ग्याँस इन्धनबाट २० प्रतिशत र सिमेन्ट उत्पादनबाट ३ प्रतिशत रहेको छ । वायुमण्डलमा हरित गृह ग्याँस प्रायः ३६ देखि ७० प्रतिशतको मात्रामा रहेको छ । यसैगरि कार्वन डाइअक्साइड ९ देखि २६ प्रतिशत, मिथेन ४ देखि ९ प्रतिशत र ओजोन ३ देखि ७ प्रतिशत रहेको छ । हरित गृह ग्याँसहरू मुख्यतया प्राकृतिक स्रोतबाटै प्राप्त हुन्छन् । तर मानव गतिविधिका कारण यसको वृद्धि भै रहेका छन् । यी हरित गृह ग्याँसहरूले पृथ्वीको वायु मण्डलको माथिल्लो सतहमा रहेको महत्वपूर्ण उपयोगी ओजन तह नष्ट गरिरहेका हुन्छन् । हरित गृह प्रभावले वायु मण्डलबाट उत्सर्जन भएको (Infrared Radiation)ले पृथ्वीको सतहलाई न्यानो पार्दछ । पृथ्वीले सूर्यबाट (Radiation) को रुपमा उर्जा हासिल गर्दछ । जसमध्ये ३० प्रतिशत सौर्य विकिरणलाई पृथ्वीले माथि फ्याँक्छ भने ७० प्रतिशत जुन उर्जा सोस्ने गर्दछ । जसले जमीन वायुमण्डल समुद्रलाई न्यानोपारी राख्दछ । फलस्वरुप पृथ्वी बढी तातिन र चिसिन पाउँदैन । हरित प्रभाव नहुने हो भने धर्ती वासस्थानको लागि उपयुक्त हुँदैनन् । तसर्थ सजिव प्राणीको लागि वास असम्भव हुन्छ यद्यपि हरित गृह प्रभाव नहुने हो भने धर्तीको औसत तापक्रम माइनस् १९ डिग्री सेल्सियस हुने गर्दछ । जबकी अहिलेको औसत तापक्रम १५ डिग्री सेल्सियस छ । यस अर्थमा हरित गृह ग्याँसहरू महत्वपूर्ण छन् । जसको प्रकृया मार्फत धर्तीमा प्राणीका लागि उपयुक्त भएको छ । मानव आचरण कै कारण हरित गृह ग्याँसको बढ्दो उत्सर्जनले प्राणीका लागि उपयुक्त भएका प्राणीहरूको लागि अनुकुल वासस्थान पुष्टि हुँदै आएको धर्तीको सन्तुलन विग्रन थालेको छ । साथै विगतमा पृथ्वी थुपै पटक तातिने र चिसिने क्रममा रहि आएको छ ।
सजिव प्राणी र पृथ्वी संरक्षणका महत्वहरू ः
तीव्र औद्योगिक प्रतिस्थापन गरिरहेको चीन र भारत जस्ता जनसंख्या र क्षेत्रफलको दृष्टिले समेत भीमकाय ठहरिएको राष्ट्रहरूको बीचमा रहेको नेपालले हरित गृह ग्याँस उत्सर्जनको सुचिमा अग्रपंत्तीमा रहेको चीन भारत जस्तो राष्ट्रलाई समेत दवाब दिन क्षेत्र तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर दवाव र पहल जारी राख्नु अति महत्वपूर्ण हुन्छ । विश्व पृथ्वी बचाउन ९क्बखभ तजभ भ्बचतज० सन् १९९० देखि विश्वका प्रत्येक राष्ट्रहरूले पृथ्वी दिवस मनाउन थाल्यो र नेपालमा सन् १९९२ देखि पृथ्वी सम्मेलन र त्यस पछिका प्रत्येक राष्ट्रका सबै जसो बैठकहरूमा आफ्नो उपस्थिति जनाउँदै आएको छ । औद्योेगिक गतिविधिबाट निस्कने हानीकारक रसायनिक तत्व अव्यवस्थित भवन निर्माण फोहोरमैलाको डँगुर, सडेगलेको पदार्थ यततत्र फोहोरमैला मिल्काउने थलोको रुपमा नेपालका कैयौ नदीनालाहरू प्रयोग हुने गरेका छन् । गाईवस्तु, मृत जनवार फ्याक्ने तथा खोलाको बगरहरू फोहोर थुपार्ने र सौचालय खुला रुपमा गर्ने प्रदुर्षित खोलाको पानी बालीनालीमा प्रतिकुल असर पार्ने संक्रमित रोगको प्रकोप बढाउने र पानीको सफा मुहानलाई समेत प्रदुर्षित तुल्याउने काठमाडौंको बागमती, विष्णुमती र टुकुचा खोला प्रदुर्षित भई प्रदुर्षण गतिविधिले नेपालमा वातावरणीय समस्याको प्रमुख समस्या झेल्दै आएकोछ । जसको समयमै व्यवस्थापन गर्न सम्बन्धित निकायले जिम्मेवारी वहन गर्न जरुरी छ । तीव्र वन विनाश भईरहेको देशहरू इन्डोनेशिया, पहिलो नम्बरमा पर्दछ । जुन तस्करहरूले काठ मलेसिया र चीन पु¥याई त्यहाँबाट बनेको फर्निचर अमेरिका यूरोपसम्म पुग्ने गर्दछ । नेपालमा पनि तल्लो हिमाली क्षेत्र जहाँ एउटा वृक्ष र हुर्किएर पूर्णता पाउन १०० वर्ष भन्दा बढी लाग्छ । जुन वृक्ष कटान गरि तिब्बत लगेर बेच्ने क्रम जारी छ । साथै दुर्लभ रक्तचन्दन वनस्पतिको ओसार प्रसार तथा बेचविखन तस्करहरूले निर्वाध रुपमा भारत तथा चीनसम्म व्यापार व्यवसाय गरिरहेको हुन्छ यद्यपि अन्तर्राष्ट्रिय महासन्धि साइटिसको अनुसुचि २ मा दुर्लभ वन्यजन्तु तथा वनस्पति (रक्तचन्दन) बेच विखनमा प्रतिवन्ध लगाइएको छ । पृथ्वीको बढ्दो तापक्रमले जुलवायु परिवर्तन सम्बन्धी समस्याहरू उत्पादन भई शताब्दीको अन्त्यसम्म अन्टार्किटिका ओसन अन्टार्किटिका र ग्रीन एरिया क्षेत्रको हिमखण्ड पग्लिएर समुद्री सतह ५ देखि ७ मिटरसम्म बढ्ने सम्भावना विशेषाज्ञको राय छ । यद्यपि हरित गृह प्रभावलाई बेलैमा नियन्त्रण गर्न नसकेमा माल्दिभ्स, र वंगलादेश जस्ता होचा स्थानमा रहेका राष्ट्रहरू समुद्रको गर्भमा समाहित हुने प्रवल सम्भावना छ । वातावरणीय सन्तुलनले जलवायु परिवर्तनको समस्या सृजना भएकाले नेपाल र अन्य राष्ट्रहरूमा कृषि उत्पादनमा ह्रास आइरहेको छ । अहिले विश्वमा खाद्य संकटको स्थिति उत्पन्न हुन थालेको छ । वातावरण संरक्षण एवम् सम्वद्र्धनका लागि नेपाल लगायत समस्त विश्व वैज्ञानिक अध्ययन अनुसार समुद्रको चिसो नुनिलो पानी क्रमशः महासागरको गहिराईमा अघि बढ्दै जाने क्रम र द ग्रेट ओसन कन्भेयर हुन्छ । उक्त एटलान्टिक महासागरमा यो क्रमले विशाल रिक्त ठाउँ सिर्जना गर्छ । साथै महासागर माथिको वायुमण्डलमा गल्फधारले आफ्नो ताप छोड्दछ र विद्यमान वायुले उक्त तापलाई समेत्दै बढ्दा समग्र यूरोपलाई न्यानो राख्न मद्दत गर्दछ । द ग्रेट महासागरीय कन्भेयरले संसारको सागरहरूमा ताप ओसार्ने कार्य गर्दछ । अन्टार्कटिका सागरमा रहेको हिउँ अत्यधिक रुपमा पग्लिएर ताजा पानी समुद्रमा मिसिए पछि महासागर कन्भेयरको यो प्रणालीमा कमजोर हुने गर्दछ । त्यसकारण ताजा पानी र वरफ पग्लिएको नुनिलो पानी भन्दा कम घना हुन्छ । समुद्रकै माथिल्लो भागमै विस्तारित भएर फैलन्छ । जुन सतहमा ताजा पानीको वर्चस्का कारण ओसन कन्भेयर चक्रले सतहको चिसो नुनिलो पानीलाई डुवाएर माथि बढ्न नसके पछि गल्फको न्यानो नुनिलो पानी खिच्ने क्रममा असर हुन्छ । र यूरोपको खण्ड चिसिन सक्छ र प्रचुर मात्रामा त्यसै क्रम अनुरुप तीव्र गतिमा सञ्चालन भई अघि बढ्यो भने युरोप र अमेरिकाको कतिपय भू–भागहरू आधा शताब्दीको समय अवधिमा मै हिमक्षेत्रमा परिणत हुने तथ्य पुष्टि गरिएका छन् । फलस्वरुप विश्व ब्रह्माण्ड उष्णताकै कारणले पृथ्वीको उत्तरी गोलार्ध तीव्र गतिमा नै रिओ दि जिनेओि शहरमा पृथ्वी शिखर सम्मलेन जलवायु परिवर्तन सम्बन्धी राष्ट्र संघीय फ्रेमवर्क अनुवन्ध ९ग्ल्ँइऋऋ० को स्थापना भयो सो सन्धिले हरित गृह ग्याँसको उत्सर्जनलाई घटाउँदै विश्व ब्रह्माण्डमा उष्णता विरुद्ध लड्ने लक्ष्य लिएको छ ।
हरित गृह ग्याँसको उत्सर्जनमा पहिलो नम्बरमा अमेरिका, दोश्रोमा चीन, तेस्रोमा इण्डोनेशिया, चौथौंमा ब्राजिल र पाँचौंमा भारत पर्दछ र शक्तिशाली राष्ट्रको रुपमा अमेरिका पहिलो नम्बर छ । विश्वव्यापीमा हरित गृह ग्याँसको उत्सर्जनमा अमेरिका पहिलो राष्ट्र भएपनि यसलाई कमी गर्न सकिराखेको छैन । यद्यपि चीनले पनि विभिन्न निर्माण कार्य औद्योगिक क्षेत्र र आणविक भत्तीहरूको विस्तार अमेरिकालाई हरित गृह ग्याँस उत्सर्जनमा उछिन्न सक्ने तथ्य प्रकाशित भएको छ ।
हरित गृह ग्याँसको उत्सर्जन हुने वस्तु र सामाग्रीहरूको प्रयोग हाल देैनिकी जनजीवनको प्रमुख हिस्सा विश्वमा भएको छ । यस्तो ग्याँस उत्सर्जन गर्ने वस्तु तथा सामाग्रीको पूर्णतया निषेध गर्न सम्भव छैन । तर त्यसलाई न्यूनिकरण तथा नियन्त्रण गरि वातावरण सन्तुलन कायम राख्नु वृहत आवश्यक भएको छ । वृक्षरोपणका साथै भएको वन जंगलको संरक्षण सुधार र भूमि (माटो) व्यवस्थापनबाट वायु मण्डलमा भएको कार्वन डाइअक्साइडको मात्रालाई हटाउन सकिन्छ । तसर्थ वन संरक्षण र वृक्षरोपण अति महत्वपूर्ण जीवन्त र सार्थक ढंगमा अघि बढाउनु पर्छ । वन विनाश फँडानीमा संलग्नलाई कानूनी कारवाही गर्न विशेष अभियान आवश्यक हुन्छ । जीवन र जगतको अन्तरसम्बन्ध प्रति गम्भीर र प्रतिवद्ध भई लोक र विश्वपे्रमको हृदयले जीवन चक्र परिस्थिति (Ecological) सन्तुलनका दृष्टिले परिमार्जन गर्नु र राज्य संयन्त्रलाई सो आर्दश अनुसार सञ्चालन गर्नु आवश्यक छ । जलवायु परिवर्तनले विस्थापित शरणार्थी सम्भावित प्राकृतिक विषय विपत्तिको सामना तथा व्यवस्थापन गर्न राज्य गम्भीर भई उक्त समय शीघ्र उद्वार राहत र पुनर्वासका लागि आवश्यक जनशक्ति सहित संचय र पूर्वाधार बनाउनु पर्दछ । साथै संकटको घडीमा राज्य संयन्त्रहरूको सचेत परिचालनको हेतु आवश्यक अभ्यास र समन्वय तर्फ विशेष पहल गनुपर्छ । जैविक विविधता, वातावरणीय विशिष्टता प्राकृतिक सोत र साधनको प्रचुरता र सुन्दरतालाई मध्य नजर गर्दै नीति निर्माणका प्रत्येक क्षेत्रमा वातावरण संरक्षण प्राथमिकता दिई विकास निर्माणका योजना तर्जुमा गर्दा वातावरण प्राकृतिक प्रभाव कम हुने तथ्य सुनिश्चिता पश्चात मात्र स्वीकृति दिँदा प्राकृति र जीवन जगतको भविष्य खतरा नहुने गरि कार्यन्वयन गर्ने प्रकृयाको विकास अभियान अघि बढाउनु पर्दछ । हिमतालहरू फुट्ने सम्भाना, नदी किनाराका वस्तीहरूको अध्ययन गरी वस्तुहरूमा पूर्व चेतावनी जनाउने साइरनहरू जडान गर्ने र सूचना सुचित गर्ने कार्य तत्काल प्रारम्भ गर्नु पर्दछ । जनचेतनामूलक वातावरण सम्बन्धि शिक्षा प्रणालीको विकास गर्नु पर्छ । कृषि जगतमा सुधार गरि जनसंख्या वृद्धिमा नियन्त्रण गर्नु पर्दछ ।
जलवायु परिवर्तनले सजिव प्राणी जगतको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असर सम्बन्धमा आवश्यक अनुसन्धान अध्ययन हुन अति महत्वपुर्ण एवम् संवेदनशील कदमका साथै रोगलाई तत्काल नियन्त्रण गर्नु आवश्यक हुन्छ ।
यद्यपी जापानमा आणविक भत्तीहरू विष्फोटन हँुदा रेडियो विकिरणले हजारौं मनुष्य मृत्युका साथै प्राकृतिक विनाश भएको ज्वलन्त उदाहरण छ । त्यस्तै भारत, इन्डोनेशिया, रुसमा तुफान समुद्री सुनामी र भुकम्प आदि प्रकृति विपदको रोगहरूले प्रत्येक कालखण्डमा दुख दिईरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close