समाचार

सडक सुरक्षा, चुर्नौती, समाधान खोज्नु सचेतना नै प्रमुख हो ः सरोकारवाला

धनबहादुर मगर
फागुन २० पूर्णीमा सम्वादको नियमित श्रृँखला अन्तर्गत नेपालको सडक सुरक्षाको अवस्था र चुनौंती विषयक छलफल कार्यक्रम साफ नेपाल र सडक सुरक्षा समाजको संयुक्त आयोजनामा सम्पन्न भएको छ ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सडक सुरक्षा विज्ञ, डा.सरोज कुमार प्रधानले गाडीहरु आयतमा उच्च रहेको, वाई डिजाइनमा ध्यान नदिएको, जुम्ला सुर्खेत सडकमा १० वर्षको अवधिमा २ सय जनाको दुर्घटनामा ज्यान गएको, ट्राफिक व्यवस्थापन कम्जोर बन्दै गएको, साना आकारका गाडीहरु बढी आयात भएको, मोटरसाइकल दुर्घटना सबभन्दा बढी भएको, त्यसमा पछाडि बस्ने मानिसको ज्यान गएको, दुर्घटना भएपछि उद्धार गर्ने अधिकार जनस्तरलाई नभएको, नीतिनियम पास गरेपनि कार्यन्वयन पक्ष कमजोर रहेको, सडक सुरक्षा परिषद्को गठनको कुरा उठेको, सडक सरक्षाका लागि स्वयम् आफैमा सचेत र सजक हुनु पर्ने कुरामा जोडदिएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका नायव प्रहरी महानिरीक्षक मीरा चौधरीले ट्राफिक व्यवस्थापन गर्ने काम जटिल बन्दै गएको, ट्राफिक लाइट व्यवस्थित नभएको, ध्वनि प्रदुर्षण, सवारी साधनको वायू प्रदुर्षण, यन्त्र परीक्षण, नीतिगत चुनौतीहरु रहेको, अट्टिच्यूट बढ्दै गएको, इनटेक लेन अनुशासनमा चेतनाको कमी रहेको, सार्वजनिक यातायातको साधनका हिसाबले हेर्ने हो भने हामी ट्राफिक प्रहरीलाई दुस्मन जतिकै व्यवहार गरेको । हामीले जे पनि गर्न सक्छु भन्ने घमण्ड पालेको । सडकहरु साँघुरो बन्दै गएको, सामाजिक सञ्जालमा समेत १०० वटामा घटनामा ९८ वटा गाली ट्राफिक प्रहरीलाई गालीगरिरहेको हुन्छ ।
काठमाडौंका सडकका साइनहरु व्यवस्थित गर्न नसकिएको । २४ विगाह जमीनमा समातिएका गाडीहरुले ठाउँहरु होल्डिङ्ग गरिरहेको, उपचारको निम्ति गरिने खर्च । इ–भेहीकलहरु नम्बर व्यवस्थापन नभएको । हाम्रो जोड नम्वर प्लेट नलिइकन चलाउन दिनु नहुने सुझाव दिएको, नियन्त्रण लिएर सम्बन्धित निकाय यातायात विभाग र मन्त्रालयबाट सहजीकरण गरिदिनु भन्नु भन्ने द्धैध कुराहरु आएको, टे«क्टर कृषि प्रयोजनको लागि हो । अपाङ्गमैत्री बस नभएको, लाइसेन्समा सक्कली नक्कली छुट्याउन नसकिएको, ड्राइभिङ्ग लेन भित्र ४ वटा मोटरसाइकल दुर्घटनामा ४ वटैको ज्यान गयो । कतिपय निर्णयहरु लहडकै भरमा भएको, महालक्ष्मीस्थान बल्खुमा दुर्घटना बढी भएको, ५ पटक भन्दा बढी मादक पदार्थ खाएको पाएमा निलम्वन गरेको, साँढे ४ लाखमा ४२३ वटा निलम्वनमा परेको, कति सवारी साधान आएको छ तथ्याङ्क नभएको आदि बताएका छन् ।
ड्राइभिङ्ग इन्स्टिच्यूटहरुले जसरी हुन्छ पास मात्र गर्ने । फोर ह्वील नयाँ पूरानामा आयत गरेको, दर्ता नभएका यातायातको नियम अनुसार मोवाइल राखेर चलाउनु पाइदैन । साँढे १३ लाख दुई पाँग्रे साधानहरु थपिएका छन् । ड्राइभरको सरक्षा भित्र दुर्घटना हुने कार्यमा एउटा कारण स्पीड पनि हो ।

नाडाको अध्यक्ष …… ले सडक सुरक्षाको दुर्घटनाको कुरा मात्र गरेर नहुने बताउँदै साना– साना कुराले गर्दा जाम पर्छ । एउटा व्यक्तिले गर्दामा सम्भव हुँदैन । दुर्घटनालाई न्यूनिकरण गर्न ।
स्वतन्त्र यातायात मुजुदुर संगठनका अध्यक्ष भीमज्वाला राईले यातायातमा २०३६ सालमा जे अधिकार त्यही अधिकार अहिले पनि रहेको बताउँदै, सचेतना शिक्षा, काठमाडौं सडक सुरक्षा चुनौतीको विषय बनेको बताए । राईले तपाई हामीहरु कतिबेला दुर्घटनामा पर्छौंं । दैनिक ७÷८ जना दुर्घटनामा मर्छौंं । नागरिकको जीवन बचाउन के गर्नु पर्छ भन्ने विषयमा नीतिगत कमजोरी रहेको बताए । राज्य अझै जिम्मेवार हुनुपर्छ । बढी भौतिक, भौतिक भनेर जोड दिएको छ, यातायातमा जोड दिएको देखिदैन ।
लाइसेन्स लिने प्रणालीमा सुधार ल्याउनु पर्छ भनेर सुझाव दियौं । १६ वर्ष पुगेको मान्छेलाई लाइसेन्स दिन्छन् । १८ वर्ष पु¥याउनु भन्दा त्यतिकै रह्यो । १६–१७ वर्षको युवाहरुले वाइकको स्वरुप परिवर्तन गर्छ । जसलाई नियम पालना गर्नु पर्छ भनेर थाहै हुँदैन । सडक सुरुक्षा शिक्षा अनिवार्य हो । ११ लाख यातायात मजदुरहरु छन् स्कुलदेखि पढ्न पाएको हुँदैन बल्लतल्ल काम पाएको हुन्छ, नीतिगत रुपमा एकदम जोड दिनुपर्छ । भौतिक पूर्वाधारको कुरा थियो । ३५ लाखमा १० वर्षपछि १७ लाख थप गर्दा ५३ लाख भयो । २५ लाख २० हजार २ पाँग्रे सवारी साधान मात्र छन् । रजिष्ट्रेशनको सिस्टम अब प्राधिकरण व्यवस्थित गर्नु पर्छ भन्ने कुरा उठेको छ । वार्षिक साँढे ६ लाखदेखि ७ लाख सवारी साधान आयत हुन्छ । रोड सेफ्टी काउन्सिल बनाऔं भनेका छौं । राज्यलाई हाम्रो सिफारिस हुनेगरि काम गर्नु पर्छ ।
ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम वाँनियाँले आपूर्ति व्यवस्थालाई सहज बनाउने कार्य कोभिडको बेलामा पनि जटिल थियो । तर जटिलताको बीचमा पनि ढुवानी सेवामा कुनै कमजोरी हुन नदिएको, २०२९–३० को एक्सन प्लान पार्किङ्गको सुविधा पनि थियो । देशको नियम भित्र रेखाङ्कित गर्दा ८ बजे छिर्न पाइदैन । पार्किङ्गको कारण ट्रक चालकको पहेँलो रेखा भन्दा पनि बाहिर राख्नु पर्ने बाध्यता भएकाले गल्ती देखिन्छ । अब त हामीसँग २० वर्ष अगाडिको पूराना गाडी छैनन् । १० नबजेसम्म यातायात कार्यालय खुल्दैन । सवारीसाधनको दुर्घटना ओभर लोड नै हो । डाइभिङ्ग इन्स्टिच्यूटहश्र साँढे ६ लाख लाइसेन्स वितरण शहर भित्रबाटै लानु पर्नु अवस्था हुन्छ ।
ललितपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर रामलखन शाहले गल्लीमा लाइट, अनाश्यक तारहरु हटाउने काम भएको छ । ४० किलो मिटरको सडक र सडकलाई स्तरन्नित गरेका छौं । दुर्घटनाहरु धेरै कम भएको छ । वान वेको व्यवस्था गरेका छौं । समग्रमा व्यवस्थित छ ।
वीएनवी अस्पताका डा.सतिस वडुवालले दुर्घटना भएपछि हुने क्षति मेरु दण्ड, हातखुट्टा भाँचिन्छ । ७–९ कक्षाका स्कुलका विद्यार्थीहरुलाई सडक सुरक्षाको लागि कम्पिटिशन गर्ने काम गरिरहेका छौं । स्कुल र घरमा गर्दा अविभावहहरुमा समेत चेतना आउँछ । हाम्रो देशमा कति सवारी साधान छन् भन्ने तथाङ्क नै छ्रैनन् । सोसिइल मिडियामा समेत जाने सकेको छैन । सरकारले मात्र भन्ने विषयमा केन्द्रीत नभई सबैको काम हो भनेर लागि परौं ।
समाजसेवी विनोद शाहले दुर्घटना भएर अस्पतालमा पुगेपछि ठूलो अपराधीको रुपमा विश्लेषण गरेको हुन्छ । भारतको अदालतले जसले देखे पनि उद्धार गर्न सकिन्छ भन्ने व्याख्या गरेको छ । तर नेपालमा प्रहरीले नै गर्नु पर्ने अवस्था छ । महिला र अपाङ्ग मैत्री छ कि छैन भन्ने कुरा खोज्नु पर्छ ।
कार्यपत्र प्रस्तोता सरोजकुमार प्रधानले यातायात समयमै पुग्न सक्दैन । योजनाहरु कन्सेल्टले बनाउन नपाएको र कन्सेल्टेन्सीहरुले बनाएको कारण कोही पनि उत्तरदायी नदेखिएको । नयाँ बनेको सडकमा ठाउँमा सिग्नलहरु नराखिएको । रेस आइडीमा प्रतिवन्ध लगाउनु पर्ने सुझाव दिएका, सिल्ट वेल्टको व्यवस्था सहित शिक्षा र सचेतना खाँचो भएको, घटना जो मान्छेलाई पर्छ उसलाई मात्र पीडाको हुन्छ । प्लेन दुर्घटना हुँदा आयोग बन्ने तर गाडी दुर्घटना मर्नेको नकुनै न वास्ता नहुने गरेको ।
उपत्यका ट्राफिक प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले ट्राफिक लेन, लाइट, मापसे, साइन कतिपय कानूनी हिसाबले नमिलेको, कतिपय जानी जानी दुर्घटना गरेको, कतिपय कर्तव्य ज्यान हुने गरी नियतवस काम गरेको छ ।
सडक सुरक्षा समाजका अध्यक्ष सरोज खनालले कार्यन्वयन पक्षमा पहल गर्ने हो भने नेपाल सरकार भौतिक पुर्वाधार मन्त्रालयले काम सडक सुरक्षामा विशेष ध्यान दिन आवश्यक भएको छ । दुर्घटना घटाउन सेल्फ डिसीप्लिन नै हो । स्कुल र कलेजहरुमा समेत पढाईको व्यवस्था गरिनु पर्ने कुरा जोड दिएको छ ।
कार्यक्रमको अध्यक्षता साफ नेपालका अध्यक्ष गीता भट्टराई र कार्यक्रम संयोजक नरेन्द्र जोशीले गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close