अहिले मेरो घरमा कोदोको बिउ खोज्दा पनि पाइदैन ः चापागाई
धनबहादुर मगर
राष्ट्रिय कृषि जैविक विविधता वर्ष २०७९ ‘‘जीवन तथा वातावरणका लागि, कृषि जैविक विविधता’’
नेपालमा रैथाने कृषि जैविक विविधता संरक्षण तथा उपयोगमा देखिएको चुनौंती, अवसर र आगामी राणनीति, विषयक अन्तक्र्रियात्मक कार्यक्रम काठमाडौंको वसुन्धरा स्थित दियालो फुड ल्याण्डमा सरोकारवाला सहभागीहरु बिच सम्पन्न भएको छ ।
काठमाडौं माघ ७ गते कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेश उप–सभामुख अप्सरा चापागाईले रैथाने प्रजातिको कुरा गर्दा पहिले जुन रुपमा खेती गरिन्थ्यो अहिले हुँदैन । मलाई खेतीबारी सम्बन्धी राम्रोसँग ज्ञान छ । पनौंतीको डाँडामा हामीले १९ प्रजातिका बाली लगाउँथे । शकरखण्ड, कोदो, बदाम पनि रोप्थ्यौं । अहिले केही पनि पाइदैन । अहिले टेक्टर लगाएर कित तोरी लगाउने, कि त बाँझै छोड्ने गरिन्छ र श्रम पनि त्यति गर्दैन ।
हाम्रो देशको नीति संरक्षण गर्नुपर्ने कुरामा पछि परेको देखिन्छ । अनेकतामा विविधता छ । १२९ त हामी जाती छौं । त्यो जाति भित्र पनि विविधता छ । १२३ वटा त भाषा छ । हाम्रो भाषा भित्र पनि विविधता छ । ६ हजार ६ सय १८ प्रजाति भित्र पनि विविधता छ । हामी जुन रुपमा पहिलो मिहिनेत गथ्र्यौं अहिले गरेको छैन । हामी सुख सयलतिर अगाडि बढेका छौं भन्ने महशुस मलाई लागेको छ । हामीसँग जैविक विविधता छ । मैले बोल्दा नराम्रो लाग्न सक्छ । बानी के छ भने थाहा पाएको कुरा अर्कालाई भनियो भने, थाहा पाउने मानछेले जान्दछ म चाही सानो हुन्छ कि भन्ने भावना छ । त्यस्तो भावना बौद्धिक स्केलमा छ भने त्यो चाहीँ पाल्नु हुन्न । ज्ञान सीपका कुरा जति हामीले बाँड्यौं त्यति फाइदा हुन्छ । प्रविधि हस्तान्तरण गर्नुपर्छ ।
हस्तान्तरण गरेर मात्र हुँदैन । साथै त्यसको पुस्तान्तरण पनि गर्नुप¥यो भनेर युवा परिषद्का साथीहरु लाग्नु भएको छ । यो महत्वपूर्ण कुरा हो । मैले नजानेको कुरा पछिल्लो पुस्ताले जान्दै नजान्ने भएकोले यो कुरालाई विचार गर्नुपर्छ । शैक्षिक संस्थाहरुले औपचारिक कार्यक्रमहरुमा आफ्नो पाठ्यक्रममा राख्नु पर्छ भन्ने कुरा मलाई लागेको छ ।
नेपालको विभिन्न भाषामाथि जातिको आधारमा पनि केही न केही राम्रो काम शुरु भएको छ । रैथाने प्रजाति पर्यावरणमा हाम्रो भुगोलमा सुहाउँछ । भुगोलले दिने पनि त्यही हो भन्ने लाग्छ ।
बागमती प्रदेशको १३ वटै जिल्लामा विविधता छ जुन रैथाने प्रजाति जुनसुकै जाति तह भाषा लोपोन्मुख जातिको बसोवास क्षेत्र यही प्रदेशमा पर्छ । बागमती प्रदेश मात्र होइन ७ वटै प्रदेशमा लग्नु पर्छ । गुन्द्री, मान्द्रो, माटोको भाँडो विदेशीले किन लान्छन् ? त्यो हाम्रो सीप हो । हामी सिकाउने पर्ने तहमा जानुपर्छ जस्तो लाग्छ । भाषागत रुपमा पनि संरक्षण र सम्वद्र्धन हुनुप¥यो । अनि हामीले भनेको समृद्धि हुन सक्छ । अनि मात्र धर्तीमा जन्मेको व्यक्ति, व्यक्तित्वको जीवनस्तर उन्नत हुन्छ । सुखी हुन्छ यस्ता अभियानहरु पटक–पटक हुन जरुरी छ । बागमती प्रदेशबाट समन्वय र सहकार्य गर्न लाग्नु पर्छ ।
विगतमा हामी कोदोको खोलेमा लसुन, अदुवा पिसेर खान्थ्यौं भात भन्ने हुन्नथ्यो । भात खानै नखाएपनि दिनभरी भोक पनि लाग्दैनथ्यो । अहिले मेरो घरमा कोदोको बिउ खोज्दा पनि पाइदैन ।
हामी सबै कृषि पृष्ठभूमिबाट आएको हुनाले कृषि सबैलाई थाहा भएको कुरा हो । तर आफ्नो देशको कृषिलाई बिर्सेर विदेशी नक्कल झक्कलतिर डुल्डा आफ्नोपनलाई बिर्सदै गएको छ । देशको कृषिलाई माथि उठाउन जैविक विविधतालाई जोगाउनु पर्ने चेत खुलेको छ । चापागाईले आफूगाउँमा छँदा बिहानै कोदोको खोले खान्थ्यौं । चियाको चलन थिएन । ८ मूरी कोदो पल्थ्यो । अहिले बीउ पनि पाइदैन । यो महत्वपुर्ण कार्यक्रमले हस्तक्षेपकारी भूमिका निभाउनु पर्छ । कार्यक्रमका सञ्चालक रैथाने प्रोडक्टका सचिव आरवी राई, मुना मुना कृषिका अध्यक्ष युवराज गुरुङले गर्नु भएको थियो ।
अनुवांशिक स्रोत केन्द्र जीन बैंकका प्रमुख बालकृष्ण जोशीले जीन बैंकले नेपालको राष्ट्रिय जैविक विविधता जोगाउनका लागि जीन बैंक लागि परेको र रैथाने खेती प्रविधिको उपयोग गर्दा सम्भावनाहरु धेरै रहेको बताउनु भयो ।
रैथाने उत्पादनको अभियन्ता तिलक ढकालले कार्यपत्र प्रस्तुत गर्दै निजी क्षेत्रले प्रयास गर्ने हो ? निजी क्षेत्रको पनि भूमिका छ भनेर आयोजक बीच पनि चिन्ने चिनाउने होस् भनेर कार्यक्रम आयोजना गरेको बताउनु भयो । ढकालले हामी किन रैथाने जोगाउन लागि परेका भनेर कार्यपत्र प्रस्तुत गर्नु हुदै जैविक विविधता भएको देश नेपाल सुन्दर छ । गर्व गर्न लायक देश छ । प्रकृतिले हामीलाई अथाह स्रोतहरु दिएको छ । जैविक विविधता भएको देशमा भाषा १२३ वटा छन् । भाषा पनि सम्पत्ति हो । देशको गर्व गर्न सिक्नु पर्छ । के देशमा जन्मिए यार भन्नु भएन । हामी जैविक विविधतामा धनी छौं । देशको पूर्व पश्चिम घुम्ने ठाउँ छ । अरु कुरा मात्र नभए बीउ पनि माग्ने भएको छौं । खानालाई विविधिकरण गर्नुपर्छ भनेर लाग्नु भएको छ । कोदो र फापर चाउचाउ भन्दा धेर शुद्ध र सस्तो हुन्छ ।
पञ्च गुणीय तत्वले भरिएको हन्छ । मेरो बुबा आमाले बिउ त्यसै राखेको होइन । बिउ नभएको देश खाद्य सुरक्षा हुँदैन । वहुराष्ट्रिय कम्पनी बोलाएर हामीले गर्व गरेका छौं । रैथानेमा जीवन छ भनेर ४९ जनाको टिम बनाएको छ । हामीले शिक्षामा धेरै लगानी ग¥यौं अब खानामा लगानी गरौं । स्वास्थ बन्न रैथाने बाली संरक्षण, प्रवद्र्धन र बजारीकरण गरौं । किसान र उपभोक्ता रमाउनु पर्छ । खाइदिने मान्छेले शुद्ध खाना पाउनु भयो भने स्वाथ्य राम्रो हुन्छ ।
रैथाने खेती प्रविधिलाई विविधिकरण गर्र्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पु¥याउनु प¥यो । रैथाने कहाँ फल्छ ? स्थानीय सरकारलाई थाहा छ । बीउ मासिसकेको छ । रैथाने बाली साना किसानले मात्र जोगाएको छ । गरिबीमा पुगेर समृद्धिको काम गर्ने हो । स्वरोजगार सिर्जना गर्दै खाना पर्यटनलाई समृद्धि सँग जोड्ने हो । होम स्टे र रैथाने बाली सँग–सँगै लान सकियो भने रैथाने बालीको सरंक्षण गर्न सकिन्छ ।
कार्यपत्रु अनुसार पूर्वी रुकुमको भुमे गाउँपालिकाले राम्रो अभ्यास गरेको छ । प्रोत्साहन स्वरुप बीउमा पूरै अनुदान दिएको छ । विद्यालयमा दिवा खाजा रैथाने मात्र अनिवार्य बनाएको छ । यसरी जान सक्यो भने जैविक विविधाता सहितको रैथान खेती फस्टाउँदै जान्छ । स्थानीयस्तरमा रोजगार बढद्छ ।
बाँकेका मुक्त कमैया जसले मुक्त भएपछि ३ कठा जग्गा र एकवटा घरबाट शुरु गरेको होम स्टे कार्यक्रम हाल २७ घरमा विस्तार भएर ३ सय मानिस एकै रातमा बास बस्न सक्ने बनाएको छ । वर्षमा २ हजार केजी लसुन मात्र खपत हुन्छ । होम स्टेको नेतृत्व गर्ने व्यक्ति जसको नेतृत्वमा १० वर्ष अगाडि कमैयाबाट मुक्त भएपछि जसले होम स्टे कार्यक्रम अगाडि बढाएको थियो । नेपालको पहिलो समदायिक जिन बैंक समेत रहेको उक्त होम स्टेमा, भमराको लागि समेत घर बनाई दिएको छ ।
कृषि व्यवसायी लालितमान श्रेष्ठले स्वास्थ्य खानाखाने भनेर बुझ्देनौं । खाना बिग्रीनु भनेको स्वास्थ्य बिग्रीनु हो । हामीले घोषणा त गरेका छौं तर घोषण गरेअनुसार व्यवहारमा आएन भने लाजमर्दो हुनेछ । उत्पादन बढाउनु पर्छ । सम्बन्धित निकायले ध्यान दिएन भने पछुटाउनु बाहेक अर्को उपाय छैन ।
कृषि व्यवसायी राजेन्द्र लामिछानेले अनुवांशिक स्रोतहरु जोगाउन किसानको तहसम्म पुग्नु पर्ने बताउनु भयो । त्यसका लागि शुरुको तहबाटै थालनी गर्नु पर्नेछ । जैविक विविधता जोगाउन कृषि पर्यटनको माध्यमबाट प्रवद्र्धन गर्दै जानु सक्नुपर्छ ।
कृषि व्यवसायी राजेश वानियाले ७७ वटै जिल्लामा आफ्नो संस्थाबाट २ सय ५४ जना युवाहरुलाई रैथाने ज्ञानको तालिमहरु उपलब्ध गराएको बताउँदै जबसम्म युवाहरुलाई सहभागी गराउँदैन तबसम्म रैथाने उत्पादन बढ्न सक्दैन ।
युवा पुस्तालाई प्रविधिसँग जोड्न नसकेसम्म सम्भव छैन । प्रविधि र युवालाई सँगै लानु सक्नुपर्छ ।
बागमती प्रदेश सभासद दिनेश देवकोटाले हामीले १५ वर्ष अगाडि घोषण गरेको कार्यक्रम आएको छ । वहुर्राष्ट्रिय कम्पनीको विरुद्धमा उभेर जुन काम गर्न लागेको छ । त्यो काम सह्रानीय छ । स्थानीय तहसम्म कार्यक्रम बनाएर अगाडि बढाउनु पर्छ । तिलक ढकालले प्रस्तुत गरेको कार्यपत्रमा हाम्रो इन्जिनियस् आदिवासी परम्परागत उत्पादन गर्न र ज्ञानको ठूलो सिकाई प्राप्त भएको छ । मादले काँक्रो, जब पहिलो पल्ट घिरौंला फल्थ्यो त्यो टिपेर खाने होइन बिउ राख्ने हो आमाले भन्नु हुन्थ्यो । नेपालको स्थानीय बीउबिजनलाई कसरी सर्भभाइभ गराउने भन्ने कुरा महत्वपूण हुन आउँछ । बेलैमा यो वस्तु प्रर्वद्धन गर्न खोजेको छ । नेपालको इकोनोमिक, ग्रीन इकोनोमिक हो । इकोनोमिकलाई माथि उठाउन इकोलोजी सेक्टरले सम्भव पर्न सक्छ । तिनै तहको सरकारलाई ध्यानकर्षण गराउन जरुरी छ । २२ वटा इकोलोजि लेयर बनाउने अधिकार स्थानीयलाई तहलाई छ । पब्लिक पाइभेट, प्रार्टनरशीम मोडलमा लान सकिन्छ । हामीसँग भएको सीमित ज्ञानलाई ट्याकल गर्न सकिन्छ । प्राकृतिक स्रोत साधनको हिसाबले प्रचुर सम्भावना बोको हाम्रो देश नेपालमा म आफै परिवर्तित हुनुप¥यो भन्ने महशुश प्रत्येक नेपालीले गर्नु पर्छ । तिनै तहको सरकारबाट मास लेवलमा विस्तार गर्ने गर्ने कार्यक्रम आउनु पर्छ ।
बागमति प्रदेश सभासद प्रेमभक्त महर्जनले उत्पादन गर्ने तहसम्म पुग्न नसकोको बताउँदै उत्पादन गरेर मात्र हुँदैन । रैथानी बालीलाई मूल्य समायोजन कसरी गर्ने ? लागु गर्ने भनेको स्थानीय तहले नै हो ।
जैविक विविधता कार्यक्रम कसरी लान सकिन्छ भनेर छलफल गर्नुपर्छ होला । रैथाने भन्नेकुरा तल्लो तहसम्म जाने हुनप¥यो । आयतित चिजहरु खाएर अस्पतालमा जाने कि रैथाने चिज खाएर निरोगी बन्ने ? सरकारले कृषिका अनुदान कार्यक्रम बन्द गर्नुपर्छ । अनुदानले विकृति ल्याएको छ । रैथाने कृषिका कुराहरुमा अर्गानिक बनाउने हो भने प्लाष्टिकको कुनै साधन हुनु भएन । घोषणा पत्रमा आएको कुरा अक्षरस पालना गर्नुपर्छ ।
कृषि व्यवसायी तिलक पौडेलले ८ हजार मिटर उचाईमा समेत जैविक विविधता हुन्छ । माटोमा १८ प्रकारको माइक्रो न्युट्रिएन्ट सुक्ष्म पोषकतत्व पाहन्छ । भारतको प्रसिद्ध व्यापारिक घरानाहरु समेत माटोको तावामा रोटी पकाएर खान्छ ।
रैथाने खेती पाती र खानपानको व्यवस्थापन गर्न स्थानीय भाडाबाट शुरु गर्नुपथ्र्यो । स्थानीयलाई प्रवद्र्धन गर्न भनेर २५ रुपैयाँको चिया ७५ रुपैयाँ किनेर खायौं ।
पशुपालनलाई व्यवस्थित गर्न सकेको खण्डमा रसायनिक मल आधा घट्छ । कृषकको साथी गड्यौलालाई रासायनिक मल प्रयोग गरेर मासिरहेका छौं ।
नागार्जुन नगरपालिका उप–प्रमुख सुशीला अधिकारीले जब सुख सयलको जीवन बिताउनेमा उन्मूख भएकाले जीवन उपयोग कुराहरुलाई बिर्सदै गएको बताउनु भयो । उहाँले यस्तो महत्वपूर्ण कुरो सिकाउने कोही भएन कि ! रैथाने कृषि ठीक हुन्छ भन्ने कुरा तिर जानु पर्छ रैथाने बाली एउटा निकायमा उत्पादन हुन्छ ।
किरा र चराहरु रमाउनु पर्छ भन्ने कुरा आर्यनीति, नीतिगत रुपमा स्थानीयले गर्नुपर्छ । अनुदान ल्याउनको लागि मात्र कृषि गरेको देखेँ मैले । फिल्डमा कामगर्ने मान्छ भएन भने त्यसको अर्थ हुँदैन ।
बुढानिल्ठ नगरपालिका प्रमुख …… ले नेपालको पहिलेको पृष्ठभूमि के हो ? रैथाने खाने कुरा खाने ज्ञानको कमी रहेछ । हाम्रो देश बिग्ररन्छ भन्ने विषयमा हामीले सोचेनौं । कृषियोग्य जमीनमा मासेर घर बनाइरहेका छौं । अब कृषि योग्य जमीनहरु सकिदै गएको छ । अब हामीले कौशी खेती शुरु गर्ने कि नगर्ने ? एउटा गमलामा डेढ किलो फलाउन सक्ने रहेछ । यसको लागि सबैभन्दा पहिले चेतना जगाउनु पर्छ । रेथाने खाना खाने हो भने खोजेर खानै पर्छ । पिजाले शरीरमा कति रोग लाग्छ । व्यवहारमा कसरी उतार्ने भन्ने विषयमा जानु पर्छ । विदेशी वस्तु र तडक भडक वस्तुमा रमाउने थालेको हाम्रा घरमा भएका चिजहरु प्रयोग गरिदैन ।
युवा जति विदेश पलायन भएका छन् । रोक्ने काम गर्न सकिन्छ भन्ने तिर लाग्नु पर्छ । पालिकाहरुमा जनप्रतिनिधि राखेर छलफल कार्यक्रम गर्नुपर्छ । स्थानीय तहमा क्लष्टर विभाजन गरि लाग्न सक्यौं भने उपलब्धी हुनसक्छ ।
रैथाने खानाका भान्छे लक्ष्मण भण्डारीले रैथाने खाना खानको लागि सञ्चारकर्मीुहरुले पहिलेनै सचेत गराएको भए सबैले रैथाने खाना खाने बानीमा जागरुकता आउँथ्यो होला । कोदोको पिठोमा ममको परिकार हुँदैन । तर भोज भतेर हँुदा तन्दुरी हुन्छ ।
उक्त क्रममा युवराज गुरुङ्ले बीउ मासियो कसरी मासियो ? आमूल रुपमा कृषिलाई अगाडि बढाउने उद्देश्यले नीति कसले बनाउने हो । हाम्रा अगाडि धेरै प्रश्नहरु छन् । हामी बीउ खोज्ने अवस्थामा छौं ।