अन्तर्वार्ता

हामी मल्ल कालदेखि नेपाल आएका हौं ः मिश्र

कागजी रुपमा मात्र उत्पादन भएको छ कि भन्ने शंका लागेको छ । वास्तविक रुपमा उत्पादन बढेको छैन । र यो जल, जमीन र जडीबुटी, जलबाट विद्युत निकाल्ने, जमीनमा कृषि उपज उत्पादन गर्न सक्छौं । जमीनमा जडीबुटी र खाद्यान्न उत्पादन गर्न सक्छौं ।

अनौपचारिक कुराकानीका आधारमा दीपक मिश्र काठमाडौं हनुमानढोका निवासी ८ सय अघिका वासिन्दा हुनुहुन्छ । विगतमा व्यापारिक पृष्ठभूमि भएको व्यक्ति यहाँ आफ्नै लगानी गरेर कृषि कर्म गर्नु भएको छ विगतमा काठमाडौं उपत्यकाको कृषि कस्तो थियो बताई दिनुहोस् ?

हामी मल्ल कालदेखि नेपाल आएका हौं । मल्ल राजाहरुले पाटन-ललितपुर, भक्तपुर र काठमाडौं लगायत मिश्र र झा परिवारलाई दरवार छेउछाउमा राखेको पाइन्छ । बाल्यकालका कृषि अवस्था भन्ने हो भने हाम्रो टोलमा किसानहरुले तरकारी उत्पादन गरेर ल्याउनु हुन्थ्यो । स्थानीय किसानहरूले खर्पनमा ल्याएर बिक्री वितरण गथ्र्यो । अहिले यहाँ कुनै खेतीबारीको अवस्था बाँकी छै सबै घरमा परिणत भएको छ ।

मलको प्रयोग कसरी गर्नुहुन्थ्यो ?

त्यो बेलामा खेती गर्दा रासायनिक मलको प्रयोग कम मात्रामा गरिन्थ्यो । प्राङ्गारिक, जैविक मल उत्पादन गथ्र्यो । त्यो बेलाको उत्पादन स्वादिलो र वास्नादार सबै स्वाथ्यवद्र्धक बनाउँथ्यो । खेती गर्ने किसानका खेतहरु अहिले घरहरुले भरिएको छ । काठमाडौं शहरभित्र कहीँ पनि खेती गर्न सकिदैन ।

यहाँ सँधै कृषि कर्ममा लागि रहनु भएको छ । नेपालको कृषि क्षेत्र के भईरहेको भन्ने बारेमा यहाँले हिजोको कृषिको विषयमा चित्रण गरिदिनु भयो । यहाँले आफ्नै लगानीमा कृषि कर्म पनि गरिरहनु भएको छ ? अझै विस्तृत रुपमा भन्नु पर्ने विषय राखिदिनुहोस ?

नेपाल कृषि प्रधान देश हो । विगतमा ९३ प्रतिशत जनसंख्या कृषिमा आश्रित थिए । अहिले कृषि होइन कुर्ची प्रधान देश भएको छ । वास्तविक कृषि क्षेत्र के हो भन्ने कुर्चीमा बस्ने मानिसहरुलाई थाहा छैन । कहाँ कृषि गर्ने भन्ने थाहा छैन । हामी सानो छँदा नेपालबाट धान चामल निर्यात हुन्थ्यो । धानचामल कम्पनीले २०३५÷३६ ताका बंगलादेशमा मुसुरोको दाल निर्यात गथ्र्यो । भारतमा धान निर्यात हुन्थ्यो । अहिले कृषि कमजोर हुँदै गएकाले नेपालले वर्षेनी ७५ अर्बको चामल आयत गर्नु पर्ने अवस्थामा बनेको छ । सरकारी आंकडा हेर्ने हो भने वर्षेनी १६ लाख नेपाली बाहिर गईरहेका छन् । चामलको आयत त कम हुनुपर्ने हो, झन् बढ्दै गईरहेको छ । खाने मान्छे बाहिर गईराखेको छ । विदेशी नेपालमा आएको छैन । चामल किन आयत बढी भईराखेको छ बुझ्न सक्ने अवस्था छैन ?
कागजी रुपमा मात्र उत्पादन भएको छ कि भन्ने शंका लागेको छ । वास्तविक रुपमा उत्पादन बढेको छैन । र यो जल, जमीन र जडीबुटी, जलबाट विद्युत निकाल्ने, जमीनमा कृषि उपज उत्पादन गर्न सक्छौं । जमीनमा जडीबुटी र खाद्यान्न उत्पादन गर्न सक्छौं ।
कृषि नभई हुँदैन कृषि भविष्यमा कृषि क्रान्ति विना देश विकास हुने सम्भव छैन । चीनमा माओत्सेतुङको नेतृत्वमा कृषि क्रान्ति गरेर चीन बनेको हो । हाम्रो मौलिक उत्पादन हामीसँग केही पनि छैन । हामीले चिनबाट ल्याएका हाइव्रिड लसुन खान्छौं । हामीले उत्पादन गरेको अदुवा भारत जान गाह्रो हुन्छ । कृषिको भविष्य नेपालमा नभएको होइन । कृषि गरेर बिहान, बेलुका, दिउसो खाने उत्पादन हामीले खान्छौं ।
म कृषिको परिभाषा गर्न चाहान्छु, कृषि भनेको समय हो । समय अनुसार चल्न सकेन भने कृषि हुँदैन मंसीरमा धान रोपेर धान उत्पादन हुँदैन धान रोप्नु छ भने असारमै रोप्नु पर्छ । कृषिको भविष्य बनाउन सरकारले ध्यान दिनु पर्छ । जल, जमीन, जंगल, जल नेपालको लागि नभई नहुने विषय हो ।

भविष्यमा नेपालको कृषिको चित्रण कस्तो पाउनु भएको छ ? उज्ज्वल छ कि अझै यो भन्दा बढी पछि पर्छाैं जस्तो लाग्छ ? नेपालको कृषि सुधार गर्न के गर्नु पर्छ ?

नेपालको कृषिलाई सुधार गर्न साना सानो बाँझो रहेको जमीनलाई उत्पादनमा जोड्नु पर्छ । सरकारी जमीनहरुलाई व्यवस्थित गरेर के उत्पादन हुन्छ त्यसमा ध्यान दिनु पर्छ । जडीबुटी लगाउने हो कि कृषि उत्पादनमा जोडदिने हो । किसानलाई प्रोत्साहन दिन के गर्ने ? गाउँघरमा भएको जमीनलाई के गर्ने ? चक्लावन्दी गर्ने, हदवन्दी होइन, यो क्षेत्रमा यो उत्पादन गर्ने । अनुसन्धान गरेर यो महिनामा यो बाली फलाउन सकिन्छ भनेर खोजी गर्ने । पकेट उत्पादन गरेर यसको बजारको ठाउँ खोज्न किसानहरुलाई सहयोग पु¥याउने ।
एक साल राम्रो गोलभेडा फलेर बिक्री भएको देखेपछि सबै गोलभेडा खेतीमा लाग्ने प्रवृत्तिलाई निरुत्साही गर्ने । राम्रो भएको देखेर सबै किसानले गोलभेडा लगाउँछन् नेपालको गोलभेडा बिक्री नहुँदा पनि विचौलियाहरुले भारतबाट गोलभेडा लिएर आउँछन् । त्यो गोलभेडा चितवनमा लगेर फाल्नु पर्ने अवस्था आउँछ । तीन महिना लगाएर किसानले एककिलो गोलभेडाको मोल २० रुपैयाँ पाउँछ भने ३ घण्टा दुःख नगरी विचौलियाले ५० रुपैया कमाउँछन् यो भनेको सही कुरा होइनन् ?

दोस्रो सरकारले न्यून्तम् मूल्य निर्धारण गर्नु पर्छ । अहिले पनि धानको न्यून्तम् मूल्य निर्धारण गरेको छैन । उखुको मूल्य निर्धारण गरेका छ । कृषि सामाग्री कम्पनीले किनी दिदैन । उखुमा त्यस्तै छ पैसा दिदैन पैसा नदिएपछि उखु किन लगाउने ?

म सर्लाही जिल्लामा घुमेर आएको थिएँ । उखु लगाएको छैन । बिक्री हुँदैन किसानले रोपेर बेचेर आएको पैसाले छोराछारी पढाउने, विवाह व्रतवन्ध गर्ने आफ्नो गुजारा चलाउनको लागि काम गर्ने हो । र व्यवसायिक कृषि निर्वाहमूखी कृषि फरक हन्छ । पहिले व्यवसायिक कृषि गर्ने कृषकलाई सरकारले सेवा सुविधा सम्पन्न बनाई दिनु प¥यो । र निर्वाहमुखी कृषि भनेको हातमुख जोर्ने मात्र हो । हामीले व्यवसायिक कृषि गर्दा उत्पादन परिणाम र गुणस्तरीय दिन सक्छौं । अहिले विधि प्रविधि धेरै माथि छ । अहिलेको जमानामा रुढीवादी भएर काम गनु हुँदैन । नयाँ विधी प्रविधि अनुसार कामगर्दै जानु पर्छ । कृषिको भविष्य धेरै राम्रो छ । कृषिको भविष्य नहुनु भने हामी अन्धकारमा जानु हो । कृषि भनेको बिहान बेलुकी दिउँसो खानको लागि उत्पादन गर्ने वस्तु हो । जमीन बढ्ने होइन झन् झनै घट्दै गएको छ । घरहरु बन्दै गएका छन् । भएको जमीनलाई सदुपयोग गरेर उत्पादन बढाउँदै परनिर्भर नभईञ्जेल आत्मनिर्भर बन्न नसकुञ्जेल देश माथि उठ्न सक्दैन । कतिदिन रेमिटेन्सबाट आएको पैसाले कतिदिन चामल आयत गरेर खाने हो ?

हाम्रा दाजुभाईहरू विदेशमा गएर बसेका छन् । उनीहरुले पठाएको रेमिटेन्सले हामीले चामल किनेर खाइरहेको छौं । त्यसकारण भारतबाट आएको चामल हामीले डलरमा हामीले, भारुमा होइन । त्यसकारण सरकारले पहिलो प्राथमिकता कृषि उत्पादनलाई दिनुपर्छ । अहिलेको जल्दो बल्दो विषय भनेको पहँुच बाहिरको उत्पादन पनि हो । नेपालका किसानहरूले मूल्य पाएन भनिरहेको बेला बाहिरका कृषि वस्तुहरु आयत गरेर नेपाली बजार कब्जा गरिदिन्छ । यसका लागि नेपाल सरकारले के गर्नु पर्छ ? पहिलो काम नेपाल सरकारले कृषिमा उत्पादन वृद्धि गर्नुपर्छ । समर्थन मूल्य तोकिदिए पक्कै पनि बाहिरबाट सामान आउँदैन । थुपैै कृषि सहकारीहरु छन् त्यस मार्फत खरीद गरेर बेच्ने ठाउँ बनाउनु पर्छ । मानिलिउँ कालीमाटी तरकारी बजार कस्को लागि हो ? किसानको लागि हो किसानले तरकारी त्यहाँ ल्याएर बेच्न पाउँदैन, जबकी त्यसको भाडा तिरेर विचौलिया लिईराखेको छ । तराईमा ४ रुपैयाँ किलोमा फर्सीको भाउ नपाउँदा फालेको अवस्था छ । तर, त्यो त्यही फर्सी काठमाडौंको विचौलियाको समर्थन मूल्य ६० रुपैयाँ हुन्छ । उपभोक्ताकहाँ आईपुग्दा मूल्य ५६ रुपैयाँको फरक भयो । मैले पनि आफै गोलभेडा खेती गर्दा ३३५ रुपैयाँ प्रति क्रेट दिनुप¥यो । त्यही गोलभेडा २६८० रुपैयाँ बजार मूल्य हुन आउँछ । २६ सय रुपैयाँमा त्यही आएर गोलभेडा लिएर गएका थिए । त्यसबेला भारतबाट गोलभेडा कम आएका थिए । अनि २६०० सयमा गोलभेडा लगे । त्यसलाई देखेर सबै किसानहरू खुशी भएर ओहो रामेले त २६०० सयमा गोलभेडा बेच्यो । सबै किसानले गोलभेडा लगाए अनि त्यही सिजनमा भारतबाट सामान मगाई दियो । विचौलियाले गोलभेडा लगेन । तैपनि डडुवाबाट मात्रै ७ करोडको गोलभेडा निर्यात भएको थियो ४ महिनाको अन्तरालमा ।

देशको लागि कृषि पेशाले महत्वपूर्ण योगदान दिएको छ । राज्यले त्यसलाई व्यवस्थापन गर्न नसक्दा अहिले पनि उभो लाग्न नसकेको अवस्था हो । अब यहाँले भनि सक्नु भएको छ समस्या राज्यको कारण पनि निम्तिएको छ भनि सक्नु भएको छ र राज्यले ठोस् ठोस् रुपमा के गर्दा कृषि माथि पुग्छौं । यहाँको विचारमा के लाई बढी केन्द्रीत गर्नु हुन्छ ?

सरकारले प्रादेशिक सरकार निर्माण गरेको छ । जसमा ७५३ वटै सिंहदरवार स्थानीय निकाय बनेको छ । ७५३ वटा स्थानीय निकाय सिंहदरवार बने पनि सञ्चालन गर्न सकेको छैन । कतिपय सिंहदरबारमा बस्ने हाकीमहरुलाई कृषि कसरी गर्ने भन्ने विषय नै थाहा छैन ।
मेरै उदाहरण दिउँ मेरो वडामा दर्ता गरिदिनु प¥यो भन्दा हामीले दर्ता गर्ने होइन भन्यो । मेरो फर्म भएको जग्गा छ । दर्ता गरिदिनु भन्दा यो यहाँ गर्ने होइन, नगरपालिकाले गर्छ । अझैसम्म गरेको छैन । किसान सहभागीता बढाउन वास्तविक किसानकहाँ पुग्न पर्छ । कागजी किसानलाई सरकारले च्याप्नु भएन कृषि विज्ञ मात्र होइन कृषिमा अनुभव प्राप्त मान्छेलाई पनि ल्याएर टिममा राख्नु पर्छ । किसान कसरी हुन्छ । किसानले के गर्नु पर्छ । किसानको पीरमर्का के हो ? किसानलाई के गर्दा माथि उठाउन सकिन्छ । कृषि पेशाबाट जग्गा बाँझो छोडेर किन विदेश पलायन हुँदैछ । बैकमा जग्गा धितो राखेर किसान विदेशिदैछन् भन्ने कुरा हेक्का गर्नुपर्छ ।

यहाँ कृषि उद्यमी हुनुहुन्छ धेरै किसानहरुले हामी कृषि गर्छौं, भनिरहेको अवस्था छ । कृषिका लागि विभिन्न संस्थाहरूबाट ऋण पाउने सक्ने अवस्था छैन । किसानहरूलाई बैंकहरूबाट व्यवसाय गर्न ऋणमा किन प्राथमिकता दिदैन, अनि यहाँले चाहीँ कृषि गर्ने ऋण पाउनु भएको छ ?

प्रवाह भएको ऋणमा १५ प्रतिशत कृषिका लागि लगानी गर्नु पर्छ भनेर निर्देशिका बनाएको छ । त्यो स्वागतयोग्य र सह्रानीय छ । त्यसमा कसैको कुनै दुविधा छैन । राष्टू बैंकबाट नीति निर्धारण गरेको छ । र बैंक तथा वित्तीय संस्थाहरुले कृषिमा लगानी नगरेको कारण के हो भने, कृषिमा लगानी गरेपनि उच्च सम्भान्त र घरानीयहरूमा लगानी गरेको छ । वास्तविक फाटेको टोपी लगाउने किसान जसले कृषि गर्छ, कागजातहरु मिलाउन जान्दैन । किसानले बनाउन सक्दैन । ७ वर्ष प्रस्ताव व्यालेन्सिट समेत बनाउन सक्दैन र बैंकले कृषिमा लगानी गर्न काठमाडौंको जग्गा धितो खोज्छ ।
कृषिमा लगानी गर्न त्यहाँ कुलो छ कि छैन सिँचाईको व्यवस्था छ कि छैन, बाटो घाटो छ कि छैन उत्पादन भएको वस्तु बाटासम्म त ल्याउनु पर्छ । वास्तविक किसानले आजसम्म ऋण लिएको छैन । राष्ट्र बैंकको नीति अनुसार ऋण सम्भ्रान्त कागजी, दर्ता गरेको किसानले सदुपयोग गरिराखेको छ । त्यो पैसा लगेर अन्यत्र प्रयोग गरिराखेको छ । घरेडीमा, हाउजिङमा, सहकारीमा लगानी गरिरहेको छ । अनि उसले व्याज पनि तिरीदिन्छ । शुरुमै लगानी गर्नासाथ व्याज तिर भन्छ । एउटा बोट धनीयाँ उत्पादन हुन ४५÷५० दिन लाग्छ । ३ महिनामा उसले कहाँ बजारमा लगेर बेच्ने एउटा भैसी पाल्यो भने दूध दुहन हुनका लागि १ वर्ष लाग्छ । ३ महिनामा कहाँबाट व्याज तिर्ने ? विविध कठिनाई पर्छ ।
बैंक पनि नाफा कमाउन बसेको संस्था हो । त्यसलाई ऋण दिँदा फिर्ता आउँदैन । त्यसैले विभिनन शर्तहरु राखिएको हुन्छ । किसानलाई ऋण दिदैन । मैले पनि ३÷४ पटक बैंकमा ऋणको लागि धाएँ । मैले आजसम्म कुनै पनि बैंकको ऋण पाएको छैन । मैले १२५ रोपनी जमीन किनेर अर्गानिक कृषि गरिरहेको छु । अहिले गाडी किन्न जाउँ बैंकले तुरुन्त पैसा दिन्छ । त्यसपछि । उसको नाममा हुँदैन । भैसी किन्न ऋण देउ भन्दा के तिर्न सकेन भने भंैसी ल्याउँ भनेर भनिन्छ । बाख्रापालनलाई ऋण देउ भनेको छ । पैसा दिएन भने के हामीले बाख्रा बाँध्ने हो भन्छन बैंकका मानिसहरूले । व्यवसायिक खेती गर्नको लागि ५÷१० करोड कषि ऋण चाहिन्छ । निर्वाहमूखी कृषि गर्ने हो भने २ लाख रुपैयाँ भएपनि पुग्छ ।

यहाँ काठमाडौं बासिन्दा हेर्दाहेर्दै काठमाडौं उपत्यकाको खेतीयोग्य जमीन मासिसकेको दृष्यको अवस्था यहाँले देखिसक्नु भएको छ । किन मासियो होला भन्ने विचार आयो कि आएन यहाँलाई ?

भित्रैदेखि मन रुन्छ । हामी दुई मिनेट हिड्दा खेरी ताजा तरकारी किन्न पाउँथ्यौं । खेतबारी हरियाली हुन्थ्यो । हावापानी सफा थियो । विष्णुमती बागमतीमा नुहाउथ्यौं, पौडी खेल्थ्यौं । सिंहदरवार अगाडि सबै तरकारी बारी थियो । भद्रकाली, विजुलीबजार, मैतीदेवी अनामनगरसम्म सबै तरकारी बारी थियो अहिले कुनै जमीन बाँकी छैन । चराचरुङ्गी चिरविराउँथ्यो, खेतहरुमा हरियाली बाली र लहैलह बालीहरु फल्थ्यो । हेर्दाहेर्दै खेतहरु २÷३ आना गर्दा–गर्दै सकिएको देख्दा भित्रैदेखि आत्मरुन्छ । छोरानातीको पालामा के हुन्छ, आकाश पनि किन्न पर्ने हुन्छ ।
संसारमा खेतीयोग्य जमीन मास्नु हुन्न, खेती गरेर खानु पर्छ । बाली उत्पादन गरेर खानु पर्छ । काठमाडौं उपत्यकाको यति धेरै राम्रो जमीन पूरै घरैघरले ढाकिएको छ । विगतका सरकारले यस्तो सोँच बनाएन ?
पहिलेको सरकारसँग त्यो सोँच थियो । तरकारी रोप्न मनोहरा पारी एरिया छुट्याएको थियो । त्यस ठाउँमा घर बनाउने जान दिएको थिएन । हामी बसेका ठाउँमा राँगा काट्ने स्लटर हाउस अलग्गै छुट्याएका थिए । अहिले पनि त्यही छन् । त्यहाँको फोहोर व्यवस्थापन गर्न महानगरलाई गाह्रो परेको छ ।
काठमाडौंका जनता पनि इजी मोनीतिर लागे जग्गा बेच्ने, घर बनाउने, गाडी किनेर भाडामा लगाउने खेतमा काम गर्नु भन्दा त्यसबाट आम्दानी भयो नि । खेतमा काम गर्ने ज्यापु, ज्यापुबाट भाजु भयो ।
यहाँ असाध्यै सोचेर, विचार गरेर कृषि क्षेत्रमा लाग्नु भयो । त्यसमा पनि काठमाडौंको पूराना वासिन्दा आर्थिक अवस्था पनि कमजोर देखिदैन । तर तपाई कृषि क्षेत्रमा लाग्नु भयो । कृषि क्षेत्रमा लाग्नु पर्छ भनेर अरुले पनि यहाँबाट पाठ सिक्नु पर्छ भन्ने मलाई लाग्छ । पहिले पनि कृषि गरेको अनभुव सुनाउनु भयो । सिन्धुपाल्चोकको डडुवामा गएर अहिले पनि कृषि उद्यममा लाग्नु भएको छ । कृषि गर्ने प्रेरणा चाहीँ कसरी पाउन भयो ?
सान्दर्भिक प्रश्न गर्नुभयो, म नेपालबाट अमेरिका घुम्न गएको थिएँ । जहाजमा मसँग एकजना थाल्याण्डको साथी सँगै प¥यो । हामीले जहाजमा २६ घण्टाको यात्रा पार गर्नु थियो । कुरा गर्दै जाँदा थाइल्याण्डको विषयमा कुरा भयो । कुरै कुरामा थाई राजाले कृषि गरिराखेको कुरा सुनाउनु भयो । तपाई के गर्नु हुन्छ भनेर मलाई सोध्नु भयो । मैले व्यापार गर्छु भने, मलाई थाइल्याण्डमा आउनु भन्नु भयो । होइन, तपाई पहिला नेपाल आउनु भने, संयोगले दशैंको टिकाको दिन उहाँ नेपाल आउनु भयो । हामी हिन्दुहरुको महान चाड दशैं, मैले बोलाएको पाहुना, सत्कार गर्नु प¥यो । मैले उहाँलाई जिरी घुमाउन लिएर गएँ । उहाँले भन्नुभयो तपाईको देश त भयंकर राम्रो रहेछ । प्रत्येक १५÷२० किलो मिटरको दूरीमा तापक्रम परिवर्तन हुँदो रहेछ । उहाँले भन्नुभयो तपाईको देशको जमीनमा जे पनि उत्पादन गर्न सक्छ । काठमाडौं फर्के पछि मेची(महाकली यात्रा गराएँ । कुरैकुरामा कृषिमा लाग्नु पर्ने भयो । यो सबै छोडेर कृषि गर आफू पनि बाँच्छ अरुलाई पनि बचाउने भने किसान हुन् भन्नु भयो । उहाँले मलाई भन्नु भयो तिमीलाई मैले गर्नु पर्ने सहयोग गर्छु भन्नु भयो । उहाँ थाईल्याण्डमा प्राङ्गारिक मल उत्पादन त्यहाँको राजालाई बेच्दो रहेछ ।
उहाँले विउ आफूले उपलब्ध गराउने र सजावटका लागि प्रयोग गरिने ५ जातका, पाँच रंगभएका क्याप्सिकम पठाउनु अनुरोध गर्नुभयो । रंगीविरङ्गी भेँडे खुर्सानी २ सय ग्रामको ५ सय पाउँछ भने । म किन नगर्ने भन्ने सोच भयो । नेपालमा मल बिउ ल्याउन धेरै झन्झट छ । टूायल गरेँ, निर्यात गर्न पनि त्यतिकै गाह्रो भयो । पेरिसेवल चिज छिट्टै मासिने, नियमित गर्न सकिएन । त्यही देखि कृषिमा काम गरेको हँु । मलाई अरु जस्तै अल्छि भएर बसेर खानु पुग्छ । कृषिमा महत्व पहिले चोटी भयो ।
कोभिडको बेला थियो । त्यस बेलामा मलाई धेरैले फोन ग¥यो । ए दीपक तिमीसँग चामल छ ? पठाईदे न, मलाई तरकारी आएको छ केही ? अरु बेलामा जतासुकै पाउने त्यही बेला जान नसक्ने, कृषि भएकाले सुविधा दिएका थिए प्यान कार्ड भएकाले लिन पाउँथे ।
किन भने किसान भनेको त्यतिबेला सरकारले आवत जावत गर्ने सुविधा दिएका थिए ।
म गएर लिएर आउँथे अहो तिमी त भगवान जस्तो छ । हुनत किसान भनेको सबैलाई पालेको हुन्छ । चराचुरुङ्गी, किरा फट्याङ्ग्रा, साधु(सन्त, फकीर, फटाह सबैलाई पाल्ने किसान, सबैलाई पालेर सानसँग बाँच्ने मानिसलाई किसान भन्छन् । किसान कसैको अधिनमा रहँदैन । मैले कृषि पढेको होइन । २०३८ सालमा कमर्शमा व्याचलर गरेको, २०३३ सालको एसएसलसी व्याज हो म । मैले अर्गानिक कृषि गर्छु ।
अर्गानिक गर्दा नहुने होइन । मैले अर्गानिक खेती गर्छु । धान उत्पादन गरेर साथीहलाई दिईराखेको छु । कृषिमा प्रेरणा जागेको चाही त्यसबाट हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close