जुम्लीवासीहरु भन्छन् मलाई पनि वत्तिमा पढ्ने रहर छ
धनबहादुर मगर
काठमाण्डौं २१ मंसिर, जुम्ला जिल्लामा रहेको विद्युत संकटको अवस्थालाई विद्युत प्राधिकरण र सरोकारवालालाई सुनाउन राजधानीमा एक फरक प्रकृतिको कार्यक्रमक आयोजना गरियो । जुम्ली जनताले आयोजना गरिएको भनिएको उक्त कार्यक्रममा सिंजा सभ्यता संग सम्वन्धित साँस्कृतिक झाँकी सहित प्ले कार्ड बोकेको ¥याली निकालिएको थियो । हामीलाई वत्तिको मिटर देऊ, हामीलाई अहिले २० यूनिट सहुलियत भन्दा पहिला पोल र तारको व्यवस्था गर, ट्रान्सफरमरको व्यवस्था गर, सबै घरमा वत्ति पु¥याई देऊ, हामीलाई नियमित वत्ति कहीले ?, हाम्रो खोलाको पानी त्यसै वग्यो, घर भने अँध्यरो छन् , अँ साँच्चि नेपालमा वत्ति वलेको १०० वर्ष पहिले हो है, खै त हाम्रो वस्तिमा ? बत्तिमा भोल्टेज पनि हुनुपर्छ हो है, मलाई पनि वत्तिमा पढ्ने रहर छ भन्ने नाराकासाथ साँकृतिक झाँकी प्रशर्दशन सहित शान्तिवाटिकाबाट रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणसम्म पुगेर जुम्लावासीहरुले राजधानीमा आएर राम्रोसँग वत्तिको व्यवस्थापन गर भन्ने सन्देशमूलक आवाज दिनेगरि जुलुसको सहितको फरक किसिमको कार्यक्रमको आयोजना ग¥यो । हामीले हाम्रा खोलाको वत्तिको रोयल्टी बुझेको भए पैसा लिएर आउथ्यौं जस्ता नाराहरm बोकिएका प्ले कार्डले सवैको ध्यानकर्षण गरेको थियो ।
नेपालमा जल विद्युतको उत्पादन र उपभोगको एक शताब्दी पुगिरहँदा काठमाण्डौं उपत्यकाको जस्तै पूरानो सँस्कृति र इतिहांस बोकेको जुम्ला र सिँजा उपत्यका अहिले पनि अँध्यारोमा रहेको भन्दै स्थानीय हरु सिंहदरवारको आलोचना गरिरहेका थिए । प्रचुर जलउर्जाको सम्भावना भएका तिला, हिमा र जवा नदी तथा यिनका सहायक खोलाहरुको जल खेर गईरहेको तर जनता अँध्यारोमा रहेको बताउदैं स्थानीय पुर्ण धितालले कुलमानले घिसिङले शहरी क्षेत्रमा भन्दापनि सुधार गरेपनि राजधानीको निकै टाढा जुम्लाको ऐतिहासिक सिँजा क्षेत्रमा ध्यान पु¥याउन नसकेको गुनासोहरु व्याक्त भएका थिए । ग्रामीण क्षेत्र जुम्ली सिँजा क्षेत्रमा विद्युतलाई व्यापक सुधार गर्नुपर्ने सहभागीहरुलाई भनाईरहेको थियो । जुम्ला शासकीय अभ्यासमा रहँदा नाम पनि नसुनेका स्थानमा पहुँचको भरमा निकै परिवर्तन आएपनि इतिहासमा समृद्ध रहेको कर्णालीमा राज्य, राणा र अहिलेका शासकहरुको गिद्दे नजर रहेकोले सुन्दर र समृद्ध कर्णाली खुःसी लुटेको आरोप लगाए ।
प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले कर्णालीका समस्या सिंहदरवारले सजिलोसँग नसुन्ने भएकोले पञ्चेबाजा सहित आएको बताए । उनले अब नियमित रmपमा फरक शैलीमा कर्णालीका मागहरm राज्यका निकायमा प्रस्तुत गर्ने बताए । महतले भने मैले ‘‘संसदमा पटक–पटक संविधानको मर्म वमोजिम विकासका गतिविधि अगाडी वढाउन आग्रह गरेका थिए ।’’ तर, नवअवसारवादीहरु सुन्न तयार नभएकाले अत्यन्तै सभ्यशैलीमा विरोध गर्नु परेको बताए । कुलमानले आफु सक्षम भएको दावी गरेपनि उनी शक्ति केन्द्रलाई रिझाउनको लागि परेको आक्रोश व्यक्त गरेका थिए ।
प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले भने मैलै जुम्लाको वत्तिको समस्याको बारेमा भेटेर कुरा गर्न खोज्दापनि भेट्न चाहने । कर्णालीका विपन्न र पछाडी परेको क्षेत्रमा कामगर्दा अझ उहाँका सान बढ्ने थियो । हामीले गरेको आशा पनि त्यही हो । आफ्नो कुनै व्याक्तिगत माग नभएको तर कर्णालीका नागरिकको लागि केही गरौं भन्दा भेटसमेत नदिएको गुनासो गरे । सांसद महतले थपे कुलमानले शहरमा मात्र होइन गाउँमा शहरमा जस्तै केन्द्रीत योजना बनाउनु पर्छ । २० यूनिटसम्मको वत्तीको निःशुल्क गर्ने योजनाले वत्तीनै नपुगेका ग्रामीण क्षेत्रका जनतालाई हर्ष न विस्मात भएको भन्दै उनले पहिला देशै भर विद्युत विस्तार गर्न सुझाव दिए ।
अरु आन्दोलन र विरोध भन्दा फरक र सभ्य देखिने यो कार्यक्रम सबैको चाँसोको विषय बनेको थियो । विश्लेषक हरिहर न्यौपानेका अनुसार जुम्ली जनताले आफ्ना माग शान्तिपुर्ण तरिकाले राख्न र बुझाउन सकिने यस प्रकारका कार्यले दवाब सिर्जना गर्नुकासाथै राज्यको सम्पतीको क्षति हुनबाट बच्ने भन्दै ठुलादलले कर्णालीबाट सिक्न आग्रह गर्नुभयो । जल उर्जाको पहुँचमा वृद्धिगरि उद्यमशीलता विकास र समृद्धिको यात्रामा देशलाई अगाडी वढाउन सरोकारवालालाई आग्रह गरेको थिए ।
साँस्कृतिक झाँकी सहीतको ¥याली शान्तिवाटीकाबाट आरम्भ भएर प्राधिकरणको गेटैमा पुगेर । चर्चाको शिखरमा पुगेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई ज्ञापन पत्र बुझाउने जुम्ली वासीहरुको धोको थियो निराशमा बदलिदियो । जुम्लावासीलाई विभेद गरिएको उनीहरुको तितो अनुव पोखेका थिए । जुम्ला जस्तो विकट ठाउँबाट आएर पनि कुलमान घिसिङलाई ज्ञापन पत्र समेत बुझ्न समय भएन । विरोध ¥याली सहितको मागपत्र बुझेमा प्राधिकरणमा कार्यरत १२ हजार कर्मचारीको शिर झुक्ने भन्दै आफ्नो कार्यकक्षमा भेटगर्न चाहेको बताएको बताए । घिसिंङ्गको उक्त अभिव्यक्ति प्रति आक्रोसित कर्णाली वासीहरुले मुलगेटमा ज्ञापनपत्र टाँसेका थिए ।
उक्त ज्ञापन पत्रमा विद्युत पहुँच र गुणस्तरको सुनिश्चिताको लागि निम्नअनुसारक मागहरु राखिएका छन् ।
–जिल्लाका सम्पुर्ण वस्तीहरmमा यथाशीघ्र विद्युत प्रशारण लाइनको विस्तार गरियोस् ।
–विद्युत प्रशारण लाइन पुगेको क्षेत्रमा चाँडोभन्दा चाँडो मिटर लगायत आवश्यक सामाग्रीको उपलब्धता गराइयोस् ।
–जिल्लाभित्र अनवरत रmपमा जलप्रवाह भैरहेका नदी तथा खोलाहरुमा खेर गईरहेको जलउर्जा प्रयोगमा ल्याउनका लागि नयाँ सम्भावित आयोजना क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने, जिल्ला भित्रका सम्भाव्यता अध्ययन भएका आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने, विस्तृत परियोजना प्रतिवेदन तयार भएका आयोजनाको यथा शीघ्र निर्माण कार्य सुचारु गरियोस् ।
–३३ केभिए प्रशारण लाइन निर्माण कार्यमा भईरहेको ढिलाईको अन्त्य गरि शीघ्र कार्य सम्पन्न गरियोस् ।
–११ केभिए लाईनमा भएको भोल्टेज उतारचढाव समस्या समाधान गरियोस् ।
–जुम्लामा रहेको विद्युत प्राधिकरण कार्यालयलाई साधन स्रोतयुक्त बनाई व्यवस्थित गरियोस् ।
जस्ता मागहरु राखिएका छन् ।