कृषि विकासमा सञ्चारको भूमिका
यहाँ कृषि व्यवसायले दिन प्रतिदिन औद्यौगिक रुप लिदै आएको छ । काठमाडौं उपत्यका लगायत देशको विभिन्न भागमा कृषि उत्पादनले व्यवसायिक रुप लिदै गएको छ । आधुनिक कृषि उद्योगहरु पनि दिन प्रतिदिन बढ्दै गएको छ । विश्वमा भएको नयाँ–नयाँ कृषि प्रविधिको विकाससँगसँगै नेपाल पनि त्यसबाट टाढा रहन सक्दैन । कृषिमा आएका नयाँ–नयाँ औजारका बारेमा कृषकहरुले यथेष्ट सूचना पाउन अझै पनि सकिरहेका छैंन । ग्रामीण क्षेत्रमा पनि कृषि प्रविधि मैत्री बन्दै गएको छ । नेपाली कृषि व्यवसाय हदसम्म परम्परागत शैलीमा अडिरहेको छ । अवस्थामा गाउँगाउमा किसानहरुले प्रविधिको प्रयोग गर्न थालेको देखिन्छ ।
हाम्रो देशको कृषि, पछि वन, सिँचाई पनि एक महत्वपूण एकाई मानिन्छ । कृषिबाट मानिसले आफूलाई खाना जुटाउछ । वनबाट मानिसलाई चाहिने आवश्यक वस्तुहरु प्राप्त मात्र गर्दैन वनले वातावरण स्वच्छराख्न सहयोग पु¥याउँछ ।
आजको यस वस्तुगत आवश्यकतालाई परिपूर्ति गर्न कृषिमा आधुनिकीकरण अपरिहार्य छ । यस क्षेत्रमा जनचेतना जगाउने उद्देश्यले कृषि सूचनासँग सम्बन्धित प्रकाशनहरु प्रकाशन ल्याईरहेका छन् ।
त्यतिमात्र होइन कृषि अहिले सूचनामैत्री बन्न खोजिरहेको छ । सबैको हातहातमा मोवाइल पुगको अवस्था छ । मोवाइल प्रविधिको माध्यमबाट आम जनसमुदायले मात्र होइन कृषकहरुले आफ्नो उत्पादनलाई ठीक समयमा लगाउने र ठीक समयमा बजारको खोजी गर्ने अवसर पनि सूचना र प्रविधिले जुटाईदिइएको छ ।
दीर्घकालीन रुपमा कृषि क्रान्तिको लागि एउटा उर्जा दिन सकोस् र प्रत्येक नेपालीहरुले अन्नविना भोको रहन नपरोस् भन्ने हाम्रो उद्देश्य हुन्छ । त्यसकारण पनि पाठकहरुमाझ, कृषि कर्म गर्ने किसानहरूको माझ कृषि सञ्चारलाई कसरी अगाडि बढाउने ?
कृषि सम्बन्धी सूचना र सञ्चारलाई प्राथमिकता दिने संघ–संस्थाहरूको योगदान कसरी अगाडि बढाउने र उनीहरुलाई कसरी सहयोग पु¥याउने भन्ने कुरा, व्यवसायिक कृषकहरुको सूचना कसरी अगाडि लैजाने र आम जनमानसमा आफ्नो पहुँच कसरी पु¥याउने भन्ने कुरा महत्वपूर्ण छ ।
केही समयदेखि नेपालको कृषि क्षेत्रमा सूचना प्रवाह गर्न कृषि सम्बन्धी अनलाइनहरु पनि आफ्नो संस्करणलाई अगाडि बढाईरहेको छ । टेलिभिजन कार्यक्रमहरु पनि अगाडि आइरहेको छ भने मूल प्रवाहका सञ्चार माध्यमहरुले पनि कृषि सञ्चारलाई प्राथमिकता दिएर आफ्नो प्रशारण अगाडि बढाईरहेको अवस्था छ ।
कृषिमा सूचनाको पहुँच बढ्नु देशको लागि सकारात्मक विषय हो । सम्पूर्ण पाठक, स्रोता र सम्बन्धित निकायहरु कृषि क्षेत्रको विकासमा दत्तचित्त भएर लाग्दै आएको छ । तर पनि अझै जिम्मेवारी पूरा नभएको अनुभव भइरहेको छ । कृषिले व्यवसायिक रुपलिन खोजे पनि सोचे जसरी नेपालको कृषि अगाडि बढ्न सकेको छैन । देशको कृषि व्यवसायमा केहीन केही सहयोग पु¥याउन सक्छ भन्ने आशा हामीले लिएका छौं । हाम्रो लक्ष्य भनेको साझा लक्ष्य हुनु पर्छ । यो लक्ष्यलाई आफ्नै लक्ष्य ठानी कृषि व्यवसाय प्रति समर्पित रहेर मुलुकलाई सम्पन्न गराउने उद्देश्यमा सहयोग पु¥याउनु पर्छ । म कृषि प्रति समर्पित व्यक्तित्व भएको नाताले मेरो योगदान यही क्षेत्रमा हुनुपर्छ भन्ने चिन्तन र भावनाको विकासमा एकाकार भएर लान सके मात्र हाम्रो आफ्नो क्षेत्रको विकास अगाडि बढ्न सक्छ ।
वर्तमान परिवेशमा कृषि सम्बन्धी सूचना र सञ्चारको महत्व पनि दिनानु दिन बढ्दै गएको छ । यसका लागि नेपाल सरकार कृषि, भूमि, सिँचाई, वन जस्ता निकायहरु संस्थागत रुपमा स्थापना भएको कृषि सम्बन्धी सरकारी तथा गैह्रसरकारी, सहकारी संघ–संस्थाहरुको विशेष भूमिका रहन्छ । तर, त्यति हुँदाहुँदै पनि पुलको काम गर्ने माध्यम भनेको कृषि सञ्चार नै हो । कृषि सञ्चारको विकासले सरकारको काम कारवाही, कृषकहरुको काम कारवाही, उनीहरुले गरेका क्रियाकलापहरुको योगदानको मूल्याङ्कन आदान प्रदान गर्न सञ्चारको अझ भूमिका महत्वपूर्ण रहने कुरामा कसैको दुईमत हुन सक्दैन ।
दुःखको कुरा नेपालको ८० प्रतिशत भू–भागमा कृषि गरिरहेको भएपनि गुणात्मक रुपमा अझै कृषिले फड्को मार्न सकिरहेको छैन । शहर केन्द्रीत कृषिले नेपालको कृषिमा आत्मनिर्भर बन्न सक्दैन । सघन बालीहरु तरकार र बालीमा मात्र केन्द्रीत हुन नहुने अवस्थाको बारेमा हामीलाई शिक्षा दिएको छ । अबको व्यवसायिक किसान बन्न किसानले मात्र चाहेर हुँदैन । सरकार स्वयम अगाडि सर्नु पर्छ । राज्यले कृषिमा सघन लगानी गर्ने वातावरण नबनाए सम्म नेपालको कृषि फस्टाउन सक्दैन । नेपालको खेर गईरहेको कृषि भूमि सदुपयोग गर्ने वातावरण जबसम्म राज्यले गर्न सक्दैन तबसम्म नेपालको कृषि अगाडि बढ्न सक्दैन । जबजस्ती रुपमा नेपाली कृषि अगाडि बढे पनि किसानले कति दिनसम्म आफूलाई ऋणको जोखिममा पारेर टिक्न सक्छ भन्ने विषय चिन्ताको विषय बन्दै आएको छ । विगतका धेरै व्यवसायिक किसानहरू कृषि पेशा छाडेर अन्य पेशा अंगाल्न पुगेको देखिन्छ । निर्वाहमूखी कृषि पेशालाई आत्मनिर्भर, नाफामूखी बनाउन किसानले अझ सकिरहेको छैन । किसानहरु जीविकोपार्जन सहज होस् भनेर नै कृषि पेशामा संलग्न भएका छन् । तर पनि दिनप्रतिदिन घाटा सहनु परेको अवस्था देखिन्छ ।
त्यसकारण किसानको लगानी नडुब्ने र घाटामा नजाने वातावरण सिर्जना गर्न पहिलो दायित्व सरकारको हो । सञ्चारमाध्यम खाली माध्यम मात्र हो । सञ्चारले कृषि क्षेत्रमा के भइरहेको छ भन्ने सत्यतथ्या कुरा जनमानसमा ल्याउने हो । यसमा सरकार अगाडि र सञ्चार पछिपछि हुनु पर्ने हो तर सञ्चार अघि अघि सरकार पछि पछि भइरहेको अवस्था छ । त्यो अवस्था त्यति सन्तोषजनक होइन । किसानले आफ्नो लगानी यसरी फसिरहेको छ भन्ने कुरा किसानले पनि लुकाउँदै आइरहेको अवस्था छ । भित्री यथार्थ अवस्था किसानले दिइरहेको देखिदैन । सतही रुपमा मात्र अगाडि आइरहेको छ । किसान र सरकार बीचमा समन्वय भइरहेको देखिदैन । त्यसकारण पनि धेरै समस्या किसानले भोग्नु परेको छ । यस बीचमा सरकार र किसानहरू बीचको समन्वय गर्न र किसानहरुको यस्तो अवस्था आउन नदिन सञ्चार क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरुले नेपाली किसानहरुको यथार्थता अगाडि ल्याउन महत्वपूर्ण योगदान पु¥याउनु पर्ने आजको आवश्यकता बनेको छ ।