देशको किसानहरु अप्ठेरो परिस्थितिमा छन् : मन्त्री यादव
धनबहादुर मगर
काठमाडौं पुस २५ नेपाल कृषि अर्थशास्त्र समाजको १५ औं वार्षिक साधारण सभा ललितपुर हरिहर भवनस्थित कृषि विभागको सभाहलमा कृषि तथा पशुपन्छि विकास मन्त्री महिन्द्राराय यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
उक्त अवसरमा साधारण सभाको उद्घाटन गर्दै मन्त्री यादवले ६५ प्रतिशत जनता कृषिसँग जोडिएकोले देशको कृषि खस्कदै गएको अवस्थामा कृषि अर्थशाश्त्रीहरुको योगदान महत्वपूर्ण बन्दै गएको बताउनु भयो । किसानहरु माटोसँग जोडिएकोले, माटो हाम्रो जीवनसँग जोडिएको बताउनु भयो । यादवले भने हाम्रो देशको किसानहरु धेरै अप्ठेरो अवस्थाबाट गुज्रेको छ । २७ प्रतिशत कुल ग्राहस्थ उत्पादन कृषिले योगदान दिएको छ । वजेटमा वृद्धि गर्नुपर्छ भन्ने मैले महशुस गरेको छु ।
मन्त्री यादवले १८ प्रतिशत गरिबीमा रहेको नेपाली जनतालाई गरिबीबाट माथि उठाउन तपाईहरुको सहयोग चाहिन्छ । म तपाईहरुले दिएको सुझावलाई मार्ग दर्शनको रुपमा अगाडि बढाउने विश्वास दिलाउन चाहान्छु ।
परिवर्तनको लागि परम्परागत खेतीबाट नभई चक्लावन्दी र सामुहिक खेती गर्न सकेन भने कृषिलाई अगाडि बढाउन नसक्ने बताउँदै २० वर्षे कृषि विकास रणनीति र प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाको पुनर्संरचनाको साथै अगाडि बढाउन सकिने बताउनु भयो ।
कृषि वन विश्व विद्यालयका उपकुलपति डा.पुण्यप्रसाद रेग्मीले कृषि अगाडि किन बढेन भनेर भन्न अरुलाई छुट छ । हामीलाई छुट छैन । परिवर्तति अवस्थामा कृषि टान्र्सफर्मेशन हुन्छ । रेग्मीले भने, कृषि अगाडि नबढ्नुमा हामीमाथि ठूलो प्रश्न चिन्ह खडा भएको छ । अबको कृषिको मोडल भूगोल, अर्थतन्त्र विकासमा कस्ता खालको प्रविधि र यान्त्रीकरण उपयुक्त हुने हो भन्ने इकोलजिकल, जलवायू परिवर्तन कन्टेक्सको अध्ययन गरेर मात्र कृषिको रुपरेखा बनाउनु पर्ने बताउनु भयो ।
अर्थशाश्त्री डा.हरि रोकाले कृृषि विकास मन्त्रालय विज्ञहरुको भण्डार भएको बताउँदै कृषिमा जनशक्तिको अभाव हुँदै गएकाले पूरानौ मोडलबाट नेपालको कृषि अगाडि बढ्न नसक्ने बताउनु भयो । रोकाले आफ्नो थातथलो छोडेर हिड्न लागेकाहरुका लागि विकल्प दिन सकेन भने हामीले चाहेर पनि रोक्न नसक्ने बताउनु भयो । स्पेसिफिक कृषिको कुरा गर्दा अलि गम्भीर ढंगले सोच्नु पर्छ । कृषि गर्ने मात्र होइन खेती गर्ने स्रोत नै बन्द हुन लागेको छ ।
कृषि विश्वविद्यालय भनेको कृषि उत्पादन गर्ने हो कि, विज्ञ उत्पादन गर्ने हो ? जलवायू परिवर्तनले समस्या निम्त्याइरहेको छ । हाम्रो विश्व विद्यालयले के गरिरहेको छ ? हामी जिम्मेवार हुने हो कि होइन सँधै भागेर हुँदैन ।
काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा विश्लेषक अच्यूत वाग्लेले कृषिको प्रशोधन बाहेक आपूर्ति श्रृँखला र मूल्य श्रृँखला टुटेकोको कारण, कृषक टुटेको बताउनु भयो । संघीयतामा लिंकेज गर्न नसकेका कृषिलाई फाल्नु नपरे हुन्थ्यो । नाफा कमाएको डर लाग्दो परिस्थिति छ । कोल्टेमा स्याउ गोरुले खानसकेको छैन । श्रँखला विश्रृखलित भयो । यस आर्थिक वर्षमा कृषि बाहेक १८ खर्व व्यापार घाटा पुग्ला जस्तो छ । जहाँ जे छ त्यहीको स्रोत साधानलाई व्यवस्थापन गर्न नसक्दा यो अवस्था सिर्जना भएको बताउँदै चिन्ता र चुनौंतीको सामना गर्ने खालको सामर्थ बन्नु पर्ने अवस्था आएको बताउनु भयो । कृषिको उत्पादन, प्रशोधन र बजारीकरणका साथै मूल्य श्रृँखलालाई व्यवस्थापकीय रुपमा राम्ररी जोड्न नसक्नु नै कृषिमा ह्रास आएको हो ।
पहिलो कुरा सप्लाई चेञ्ज चलिरहेको छ । सप्लाई चेञ्जमा खिया लागिरहेको छ । कति उत्पादन हुन्छ भनेर तथ्याङ्क खोज्यौं भने कुनै तथ्याङ्क भेटिदैन । तपाईहरुले मन्त्रालयबाट बनाएको तथ्याङ्क मेल खाँदैन ।
योजना आयोग पूर्व सदस्य यामबहादुर थापाले न्यायलय पीडितको पक्षमा नभई उल्टै पीडकको पक्षमा उभिएको बताउँदै नेपालको कृषिमा पनि त्यही श्रँृखला दोहोरिएको बताउनु भयो । थापाले नेपाललाई शुन्य भोकमरीबाट बचाउन निकै मिहिनेत गर्नु बताउँदै खाद्य सुरक्षा, गरिवी निवारण अहिलेको प्रविधिबाट हुने नसक्ने बताउनु भयो ।
पहिलो प्राथकिमता नेपालको समाजवाद उन्मूख अर्थनीति हुनुपर्छ । कमाउ नीतिको पछि दौडेर हुँदैन । पोलिसी बनाउँदा समाज शाश्त्रीहरुको पनि सहयोग लिएर बनाउन जरुरी छ ।
कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक दीपक भण्डारीले परिषद्मा कृषि अर्थशाश्त्र अध्ययन गर्ने कार्यक्रमै रहेको बताउँदै कृषिका लागि कृषि अर्थशाश्त्र अनिवार्य भएको बताउनु भयो । नेपाल कृषि अनुसन्धान परिषद्ले विकास गरेको प्रविधि किसानसम्म पुग्न किन सकिरहेको छैन ? सामाजिक, आर्थिक रुपमा कृषकहरुले ग्रहण गर्न कृषि छलफलमा गएन भने उपलब्धी नहुन सक्छ ।
कृषि विकास मन्त्रालयका सचिव निरु दाहालले बजारमा जाँदा एकदमै गाह्रो लाग्छ । कोल्ड स्टोर सरकारले बनाएको छ । बनाए पछि काम गर्ला भन्ने थियो । रिभल्वर फण्डको कुरा उठेको छ । त्यस विषयमा छलफल गर्ने छु ।
वित्तिय संघीयता विशेषाज्ञ डा.खिमलाल देवकोटाले कषि ऐन र संघीय निजामती कानून बनाउन नसकेको बताउनु भयो ।
संघीयताको अन्तर्सम्बन्ध, कसरी राम्रो बनाउने ? समायोजन भईसकेको छ । आफ्नो व्यवस्था आफै गर भनिदिएको भरमा हुँदैन । देशको अर्थतन्त्रमा दुईतिहाई भन्दा बढी योगदान कृषिले दिएको छ । तर वजेटको कुरा गर्दा जहिले पनि अवस्था पूरानै छ ।
नेपाल कृषि अर्थशाश्त्र समाजका अध्यक्ष योगेन्द्र कुमार कार्कीले समाजले सबैबाट आएको सुझावलाई मनन गर्दै सहकार्यको रुपमा अगाडि बढाउने र देश र जनताको हितमा काम गर्ने बताउनु भयो । कार्कीले कृषि अर्थतन्त्र सिधै नेपाली जनतासँग जोडिएकोले सरोकारवालाहरुले गम्भीर भएर सोच्नु पर्ने पनि बताउँनु भयो ।
समाजका महासचिव डा.देवेन्द्र गौचन नेपालको कृषि रुपान्तरण गर्न १६ वर्ष अगाडि गठन भएको अर्थशाश्त्र समाजले वहुआयामिक रुपमा नेपालको कृषि क्षेत्रमा योगदान पु¥याउँदै आएको बताउनु भयो । गौचनले कृषि अर्थशास्त्रको ठूलो भूमिका हुन्छ भनेर स्थापना गरेको हौ । समाजको तर्फबाट भविष्यमा योजना, तालिम, क्षमता अभिवृद्धि गर्ने र नेपाल सरकारलाई नीतिगत सहयोग गर्ने बताउनु भयो ।
नेपाल कृषि अर्थशास्त्र समाजको वार्षिक साधारण सभाले पुनः अध्यक्षमा डा.योगेन्द्रकुमार कार्की उपाध्यक्षमा रामप्रसाद पुलामी, महासचिवमा डा.देवेन्द्र गौचन र कोषाध्यक्षमा सिर्जना तिमल्सिना चयन भएका छन् ।
सदस्यहरुमा रामहरी तिमिल्सिना, हुमा न्यौपाने, समय गैरे, धनेश थापा चयन भएका छन् भने । समाजको निर्देशकमा डा.कृष्णप्रसाद तिमल्सिना, डा.महाविर पौडेल र डा. श्रषिराज कट्टेल चयन भएका छन् ।
अभिनन्दन
समाजले कृषि अर्थशाश्त्रीय क्षेत्रमा योगदान पु¥याए वापत सुदर्शन भक्त माथेमा, लक्ष्मण गौतम, राम्रप्रसाद अग्रहरी, मिर्दुला अधिकारी, श्रीकम्पलेक्स कास्कीका पोखराका झलक श्रेष्ठलाई अभिनन्दन गरिएका थिए ।