समाचार

जैविक विविधता सम्बन्धी छलफल

काठमाडौं माघ ५ होटल व्यवस्थापन तालिम केन्द्र कालीमाटीमा नेपाल सरकारको जैविक विविधता दिवस मनाउने घोषणा गरेको अनुसार होम स्टे महासंघ बागमती प्रदेशले जैविक विविधता सम्बन्धी छलफल कार्यक्रम अगाडि बढाएको छ ।
उक्त अवसरमा रैथाने बाली प्रवद्र्धक, रैथाने एग्री प्रोडक्टको तिलक ढकालले विगतमा कोदो फापर, जुनलो, गीठा, वन तरुल, कोदोको खोले खान्थ्यौं । हेर्दा राम्रो देखिएपनि हाम्रो भान्छा बिग्रीयो । खानामा विविधता नभए पूराना रैथाने जैविकविविधता बोकेको कृषि हराउन सक्ने बताउनु भयो । खुशीको कुरा नेपाल सरकारले कृषि जैविक विविधता कार्यक्रम गरियो । अझै पनि समय बिग्रेको छैन । कृषिको विविधता बचाउन सकियो भने हामी पनि बाँच्न सक्छौं । एउटा लसुन र धनीयाँको पोटीले गाउँभरिनै वासना आउँथ्यो । परम्परागत रैथाने बालीको प्रवद्र्धनमा हो स्टेको महत्वपूर्ण योगदान हुने बताउँदै जैविक विविधता बचाउन लाग्नु पर्ने बताउन भयो । जहाँ जहाँ जैविक विविधता छ । स्थानीय खाना खान पाइन्छ भनेर सोच्छु । जीन बैंक रैथाने बाली जोगाउने माध्यम हुनसक्छ ।
पर्यटन बोर्डका कार्यकारी निर्देशक हिक्मत सिंह सिह ऐरले कृषिमा आधारित पयर्टनलाई अगाडि बढाउने मौलिकतालाई चिनाउने काममा होम स्टेले गर्न सक्ने बताउनु भएको छ । पर्यटकहरुको पहिलो इच्छा भनेको मौलिक खानामा रमाउने हुन्छ । थाईल्याण्ड, चिन, श्रीलंकाले आफ्नो मौलिक खाना, रैथाने खानाको आफ्नै पहिचान दिने गरेको छ । नेपालमा आउने पर्यटकहरुलाई चिनाउने होम स्टेले परम्परागत कुराहरुलाई चिनाउने पुलको काम गर्न सक्छ ।
रैथाने बाली र खानपानमा जोड दिन सके नेपालमा पयर्टनको ठूलो भोलुम बढ्न सक्छ ।
एग्रो वेस उत्पादनलाई प्रयोग गर्नु पर्नेमा, नेपालमा आउँदा दालभात मात्र खान पाइन्छ भन्ने छ सन्देशलाई स्थानीय उत्पादनको पनि पहिचान गराउन सके विविधता पाउन सकिन्छ । खानालाई परिस्कृत गरि खुवाउँदा हामी स्थानीय खाना हुन्छन् राम्रो हुन्छ भन्ने सन्देश जान्छ । नेपालको हेरिटेज फुडमा सन्तोष शाहले नेपाललाई विश्वभरि चिनाउने काम गरेको छ । हामी होम स्टे मार्फत गाउँ गाउँमा पु¥याउन सक्छौं ।
कर्णालीले अर्गानिक देखाउने खोजीरहेको छ । मार्सी चामल भाटभटेनीले प्रयोग गरेको छ । संघमा ८०० होम स्टे दर्ता भएकोमा स्थानीय र प्रदेश गरी १५ सय जति छन् । स्थानीय उत्पादनलाई बजारीकरण गरि बजारको सिलिङ विस्तार गर्ने । अहिले डिजीटल मार्केटिङ आएको छ । आफ्नो व्यवसायलाई डिजिटल मार्फत पर्वद्धन गरौं । युजर ग्रुप हेम स्टे हुनसक्छ । व्यापार भएकोले फाइदामूलक पनि हुनुपर्छ । यसो गर्दा सुलभ र दिगो पयर्टन विकासमा सहयोग पु¥याउन सक्छ । यसो गर्दा स्थानीय उत्पादनलाई समेत जोड्न सक्छौं । मानव जीवनसँग जोडिएको वस्तु कृषि उत्पादन हो । रैथाने बाली पहिले गरिबले मात्र खाने भनिन्थ्यो अहिले धनीले खाने खाना भएको छ ।
पर्यटन बोर्डका पूर्व सदस्य तथा पर्यटन व्यवसायी कृष्ण अर्यालले ‘‘जैविक भनेको जीवन, वातावरण भनेको जगत हो ।’’ सरकारले मनाएको जैविक विविधता ७ दिनको लागि मात्र सीमित नहोस् । विरालो बाँधेर सराद्दे गर्ने होइन । व्यवहारमा कार्यन्वयन गर्ने हो । बेलुका सोमरस खानु पर्छ । यति कार्यक्रमले मात्र केही पनि गर्न सक्दैन । म जे गर्छु ईमानदारिताका साथ गर्नुपर्छ भन्ने मान्छे हुँ । होम स्टे महासंघलाई धन्यवाद दिन्छौं । अनुगमनलाई कडाईका साथ अगाडि बढाउँछौं । सप्ताहव्यापी कार्यक्रमबाट प्रेरणा मिलोस् । कार्यक्रम गर्दा रैथाने वस्तु एउटा मात्र भएपनि समावेस होस् भन्न चाहन्छु । फापरको रोटी मात्र राखि दिने त्यसले पनि रैथाने बाली प्रवद्र्धनमा सुधार आउँछ ।
बाली वैज्ञानिक तथा कृषि अनुसन्धान परिषद आनुवांशिक स्रोत केन्द्रका प्रमुख बालकृष्ण जोशीले राष्ट्रिय जैविक विविधता दिवस मनाउन ५ वर्ष कुर्नु प¥यो । सोचेको भन्दा राम्रो भएको छ । तिनै तहको निकायबाटै कार्यक्रम गएको छ ।
जोशीले भन्नुभयो हामी ९५ प्रतिशत विदेशी जीनमा रुमलेका छौं ।
४० प्रतिशत हराएका छन् । हाम्रो पनि जैविक विविधताको बजार छन् है भनेर नेपाल सरकारलाई औपचारिक पत्र पठायौं । क्याविनेटले लिड ग¥यो । सत्विज छर्ने काम भयो । प्रकृतिले दिएको वस्तु पुनः प्रकृतिलाई दिने परम्परा विश्वमै छैन । यो नेपालमा मात्र छ । अनुवांशिक स्रोत दिवस मनाउने भनेको थियो । सन्तानेस्वरमा सत्विज छर्ने काम भयो । सुन्तलालाई राष्ट्रिय फलको रुपमा लग्ने निर्णय गरेका छौं । राष्ट्रिय फल बनाउन स्थानीय स्तरमा दर्ता हुनु पर्ने छ । नेपालको बास्मति भन्ने धान ग्यास्ट्रोनोमी हेरिटेज होइन । चिनुवा दुनियाँले हेला गरेको बाली, धान, मकै, गहुँ र आलु लेक्टिन केमिकल हुन्छ । कोदा, कागुनोमा लेक्टिन पाइदैन । पञ्चतत्व गेडागुडीमा पाइन्छ, त्यसलाई उत्कृष्ट ठानिएको छ । रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्दै बाली विविधतालाई विश्वव्यापी रुपमा लान सक्यौ भने फाइदा हुन्छ । मान्छे बाहेक नेपालको २८ हजार जैविक विविधता मा ६ प्रतिशत पशुपन्छी, लाम्काने बाख्रा, ८० प्रतिशत कृषि, किरा, माहुरी मेलिफेरा पढाई हुँदैन । लाही किरा प्रशस्तै पाइन्छ । कुनै लाही किरा उपयुक्त मानिन्छ । महको लागि मेलीफेरा हो । जैविक विविधता भनेको कृषि सुक्ष्म जिवाणुले भरिएको हुन्छ ।
जलीय कृषि जैविक विविधता माछामा, रेन्वो ट्राउट बढी जोडदिइरहेको छ । यो भन्दा बढी टेष्ट शहर माछामा छ । त्यसलाई पवद्र्धन गरौं । घाँसे बाली ५०० प्रजातिका छन् भनेर रिपोर्ट गरेका छौं । तर राजपत्रमा प्रकाशित प्रजाति विदेशी मात्र कोड गरिएको छ ।
नेपालबाट २४ हजारभन्दा बढी जैविक विविधता विदेश गएका छन् । परालबाट उत्पादन गरिने च्याउ भन्दा यहाँ पाउने च्याउ फरक हुन्छ । स्थानीय विशेष बजारीकरणका लागि घरायसी जीन बैंक बनाउन होम स्टेले योगदान पु¥याउन सक्छ । विस्तारै पर्वद्धन गर्न सकियो भने स्वमित्व सरकारको रेकर्ड रहन्छ । तपाईसँग भएको मौलिक अधिकारलाई संसारले लिने गर्दा रहेछ । अमेरिकाले दावी गरेपनि वास्मती धानमा पछिल्लो पटक भारतले एकाधिकार लिएको छ ।
इतिहास हेर्ने हो भने हामीमा विदेशी मोह थियो । अहिलै रैथानी मोह जागेको छ । अब जैविक विविधतामा आधारित मौलिक वस्तुहरु प्रयोग गर्दै संरक्षण तिर लाग्नु पर्छ । जसले हाम्रो उत्पादन अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार गर्न सक्छौं ।
स्थानीय असला माछा पाउन छोडिसक्यो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती सभासद, बागमती प्रदेश होम स्टेका उपाध्यक्ष प्रेम भक्त महर्जनले जैविक विविधता वर्ष मनाउन आवश्यकता छ भन्ने महशुस गरेका थियौं । म आफै पनि किसानको छोरो भएकोले उत्सुकता जागेको छ । आज खेतबारी अम्लियपन आईसकेको छ । किसानलाई जैविक मल हाल्न प्रोत्साहित गर्नुपर्छ । अम्लियपनले कृषि उत्पादनमा ह्रास आएको छ । युवाहरु खेतबारी छोडेर ५४ डिग्री तापक्रम भएको देश खाडी मुलुकमा पलायन भएको छ । उद्योगको रुपमा रैथाने बालीमा फर्कने अभियान गर्नुपर्छ । खानयोग्य जैविक अर्गानिक खाना उत्पादनमा लाग्नु पर्छ । कृषक समुह मार्फत बजारमा लिएर जाँदा किसानले आम्दानी गर्न सक्छ । कृषिको अध्यादेश जारी भएको छ । तरकारी खेती जोनहरु कृषि जैविक विविधता कसरी बनाउन सक्छ भन्ने कुरा हुनुपर्छ । आफ्नो तर्फबाट जैविक विविधतालाई कसरी जोड्न सकिन्छ भन्ने कुरामा जोडदिन्छु । सबै मिलेर जाउँ प्रदेशबाट खेल्नुपर्ने भुमिका खेल्छु भन्ने कुरामा सभासद महर्जनले जोड दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close