नेपालको कृषिमा समस्या देखिनु कमजोर शिक्षा प्रणाली
नेपालको कृषिमा समस्या देखिनु कमजोरी शिक्षा प्रणालीशिक्षा कृषिमा देखिएका समस्याहरु अहिले देखिका होइनन् । यो त नेपालको कृषिमा जब विकासे मल भित्र्याउने शुरु भयो त्यही बेलादेखि देखिएको समस्या हो । हिजो र आजको समस्यामा धेरै परिवर्तन आएको छ । जनसंख्या र कृषि शिक्षा, स्वास्थ्य लगायत आधारभूत विषयहरुमा समेत परिवर्तन आएको छ ।
जलवायू परिवर्तनमा देखिएको अर्को समस्या हो । कृषिमा कर्म गर्ने जनशक्तिको समस्या झन् जटिल बन्दै गएको छ । यसको कारण कृषि उत्पादनमा समेत ठूलो परिवर्तन भएको छ । पूराना प्रविधिको प्रयोग हुन छोडेको छ । मल, बीउविजन र सिँचाई प्रविधिमा फ्ड्को मारेको छ । यद्यपी यसरी परिवर्तनहरु भईरहँदा समाधानको सट्टा झन् जटिल समस्या निम्तिरहेको छ । हिजो जनसंख्या कम थियो र आज जनसंख्या बढ्दै गएको अवस्था छ । विज्ञहरुको आंकलन अनुसार यति धेरै जमीनको खण्डीकरण हुँदा पनि ३ करोड जनसंख्या पुगेपनि, ६ करोड जनसंख्यालाई पुग्ने कृषि गर्ने जमीन रहेको अनुमान गरिएको छ । हिजो जनसंख्या कम हुँदा समस्या पनि कम थियो । अब भविष्यमा नेपालमा मात्र होइन विश्वमा नै कृषि उत्पादनमा ठूलै समस्या आउने स्थिति छ ।
नेपालको सरकारले काम नगरेको होइन । दिगो कृषि उत्पादनलाई ध्यान दिन नसकेको पक्कै हो । यसमा सरकारको कमजोरी छ । यसका विभिन्न कारणहरु छन् । पहिलो कारण भनेको नेपालको शिक्षा प्रणाली हो । नेपालको शिक्षा प्रणालीको कारण कृषि शिक्षा समेत प्रभावित बन्यो । जसको कारण नेपालको कृषि शिक्षा अनुपात्दक बन्यो ।
हामीले अरुलाई दोष दिएर, गाली गरेर हाम्रो समस्या समाधान हुन्न । पहिलो जड हामी नै हौं भनेर समीक्षा गर्न जरुरी छ । शिक्षाको मोडलहरु परिवर्तन गरेर मात्र देशको विकास हुँदैन भन्ने कुरा हामीले नजानेको होइन । तर अरु देशको विकासको धङ्धङ्गीले नेपालको शिक्षाका ठूला–ठूला गुरुहरु समेत चुक्न पुग्यो । वा त्यो कुरा बुझेर पनि बुझ पचाए ।
कारण अहिले नेपालले कृषिमा ठूलो समस्या भोगीरहनु परेको छ । नेपालको सन्दर्भमा अत्यन्त पूरानो समस्या हल गर्न राज्यले सकेको छैन । त्यो एक मात्र प्रमुख समस्या हो कृषि, राज्यले यति धेरै शिक्षामा लगानी गरेको छ । त्यसको कुनै आँकडा छैन । शिक्षाले गुणस्तरता कायम गर्न सकेको छैन । समग्रमा शिक्षा प्रणालीमा नै दोषी छ ।
राज्यमा समस्या आउँदा राजनीतिक प्रणाली प्रधान देखिएपनि शिक्षा प्रणाली नै दोषी हुन्छ ।
कृषिमा देखिएको समस्या समाधान त्यतिधेरै ठूलो कुरा गरिरहनु पर्दैन । किसान संघ–संगठनहरुले उठाएका किसानका मुद्दाहरु सम्वोधन गर्नसक्यो भनि पनि आधाभन्दा बढी देशको उत्पादनको आन्तरिक समस्या समाधान हुन्छ ।
कृषि उत्पादनको बाह्य समस्याले हामीलाई सँधै चिन्तित बनाईरहेको हुन्छ । त्यो बाह्य समस्या हो । यसको हल खोजिनु पर्छ । भौगौलिक अवस्था अनुसार कृषिमा आधुनिक प्रविधिमा जोड दिँदै मल खरीद बिक्रीको सट्टा अनिवार्य पशुपालन गर्न सुझाव दिनुपर्छ । देशमै बसेर कृषि गर्नुसक्ने व्यवस्थाको सिर्जना गरी कृषिको कार्यक्रमलाई पुन समीक्षा वा परिवर्तनको गर्न जरुरी छ । स्थानीय तहमा कृषिलाई बलियो बनाउने हो भने कृषिका धेरै समस्या स्थानीय स्तरमा नै समाधान हुनसक्छ ।
काठमाडौं उपत्यकामा मात्र होइन शहरीकरण भइसकेका नेपालको प्रत्येक प्रदेशहरुमा फलफूल तथा तरकारीको अत्यधिक आवश्यकता छ । बजारलाई राज्यले नियन्त्रण गर्न नसक्दा न त किसानले राहत पाएको छ न त उपभोक्ताले सर्वसुलभ मूल्य उपभोग गर्न पाएका छन् ।
गत हप्ता मात्र नेपालमा फलफूल तथा तरकारीको समर्थन मूल्य तोकी खरीद सुनिश्चितता गर्न सरोकारवालाहरुले सरकारसँग माग गरेका छन् । गत हप्ता मात्र चितवनका तरकारी उत्पादक किसानहरु आफूले उत्पादन गरेका तरकारी सडकमा फ्याँकेर गरेको विरोधपछि नेपालका किसान महासंघ लगायत किसान संघ–संस्थाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै सरकारसँग उत्पादित तरकारीको उचित बजारीकरणका लागि माग गरेका छन् ।
नेपाली किसान बारम्बार अनेक खालका समस्याबाट पीडित हुँदै आएका छन् । खेतीको समयमा मल, बिउ नपाउने, उत्पादनका लागि चाहिने सिँचाई, सहुलियत दरको कर्जा, बीमा, प्रविधि र प्राविधिक सेवा नपाउने, उत्पादन बजार र मूल्यसमेत नपाउने जस्ता समस्याबाट थलिएका किसान पटक–पटक खेतबारीदेखि सडकसम्म विभिन्न प्रकारका आन्दोलन गर्नु परेको हामीले देखेका छौं । सरकारी निकायहरुबाट किसानका समस्याप्रति गम्भीर भै समाधान दिनेभन्दा पनि आलटाल गरेर पन्छिने प्रवृति देखिदैं आएको आरोप किसान र कृषि व्यवसायीहरुको छ ।
बर्डफ्लुका कारण पन्छीपालक किसानले ठूलो क्षति व्यहोर्नुपरेको, वेमौसमी वर्षाले पारेको क्षतिको किसानले अहिलेसम्म राहत पाउन नसकेको, विमित किसान बीमाको समयमै भुक्तानी नपाएको अवस्था छन् ।
विभिन्न प्रयोजनका लागि प्रदान गर्ने गरिएको अनुदान लक्षित समुदायसम्म नपुगेको गुनासो छँदैछ । यी कारणहरुले किसानले कतिसमयसम्म सहने ? किसान सहन नसक्ने अवस्थामा पुगेको देखिन्छ । जसको परिणाम चितवनका तरकारी किसानले विद्रोह स्वरुप आफ्नो उत्पादन नष्ट गरेका हुन् ।
तरकारी तथा पशुजन्य उत्पादनलाई सरकारी निकायबाट संरक्षण प्राप्त नभएको र भारतीय बजारबाट तरकारी तथा कृषिजन्य वस्तुको आयात नरोकेको कारण पनि नेपालका किसानहरु विगत देखि समस्यामा पिल्सिदै आएका छन् । यदि देशको आन्तरिक उत्पादन बढाउने हो भने नेपालको समग्र शिक्षालाई पुनः समीक्षा गरी नयाँ कार्यक्रमहरु ल्याउन जरुरी छ ।