कृषि व्यवसाय गर्न हुँदैन भन्ने जमात पनि हामीकहाँ छन्
विगतमा के गर्नु हुन्थ्यो, सबै मानिसहरु काठमाडौंमा अवसर खोज्न आउँछन् यहाँको काठमाडौं छोडेर सुर्खेतमा कोरियन भाषा शिक्षण पेशामा संलग्नु हुनुहुन्छ र पनि कृषिलाई पनि अगाडि बढाउनु भएको छ । कृषि व्यवसायमा लाग्नुको उद्देश्य बताईदिनुहोस् ?
शिक्षित व्यक्तित्व भएको नाताले नेपालको कृषिलाई कसरी हेर्नु भएको छ ? नेपालको कृषिमा सुधार गर्नु प¥यो भने के–के गर्नु पर्छ ? कृषकहरुको मुख्य समस्या बजारको सुनिस्चितता के हुन सक्छ भने कर्णाली ड्रयागन कृषि तथा पशुपन्छी फर्मका प्रमुख कृष्ण अधिकारीसँग कृषि जर्नल मासिकको लागि धनबहादुर मगरले गरेको कुराकानीको प्रस्तुत अंश ।
यहाँको संक्षिप्त परिचय दिनुहोस ?
कृष्ण अधिकारी र जन्मस्थल दशरथपुर सुर्खेत । पेशाले कोरियन भाषा प्रशिक्षक ।
विगतमा के गर्नु हुन्थ्यो ?
२०६४ देखि २०६८ सम्म द.कोरियामा स्नातकोत्तर (Korean Studies) अध्ययन पस्चात २०६८ मा नेपाल फर्किएर काठमाडौमा कोरियन भाषा प्रशिक्षण ईष्टिच्युट खोली प्रशिक्षकको रुपमा काम गरियो ।
२०७२ मा काठमाडौं छोडेर आफ्नो जन्मस्थानलाई नै कर्म स्थल बनाउँदै सुर्खेतमा नै कोरियन भाषा प्रंशिक्षण केन्द्र खोलेर प्रशिक्षण दिँदै आएको छु । र गत वर्षदेखी कृषि व्यवसायलाई पनि सँ–सँगै लैजाने योजना बनाएर कर्णाली ड्रयागन कृषि तथा पशुपंक्षी फर्म दर्ता गराई कृषि व्यवसायमा पनि जोडिन पुगेको छु । हाल १ विगाहमा जमीनमा ड्रयागन फलको खेती शुरु गरेको छु । साथै अन्य नयाँ फलफुल पनि खेती गर्ने योजना रहेको छ ।
सबै मानिसहरु काठमाडौंमा अवसर खोज्न आउँछन् यहाँको काठमाडौं छोडेर सुर्खेतमा
भाषा शिक्षण पेशामा संलग्नु हुनुहुन्छ र पनि कृषिलाई पनि अगाडि बढाउनु भएको छ ।
कृषि व्यवसायमा लाग्नुको उद्देश्य बताईदिनुहोस् ?
गर्न सक्ने हो र केही नयाँ सोचका साथ गर्ने हो भने अवसर काठमाडौंमा मात्रै नभएर नेपालको अरु ठाउँमा पनि प्रसस्त भेट्न सकिन्छ । कतिपय मानिसहरु काठमाडौ मै पनि अवसर छैन भन्ने सोँच राखेर विदेश पनि जाने, पलायन पनि हुने गर्दछन र कतिपय मानिस यही नै धेरै अवसर देखेर विदेशको लामो बसाईलाई पनि विट मार्दै नेपालमा नै राम्रो व्यवसायमा जमेका छन्, जम्दै छन । मेरो सोचमा कृषि व्यवसाय सानो अरु व्यवसाय ठूलो भन्ने छैन । मिहनेत र ईमान्दारीताकासाथ तपाईले गर्ने काम नै ठूलो हो जस्तो लाग्छ । तपाईले गर्ने कामबाट आत्म सन्तुष्ति मिल्नु नै सबभन्दा ठूलो कुरा हो भलै त्यो सबभन्दा सानो काम किन नहोस् । नेपालको अवस्था यहाँलाई राम्रै थाहा छ नि, पढेलेखेको मानिसले कृषि व्यवसाय गर्न हुँदैन जस्तो सोच राख्ने जमात पनि हामी माझमा धेरै छन् । यस्तो जमात फेरि आफुले काम गर्दैनन् । अरुलाई अलि बढी नै उपदेश दिने समूहमा पर्ने गर्दछन् । मानिसले जे जस्तो काम गरे पनि जति पैसा कमाएपनि पेट पुजा त गर्नु नै पर्छ । जसको सिधा सम्बन्ध कृषि व्यवसायसँग जोडिएको हुन्छ । कृषि उपजबाट नै हाम्रो शरीर जीवित रहन्छ र शरीरलाई तपाईले कस्तो पोषण दिनु भएको छ । त्यही अनुसारको शारिरीक, मानसिक रुपमा स्वस्थ जिवन बनाउन सक्दछ ।
यहाँ शिक्षित व्यक्तित्व हुनुहुन्छ यहाँले नेपालको कृषिलाई कसरी हेर्नु भएको छ ?
नेपालको भौगोलिक धरातलमा विविधता भएको हुनाले हामी नेपालमा स्थान अनुसार विभिन्न किसिमका तरकारी फलफुल अन्नको उत्पादन गर्न सक्ने अवस्था रहेको छ । तर हामीमा ज्ञान, आर्थिक अभावमा सोचेजस्तो कामहरु गर्न नसकेको अवस्था देख्न सकिन्छ । विषेशतः नेपालमा गरिने कृषि व्यवसाय भन्दा जीवीकोपार्जनको लागि मात्र गरेको भेटिन्छ ।
कृषिमा हिजो र आजको भिन्नता छुट्याउनु होस् ?
पहिले पहिले गरिने कृषिमा मानवीय शक्तिको प्रयोग ज्यादा गरिने गरिन्थ्यो भने आजभोलि चाही मेशीनरी औजारको प्रयोगले थोरै जनशक्तिबाट पनि धेरै काम गर्न सकिने अवस्था आएको छ । धेरै मानिसहरु व्यावसायिक कृषि पनि गर्दै आप्mनो आर्थिक अवस्थामा पनि धेरै सुधार गरिरहेको पनि प्रष्ट देख्न सकिन्छ । पहिला स्थानीय जातका तरकारी, अन्नबाली रसायन मुक्त खेती गरिने हुनाले उत्पादन कम भएता पनि खाँदा स्वादिलोका साथै स्वस्थकर रहने गर्दथ्यो । आजको अवस्था यहाँलाई थाहा नै छ । उत्पादनमा वृद्धि भएतापनि खानको लागि कत्तिको स्वस्थकर छ भन्ने मापन खासै नगरिएको भेटिन्छ ।
कृषिमा सुधार गर्नु प¥यो भने के–के गर्नु पर्छ ?
पहिलो कुरा त कृषि व्यवसाय प्रति मानिसको सोच बदलिनु आवश्यक रहेको छ । हामी मध्ये धेरै बुझेका पढेलेखेका मानिसबाट नै यो व्यवसायलाई हेयको दृष्टिले हेर्ने गरिन्छ, यो पनि मानिसको जिवनसँग जोडिएको र सबैलाई स्वस्थ राख्ने एउटा पवित्र कर्म हो भन्ने कुरा दिल र दिमागमा रहनु आवश्यक छ । व्यवसायमा कृषि र पेशामा शिक्षक मानिसको अन्तिम छनौंट भन्ने मानसिकतामा परिवर्तन हुन आवश्यक छ । कृषि पेशालाई जीवीकोपार्जनको अवस्थाबाट व्यवसायिक रुपमा अघि बढाएर कृषि कर्मबाट पनि मनग्य आर्थिकोपार्जन गर्न सकिन्छ है भन्ने अवस्थामा पु¥याउन सरकारको नीति नियम, सहयोग आवश्यक छ । सरकारबाट उपलब्ध हुने सहयोग उत्पादनमा मात्र नभै बजारीकरणमा पनि स्पष्ट नियमको अभाव छ । कतिपय अवस्थामा नेपालको कृषि उपज बजार नपाएर सडेर गएको देखिन्छ भने बाहिरबाट आयात बढीरहेको छ । स्थानीय स्तरमा उत्पादित कृषि उपजहरु संकलन गरेर बजारसम्म पु¥याउनको लागि सहज पहुँच हुन सक्यो भने पनि कृषि क्षेत्रमा सकारात्मक सुधार भएको आभास पाउन सकिन्छ ।
नेपालको कृषि खुम्चिदै गएको छ भनेर सुनिन्छ वास्तविक हो ?
अवस्य पनि सही हो । एक त खेतीयोग्य जमीन टुक्रिएर घर घडेरीमा रुपान्तरण भईसकेका छन् । भू–खण्डीकरणले गर्दा भनेको र सोचेको स्थानमा कृषि व्यवसाय सञ्चालन गर्न गाह्रो भएको अवस्था छ भने अर्कोतिर मानिसहरु आप्mनो भएको जग्गा जमीन पनि बाँझो छोडी विदेशिने गर्दा कृषि उत्पादनमा पनि ह्रास आएको छ । आज नेपाली तरकारी बजार होस वा अन्य खाद्यान्न पसल, हरेक स्थानमा आयातित वस्तुले धेरै नै स्थान ओगटेको भेटिन्छ ।
कृषि क्षेत्रबाट नेपाली किसानहरुको जीवनस्तरमा सुधार भएको पाउनु भएको छ ?
जसले अलि व्यवसायीक रुपमा कृषि पेशा अंगाल्नु भएको छ, उहाँहरुको जीवनस्तरमा सुधार भएको स्पष्ट देख्न सकिन्छ ।
नेपालको भौगौलिक अवस्था अनुसार सिँचाईको व्यवस्था हुन सकेको छैन सिँचाईलाई
यहाँले कसरी व्यवस्थापन गर्नु भएको छ ?
जलस्रोतको धनी देश भएतापनि भौगोलिक विकटताले गर्दा सिँचाई व्यवस्थापन गर्न अवश्य पनि गाह्रो छ, पानीको स्रोत नभएको स्थानमा पनि आकाशे पानी पोखरीमा जम्मा गरेर सिँचाईंको व्यवस्थापन पनि गर्न सकिन्छ, मेरो अवस्थामा चाहीँ बोरीङको पानी किनेर पोखरीमा जम्मा गरी थोपा सिँचाई प्रविधि जडान गरिएको छ । शुरुमा लागत अलि बढी लागेपनि कालान्तरमा फाईदा नै हुन्छ ।
कृषकहरुको मुख्य समस्या बजारको सुनिस्चितता हो । यहाँले सुर्खेत बजारमा बजारको
व्यवस्थापन कसरी बनाउनु भएको छ ?
कर्णाली ड्रयागन कृषि तथा पशुपंक्षी फार्म चाही विशेषगरि ड्रयागन फलको साथ–साथै अन्य नयाँ फल उत्पादनमा केन्द्रीत रहेको र भर्खर मात्र बिरुवा रोप्ने काम सम्पन्न भएको छ । यो ठाउँको लागि ड्रयागन फल नौलो हो । धेरै मानिसहरुमा यो फलको बारेमा जानकारी छैन । आफुले उत्पादन गर्ने वस्तुको लक्षित उपभोक्ता को हुन् त्यसको पहिचान गरि त्यसै अनुसारको बजारीकरण गर्दा काम गर्न सहज हुने मनन् गरी लक्षित वर्ग, समुदायसँग उत्पादन हुने फलले स्वास्थ्यमा पु¥याउने फाईदाको बारेमा जानकारी दिईरहेको छु । विभिन्न सामाजिक सञ्जाल मार्फत पनि यसको प्रचार प्रसारको कार्य हुँदैछ । धेरै मानिसहरु यो फल खेती सम्बन्धी धेरै उत्सुक रहेको पाईएको छ ।
११. किसानले उत्पादन गरेको वस्तु बजारको मूल्य नपाउने, उपभोेक्ताहरू चर्को मूल्य तिरेर
दैनिक उपभोग गर्नुपर्ने अवस्थाको अन्त्य कहिलेसम्म होला ? यहाँ एउटा कृषि उद्यमी
भएको नाताले बताईदिनुहोस् ।
हामी सबैलाई थाहा भएको, भोगेको यथार्थ समस्या नै हो कि किसानले २० रुपैयाँमा बेचेको तरकारी उपभोक्तासम्म पुग्दा बिभिन्न बिचौलियाको तह पार गर्दै चार पाँच गुणा महँगोमा पुग्ने गर्दछ । जब किसानले उत्पादन गरेको उपभोग्य वस्तु सिधा उपभोक्तासम्म पुग्दैन । तबसम्म किसान र उपभोक्ता दुबै नै महँगीको चपेटामा रही रहने अवस्था देखिन्छ । सरकारको नियमन इकाई सक्रिय रुपमा काम गर्न सक्ने हो भने यो अवस्थाको अन्त्य गर्न गाह्रो देखिदैन ।
कृषिका मुख्य–मुख्य समस्याहरू के–के हुन ?
जलश्रोतको धनी देश भएता पनि सिचाईको व्यवस्थापन गर्न धेरै स्थानमा समस्या देखिन्छ । त्यसैगरि समयमा मल, बिउ व्यवस्थापन नहुनुका साथै बजारीकरणमा पनि धेरै समस्याहरु देखिएका छन् ।