कृषि विशेष

नेपालमा जडिबुटी ः सम्भावना र समृद्धी

बालकृष्ण आचार्य
१.विषय प्रवेश
नेपालको विकासको निम्ति जडिबुटी तथा गैरकाष्ठ वनपैदावारको क्षेत्र जलश्रोत र पर्यटन जस्तै बृहद सम्भावना बोकेको उत्पादनको क्षेत्र हो । जडिबुटी खेती ठूलो लगानी पनि आवश्यक नपर्ने र ग्रामीणक्षेत्रका गरीब तथा सीमान्तकृत परिवारलाई प्रतक्ष संलग्न गराई उनीहरुको जीवनस्तर उकास्न सकिने, सरल, सहज, कम समय र लागतमा विकास र विस्तार गर्न सकिने प्राकृतिक हिसावले अति प्रभावकारी आम्दानीको माध्यम हो । अर्कातर्फ नेपालको क्षेत्रफलमध्ये धेरै प्रतिशत भुभाग भिरालो भएका कारण वार्षिक रुपमा सघन खेती गर्दा भुक्षय भई माटोको उर्वराशक्ति घट्दै लागतको प्रतिफल समेत लिन नसकेको र खेतीका कारण कतिपय स्थानमा बस्ती नै जोखिममा रहेको अवस्था रहेकाले जडिबुटी खेतीको माध्यमबाट आय आर्जनका साथै पर्यावरणीय संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने देखिन्छ । तर सरकारको बेवास्ताको कारण यति धेरै सम्भावना बोकेको यस क्षेत्रबाट हालसम्म खासै उपलब्धी लिन सकिएको छैन । प्राकृतिक श्रोत (वन– जंगल) मा मात्र निर्भर भएर यसको दीगो विकास सम्भव नहुने भएकाले यसका लागि व्यससायिक खेती आवश्यक छ । यसको सबैभन्दा सवल पक्ष भनेको यसबाट एकातिर कृषकहरुले कम आम्दानी दिने खोरिया पाखो बारीमा कम मेहनत र लगानीमा राम्रो आम्दानी लिइ प्रतक्ष लाभग्राही हुनसक्दछन् भने अर्कातिर हरियाली प्रवद्र्धन र भुक्षय नियन्त्रणका कारण व्यक्ति, समाज, देश र सिंगो विश्व नै लाभग्राही हुनसक्दछ ।
२.जडिबुटीको सम्भाव्यता
नेपालबाट वर्षेनी ८ अर्व बराबरको जडिबुटी तथा गैरकाष्ठ वन पैदावारहरु निकासी भएको अनुमान गरिएको छ । जैविक विविधताको दृष्टिकोणले अथाह भण्डार रहेको नेपालमा हाल ११८ किसिमका परिस्थितिकीय प्रणालीहरु (Eco System) रहेको अनुमान गरिएको छ । यस किसिमको विविधताभित्र करिव ५८८४ प्रजातिका फूल फुल्ने र अन्य फूल नफुल्ने गरी जम्मा १००९१ प्रजातिहरु सूचिकृत भइसकेका छन् । जसमा करिब ७०० प्रजातिका वनस्पतिहरुको औषधीय महत्व पत्ता लागिसकेको छ । ती मध्ये पनि नेपाल सरकार वनस्पति विभागको मातहतमा २२८ किसिमका वानस्पतिक प्रजातिहरुको रासायनिक परिक्षण समेत भइसकेको छ (जडिबुटी एवं गैरकाष्ठ वन पैदावार विकास नीति २०६१) । ूजडिबुटीजन्य वनस्पतिले त्यहाँका बासिन्दाको स्वास्थ्य, आर्थिक उपार्जन, साँस्कृतिक पहिचान र जिविकोपार्जनमा महत्वपूर्ण भूमिका राख्दछ Hamilton 2005 विकासशील देशहरुका बस्ने विश्वको ठूलो जनसंख्या जडिबुटीजन्य परम्परागत औषधीमा आश्रित छन् (WHO 2002) नेपालको पहाडी भेगमा ग्रामीण क्षेत्रका १० देखि १०० प्रतिशत परिवार जडिबुटी तथा गैरकाष्ठ वन पैदावारको संकलन गरी आय आर्जन गर्दछन् र कुनै ग्रामीण क्षेत्रमा आय आर्जनको ५० प्रतिशत हिस्सा यसैबाट प्राप्त गर्दछन् (Shrestha et al. 1995, Chhetri 1999, Olsen and Larson 2003) । पश्चिम नेपालका हिमाली तथा उच्च पहाडी भेगका बहुसंख्यक परिवारहरु जडिबुटी तथा गैरकाष्ठ वन पैदावारको व्यवसायबाटै जिविका चलाउँदछन् \ (Subedi 2006) । जडिबुटीजन्य गैरकाष्ठ वन पैदावारबाट नेपालको प्रतिव्यक्ति आयको ५ प्रतिशत आय प्राप्त हुन्छ (Malla et al 1995, ANSAB 1999) । नेपाल सरकारको वार्षिक आयको १६ प्रतिशत हिस्सा वनपैदावारजन्य त्यसमा पनि जडिबुटी तथा गैरकाष्ठ वन पैदावारवाट प्राप्त हुन्छ (GoN 2010) । विश्वभरमा सुचिकृत ७००० प्रजातिका जडिबुटीजन्य वनस्पतिमध्ये नेपालमा ९०० भन्दा बढी प्रजातिका महत्वपूर्ण जडिबुटी पाइन्छन् (Manandhar, 2000) । नेपालमा जडिबुटीजन्य १५०० वनस्पति परम्परागत स्वास्थ्य पद्धति जस्तै आयुर्वेद, युनानी र शिद्धी पद्धतीमा प्रयोग भएका छन् (Joshi et al 2010) ।
यी माथिका विभिन्न अनुसन्धानकर्ताका भनाइका आधारमा विश्लेषण गर्दा नेपालमा जडिबुटीको अपार सम्भावना रहेको र यसको अनुसन्धान र विकासको खाँचो रहेको कुरा पुष्टि हुन्छ । यस्ता अमुल्य प्राकृतिक श्रोतको अनुसन्धान तथा विकासको पक्षमा हामी धेरै पछाडी रहेका छौँ । जडिबुटीको महत्वलाई चिनेर यसको विकास गर्न सकेमा लक्षित समुदायको आर्थोसामाजिक रुपान्तरण गरी समृद्धीको मार्गमा लाग्न सकिने सम्भावनाहरुलाई सार्थक बनाउन अति आवश्यक देखिएको छ ।
हालसम्मको बजार नियाल्दा नेलालबाट १०० भन्दा बढी प्रजातिका जडिबुटीहरु भारत, चीन तथा तेश्रो मुलुकतर्फ समेत निकासी हुन्छन् । लगभग ७० प्रतिशत जडिबुटीहरु भारत निकासी हुन्छ भने बाँकी चीन र अन्य देशहरुमा निकासी भएको पाइएको छ । हामी जिराको भाउमा जडिबुटी बिक्रि गरी हिराको भाउमा औषधी आयात गरिरहेका छौँ । नेपाल सरकारको मातहतमा सिंहदरबार वैद्यखाना विकाास समितिले करिव २०० थरीका आयुर्वेदिक औषधीहरु निर्माण गर्दछ । यो नै एकमात्र सरकारी औषधी कम्पनी हो । निजि क्षेत्रमा खुलेका केही आयुर्वेदिक औषधी कम्पनीहरुमध्ये गोर्खा आयुर्वेद कम्पनी प्रा.ली. फ्रेन्च र जर्मन संस्थाहरुको सहकार्यमा खुलेको अन्तराष्ट्रिय स्तरको कम्पनी हो । यस कम्पनीका औषधीहरु विभिन्न मुलुकमा निकासी हुने गरेको छ । निजि क्षेत्रमा अरु पनि धेरै कम्पनीहरु दर्ता रहे पनि चिया, साबुन, मालिस तेल आदि लगायतका उत्पादनमै चित्त बुझाएको अवस्था विद्यमान रहेको छ । नेपालका रहेका जडिबुटीहरुलाई प्रशोधन गरी औषधी निर्माण गरी औषधीमा आत्मनिर्भरता बढाउन सकियो भने यसबाट समृद्धीको यात्रालाई टेवा पुग्दछ साथै स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्नेछ ।
हालसम्म जडिबुटीहरु प्राकृतिक श्रोत(जंगल)बाट मात्र संकलन गर्ने गरेको पाइन्छ । यो प्रकृयाबाट मात्र जडिबुटीको विकास संभव छैन । यसको व्यवसायिक खेती विस्तारको माध्यमबाट मात्र दीगो उत्पादन लिन सकिन्छ । साथै प्राकृतिक श्रोतबाट संकलन गर्दा दीगो संकलन पद्धतीहरु अपनाउनु पर्दछ । नेपालमा केही वर्ष यता जथाभावी संकलन गर्ने प्रकृयाले केही जडिबुीहरु संकटको सुचिमा रहेका छन् । त्यसैले केही संकटापन्न जडिबुटीहरु संरक्षणका लागि नेपाल सरकारले संरक्षणको सूचीमा राखेको छ । सुनाखरी, भ्याकुर(वन तरुल), सर्पगन्धा, गुन्सी, जटामसी, लोठसल्ला, भोटे चापँ, रुख उन्यू, सुनगाभा (अर्किड), भोटेलहरा, झरिकोटे (किम्बुक), कलबल (थाकल), लघुपत्र र क्यासर जस्ता जडिबुटीहरु संरक्षित जडिबुटी भित्र पर्दछन् । समग्रमा हेर्दा जडिबुटीको क्षेत्र र देशकै दीगो विकासको लागि जडिबुटीे खेतीको अनुसन्धान र विस्तार गरी व्यवसायिक बनाउन आवश्यक देखिन्छ । जडिबुटीको खेतीमार्फत धेरै प्रकारका व्यवसायहरु सञ्चालन गर्न सकिन्छ ।
३.जडिबुटीका सम्बन्धमा बनेका नीति र विस्तारका प्रयासहरु
नेपाल सरकार मन्त्री परिषदको २०६१÷०५÷२२ को निर्णयबाट परित भएको जडिबुटी एवं गैरकाष्ठ वन पैदावार विकास नीति २०६१–उच्च मूल्यका जडिबुटी एवं गैरकाष्ठ वन पैदावारहरुको संरक्षण र सम्बद्र्धनबाट अर्थ ब्यवस्थामा ठोस योगदान पु¥याई आगामी सन् २०२० सम्ममा अन्तराष्ट्रिय जगतमा नेपाललाई जडिबुटी एवं गैरकाष्ठ वन पैदावारहरुको वृहद भण्डारको रुपमा परिचित तुल्याउनु प्रस्तुत नीतिको दीर्घकालीन सोच हुनेछ उल्लेख छ ।
वन नीति २०७१ को नीति ५को रणनीति(ख) जडिबुटी तथा गैरकाष्ठ वन पैदावारको मूल्य अभिबृद्धी गरी निर्यात गर्न प्रोत्साहित गर्ने, भनी उल्लेख गरिएको छ । वन नीतिको कार्यनीति (६) मा जडिबुटी तथा गैरकाष्ठ वन पैदावारको प्रशोधन गरी अन्तिम उत्पादन गर्न नीजि क्षेत्रलाई प्रोत्साहित गरिने छ । भनी उल्लेख गरिएको छ । कार्यनीति ११ मा जडिबुटी एवम् गैरकाष्ठ वन पैदावार खेतीमा निजि क्षेत्रलाई प्रोत्साहन गर्न अध्ययन अनुसन्धान गरी उपयुक्त खेती प्रविधिको विकास गरी हस्तान्तरण गरिनेछ । नीति (१२) जडिबुटी तथा बेत बाँस लगायतका गैरकाष्ठ वन पैदावारको खेती तथा मूल्य अभिवृद्धी हुने उद्यमको पूर्वाधार निर्माण तथा प्रविधिको उपयोगमा अनुदान दिइने छ र नीति (१४) मा उच्च मूल्यका, संकटापन्न, दुर्लभ तथा लोपोन्मुख प्रजातिका बनस्पति र जडिबुटीहरुको पहिचान, दीगो संकलन, पुनरुत्पादनको सुनिश्चितता, प्रविधि विकास, ब्यवसायिकरण र बजारिकरण गर्न समुदाय तथा नीजि क्षेत्रलाई प्रोत्साहन गरिने छ, भनी उल्लेख गरिएको छ । यसरी वन नीति २०७१को रणनीति तथा कार्यनीतिहरुमा जडिबुटी तथा गैरकाष्ठ वन पैदावारको उत्पादन, प्रशोधन, प्रविधि विकासका साथै मूल्य अभिबृद्धी गरी निर्यात गरिने कुरा उल्लेख भएकाले यो विषय विकासको प्राथमिकतामा रहेको कुरा बुझ्न सकिन्छ ।
नेपालको हिमालदेखि तराईसम्म नै बिभिन्न प्रजातिका जडिबुटीहरु उत्पादन गर्न सकिने सम्भावनाहरु रहेका छन् । नेपाल सरकार वनस्पति विभागले नेपालको आर्थिक विकासका लागि प्राथमिकता प्राप्त जडिबुटीहरुको विवरणमा ३३ प्रजातिका जडिबुटीहरुलाई समेटेको छ ती यस प्रकार रहेका छन् ः अतिस, अमला, ओखर, कुट्की, गुच्ची च्याउ, गुर्जो, चिराइतो, जंगली सयपत्री, जटामसी, झ्याउ, टिमुर, तेजपात, धसिंगरे, नीम, पदमचाल, पाषाणभेद, पाँचऔले, पिपला, बीष, बोझो, भ्याकुर, मजिठो, यार्सागुम्बा, रिठ्ठा, लघुपत्र, लौठसल्ला, सुगन्धकोकिला, सतावरी (कुरिलो), सर्पगन्धा, सुगन्धवाल, सतुवा, सेतो मुसली ।
जडिबुटी तथा गैरकाष्ठ वन पैदावारको सम्भावना र महत्वलाई बुझेर नेपाल सरकारको वन तथा भू संरक्षण मन्त्रालय, अन्तर्गत जडिबुटी एवं गैह्रकाष्ठ वन पैदावार समन्वय समितिू गठन गरी कार्यक्रम अगाडि बढाएको छ । यस अन्तर्गत सुदुर पश्चिमाञ्चल विकास क्षेत्र, डडेल्धुरा जिल्लामा जडिबुटी संकलन तथा प्रशोधन केन्द्रको निर्माण भई काम सुचारु भइसकेको छ । त्यस क्षेत्रमा व्यवसायिक रुपमा जडिबुटी खेती विस्तार हुँदै गएको छ । त्यसैगरी नेपाल सरकार, वन विभाग र संयुक्त राष्टसंघीय खाद्य तथा कृषि संगठन (FAO)को सहयोगमा नेपालको तराई तथा चुरे क्षेत्रमा गैरकाष्ठ वन पैदावारको दिगो व्यवस्थापन तथा विकास कार्यक्रम अन्तर्गत चुरेसँग जोडिएका तराइ तथा भित्रि मधेशका विभिन्न जिल्लाहरुमा विभिन्न प्रकारका जडिबुटी खेती विस्तार भइरहेको छ । जडिबुटीको विस्तारका लागि नेपालमा १०० वटा भन्दा बढी जडिबुटीसँग सम्बन्धित सहकारीहरु दर्ताभई कार्यरत छन् । तर यस क्षेत्रमा सोच अनुरुपको कार्य हुन सकेको छैन ।
४. जडिबुटी क्षेत्र पछि पर्नुका कारणहरु
क) राजनीतिक भाषणमा जडिबुटी श्रोत जहिल्यै प्राथमिकतामा पर्ने र त्यस विषयमा लामा भाषण गरिने क्रम धेरै लामो समय देखि विभिन्न दलका सरकारका पालामा हुने गरे पनि वास्तविकता तथा व्यवहारमा कहिल्यै पनि प्राथमिकतामा परेन । आवश्यक बजेट विनियोजन र प्रभावकारी तथा परिणाममुखी काममा राजनैतिक दलहरु चुकेको प्रष्ट देखिन्छ । त्यसैले जडिबुटीको महत्व बुझेर कथनी र करणीलाई एकरुपतामा ल्याउन आवश्यक ठानिएको छ ।
ख) निर्णायक तहमा रहेका सरकारी कर्मचारीहरुमा आत्मबोधको अभाव देखिएको छ । कामको मूल्यांकन गरी पुरस्कार र तिरष्कार गर्ने परिपाटी हुनुपर्नेमा चाकडी, राजनैतिक संरक्षण, शुभलाभका आधारमा कर्मचारी माथि व्यवहार गर्ने परिपाटीले कर्मचारीको मनोवल गिरेको पाइयो । कर्मचारीहरुमा कर्म प्रतिको विश्वास कम भएको र अनाकर्षक तथा अतिरिक्त कमाइ नहुने विभाग अन्तर्गत विभेदीकरण गरी ट्रान्जिट प्वाइन्ट मात्र मान्ने गरेका कारण पनि अपेक्षित उपलब्धी प्राप्त हुन नसकेको देखिन्छ ।
ग) जडिबुटी खेती प्रतिको आकर्षण जनतामा हुन सकेन । सरकारी तवरबाट यसको अनुसन्धान, क्षेत्र विस्तार र बजारिकरणका बारेमा उदासिनता देखाइयो । गैर सरकारी संस्थाहरुले केही स्थानमा गराइएका खेती उचित बजार अभावका कारण निरन्तर हुन सकेन । जडिबुटी उत्पादक सहकारीहरुले पनि सोच अनुरुपको कार्य गर्न नसकेको देखियो । जनस्तरमा भएका जडिबुटीका केही काम पनि खासै परिणाममुखी देखिएनन् । केही सरकारी अनुदान पनि वास्तविक कृषकसम्म पुग्न सकेन ।
५. जडिबुटी प्रवद्र्धनका लागि गर्नुपर्ने आवश्यक कार्यहरु
क) जडिबुटीलाई प्राथमिकतामा राखेर गुरु योजना वनाई नियमितरुपमा आवश्यक बजेट विनियोजन गर्ने ।
अध्यक्ष ( गैरकाष्ठ वनपैदावार स.स.लि.)
भ्mबष् िस् ष्यललताउलभउब२िनmबष्।िअयm
ख) जडिबुटी प्रवद्र्धनका लागि सरकारी तवरबाट जडिबुटी अनुसन्धानका बृहद कार्यक्रमहरु सञ्चालन गर्ने ।
ग) जडिबुटी खेती विस्तारका लागि एएए mयमभ ि मा निजिक्षेत्रसंग सहकार्य गर्ने ।
घ) अनुदान, निरन्तर अनुगमन र प्राविधिक सेवा विस्तार गरी उत्पादनलाई परिणाममुखी बनाउने ।
ङ) उत्पादनको बजारिकरणका लागि सरकारी तवरबाट समन्वयकारी भूमिका निर्वाह गर्ने ।
च) आयुर्वेदिक औषधी निर्माण गर्ने कम्पनीहरु स्थापना गरी औषधीको आन्तरिक आपुर्ति र निर्यात गर्ने ।
छ) जडिबुटीको कच्चा पदार्थको सट्टामा उत्पादनहरु मात्र निर्यात गर्ने ।
ज) ज्भचदब ित्यगचष्कm तथा ज्भबतिज त्यगचष्कm को अवधारणा विकास गरी अतिरिक्त आयको कार्यक्रमहरु सञ्चालन गर्न प्रोत्साहित गर्ने ।
झ) नेपाललाई जडिबुटीको हवको रुपमा विकास गर्न विविध कार्यक्रमहरु सञ्चालन गर्ने ।
ञ) आयुर्वेदिक औषधीको प्रयोगमा सचेतना जगाउने तथा यसको लागि राष्ट्रिय नीति नै निर्माण गरी प्रवद्र्धन गर्ने ।
ट) गरिवी निवारण र वातावरणीय संरक्षणको कार्यक्रमलाई जोडेर विविध प्रकारका आयमुलक परियोजनाहरु सञ्चालन गरी यसलाई बहुआयामिक क्षेत्रको रुपमा विकास गर्न आवश्यक छ ।
ठ) जनस्तरबाट पनि यसमा चासो देखाई तत्काल लाभको रुपमा मात्र नहेरी दीर्घकालीन लाभको विषय बनाउन आवश्यक छ । यसले आफ्नो र सन्ततिहरुको समेत स्वास्थ्य, आर्थिक तथा सामाजिक पक्षलाई सकारात्मक प्रभाव पार्दछ ।
६. सारांस
नेपालमा सम्भावना भएका प्राकृतिक श्रोतहरुमध्ये वनस्पति श्रोत (जडिबुटी) न्यून आय भएका तथा गरिबीको रेखामुनिका सीमान्तकृत परिवारहरुलाई प्रतक्ष संलग्न गराउन सकिने उत्पादनको बहुउपयोगी क्षेत्र हो । यसमा महंगो प्रविधि, धेरै धनराशी पनि आवश्यक नपर्ने तथा स्थानीय श्रोत, साधन, र सामान्य प्रविधि प्रयोग गरी खेती बिस्तार गर्न सकिन्छ । हाल खेती गरिदै आएका आवादी जमिनका साथै कम उत्पादन हुने खोरिया (पाखो जमिन) र खाली हँुदै गएका जङ्गलको क्षेत्र समेत सही सदुपयोग गरी जडिबुटी एवं गैरकाष्ठ वन पैदावारको एकीकृत व्यवस्थापन (उत्पादन, संकलन, प्रशोधन, सम्बेष्ठन र वजार व्यवस्था) गर्न सकिन्छ । यसबाट अर्थोसामाजिक उन्नति र वातावरण संरक्षणका साथै राष्ट्र नै आर्थिक रुपबाट सवल बन्न सक्दछ । तर उपयूक्त नीति र प्रभावकारी कार्यान्वयनको अभावमा एकातिर प्रचुर सम्भावना बोकेको प्राकृतिक स्रोत त्यसै खेर गइरहेको छ भने अर्कातिर गरिबी र बेरोजगारीले सीमा नाघेको छ । यसै तथ्यलाई मध्यनजर गरी जडिबुटी प्रवद्र्धनका सन्दर्भमा स्थानीय तहमा सचेतना जगाउँदै परिणाममुखी कार्यक्रमहरु सञ्चालन गरी समृद्धीको सपना साकार पार्न सकिन्छ । यसमा जनप्रतिनिधि, राजनैतिक दलका नेताहरु, राष्ट्रसेवक कर्मचारीहरु, समाजका अगुवाहरु, विकासे संस्थाहरु, कर्मयोगी कृषकहरु लगायत सबैले एकसाथ काम गर्न सकेमा विश्वमै नेपाललाई चिनाउने तथा आर्थिक फड्को मार्ने अर्को नयाँ क्षेत्रको रुपमा जडिबुटीलाई पनि थप्न सकिन्छ । जसले पहिचानको साथै अर्थोसामाजिक रुपान्तरण गरिदिन्छ ।
जडिबुटीको विकासका लागि पहिचान, प्रसारण, भण्डारण, सम्बेष्ठन र बजारीकरण कार्यहरु महत्वपूर्ण भएजस्तै जडिबुटीको दीगो विकासका निम्ति दीगो उपयोग पनि महत्वपूर्ण कार्य हो । कतिपय मूल्यवान जडिबुटीहरु संकलन(उत्खनन्) गर्दा लोप हुँदै गएका छन् भने कतिपय लोप हुने अवस्थामा पुगेका छन् । त्यसको दीगो विकासको निम्ति जडिबुटीको खेती विस्तार एकदमै प्रभावकारी हुन्छ । हालसम्म नेपालमा केही किसानहरुले आफ्नै बलबुतोमा केही प्रजातिका जडिबुटीहरुको नर्सरी निर्माण तथा खेती विस्तार गरेका छन् । जडिबुटीको नर्सरी निर्माण र खेती विस्तारका लागि वनस्पति विभाग अन्तर्गत केही सहयोग गर्ने गरे पनि यो अपर्याप्त र न्यून छ । प्रकृतिको वरदान पाएको यो सुन्दर देशमा जडिबुटी प्रवद्र्धनको प्रशस्त सम्भावना हुँदाहुँदै पनि अभियानका रुपमा यसको विकास र बिस्तार भएको पाइदैन । जंगलबाट प्राकृतिक रुपमा प्राप्त भएका श्रोत नै हालसम्मको जडिबुटीको श्रोत भएकाले यसको समुचित विकासको लागि व्यक्तिगत तथा सामुहिक खेती गराई यसको विस्तार गरी प्रशस्त आय आर्जन गर्न सकिन्छ । यस क्षेत्रमा अनुसन्धान तथा व्यवसायमुलक रुपमा जडिबुटीको खेती अगाडि बढाई उत्पादनशील हरियाली अभियानू अन्तर्गत विविध शीर्षकमा आय आर्जन गर्न सकिन्छ । औषधी लगायतका आयुर्वेदिक उत्पादनको बजार बिस्तार गर्न सकिन्छ । साथै हरियाली वृद्धी गरी वातावरणीय संरक्षण गरे वापत अन्तराष्ट्रिय सहयोग पनि प्राप्त हुने हुनाले जडिबुटीलाई बहुआयामिक रुपमा सदुपयोग गरी समृद्धीतर्फ लम्कन सबैको ध्यान जाओस्
धन्यवाद

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close