मेवा खेती
परिचय ः
नेपालमा मेवा खेतीका लागि तराई क्षेत्र उपयुक्त भएर नै यसको खेती बढी भएको पाइन्छ । मेवाको वैज्ञानिक नाम (Carica papaya) हो । यसको उत्पत्ति मध्य अमेरिकामा भएको पाइएको वैज्ञानिकको भनाई छ । यसको खेती नेपालमा पहिलेदेखि गर्दै आएपनि पकेट क्षेत्रको रुपमा गरेको खण्डमा आर्थिक लाभ निकै लिन सकिने फल हो । मानिसलाई पहेँलो रोग लागेमा यो फल बढी खाने सल्लाह दिइन्छ । जसले गर्दा रोग नियन्त्रणमा मद्दत पुग्छ । डा.डेविड वर्नरका अनुसार मेवा खानाले आन्द्राभित्र रहेका जुकालाई हटाउन सकिन्छ भने पाचन रस (Digestive Enzymes) बढाउनेमा पनि सहयोग पुग्छ । मेवामा भिटामिन ए र सीको साथै क्याल्सियम र अरु खनिज पदार्थहरुको मात्रा बढी हुन्छ । मेवामा खाद्यतत्व ११–५ प्रतिशत र गुलियोको मात्रा ८–११ प्रतिशत पाइन्छ ।
माटो ः
मेवाका लागि चिस्यान भएको माटो आवश्यक हुन्छ भने पानी नजम्ने, बलौटै र दोमट माटो भएको, पिएच ६.५– सम्मा हुनु पर्छ ।
जात ः
मेवाका जात पसान्हा, पुसा ड्वार्फ, वासिङ्टन, हनिड्यू र पुसा डेलिसस छन् ।
बिरुवा उत्पादन गर्ने तरिका ः
मेवाको बिरुवा उत्पादन अहिलेसम्म बीउबाट बेर्ना उमार्दै आएका छन् । बीउबाट उत्पादन हुने भएकाले त्यतिको समस्या पर्दैन । माटो बालुवा र पाकेको कम्पोष्ट मल मसिनो पारेको ५०–२५ का दरले मिसाई प्लाष्टिकको थैलो भरी प्रत्येकमा १–२ दाना १ सेमी गहिरो रोपी हुल्का किसिमले झारीबाट पानी दिनु पर्छ । यसरी रोपेको प्लाष्टिकको थैलामा चिस्यान हेरेर मात्र पानी दिनु पर्छ । पानी बढी भएमा बीउ कुहिने सम्भावना हुन्छ ।
बिरुवा लगाउने समय ः
बिरुवा लगाउनु भन्दा पहिले लेआउट गर्न जरुरी हुन्छ । एक बोटबाट अर्को बोट ३ वाई ३ मिटर फरकमा रोपन उपयुक्त हुन्छ । रोप्नुभन्दा अगाडि पाकेको कम्पोष्ट मल १०–५ केजी माटोमा मिलाई प्लान्टिङ्ग बोर्डको सहायताले रोप्नु पर्छ । जसले गर्दा जहाँबाट देख्दा पनि सोझो देखिन्छ । यसको जरा कमजोर हुने भएकाले ५–६ सेमी वाँसको भाटा या निगालोको माटो लठ्ठी गाडी अङ्गेजी (आठ) तरिकाबाट सुतलीले बाँधीदिएमा हावाबाट हल्लिन नपाई बोट चाँडै सर्न मद्दत हुन्छ । बोट नसरेसम्म पानी दिन भुल्नु हुँदैन ।
फल उत्पादन हुने समय ः
मेवा रोपेको एक वर्ष भित्र फल दिने भएकोले धेरैजसो मेवामा एक पोथी भएको हुन्छ भने कुनै बोटमा भालेपोथी दुबै फूल फुल्दछ । पोथी फूल ३ सेमी आकारको हुन्छ । ५ वटा कोपिला भएको ४ देखि ५ वटा भएको झुप्पा हुन्छ । भाले फूल सानो हुन्छ । यदि भाले बोटमा फल नफलेमा बोटको जमीनबाट ५–सेमी माथि फेदमा धारिलो चुप्पी या लामो चक्कुले पछाडिबाट चुप्पी निस्कने गरी घोची दिनाले भालेमा फल लाग्छ भन्ने कसैको भनाई छ । बीउबाट बोट तयार गरिने भएकाले भाले पोथी छुट्याएर रोप्ने सम्भव नभएकाले पछि मात्र भालेपोथी एउटै बोटमा पनि हुने भएकाले परागसेचनमा कुनै फरक नपर्ने देखिन्छ । फल समयमै बजार पु¥याउन नसकेमा सडेर जाने भएकाले बजारको व्यवस्था गर्न चनाखो हुनुपर्छ ।
रोग र कीरा ः
मेवालाई कीराले त्यतिको आक्रामण गरेको देखिदैन रोगले फल कुहिने भएकाले चारैतर्फ कुलेसोको व्यवस्था हुनु पर्छ जस्तै २६–३० सेमी गहिरो र चौडाईको कुलेसो बनाउनु पर्छ जसले गर्दा परेको पानी बगेर जान्छ । फेद कुहिने रोगबाट बचावट हुन्छ । रोग लागेको जग्गामा घुम्तिी बाली लगाएमा यो रोग नियन्त्रण हुन्छ । बढी वर्षात भएमा पनि यो रोगबाट आक्रमण हुन्छ ।
पात गुटमुटिने रोग (Leaf curl disease)
१. रोग लागेको बिरुवाको पात सानो हुन्छ । बटारिन्छ । बढी चिसो भएमा बोट नजिक रापेमा र बोटलाई बढी छहारी भएमा रोग फैलिने भएकाले पानीको निकास हुनु पर्छ । रोगी बिरुवा नष्ट गरिदिनु पर्छ ।
२. क्तझ चयत – यो रोग पहिले बोटमा देखा पर्ने भएकाले समयमै पानीको निकास नभएमा, पानी जमेमा रोग बढी लाग्ने भएकाले पानी निकासको व्यवस्था गर्नु पर्छ । रोग मुक्त फार्मबाट बिरुवालाई लगाउनु पर्छ वा बोर्डो मिक्स्चर ५ः५ः५० बनाई छर्नु पर्छ ।