अन्तर्वार्ता

हाम्रो देशको कृषि व्यवसाय सोचे जति फस्टाउन सकेन

नेपालको किसानहरुको अवस्था कस्तो छ ?, किसान नेता भएकोले समग्रमा सुदुरपश्चिमको कृषि नजिकबाट हेरिरहनु भएको छ ?, सुदुरपश्चिमाञ्चलको यहाँ राजनीतिक पार्टीहरुसँग पनि नजिक हुनुहु्न्छ । नेपालको कृषि पछि परेका आवाजहरु उठीरहेका छन । कसरी र के कारणले पछि प¥यो होला ?, तपाई त किसानको नेता नीतिगत रुपमा विश्लेषण गर्नुपर्दा कसरी गर्नुहुन्छ ?, त्यस्तो काम नेकपा माओवादीका नेताहरुबाट के वेवास्ता गरेकै हुन् ?, हाम्रो देश नेपाल कृषिमा आत्मनिर्भर बन्न के गर्नु पर्छ ?
विषयमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का केन्द्रीय सचिवालय सदस्य अमरबहादुर बोहोरासँग धनबहादुर मगरले कृषि जर्नल मासिक र अनलाइनको लागि लिइएको कुराकानीको प्रस्तुत अंश ः

संक्षिप्त परिचय दिनुहोस् ?
सूदूरपश्चिम डडेल्धुराको जोगबुढा, कैलाली धनगढी, २०५२ सालदेखि नेकपा (माओवादी केन्द्र) पञ्जावमा रहँदा प्रवासदेखि संगठित हुँदै आएको छु । २०५२ सालमा प्रवासमा काम गर्ने बेलामा डीबी पाण्डेले मलाई संगठीत गर्नु भएको हो । त्यसपछि म २०५६ सालदेखि नै हो पूर्णकालीन कार्यकर्ता भएर कामगर्दै आएको छु ।
अखिले नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)मा लामो समयदेखि काम गर्दै आएको र महासंघको केन्द्रीय सचिवालय सदस्य पनि छु । म कृषि व्यवसायमा संलग्न नभए पनि किसानको मुद्दा चाहीँ उठाउने उठाउने व्यक्ति हुँ । किसान साथीहरुसँगै नजिक रहेर काम गरिरहेको छु ।
नेपालको किसानहरुको अवस्था कस्तो छ ?
काँग्रेस र एमाले निकट साथीहरु प्रकृया पु¥याएर कृषिमा काम गरेका छन् । नेकपा माओवादी निकट किसान संगठनका साथीहरु त्यस्तो प्रक्रिया मिलाउन जान्दैन सोझै मात्र हेरिन्थ्यो । हिजो नजानेर काम गरिरहेको अवस्था थियो । अहिले प्रकृया पु¥याएर काम गरेको अवस्था छ । तरकारी, कुखुरा, पालन, गाईभैंसी पालन, बाख्रा पालन गरि रहेका छन् । अहिले मौरीखेती पनि गरिरहेका छन् । यसरी गर भनेर मैले साथीहरुलाई सुझाव दिईरहेको हुन्छु । आफ्नै देश आफैले बनाउन सक्छौं भनेर साथीहरुलाई सुझाव दिईरहेको अवस्था हो ।
किसान नेता भएकोले समग्रमा सुदुरपश्चिमको कृषि नजिकबाट हेरिरहनु भएको छ ?
हिजोभन्दा आज हामी धेरै गुणा अगाडि छौं । सुदुरपश्चिमको ९ वटै जिल्लामा कृषि व्यवसायहरु ठाउँ ठाउँमा गरिराखेको अवस्था छ । कसैले आलु खेती, कसैले तरकारी खेती, कसैले भैंसीपालन गरेका छन् । कसैले धान खेती गरेका छन् । कृषि व्यवसायमा साथीहरु राम्रैसँग लागेको अवस्था छ । भारतीय सीमा नजिक भएकाले हामी बढी जसो परनिर्भर छौं । भारतीय सीमा नजिक भएकाले पारीको सामान आउने हाम्रो सामान चाहीँ सड्ने स्थिति छ । त्यसो भएको कारणले हाम्रो कृषि व्यवसाय फस्टाउन सकिरहेको अवस्था छैन । हामीले भारतीय वस्तुहरु रोकिदिने र आफ्नो वस्तुहरुमा उत्पादन र बजारीकरण ग¥यौं भने धेरै सम्भव छ । सुदुरपश्चिममा हामी वेमौसमी खेती गर्न पनि सकिन्छ । सुन्तला, स्याउ, आदि गर्ने किसानहरु पनि धेरै छन् । सूदूरपश्चिमको जडीबुटीको खानी दार्चुला, वझाङ्ग, डडेल्धुरा, बाजुरा हुन् । यी ठाउँहरुमा थुप्रै जडीबुटीहरु पाइन्छ । जडीबुटी खेती गरेर संकलन गर्दा पनि धेरै राम्रो आम्दानी गर्न सकिन्छ । यसको लागि कृषि सञ्जाल बनाएर कृषि सञ्जाल मार्फत अगाडि बढाउनु पर्छ भन्ने साथीहरुसँग संयोजन छलफल गरिरहेको छु ।
सुदुरपश्चिमाञ्चलको यहाँ राजनीतिक पार्टीहरुसँग पनि नजिक हुनुहु्न्छ । नेपालको कृषि पछि परेका आवाजहरु उठीरहेका छन । कसरी र के कारणले पछि प¥यो होला ?
मैले भनि हाले हाम्रो देशको कृषिमा मात्र होइन धेरै कुरामा हामी परनिर्भर बढी भएका छौं । परनिर्भर भएको कारण हामी पछाडि परिराखेको अवस्था हो । हामीसँग भएको साधन स्रोतलाई पनि हामीले यही व्यवसायिक बनाउनु सहिरहेको छैन । प्रशोधन गर्ने कारखानाहरु खोल्नु पर्छ । हाम्रो थुप्रै जडीबुटी औषधीहरु छन् । किसान साथीहरु फस्टाई राख्नु भएको छ । भारतबाट आउने वस्तुहरुलाई नियन्त्रण गर्नुपर्छ भनेको हो । मैले भारतीय उत्पादनलाई नकारात्मक रुपमा भनेको होइन । पहिलो प्राथमिकता आफ्नै देशको नागरिकहरुले उत्पादन गरेको वस्तु व्यवस्थापन सरकारले गर्न जरुरी छ । हाम्रो देशको साधान स्रोत प्रयोग गरेर काम गर्नुपर्छ ।
त्यसका लागि किसान सञ्जाल मार्फत आफ्नै देशबाट माध्यम बनाउनु पर्छ र म यो नेकपा माओवादी पार्टीको नेताको रुपमा मात्र होइन सबैको सबैलाई समेट्नु पर्छ । हामी किसान भनेको सबैको साझा हो । हामीले किसान सञ्जाल बनायौं । यही सञ्जालबाट सबै किसानहरुलाई एकतावद्ध गर्नु पर्छ । किसानहरुको एकता भयो भने हामीले कृषिमा विकास गर्न सक्छौं । हामीमा एकता छैन । अलमलमा छौं । फाटीरहेको छ । किसानमा एकता नभएको कारण नै हामीले समस्या झेल्नु परेको हो ।
तपाई त किसानको नेता नीतिगत रुपमा विश्लेषण गर्नुपर्दा कसरी गर्नुहुन्छ ?
यो नीति ल्याएको हाम्रो पार्टीले हो । अहिले देश माओवादीको नीति र एजेण्डामा चलिरहेको छ । माओवादीकै वरिपरि घुमीरहेको छ । तर नेकपा माओवादीका क्याडरहरु एकता नभईकन हुन्न । हामीले अगाडि बढ्न एकरुपता ल्याउनु पर्छ ।
अहिले के भईरहेको छ भने हामीले ती नीतिहरु भुल्ने र अरुले प्रयोग गर्ने भइरहेको छ । त्यसकारण हामी पछि परेको अवस्थाको कारण त्यो पनि हो । बाहिरबाट अवसरवादी मानिसहरु आएर हाम्रो नेताहरुलाई घेराहाली राखेको छ । हाम्रा नेताहरुलाई हेर्दा ठीक हो भन्ने लागेका छन् ।
वास्तविक किसानको रिपोर्टहरु वास्तविक कार्यकर्ता र जनताका रिर्पोटहरु हाम्रो नेतृत्वसँग पुगेका छैनन् । त्यसकारण हाम्रो पार्टी पछाडी परिएको छ । नेतृत्वको वरपरका मानिसहरुले घेरा हालेर त्यसैमा हाम्रो नेतृत्व रुमली राखेका छन् । नेकपा माओवादी पार्टीको नेता पुष्पकमल दाहाल नेपाल क्रान्तिको नायक मात्र नभएर विश्व क्रान्तिको नायक हो । उहाँको क्षमतालाई सही ढंगले डो¥याउने हो भने नयाँ क्षमता र उत्पादन विधिहरु बनाउन सक्छौं । पूँजीपतिहरुले घेराहाल्ने, फसाउँने, काम हुन्छ कि भन्ने लागिरहेको छ । हामीले नयाँ साथीहरुको साथ लिएर पूराना कार्यकर्ताहरुको व्यवस्थापन गर्दै जानु पर्छ । कुनै कालखण्डमा नेकपा माओवादी कसरी उत्पादन भयो ? नेपालमा कसरी जनयुद्ध चल्यो ? कसरी शान्ति प्रकृयामा आयो ? हिजो हामीले जनतासँग जे बोलेका हौं । किसानसँग के बोलेका हौं । ती कुराहरु अन्तर्मनले २ तिहाई जनयुद्ध लडेकै साथीहरु जो शुरुदेखि नै काम गर्दै आईरहेको छ । ती कुरा जो प्रत्यक्ष होमिएर आएका छन् उहाँहरुले अनुभूती गर्ने विषय हो । सोझै केन्द्रबाट तोकेर आएका साथीहरुका बीच अन्तद्र्धन्द्ध हुन्छ । त्यसको व्यवस्थापन मिलाउन जरुरी छ ।
मेरो भनाई अवस्था जो पूराना साथीहरु छन् । ति पूराना साथीहरुलाई नै समेत्नु पर्छ । पूराना थुप्रै साथीहरु घाइते, अपाङ्ग छन्, कसैको टाउकामा गोली छन्, कसैको खुट्टामा, एउटै घरपरिवारका ४÷४ सहिद भएका छन् । छोरी म्याग्दीमा छोरा, बुहारी पूर्णकालीन थिए । यातना दिएर हत्या ग¥यो । मेरो दाजु प्राविधिक कुरा थाहा नपाएर घरमै राखेको बम पड्केर मारिए । परिवार बच्यो त तर उहाँ बच्नु भएन । त्यतातिर कसैले पनि हाम्रा साथीहरुको ध्यान गईरहेको देखिदैन । डडेल्धुराका थुप्रै साथीहरु सहिद भएका छन् । उहाँका छोरा छोरीहरु वेपत्ता भएका छन् ? केही थाहा छैन । साथीहरु पुग्दैैनन् थुप्रै यस्तै समस्या भएका छन् । मलाई पनि सुदुरपश्चिम क्षेत्रका १७ जिल्लाको केन्द्रीय संगठनका साथीहरुले चिन्दछन् । मलाई साथीहरुसँग छलफल गर्दा सबैको समस्या एउटा नै देखिन्छ । अहिले सम्मेलनबाट महाधिवेशन बन्दैछ । महाधिवेशनमा पनि त्यस्तै त्यस्तै देखियो । जो पूराना साथीहरु हुनुपथ्र्यो उनीहरु परेका छैनन् । बाहिर बसेर मुकदर्शक भईरहेका अवस्था छ ।
त्यस्तो काम नेकपा माओवादीका नेताहरुबाट के वेवास्ता गरेकै हुन् ?
मानिसले गर्छ भन्दा भन्दै तल प¥यो भने हिनता वोध हुन्छ । त्यस्तो बनी राखेको अवस्था हो । मेरै मनमा लाग्यो । हाम्रा साथीहरुलाई भाला हानेर मारिने साथीहरु अहिले हाम्रो पार्टीमा आएर एउटा ठूलै नेता बनेका छन् । हाम्रै नेतासँग आरामले नेता बनेका छन् । जसले हाम्रै साथीहरुलाई भाला हानेर मारेका थिए । तिनीहलाई कार्यकर्ता प्रतिको माया हुन्छ भन्ने लाग्दैन । हामीले घाइते साथीहरुलाई काँधमा बोकका हामी नै हौं । उहाँहरुले देश जनता र पार्टीको लागि भनेर आफ्नो घर परिवार वास्ता पनि वास्ता भएन । हाम्रो नाफाको जिन्दगी हो त्यो, नाफाको जिन्दगी हो, केही गर्न पाउनु पर्छ भन्ने हाम्रो उद्देश्य हो । स्थानीय सरकार गठन हुँदै वडामा पनि नयाँ मान्छे देखिन्छन् । प्रदेशमा पनि नयाँ देखिन्छन् । हाम्रो सत्ताको अनुभूति नै छैनन् । हाम्रो साथी सत्तामा भएको बेला त्यहाँ कुनैमा सत्ताको अनुभुति छैन । किन छैन ? यहाँको वस्तुगत अवस्था अनुसार त्यही आधारमा हामीले योजना निर्माण गर्ने हो । वस्तुगत धरातलको अध्ययन नगरिकन मनोगत रुपमा बनाएको योजना चाहीँ फेल हुन्छ । परिणाम प्राप्त गर्न सक्दैन ।
वस्तुगत अवस्थाको विषयमा आफ्ना विचार राख्नु भयो नेकपा माओवादीका कुन नेता हुन् त्यस्तो नाम दिन सकिन्छ ?
नामै नभनँुं २०६३÷०६४ मा आएर हाम्रो नेताहरुले मन्त्रीनै बनाई दिए । अर्थमन्त्री नै भए अर्थ मन्त्री भएपछि कहाँ कहाँ आफ्नो अनुकुलता भयो । त्यहाँ त्यहाँ गयो, अहिले हाम्रो पार्टीमा रहनु भएको छैन । अहिले अवसर नपाउने भएपछि उहाँ अर्को पार्टीमा गई सक्यो । त्यसकारण पनि हाम्रो पार्टीका नेतृत्वलाई म के भन्दछु भने कुन अवसरवादी हो भनेर चिन्नु सक्नु भएन ।
सर्वहारावादीको लड्ने नेता हो भन्ने चिजलाई अझै राम्रो सँग चिन्न सक्नु भएन ?
कमरेड लेखराज भट्ट सुदुरपश्चिमको नेताको रुपमा हामीले चिनेका थियौं । अहिले सहिदका रगतलाई होली खेलेर रमाउने काम गर्नु भएको छ ।
४÷५ पटक मन्त्री हुनुभयो सुदुरपश्चिममा के लेखराज भट्ट मात्र बस्छन् र ? के अर्को दोस्रो पिलरको रुपमा छैन ? उसको पिलर भएको भए उसकै पछि लाग्नु पर्ने होनि त लागेन नि, नेता गलत भयो । यस्तो नेताहरुको कारण हामी पछि परेका छौं । नहोस्, वास्तविक नेता छानोस् वास्तविक सहिद परिवार वेपत्ता, घाइते परिवार, वास्तविक किसानहरुको पहिचान गरोस् भन्ने मेरो धारणा छ ।
यहाँ किसान नेता, किसान नेताको हैसियतमा सुदुरपश्चिमको किसानहरुले नेपाल सरकारले दिएको अनुदानहरु राम्रोसँग उपभोग गर्न पाएको देख्नु भएको छ ?
वास्तविक किसानले पाउने अनुदान जति पाउनु पथ्र्यो पाईराखेको छैन । किसानहरुका लागि समयमै मल, बीउ पाउनै सक्दैन । समयमा बीउ पाउँदैन समयमा बीउविजन नभएपछि के लगाउने ? मल नै छैन भने के हुन्छ ? किसानले सरकारनै भएको अनुभूति गराउन सकेको छैन । सुदुर पश्चिमको सरकार पनि आफ्नै सरकार हो । आफ्नै सरकारले अनुभूति गराउने सकेको छैन । कहीँ एकदई पात्रहरुले पाएका होलान् । त्यो कसरी पाए त्यो थाहा छैन ।
हाम्रो देश नेपाल कृषिमा आत्मनिर्भर बन्न के गर्नु पर्छ ?
हाम्रो देशको भूमि, वन, जंगल, सिँचाई सबै कृषि उत्पादनको स्रोत हो । नेपाल कृषिमा आत्मनिर्भर बन्ने देश नै हो । अरु देश खाडी मुलुकको अवस्था हेर्ने हो भने, भारतकै अवस्था हेर्ने हो भने सबभन्दा धनी मात्र देखिदैन सबभन्दा गरिव देखिन्छ । सबभन्दा बढी माग्ने मान्छेहरु तिनीहरु नै छन् ।
हाम्रो देशलाई अर्थतन्त्रमा आत्मनिर्भर बनाउन कृषि अर्थतन्त्रलाई अगाडि बढाउनु पर्छ । सबैभन्दा पहिलो किसानलाई ठाउँ ठाउँमा ल्याएर व्यवसायीकरण गराउनु पर्छ । सम्पूर्ण किसानहरुलाई संगठित गर्दै व्यवसायीकरण गर्नु पर्छ । एकघर एक उत्पादन अनिवार्य नीति लागु गराउनु पर्छ । गाईभैसी, बाख्रा, पशुपालन र बिउविजन किन्न पैसा उपलब्ध छैन भने उपलब्ध गराई दिनु प¥यो । त्यो काम सरकारले गर्नपर्छ । टोल टोलमा किसानहरुको समिति बनाउनु अनिवार्य छ । नीतिगत रुपमा सही भयो भने व्यवहारिक रुपमा पनि अगाडि बढ्न सहज हुन्छ । जसले कृषिमा आत्मनिर्भर बनाउने सहयोग पुग्ने छ ।
अन्तमा भन्नु पर्ने केही छुटेको छ ?
तपाई मिडियाकर्मी साथीहरुले जुनकुरा हामीले भनिरहेका छौं । देखिरहेको छ । ति कुराहरु सरकार, समाज, जनता सम्म पु¥याउनु पर्छ । यी कुराहरुमा ढंग पु¥याएर काम गर्न सक्यौं भने हाम्रो देश पनि अरु मुलुकहरु जस्तै अगाडि बढ्न सक्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close