कुचोलाई कृषि वस्तुमा समावेश गर्न आग्रह ः ढकाल
काठमाडौ भदौ ४ कुचो मुख्य निर्यातजन्य कृषि वस्तु भएपनि सरकारले प्राथमिकता नदिएको व्यवसायीहरूले गुनासो गरेका छन् । शनिवार भएको प्रथम साधारण तथा प्रथम अधिवेशनमा वार्षिक अरबौंको कुचो निर्यात हुने भएपनि सरकारले निर्यातका वस्तुमा कुचोलाई नराखेको गुनासो गरेका हुन् ।
त्यस अधिवेशन तथा कुचो संघका प्रमुख अतिथि, नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रकाश ढकालले कुचोलाई निर्यातित कृषि वस्तुमा समावेश गर्न सरकारसँग आग्रह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ढकालले ‘‘अरबौंको कुचो निर्यात भएर नेपालको अर्थतन्त्रमा ठूलो सहयोग पु¥याएको छ । यसलाई मुख्य निर्यातजन्य कृषि बालीको रूपमा राख्नु पर्छ । त्यसका लागि सरकारसँग पहल गछौं ।’’ प्रमुख अतिथि चन्द्र प्रकाश ढकालले बताए ।
पछिल्लो समय देशको अर्थतन्त्र खतरामा रहेको भन्दै उनले कृषि वस्तु निर्यात गर्नु भन्दा अर्को उपाय नरहेको पनि बताए । आयात् बढ्दा त्यसले विदेशी विनिमय सञ्चिति घटाएको भन्दै राष्ट्र बैंकले अहिले केही वस्तुको आयात्मा कडाई गरेको छ । त्यसैले सरकारले अब कृषि वस्तु निर्यातमा जोड् दिनुपर्ने पनि उनले बताए ।
गत वर्ष मात्र ७० करोडको कुचो विदेश निर्यात भएको छ । त्यसमध्ये ४० लाखको बङ्गलादेश र बाँकी कुचो भारत निर्यात भएको नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए । वार्षिक ७० करोड कुचो निर्यात भएपनि सरकारले निर्यातको वस्तुमा समेटेन ।
यो एकदमै दुःखद कुरा हो । गुनासो गर्दै भने, ‘‘सरकारको तथ्याङ्कमा ७० करोड देखाए पनि वार्षिक ४ अर्बको कुचो निर्यात हुन्छ । सरकारले कुचोको महत्वलाई बुझेर तत्काल निर्यात हुने वस्तुमा समेट्नु प¥यो ।’’
सरकारले निर्यात हुने वस्तुमा कुचोलाई नराख्दा किसानले निर्यात गरेवापत पाउने नगद प्रोत्साहन पनि नपाएको गुनासो गरेका छन् । साथै तत्काल कुचोलाई निर्यात वस्तुमा समेटी कुचो व्यवसायबाट जीविकोपार्जन गर्ने किसानलाई नगद प्रोत्साहन उपलब्ध गराउन पनि माग गरेका छन् ।
यसैगरी गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसालले सरकारले कुचोलाई प्रवद्र्धन गर्नु पर्ने बताएका छन् । साथै गोकर्णेश्वरका कतिपय क्षेत्रमा पहिरो जाने भन्दै त्यस ठाउँमा अम्रिसो रोपण गर्ने पनि बताए । उनले भने, ‘‘अम्रिसो लगाएमा भूक्षय नियन्त्रणमा हुन्छ भन्ने कुरा यही कार्यक्रमबाट सुनेको बताए । म यस विषयमा थप अध्ययन गरेर अम्रिसो रोपण गर्छु । किनकि हाम्रो नगरपालिकाको कतिपय क्षेत्रमा पहिरो जान्छ ।’’
यस्तै ईलाम नगरपालिकाका मेयर केदार थापाले अम्रिसो ईलाममा नै उत्पत्ति भएर धेरै जिल्लामा फैलिएको बताए । कुचोले अरबौं रुपैयाँ नेपाल भित्र्याएर अर्थतन्त्रमा ठुलो सहयोग पु¥याएको भन्दै उनले तत्काल सरकारले कुचोलाई मुख्य निर्यातजन्य कृषि वस्तुमा समावेश गर्नु पर्ने बताए । विदेश निर्यात हुने कुचो मध्ये करिब ५० प्रतिशत इलामबाट मात्र निर्यात हुँदै आएको छ ।
कुचो खेती गर्ने किसानलाई सरकारले अनुदान दिनुपर्ने पनि बताए । ‘‘अम्रिसोबाट कुचो मात्र नभई गाई वस्तुलाई आहाराको रूपमा समेत प्रयोग गर्न सकिन्छ । जसले गर्दा दूध उत्पादन र मासु उत्पादनमा समेत वृद्धि हुन्छ । त्यसैले सरकारले अम्रिसोको महत्व बुझ्न जरुरी छ ।’’ भएको बताए ।
साथै कुचोको डाँठबाट निकै गुणस्तरीय कागज समेत उत्पादन गर्न सकिने भएका कारण आफूले पनि नगरभित्र अम्रिसो खेती गर्नेलाई प्राथमिकता दिने बताएका हुन् । अम्रिसो बाह्रै महिना हरियो रहने र गाँजमा हुर्कने एउटा गैरकाष्ठ प्रजातिको वनस्पति हो ।
यो घाँस एक पटक लगाएपछि १० देखि १५ वर्षसम्म पनि हरियो घाँसको उत्पादन लिन सकिन्छ । अम्रिसोको जरा माटोमा राम्ररी फैलिएर जाने भएकाले भूक्षय रोक्नसमेत मद्दत गर्छ । यो वनस्पतिको डाँठ दाउरा, तरकारी बालीका थाँक्रासँगै करेसाबारीमा बारबेर गर्न समेत प्रयोग गर्न सकिन्छ । स्थानीय स्तरमा गाउँघरमा घर छाउन समेत प्रयोग गरिन्छ । अम्रिसोका फूल, पात, डाँठ एवं जरा समेत विभिन्न प्रयोजनका लागि उपयोगी हुन्छ ।
पूर्वी पहाडी जिल्लामा उत्पादन हुने नगदे बाली अम्रिसो कुचो ९० प्रतिशत भारत निकासी हुने गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा ६९ करोड ९८ लाख ६२ हजार रुपैयाँ बराबरको ९१,४०,७९,४२५ केजी. कुचो बारत र बंगलादेश निर्यात भएको भन्सार विभागले जनाएको छ । कुचो निर्यात मात्रै हैन आयात पनि हुने गरेको छ । गत वर्ष मात्र ८ करोडको कुचो आयात भएको थियो । यस्तै आर्थिक वर्ष २०७७÷७८ मा भने ६५ करोड ८८ लाख १३ हजार बराबरको ९१,३३,८३,३८० केजी. कुचो भारत तथा बंगलादेश निर्यात भएको थियो ।
कुचोको मुख्य सिजन माघदेखि वैशाखसम्म मानिन्छ । पूर्वी नेपालका पहाडी जिल्ला धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, खोटाङ, उदयपुर र पाँचथर तथा तराईका सुनसरीको विष्णुपादुका, मोरङको उत्तरी क्षेत्रमा उत्पादित कुचो धरानमा संकलन हुन्छ ।
कृषकबाट कच्चा मालका रूपमा अम्रिसो थोक मूल्यमा खरिद गरेर झापाको धुलाबारी र मोरङको विराटनगरका व्यापारीलाई बिक्री हुन्छ । त्यहाँका व्यापारीहरूले थप ब्राण्डिङ्ग, प्याकेजिङ गर्ने र ५० किलो वण्डल बनाएर भारतीय व्यापारीलाई बिक्री गर्छन् ।
भारत निर्यात भएपछि वण्डलबाट अम्रिसोको स्टिक झिकेर सानो–सानो मुठाको कुचो बनाएर उपभोक्ताको घरसम्म पु¥याउने गरिन्छ । त्यसको मूल्य भारतीय बजारमा दोब्बर हुने व्यवसायी बताउँछन् । नेपालमै तयारी अवस्थाको कुचो बनाएर ब्राण्डि, प्याकेजिङ, मार्केटिङ र लेवलिङ गर्ने हो भने वार्षिक अर्ब रुपैयाँको कुचो भारत निर्यात गर्न सकिने व्यवसायीहरू बताउँछन् । तर, त्यसका लागि सरकारले पूर्वाधार तयार गर्नु जरुरी हुन्छ ।
कृषक र व्यापारीलाई नेपालमा उत्पादित अम्रिसो कुचो निर्यातमा सहजीकरण गरिदिने हो भने खेर गएका आफ्ना डाँडा पाखा, कान्लामा अम्रिसो रोपेर लाखौं कमाउन सकिन्छ । नेपाली अम्रिसो भारतको पश्चिम बंगाल, गुजरात, राजस्थान, पन्जाब, बेंगलोर, दिल्ली, आन्ध्र प्रदेशलगायत राज्यहरूमा जाने गरेको छ । साथै पछिल्लो समय अमेरिका, क्यानडा पनि निर्यात हुन थालेको छ ।