प्राङ्गगारिक कृषि प्रवद्र्धनमा जैविक मल र विषादी
– किरण कुमार अमात्य
परिचय ः
बढ्दो जनसंख्यालाई खाद्यन्न आपूर्ति गराउनका लागि कृषि उत्पादन बढाउने भन्दै कृषि क्षेत्रमा जथाभावि रासायनिक मल, विषादीको अत्यधिक प्रयोगले बालीनालीलाई हानी गर्ने शत्रुजीवलाई मार्नकै लागि मात्र नभई बिरुवाहरूलाई नभई नहुने मित्र जीवहरूको साथै । माटोमा रहेको फाइदाजनक सुक्ष्म जीवाणुहरूलाई पनि मार्दछ । फलस्वरुप माटोको गुणस्तर बिग्रन गई दीर्घकालीन रुपमा उत्पादनमा पनि ह्रास आउ“छ । उदाहरणको लागि चितवन जिल्ला तोरी उत्पादनको लागि प्रख्यात थियो तर हालका वर्षहरूमा जति रासायनिक मल प्रयोग गरेता पनि उत्पादन निकै घट्दै गइरहेको छ । जसको लागि अनुसन्धानको जरुरी छ । कृषि क्षेत्रमा रोग तथा किटनाशकको लागि निरन्तर रुपमा प्रयोग गरिने रासायनिक विषादीले गर्दा किराहरूमा विष पचाउने क्षमताको वृद्धि भएको छ। फलस्वरुप धेरै रासायनिक विषादीहरूले काम गर्न छाडी सकेका छन् । त्यस्तै रासायनिक मल विषादीको कारणले वातावरणमा प्रतिकुल असर खाद्यन्नस“ग मिसिएको विषादीका अवशेषले निम्त्याउने बिभिन्न रोगहरू र जल प्रदुर्षन हुनका मुख्य कारणहरू देखिएका छन । यी कारणहरूले गर्दा रासायनिक मल विषहरूको विकल्पको रुपमा जैविक वस्तुहरूको प्रयोग बढी से बढि गर्न अति आवश्यक भइसकेको छ । अहिलेको आधुनिक कृषि प्रणालीले उत्पादन बढाउने नाममा रोग, कीरा नियन्त्रण गर्नका लागि रासायनिक विषादीहरूप्रयोग भइरहेको छ । विषादीहरूले त्यति असर गर्दैन भन्ने कुरा कृषकहरू माझ नै प्रमाणित भइरहेको छ । त्यसैले रोग किरालाई नियन्त्रण गर्नुभन्दा तिनीहरूलाई व्यवस्थापन गर्न आवश्यक छ । यसरी व्यवस्थापन कै सिलसिलामा रोग कीराहरूबाट बच्नका लागि हाम्रै गाउ घर वरिपरि तथा बारीमा पाइने बिरुवा जडिबुटी प्रयोग गरी जैविक विषादी बनाई प्रयोग गर्न सक्दछौं । यसले विषादीको मात्र कम नगरी मलको पनि राम्रो काम गर्दछ ।
जैविक मल बनाउन चाहिने आवश्यक सामाग्रीहरू ः–
१. प्लाष्टिकको ड्रम
२. जडिबुटी तथा वानस्पतिहरू ः– कागती, घा“स, निम, बकाइनो, हजारी फूल, सिस्नु, तितेपाती, टिम्मुर, लसुन, प्याज, खुर्सानी, तुलसी, बाबरी, सिउ“डी, असुरो, खिर्रो, मेवाको पात, सजिवन, वनमारा आदि ।
३. का“चो गोबर, खरानी, गहु“त –गाइवस्तुको पिसाब, पानी सुतीको कपडा वा जुटको बोरा ।
जैविक मल बनाउने तरिका ः–
१. प्राप्त भएका वनस्पति र जडिबुटीहरू संकलन गर्ने, माथि उल्लेखित अन्य सामाग्रीहरू तयार पार्ने ।
२. वनस्पति तथा जडिबुटीहरूलाई लगभग ५ सेमी लामो टुक्रापारी काट्ने ।
३. यसरी काटेको टुक्राहरूलाई प्लाष्टिकको ड्रमको ३ भागमा २ भाग खा“देर राख्ने र १ भागमा गह“ुत छ भने गह“ुत नत्र पानी भरेर राख्नु पर्छ ।
४. सुतीको कपडा वा जुटको बोरामा २–३ किलो कागती, गोबर र ५०० ग्राम खरानीलाई पोको पारी ड्रमभित्र वनस्पतिको टुक्राहरूको बीचमा थिचेर राख्नु पर्छ । जसले गर्दा सुक्ष्म जीवाणु उत्पादन गरी वनस्पतिलाई चा“डै गलाउने काम गर्दछ ।
५. यसरी ड्रमलाई भरी सकेपछि बिर्को राम्रोस“ग लगाई ओभानो र तातो ठाउ“मा राख्नुपर्छ ।
६. यसरी बिर्को लगाई राख्दा वनस्पति कुहि“दै जा“दा भाडा भित्र तातो ग्या“स जम्मा भई भा“डा फुट्ने डर हुन्छ । त्यसैले बेला बेलामा बिर्को खोली हावालाई फाल्नु पर्छ ।
७. यसरी बनाइएको जैविक मल÷विषादी तयार हुन गर्म मौसममा भए १–२ हप्तामा र जाडो महिना भए ३ हप्ता जति लाग्दछ ।
८. यसरी राखेको दिनबाट परिक्षण गर्दै जा“दा यदि कडा गन्ध आएको छ। निलो रंगको फिज आएको छ र हरियो पातको रंग हराई पहेलो नसा मात्र देखिन्छ भने त्यो जैविक मल÷विषादी तयार भएको मानिन्छ ।
प्रयोग गर्ने तरिका ः–
गह“ुत मिसाएको पानी मिसाएको
कलिो बिरुवा (नर्सरी) १५–२० लिटर पानी मिसाई छर्ने ८–१० लिटर पानी मिसाई छर्ने
ठूलो हुर्केको बिरुवा १०–१२ लिटर पानी मिसाई छर्ने ५–७ लिटर पानी मिसाई छर्ने ।
नोट ः –पहिलो पटक तयार भएको जैविक मल प्रयोग गरेपछि बा“की रहेको वनस्पतिमा नै ३ पटक सम्म गह“ुत वा पानी मिसाएर जैविक मल बनाउन सकिन्छ । यसरी बनाएको मल पहिलो पटकको जस्तो कडा नहुने भएकाले पानी मिसाएर छर्किदा पहिलेको भन्दा थोरै पानी मिसाएर छर्के हुन्छ ।
जैविक मलको फाइदाहरूः –
१. माटोमा भएका फाइदाजनक सुक्ष्म जीवाणुहरूको सक्रियतालाई बढाउ“छ ।
२. बिरुवाको लागि मलको साथै सिंचाइको पनि काम गर्दछ ।
३. स्थानीय श्रोत साधनको प्रयोग भई रासायनिक मल तथा विषादीहरू किन्ने पैसाको बचत हुन्छ ।
५. रासायनिक मल तथा विषादीबाट मानवीय स्वास्थ्यमा पर्ने असरहरू कम हने ।
५. वातावरणमा परिरहेको असरहरू कम हुने ।
६. स्थानीय ज्ञान शीपको प्रयोग हुने ।
त्यस्तैगरी माथि प्रयोग गरेका वनस्पति, जडिबुटीहरूको साथै अन्य वनस्पतिहरूप्रयोग गरि निम्न अनुसार रोग कीराहरूको नियन्त्रण तथा व्यवस्थापन गर्न सकिन्छ ।
१. एउटा ड्रममा ३ भाग जति सिस्नु टुक्रापारी राख्ने र त्यसमा २ भाग गह“ुत राखि एक हप्तासम्मकुहाउने र १ लिटर तयारी झोलमा ५ लिटर पानी थपी रातो कमिला लागेको बालीमा जरासम्म भिज्ने गरी प्रयोग गर्ने ।
२. एक किलो बकाइनोको पात १ लिटर पानीमा राम्रोस“ग थिचेर झोल निकाल्ने र उक्त झोललाई पातलो कपडाले छानेर आएको १ भाग झोलमा ५ भाग पानीको दरले मिसाई ५ दिनको फरकमा सबै ठाउ“मा पुग्नेगरी तरकारी बालीमा छर्केमा पात खाने कीरा र अन्य चुस्ने खालका कीराहरूलाई तितो भएको पात खान मन नलाग्ने बनाउ“छ । यसले गर्दा कीराको लार्भा अवस्था विकास नभई तरकारी बालीहरूमा लाग्ने कीराहरूको प्रभावकारी रुपमा व्यवस्थापन हुनेछ ।
३. ५०० ग्राम निमको दाना पिसेर १ लिटर पानी मिसाई बालीनालीमा छर्नाले खपटे कीरा, लाही, गबारो कीराको नियन्त्रण गर्न सकिन्छ ।
४. बाबरी र निमको फाइदाहरू सानो सानो टुक्रापारेर २–३ दिन पानीमा भिजाएको झोल बिहानको समयमा छर्दा धान बालीमा लागेको पतेरो कीरा नियन्त्रण हुन्छ ।
५. एक किलो मेवाको पातलाई पिढेर १ लिटर पानीमा घोल्ने र पातलो कपडाले छानेर उक्त झोलमा ४ लिटर साबुन पानी मिएर छर्कनाले कफिको डढुवा, पाउडरी मिल्ड्यु नियन्त्रण गर्न सकिन्छ ।
६. गोलभेडाको हरियो पातलाई पिसेर १ माना पानी मिसाई उमालेर सेलाएको झोल काउली बन्दा, ब्रोकाउली आदिमा लाग्ने झुसिल कीरा नियन्त्रण गर्न सकिन्छ ।
७. हिउ“दे तरकारी बालीहरूको वरिपरि तथा भित्री जग्गामा धनिया लगाएका खण्डमा धेरै जसो कीराहरू गन्धको कारणले बाली छेउ आउन नसकि कीराहरूको व्यवस्थापन हुन्छ।
८. त्यस्तैगरि लसुन तथा प्याजलाई पनि तरकारी खेती गरिएको जग्गाको वरिपरि लगाइएको खण्डमा पनि कीराहरूको नियन्त्रण हुन्छ ।
९. तितेपाती, निम र बकाइनोको पातलाई छा“यामा सुकाउने र सुकेपछि भण्डारण गर्न राखिएको १०० भाग अनाजमा ५ भाग पात मिसाएर राख्दा भण्डारणमा लाग्ने कीराको प्रकोप कम हुन्छ ।
१० मकैको बिऊलाई राम्ररी घाममा सुकाएर भण्डारण गर्ने बेलामा गाइको गहु“तले हल्का चिसो हुने गरी मोलेर पुन ः ४÷५ घण्टा घाममा सुकाएर भण्डारण गर्दा घुन र पुतलीबाट बचाउन सकिन्छ ।
११. असुरो पात हरियो मल वा छाप्राको रुपमा प्रयोग गर्दा सबै प्रकारका माटो जन्य रोग र कीराहरूको नियन्त्रण गर्नुका साथै प्रति रोपनी ५०० किलोको दरले माटोमा प्रयोग गर्दा प्राङ्गगारिक मलको आवश्यकताको ५० प्रतिशत मात्र समेत पूर्ति गर्दछ ।
लेखक पर्माकल्चर ग्रुपका कार्यक्रम निर्देशक हुनुहुन्छ ।