किसान आन्दोलनका स्वरुपहरु फेरिएका छन् ः अध्यक्ष श्रेष्ठ
धनबहादुर मगर÷निर्दोष तिमिल्सिना
काठमाडौं माघ २१ अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) काठमाडौं जिल्ला चौथौं जिल्ला भेला महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
उक्त भेलामा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का चन्द्रागिरी नगरपालिका संयोजक तेजमान श्रेष्ठले किसान पहिलो दर्जाको नागरिक हुन् देशको अर्थतन्त्र बलियो र आत्मनिर्भर बनाउने किसान नै हो । विदेशी मल खाद्य प्रयोगले अर्थतन्त्र विदेशिएको छ । आधुनिक यान्त्रीकरणको माध्यमबाट कृषिको विकास सम्भव छैन । समाजवादी यात्रा तयार गर्न उत्पादनमा लाग्नु आग्रह गर्दछु ।
भेलामा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का महासंघ काठमाडौं जिल्ला संयोजक हरिशरण बरुवालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै वस्तुगत अवस्था प्रस्ट्याउनु भयो । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा खेतबारीको उत्पादनले खान पुग्थ्यो । समग्रमा खेतबारी बाँझो राख्ने चलन बढेको छ । रैथाने बीउ प्रयोगमा आउन छोडेको छ ।
५०÷६० लाख मानिस काठमाडौं मानै बस्छन् । नाकावन्दीको समस्या हामीले भोगेका छौं । किनेर भन्दा उत्पादन गर्न सिकौं । परिवर्तनका लागि किसानहरु सहिद भएका छन् । कृषिमा आएको चुनौंती बीउ विजनको समस्या, जलवायू परिवर्तन, कृषि तालिम, कृषि बजारको व्यवस्थापन, कृषि कर्जाको अभाव, विषादी रहित बाली उत्पादनमा जोड दिनु पर्छ ।
२०६० मा भेला, २०७४ मा एमालेसँग पार्टी एकता पछिको अवस्था, आगामी कार्यभार ः बाँझो खेतबारीमा उत्पादन बढाउने । खेतवारी खण्डीकरण र प्लटिङ्ग गर्न रोक्ने, प्राङ्गारिक मल बनाउने प्रेरणा दिने, ५९ सुत्रीय मागको लागि सरकारलाई दबाव दिने ।
म किसानको छोरो हुँ, म युवा हुँदा यो देशमा हराभरा थियो । देशको किसानको छोराछोरी हरुलाई यही रोजगार सिर्जना गथ्र्र्यौ । वैदेशिक रोजगारलाई प्राथमिकता नदिनोस, बिउविजन कसरी उमार्ने ? हामी वस्तु पाल्दैनौं, मल कसरी बनाउँने भन्ने कुरामा ध्यान पु¥याउनु होला । युरिया मल पाएन भनेर बस्नु भयो भने यरियाले बनाएको माटो, ढुँगालाई फुटाउँदा सजिलो होला तर युरिया मिसिएको माटो फुटाउन गाह्रो हुन्छ ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) बागमती प्रदेशका अध्यक्ष तथा केन्द्रीय सचिव रामप्रसाद दाहालले किसान आन्दोलनको ऐतिहासिक मोडमा आएको बताउनु भयो । दाहालले भन्नुभयो हामी चुनौंती, सम्भावना भएको ठाउँमा छौं । उत्पादक र उत्पादनसँग जोडेर पार्टीलाई समाजवादी आन्दोलनमा लगाऔं ।
कृषिलाई माथि उठाउन संगठित हुनुपर्छ । देशमा उत्पादित वस्तु विचौलियाले प्रयोग गरिएको छ । १९ वटा संगठनले संगठित हल गर्न पहल गर्दै अब नयाँ काम गर्नु पर्नेछ । पीरामीड ढंगको संगठनको निर्माण गर्दै किसानको समस्या केन्द्रीत गर्ने भू–स्वमित्वको कार्यक्रम अगाडि बढाउँनु पर्छ ।
संगठन एकातिर हामी अर्कोतिर हुने भयो भने समस्यहरु आउन सक्छन् । वास्तविक सुकुम्वासीलाई जमीनको स्वामित्व दिलाउन महासचिव लाग्नु भएको छ । समस्यालाई केन्द्रीकरण गर्दै जानु पर्छ । उत्पादन सहकारी, जिल्ला, पालिका, बडासम्म जानका लागि सहकारीको माध्यमबाट गई आन्दोलनको माग पुरा गर्नु सक्छन् भन्ने लागेको छ । पार्टीले लिएको मिशन जनताले गरेको आशा पुरा गर्नुपर्छ । संगठनको काम कार्यवाहीलाई ठोस गर्दै लग्नु पर्छ । व्यवसाय मूलक संगठनको निर्माण गर्दै जाने हो ।
नेकपा (माओवादी केन्द्र) काठमाडौं जिल्ला पार्टी संगठनका संयोजक उमेश स्थापितले संगठनले जति काम गर्नु पथ्र्यो गर्न सकेको छैन । किसान महासंघलाई अगाडि बढाउन एकजुट हुनुपर्छ । राज्यसँग र पार्टीसँग पनि संघर्ष गर्ने नेतृत्व तयार गर्नु होला । किसानहरु उत्पीडनमा हुन्छ नै । आज भूमण्डलीकृत साम्राज्यवादीहरुले उव्जाउ भूमिलाई प्रयोग गरेर राज गरिरहेको छ । जुन–जुन ठाउँमा छांै संगठित भएर अगाडि बढ्नु पर्छ । व्यवासय सहभागीताको लागि तथ्याङ्कहरु संकलन गरौं । फिल्डमा समस्या के–के छन् भन्ने पहिचान गरि समाधानको बाटोमा जाऔं । पार्टी अप्ठेरोमा परेको छ । नेकपा भनेर पुग्ने हाम्रो अवस्था के छ । पार्टी सदस्यहरुको जो पार्टीमा छैन । विदा गर्नुपर्छ । परिवर्तनको निम्ति काम गर्न सक्दैन भने काम छैन । जनवर्गीय संगठन जनतासँग जोडिने कडी हो । जनवर्गीय संगठन सशक्त पार्र्ने अभियानमा लाग्नु पर्छ । केन्द्रीकृत गरेर मात्र केन्द्रीकरण हुन्छ । संरचनामा नविकरण केन्द्रीकरण हुँदैन । वैज्ञानिक शिक्षा वैज्ञानिक, कृषि प्रणाली, क्रान्तिकारी भूमिसुधार र वर्गको पहिचान गर्न सक्दैन समस्या पनि पहिचान गर्न सक्दैन । उतार चढावको अवस्थामा पनि हामी माओवादीहरु केन्द्रमा छौं ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का महासचिव तथा राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले पार्टी इतिहासको महत्वपुर्ण घडीमा उभिएका बताउनु भयो । २००८ साल बैशाख १७ गते बर्दियामा कम्युनिष्ट पार्टीमा भेलाबाट स्थापना भएको पार्टी अगाडि बढ्ने क्रममा २०१२ सालमा मनमोहन अधिकारीले राजासँग समर्पण गरेपछि । २०५२ सालको जनुयुद्ध पछि चलेको जनसंघर्षहरुबाट ठूला सामन्त र जनताका विरोधीहरु फेरिपनि दाउ हेरिरहेका छन् । २०६२÷०६३ को जनआन्दोलनबाट २४० वर्ष पूरानो राजतन्त्रको एकात्मक राज्यसत्ताको अन्त भएको छ । जनताका धेरै कामहरु तलबाट भएको छ । जमीन, बिउविजन, प्राकृतिक स्रोत साधान वैज्ञानिक भूमि सुधार, किसान वर्गीकरण, किसान पेन्सन, किसान परिचय पत्र, पशुको नश्ल सुधार, राष्ट्रिय कृषि सञ्जालको विस्तार हाम्रो पार्टी सबैभन्दा बलियो भएको बेला भएको हो ।
दीर्घकालीन कृषि रणनीति, समानुपातिक सहभागीता, र समावेशीकरण गर्न सक्यौं । संविधानमा खाद्य सम्प्रभुत्ता ऐन ल्याउने वास्तविक किसानहरुलाई अधिकार दिने हो । त्यतिबेला पनि साम्राज्यवादी शक्तिहरुसँग मिलेर सहीछाप लगाउने कार्यमा सफल भयौं । उच्चस्तरीय दीर्घकालीन कृषि रणनीति, किसान आयोगको गठन ग¥यौं । ऐन नियम बनाउने जालझेल भए । भू–उपयोग नियमावाली बनाउने बेला पेचिलो संघर्ष भयो । पूर्व प्रधानमन्त्री के.पी. ओलीको दम्भको कारण भूमि बैंक छि¥यो । हामी संगीन घडीमा उभिएका छौं । शक्ति केन्द्र अमेरिका फ्रन्टलाइनमा छन् । चिन प्रतिकारमा आएको छ । भारतको हस्तक्षेप हामी सबैलाई थाहै छ । यो देशको माँया काग्रेस र एमालेलाई छैन ?
बैद्य र विपल्व जीसम्मले पार्टी बनाएको छ । गणतन्त्रको रक्षा कसले गर्ने ? प्रम लिनै पर्छ भनेर संघर्ष गरिरहेका छौं । हरेक दिन प्रमले सत्ता र सडकबाट संघर्ष गरिरहेका छन् । सदनमा राजा ल्याउनु पर्छ भन्नेहरु छन् ।
हिजोको आन्दोलन किसानहरुको हातमा थियो । किसानहरु सचेत ढंगले कृषि व्यवसाय लाग्नु पर्छ । हिजो भन्दा आजको समय फेरिएको छ । समय विशिष्टीकरण भएको छ । विशिष्टीकरणको आधारमा महासंघमा गोलवन्द गर्नुपर्छ ।
उत्पादनको विशिष्टीकरण गर्न संगठित गरेका छौं । काठमाडौं उपत्यकामा १५ देखि २० हजार प्लाष्टिक टनेलहरुमा तरकारी खेती गरेका छन् । हाम्रो पेशागत संगठनको माध्यमबाट बजारीकरण गर्न पनि सहज हुनसक्छ । राज्यसत्ता सुधारवादी आन्दोलनमा फस्ने खतरामा छ । किसान महासंघ सबैभन्दा अघि सम्मेलन गरेर आएको संगठन हो । अन्तरिम व्यवस्था अनुरुप सदस्यता विस्तार गर्ने, नविकरण गर्ने, साँढे २ वर्ष भित्र सुकुम्वासी मुक्त नेपाल, अव्यवस्थित बसोवास मुक्त नेपाल बनाउने अभियान जुट्ने छौं । हाम्रो संघर्ष बागमती किनारमा बसोवास गर्ने मात्र होइन । सकुम्वासीहरु बाहिरबाट आएकाहरु मात्र छैनन् ।
काठमाडौंको नेवाः समुदाय सकुम्वासीको नाममा अधिकार छ । खुलेको बेलामा पनि फाराम भरेको छैन । स्वावासे, वेनिस्साका धेरै छन् । देशभर ६० लाख जनता पुग्छन् । उपत्यकामा मात्र ७ लाख जनता छन् । उपाध्यक्ष खड्काले अध्यक्ष प्रचण्डले जसपाएपछि सिँगो माओवादी आन्दोलनलाई फाइदा हुने बताउनु भयो । जसको काम उल्ट्याउने पर्ने हो । अन्तर्राष्ट्रिय स्थिति जटिल परिस्थितिमा छ । ब्राजील, अर्जेन्र्टिना इक्वेडोर, क्यूवा, सान्डिनिष्टा लगायत देशहरुमा वामपन्थी आन्दोलन बढेको छ । संसारभर वामपन्थी आन्दोलनको लहर आएको छ । पेरुमा जनजाति किसान नेतालाई जेल हालिएको छ । फ्रान्समा वामपन्थी लहर आएको छ । कृषि बढेको छ, रणनीतिक महत्व बढेको छ । किसानहरु आर्थिक राजनैतिक अभियानमा समाजवादी क्रान्ति उठाउने गरी काम गर्नु पर्छ ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठले २०६४ को माओवादी बन्ने सक्छौं कि सक्दैनौं, किन कमजोर भयो ? समीक्षा गर्नुपर्ने बताउनु भयो । फेरि माओवादी पार्टी कमजोर भयो भने गणतन्त्र धरापमा पर्न सक्छ । गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी माओवादीहरुको छ । विभिन्न ढंगले ठेस पु¥याउन खोजिरहेका छन् । इतिहासमा सँधै यस्तो अवसरहरु प्राप्त हुँदैन । फेरि जनताले माओवादीलाई अवसर दिइयोस भनिरहेको छ ।
आधारभूत जनताले गुण लगाएका छन् । आफू भुईंमा सुतेर हामीलाई गुन्द्रीमा सुताएका छन् । आधारभूत जनतामा पुग्नुपर्छ । किसान आन्दोलनका स्वरुपहरु फेरिएका छन् । व्यवसायिक रुपमा नयाँपन आएका छन् । किसान महासंघ क्रान्तिकारी केन्द्र संघर्षमा छन् । सरकारलाई सकारात्मक काममा खुलेर सहयोग गर्नुपर्छ ।
निम्नअनुसार पदाधिकारीहरु तथा सदस्यहरु निर्वाचित भएका छन् ।
भेलाले उत्तम दाहालको अध्यक्षतामा क्रमश उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्षमा बलराम घोरासाइनी, सानुकाजी श्रेष्ठ, तेजमान श्रेष्ठ, अञ्जली बर्तौला ।
र सदस्यहरु नवराज मगराँती, कृष्णकुमार महरठ्ठा, नविन महर्जन, कुमार खत्री
राधेश्याम महर्जन । नेत्रबहादुर दंगाल, राजन फुँयाल, सरिता महर्जन, हरिशरण महर्जन, सविना श्रेष्ठ, बलराम श्रेष्ठ, नारायण काफ्ले, ठाकुराज धिताल, सुकदेव महर्जन, पूर्णबहादुर शाही, मीन बहादुर घिमिरे रहेको ६५ सदस्यीय कार्यसमिति गठन गर्ने गरि निर्वाचित गरेको छ ।