समाचार

दूध व्यवसायीबाट मूल्य परिमार्जन सम्बन्धी धारणा

फागुन १ गतेदेखि तोकेको मूल्य लागु हुने

धनबहादुर मगर
काठमाडौं माघ २८ डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, नेपाल डेरी एशोशिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले राजधानीको ईन्द्रणी बकिटमा संयुक्त पत्रकार सम्मेलन गरिएको छ । पत्रकार सम्मेलनमा सरकारको स्वमित्वमा रहेको दूध विकास संस्थानले साझा समझदारी लट्याएको भनेर चिन्ता व्यक्त गरेका छन् ।
उक्त पत्रकार सम्मेलनमा डेरि उद्योग संघका अध्यक्ष राजकुमार दाहालले कृषि मन्त्रालयको प्रतिनिधी निजी क्षेत्रको डेरि व्यवसायीहरुको सहभागीतामा भएको सहमती लट्याएको भनि चिन्दा व्यक्त गरिएको हो ।
नेपाल डेरि एशोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले आत्मनिर्भर भइसकेको व्यवसायलाई फेरि पछि धकेल्न लागेको बताउँदै बताए । साथै सापकोटाले आफूहरुले पनि कृषि क्षेत्रमा योगदान दिँदै आएको र सरकारले सौतेनी व्यवहार गरेको बताउनु भयो ।
दुग्ध ७० क्षेत्रमा प्रतिशत निजी क्षेत्रका व्यवसायीले आफ्नो घरबारी जोखिममा राखेर गरिएको व्यवसायले योगदान र बाँकी ३० प्रतिशत सरकारको स्वमित्वमा रहेको दूध विकास संस्थानको योगदान रहेकोमा कोभिडको विषम परिस्थितिमा पनि सरकारले निजी क्षेत्रलाई कुनै सहयोग नगरेको बताउनु भयो ।
विज्ञाप्तिमा भनिएको छ पछिल्लो पटक मिति २०७६ भाद्र २१ गते दूधको मूल्य परिमार्जन पश्चात समग्र मुल्य श्रृँखलाका विभिन्न तहहरु जस्तै दुग्ध उत्पादन, संकलन, ढुवानी, प्रशोधन र बजारीकरणमा पशु आहार, इन्धन, विद्युत, ज्याला, ढुवानी खर्च आदिको पटक पटक मुल्य वृद्धि हुन गई कृषक तथा उद्यमीहरु मारमा पर्न कारण दर्शाइ नेपाल सरकारका विभिन्न निकायमा किसान लगायत उद्यमीहरुले समय सापेक्ष रुपमा दूधको खरिद तथा बिक्री मूल्य परिमार्जन गर्न अनुरोध गरिएको थियो ।
लागत अनुसार वैज्ञानिक ढंगले दूधको मुल्य निर्धारण गर्न सबै सरोकारवालाहरुको सहभागीतामा राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा गठित मूल्य निर्धारण समितिले लागतको आधारमा प्रशोधित दूधको बिक्री मूल्य प्रति लि. रु. १०। वृद्धि गर्न सिफारिश गर्नुको साथै यसै अनुसार बिक्री मूल्य कायम गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले डिडिसीलाई निर्देशन दिएको बताइएको थियो ।
नेपाल सरकार मन्त्री परिषद्को निर्णय अनुसार कच्चा दूधको मूल्य प्रति लिटर ६ रुपैयाँ ५२ वृद्धि गरि कच्चा दूधको न्युनतम् मुल्य ५६ रुपैयाँ ०४ (४% फ्याट, ८% प्रतिशत एस. एन. एफ) निर्धारण भई दुग्ध विकास संस्थानबाट मूल्य निर्धारण समिति र मन्त्रालयको निर्देशनको अवज्ञा गरी निजी क्षेत्रका डेरी उद्योगहरु धरासायी बनाउने मनसायले प्रति लि. ९ रुपैयाँ वृद्धि गरी आज देखि लागू हुने प्रशोधित दूध प्रति प्याकेको ४२ रुपैयाँ ५० कायम गरिएको प्रति हामी सम्पूर्ण निजी क्षेत्रको असहमति प्रकट गर्दछौं ।
यसरी निजी क्षेत्रबाट किसानबाट दूध खरिद गर्दा दुग्ध विकास संस्थान भन्दा बढि नै रहेको र यहि २०७८ फाल्गुण १ गते देखि लागू हुने गरी किसानहरुबाट खरिद गरिने कच्चा दूधको न्यनतम् मूल्य सहकारी संस्थाहरु समेतको गरि (४% फ्याट, ८% प्रतिशत एस. एन. एफ को ५३ रुपैयाँ ४५ बाट वृद्धि गरि ६२ रुपैयाँ चितवन जिल्लाको हकमा कायम गरिएको छ हालै वृद्धि गरिएको मुल्य ६२ रुपैयाँमा यो मुल्य समायोजन गरिने छ । त्यसैगरि दुरीको आधारमा अन्य क्षेत्र वा जिल्लाको मूल्य निर्धारण गरिने छ । (३% फ्याट, ८% प्रतिशत एस. एन. एफ) वृद्धि पश्चात उपभोक्ता बिक्री मूल्य ८६ रुपैयाँ प्रति लिटर कायम गरिएको छ र खरिद तथा बिक्री मूल्य फाल्गुन १ गतेदेखि लागु बताईको छ । यस मुल्य वृद्धिबाट आम उपभोक्ता वर्गमा पर्न गएको असर प्रति क्षमा प्रकट गर्दै नेपालको दुग्ध उत्पादन, संकलन प्रशोधन व्यवसाय एक विशुद्ध व्यवसाय भएको र यसमा कुनै पनि प्रकारको विचौलिया नभएको र हालको मूल्य वृद्धिको रकम ७०% प्रतिशत भन्दा बढि किसानको हातमा पुग्ने विश्वास लिएको बताइएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close