विश्व खाद्य दिवस २०२३ भाव्यताका साथ सम्पन्न
धनबहादुर मगर
‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षार्थ आधारस्तम्भ’ मूल नाराका साथ नेपालमा विश्व खाद्य दिवस सम्पन्न भएको छ ।
काठमाडौं जेठ २५ खाद्य तथा गुण नियन्त्रण विभाग, काठमाडौं महानगरपालिका, संयुक्त राष्ट्र संघ विश्व खाद्य संगठन, विश्व स्वास्थ्य संगठन, नेपाल खाद्य प्राविधिक वैज्ञानिक संघ लगायत संस्थाहरुको संयुक्त सहकार्यमा विश्व खाद्य दिवस २०२३ काठमाडौंको सभागृहमा भाव्यताका साथ सम्पन्न भएको छ ।
विश्व खाद्य दिवसको अवसरमा बोल्दै प्रमुख अतिथि डा.वेदुराम भुसालले नेपाल सरकारले खाद्य सम्प्रभुत्ता ऐन बनाईसके पछि नियमावाली बनाउने क्रममा संसदमा अगाडि बढाएको बताउँनु भयो । भुसालले नेपाल सरकारले खाद्य र कृषि उत्पादनलाई उच्च प्राथमिकतामा राखेको बताउँदै कोही पनि भोकै रहनु नपरोस् भन्ने सरकारको धारणा रहेको बताउनु भयो ।
नेपालको कृषि क्षेत्र, जनताको अवस्था खाद्य सुरक्षा, नीति नियमहरु, उत्पादन, बजारीकरण, उपभोक्ता र सम्बन्धित निकायको सफलताको कामना गर्दै, अगाडि बढ्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्व खाद्य दिवसका अवसरमा शुभकामना पठाएका थिए ।
उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले ऐनको अभावमा खाद्य तथा गुण नियन्त्रण विभाग टुहुरो जस्तो भएको बताउँदै ठीक बेठीक छुट्याउन सरकारलाई आग्रह गर्नु भएको छ । कहिलेसम्म साथ रहने ? खाद्यमा वजेट छ । ऐन नभएको कारण के गर्ने, के नगर्ने भइरहेको छ ।
उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भारतबाट कवाडीको रुपमा भित्रिएको चामल खाइरहेको बताउँदै नेपाल सरकारले विषादीको नियन्त्रण गर्न नसकेको बताए । महर्जनले भन्नुभयो विभागलाई खाद्य वस्तु जताबाट आएपनि स्वतन्त्र रुपमा कामगर्न दिदैन । औषधी लगायत वस्तुहरु आयत गरेर खाइरहेको छौं । अहिले आलु भुटान, धनियाँ अष्ट्रेलियाबाट मगाएर खाइरहेका छौं ?
नेपाल खाद्य वैज्ञानिक प्राविधिक संघ (नेफोष्टा)का अध्यक्ष अतुल उपाध्यक्षले खाद्यको विषयमा जनतामा लिएर जाऔं भन्दै आएको छौं । प्रशोधित खाद्य पदार्थ मिति नाघेर फुड लस भएका छन् । जुन ठाउँमा खाद्य स्वच्छता बनाई दिने हो त्यो हुन सकिरहेको छैन ।
खाद्य तथा गुण नियन्त्रण विभागका पूर्व महानिर्देशक जीवनप्रभा लामाले महानगरपालिकाले विभागसँग सहकार्य गर्दै जाने बताउँदै खाद्य दिवस विगत १५ वर्षदेखि मनाउँदै आएका छौं । उहाँले स्वास्थ्य क्षेत्रमा धेरै पैसा खर्च भएका छन् । स्वच्छ खाद्यान्न खाएर रोग नै नलाग्ने गरि शुद्ध खान सके स्वास्थ्यका धेरै समस्याहरु समाधान हुने बताउनु भयो ।
लामाले महानगरपालिकाले पाइलटिङ्ग परियोजनाको रुपमा कामगर्न गईरहेका बताउँदै ३२ वटै वडाका जनप्रतिनिधीहरुसम्म छलफल गरेका छौं । खानाको गुणस्तर वृद्धि गर्छौं । विजनेश वृद्धि गर्छौं, अनुगमन होइन तालिम दिन्छौं । यस कार्यक्रम प्रति अन्य नगरपालिकाहरुले पनि चाँसो राखेको बताउनु भयो ।
खाद्य स्वच्छता सम्बन्धी कार्यक्रम ५ वटा पिलर महाशाखाको रुपमा स्थापना भएको छ । खाद्य पदार्थलाई डिभिजनको रुपमा स्थापना गर्ने छौं । वधशालाको व्यवस्थापन, खाद्य स्वच्छता विषयक विद्यालयको पाठ्यक्रममा समावेश गर्ने सोँच बनाएका छौं ।
विश्व खाद्य संगठनका नेपाल र भुटानका प्रतिनिधी केन शिमिजुले विश्वका ६ करोड बालबालिकाहरु कुपोषणको शिकार भइरहेको अवस्थामा यस प्रकारको कार्यक्रमहरुले कुपोषण घटाउन सहयोग पु¥याउने बताउनु भयो । खाद्य सुरक्षा विना हामी बाँच्न सक्दैनौ र सचेत उपभोक्ताहरुको सहकार्य र समन्वय खाँचो भएको बताउनु भयो ।
कृषि विकास मन्त्रालयका पशुपन्छी तर्फका सचिव दिपक खरालले नेपालको उपल्लो तहमा खाद्य स्वच्छता पूरा गर्न ४ वटा माप दण्डहरु पूरा गर्नु पर्ने बताउनु भयो । १ खाद्य अधिकार, २ विश्वव्यापी समान कामका लागि समान ज्याला, ३, खाद्य सुरक्षाको सहज वातावरण, ४. खाद्य स्वच्छतामा सहज रुपमा उपभोक्ताको पहुँच हुनुपर्ने, ५, खाद्य संयन्त्रमा संलग्न हुनु भएका किसानहरुले गरिएको लगनशिलताको कदर गर्नुपर्ने बताउनु भयो । खाद्य विभागलाई परिमार्जन गर्न जरुरी भएको बताउनु भयो । खाद्य तथा गुण नियन्त्रण विभाग नाफामूखी भन्दा कार्यमूखी हुनु पर्ने बताए । खाद्य सुरक्षा ऐन आएपनि नियम आएन । धान्न सक्छन् कि सक्दैनन् भन्ने कुरा छ । एकीकृत कृषि ऐनको अभाव छ । वजेट पछि कृषि विभागसँग समन्वय गरि खाद्य तथा गुण नियन्त्रण विभागलाई प्रभावकारी बनाउन आग्रह गर्दछु ।
कृषि विकास मन्त्रालय कृषि तर्फका सचिव डा.गोविन्द शर्माले हामीले जे कुरा खाएका छौं सबै व्यवहार शास्त्रमा पनि त्यही रहेको बताए । विगतमा सबैको घरमा अन्नबाली उत्पादन गथ्र्यौं । आज उपभोक्ताहरु पनि विभिन्न किसिमका भयौं । होटल रेष्टुरेन्टको लागि तरकारी कहाँबाट उत्पादन हुन्छ ? शुरुवात कहाँबाट हुन्छ भन्ने कुरा गर्नु पर्दछ । उत्पादन र प्रशोधनमा ध्यान दिएपछि बजारीकरण गर्दा राम्रो हुन्छ । सड्डे आलुको ठाउँमा बिग्रेको आलु प¥यो भने अरु पनि कुहिन्छ । कानूनी रुपमा प्रवेश भएर खाने कुरालाई स्वच्छ बनाउनु पर्छ । हामीले विगत १५ वर्षदेखि खाद्य दिवसा मनाउँदै आएका छौं । कृषि क्षेत्र जहाँ हे¥यो त्यही संवेदनशील छ । ऐन बनाएर धेरै समस्याको समाधान गर्न सक्छौं । सबैले सबैलाई योगदान गरौं । प्राथमिक रुपमा स्ट्याण्डर्ड बनाएर सम्बन्धित निकायमा पठाऔं ।
भन्सारमा प्रवेश गर्ने खाद्य वस्तुहरु मासु, दुध र तरकारीमा कडाईमा केन्द्रीत गर्ने भनेका छौं । खाद्य स्वच्छता विधेयक क्याविनेटमा गएको छ ।
विभागको उप–महानिर्देशक शैलेस कुमार झाले अस्वस्थ खाना खाएको कारण विश्वमा १६ लाख मानिसहरु अस्वास्थ रहेको बताउनु भयो । अस्वस्थ खानाको कारण नेपालमा पनि वर्षेनी ३४० बच्चाको मृत्यु हुने गरेको, र खाद्यबाट बनेका २०० भन्दा बढी परिकारहरु बजारमा उपलब्धता रहेको पनि बताउनु भयो । स्वच्छ खाना आवश्यक पर्ने रहेछ । उत्पादनको शुरुवात देखिनै स्वच्छ उत्पादन बनाउने पर्नेछ । खाद्य स्वच्छता विना स्वास्थ्यको सुरक्षा नहुने बताउनु भयो ।
विश्व स्वास्थ्य संगठनका नेपाल निर्देशक डा.राजेश सिहं पाण्डवरावले खाद्य असुरक्षाको कारण धेरै मानिसहरुको अकालमा ज्यान जाने गरेको बताउनु भयो । स्वास्थ्यमा समस्या आउनु खाने कुरामा नै ध्यान नदिनु हो । स्वच्छ खाद्य वस्तु खान पाउने नागरिकको नैसर्गिक अधिकार भएकाले सम्बन्धित निकायले अनुगमन गरि भुमिका निभाउनु पर्ने बताउनु भयो ।
काठमाडौं महानगरपालिका कार्याकारी प्रमुख वसन्त अधिकारीले महानगरपालिकाले खाद्य सुरक्षा र खाद्य स्वच्छताको लागि परियोजनाको रुपमा कार्यक्रम बनाई महानगर वासीहरुमा पु¥याउने बताउनु भयो । विभागसँग मिलोर काम गर्नु पाउँदा महानगरलाई अझ सहज बन्ने पनि उहाँको भनाई थियो ।