परागसेचन र मौरी
परिचय ः
फूलको भाले अङ्ग पुंकेसरको परागकण (Pollen) पोथी अङ्ग स्त्रीकेशर (Stigma) मा प्रवेश गर्ने प्रक्रियालाई परागसेचन (Polination) भनिन्छ । बोटको एउटै फूलको भाले अङ्ग र सोही फूलको पोथी अङ्गमा वा एउटा बोटको एक फूलको भाले अङ्गमा वा एउटा बोटको एक फूलको भाले अङ्ग र सोही बोटको अर्को फूलको पोथी अङ्ग विच हुने सेचन प्रक्रियालाई स्वयम् परागसेचन (Self Polination) भनिन्छ । तथा एउटा बोटको फूलको भाले अङ्ग सोही बोटको अर्को पोथी अङगमा वा अर्को बोटको फूलको पोथी अङ्गमा हुने सेचन प्रक्रियालाई पर–परागसेचन (Cross polination) भनिन्छ ।
परागसेचनको महत्व ः
बोट बिरुवामा बीउको आकार र संख्या वृद्धि गर्न एक नाशको पुष्ट बीउहरु उत्पादन गर्न रोग विरुद्ध लड्ने शक्ति वृद्धि गर्न, फल राम्रोसँग लाग्न र बढी उत्पादन लिन परागसेचनको आवश्यकता पर्छ । मानिसहरुले खेती गर्दै आएको बोटबिरुवाहरुमा राम्रोसँग परागसेचन भएमा प्राय ः बालीमा ३५–५० प्रतिशत भन्दा बढी उत्पादन वृद्धि हुन्छ । कतिपय बोट बिरुवाहरुमा परागसेचन नै नभई फल र बीउ नै लाग्दैन जसको फलस्वरुप त्यो जातको वनस्पति यस धर्र्तीबाट सँधैका लागि वंश लोप हुने सम्भावना हुन सक्दछ । तसर्थ बोट बिरुवामा परागसेचन हुने अति आवश्यक छ । परागसेचन कार्य सम्पन्न गराउने विभिन्न माध्यम (Polinator)हरु छन् जस्तैः गुरुत्वकर्षण, हावा, पानी, पुतली, भँवरा, झिँगा, मासिनो मौरी आदि । यिनीहरु मध्ये सबैभन्दा भरपर्दो र सक्षम पराग सेचक (Polinator)मौरीलाई मानिएको छ । किनभने अन्य माध्यमबाट ओसारिएको पराग कण सम्बन्धित बोट बिरुवारुको स्त्रीकेशरमा पर्ने सम्भावना ज्यादै कम हुन्छ । हामीले उपभोग गर्ने खाद्यान्न (आहार)को करिब एकतिहाई हिस्सा किराबाट परागसेचन भएको बिरुवाबाट प्राप्त हुन्छ । त्यसमध्ये परागसेचनको करिब ८० प्रतिशत मौरीबाट सम्पन्न हुने तथ्याङ्कले देखाएको छ ।
मौरीलाई सबैभन्दा उत्तम परागसेचक किरा मान्नुपर्ने कारणहरु ः
–घारमा राखी पाल्न सकिने हुँदा चाहेअनुसार मौरीको गोलावृद्धि गरी जहाँ जति खेतबारीमा पनि लगेर राख्ने सकिन्छ ।
–विभिन्न किसिमको हावापानी, (गर्मी, जाडो) र स्थानमा (तराई देखि लेक)मा राम्रोसँग काम गर्न सक्दछ । शरीरभरि रौंहरु हुनाले फुलको परागका कणहरु धेरै संख्यामा शरीरमा टासिई राम्रो परागसेचन हुन्छ ।
–पराग र फूलको रस तथा मौरी खोटो संङ्कलन गर्न कर्मी मौरीको शरीरमा विभिन्न अङ्गको बनावट विशेष प्रकारले परिवर्तित भएको हुन्छ ।
कडा र उपयुक्त शरीरको बनावटका कारण छिटो गतिमा कामगरि थोरै समयमा धेरै फूलहरुमा भ्रमण गर्दछ । फूल फुलेको समयमा मौरीले आफ्नो संख्या धेरै वृृद्धि गरी धेरै फूलहरुमा भ्रमण गर्दछ ।
–फूल फुलेको बेला फुलेको रस र पराग पाएसम्म संकलन गरी जम्मा गर्दछ ।
–विचरण गरेको बालीको सम्झना केही दिन (४÷५) पटकसम्म मौरीले कायम राख्नसक्ने हुँदा उक्त बालीमा फूल फुलुञ्जेलसम्म मौरी चर्न गईरहेको हुँदा पछिसम्म फुल्ने फूलहरुमा पनि राम्रो परागसेचन हुन्छ ।
–मौरीहरुबिच एकापसमा उपयुक्त सञ्चार प्रणालालीको प्रभाकारिताका साथ काम गर्ने हुँदा धेरै फूलहरुमा मौरीहरु ठीक समयमा चरी सही ढङ्गले परागसेचन गरिदिन्छन् ।
–मौरीहरु धेरै टाढा टाढासम्म विचरणमा जाने गर्दछन् ।
–एक पटकको विचरण कार्यमा एकैजातिका बालीमा विचरण गरी परागसेचन गरिदिन्छन् ।
–फूलको रस तथा पराग उत्पादन समयमा मौरीले विचरण कार्यमा तिव्रता ल्याउँछ ।
बाली, फलफूल तथा वानस्पतिक फूलहरुको परागसेचन गर्ने माध्यम आवश्यक पर्नुका कारणहरु ः
–कतिपय फूल फुल्ने वानस्पतिहरुको भाले र पोथी फूल (एउटै बोटमा भएतापनि) अलग हुनु जस्तै ः फर्सी, काँक्रा घिरौला, करेला आदि ।
–कतिपय फूल फुल्ने वानस्पतिहरुको भाले र पोथी फूल अलग अलग बोटमा हुनु जस्तै ः मेवा, खजुर, लप्सी आदि ।
–कतिपय वानस्पतिहरुको भाले र पोथी फुल परिपक्व हुने समयमा परक पर्नु जस्तै ः वयर, आरु, आरुवखडा, अल्मोण्ड आदि ।
–कतिपय वानस्पति एउटा जातको परागले त्यसै जातको फूलको पोथी अङ्गलाई परागसेचन गर्न नसक्नु, जस्तै ः स्याउ, नासपति आदि ।
–कतिपय वानस्पतिको फूलमा भाले र पोथी अङ्ग एउटै फुलमा भए तापनि भाले अङ्गमा परागसेचन गर्नु नसक्नु ।
–कतिपय वानस्पतिको फुलमा भाले र पोथी अङ्ग एउटै फुलमा भए तापनि भाले अङ्गभन्दा पोथी अङ्ग माथि हुने आदि ।
मौरीद्धारा हुने परागसेचनमा प्रभाव पार्ने तत्वहरु ः
–बालीनालीमा मौरी गोलाको संख्या ।
–परागसेचनका लागि लक्षित बाली र मौरी गोलाको दूरी ।
–मौरीको चरन अभिरुचि ।
–मौरीको गोलामा फुल पार्ने रानीको गुणस्तर ।
–मौरीको चरनको लागि उपयुक्त मौसम ।
–मौरीको गोलामा खानाको मात्रा ।
–विषादीको प्रयोग ।