समाचारसहकारी

कालिमाटी कृषि बजारमा किसानहरुका लागि ५० प्रतिशत पसलहरु छुट्याउन अनुरोध

प्रेस विज्ञप्ति
नेपाल कृषि सहकारी केन्द्रीय संघ लिका अध्यक्ष परिवार खेम बहादुर पाठकले एक प्रेस विज्ञाप्ति प्रकाशित गरि ५० प्रतिशत पसलहरु किसानहरुका लागि छुट्याउन माग गरेको छ ।
सरकारद्धारा संरक्षित देशभरको एकमात्र थोक तथा खुद्रा कृषि बजार कालिमाटी कृषि बजारमा किसानहरुको पहुँच नभएको व्यहोरा सर्वविद्धितै छ । यसै सन्दर्भमा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.ले स्थापना कालदेखिनै नेपाल सरकारका विभिन्न निकाय, पदाधिकारी, सचिव एवम् मन्त्रीहरुसँग कालिमाटी बजारमा किसानहरुको पहुँच स्थापित गराउन पटक–पकट अनुरोध गर्दै आएको छ ।
उक्त कालिमाटी बजारका ५० प्रतिशत पसलहरु किसानहरुका लागि छुट्याउन हामीले गरेको आग्रहमा जिम्मेवार पदाधिकारीहरुबाट आश्वासन समेत प्राप्त भयो । जिम्मेवार पदाधिकारीबाट प्राप्त आश्वासनको कार्यन्वयन हुने विश्वासकासाथ किसानहरुले आफ्नो उत्पादन सरकारद्धारा संरक्षित देशकै ठूलो कालिमाटी तरकारी बजारबाट तरकारी बजारमा बिक्रीवितरण गर्न पाउने कुरामा हामीलाई खुसी लागेको थियो ।
तर, पछिल्लो समय सरकारले हामीलाई दिएको आश्वासनलाई वेवास्ता गर्दै यस भन्दा पहिले जसले पसलहरु सञ्चालन गरेको थियो उनीहरुलाईनै दिने गरी प्रतिस्पर्धा नगराई अपारदर्शी ढंगबाट प्रक्रिया अगाडि बढाएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । किसानहरुलाई आश्वासन र विश्वास दिलाउने तर, कार्यन्वयन नगर्ने यो परिपाटीले फेरिपनि यो बजार किसानको नभई बीचमा रहेर काम गर्ने विचौलियाहरुलाई मात्र फाइदा पुग्ने भएकोले ७७ वटै जिल्लाका किसानहरुको प्रतिनिधित्व गर्ने यो संघ सरकार र सरोकारवाला निकायहरुलाई यो प्रक्रिया तत्काल रोकी किसानहरुको लागि ५० प्रतिशत पसलहरु छुट्याउन हार्दिक अपिल गर्दछ ।
यदी सरकारले देशकै एकमात्र थोक तथा खुद्रा कृषि बजारमा किसानहरुलाई वेवास्ता गर्दै अगाडि बढेको खण्डमा ७७ वटै जिल्लाका किसान आन्दोलित हुन वाध्य हुने अवगत गराउँदै पुनः सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै हार्दिक अपिल गर्न चाहन्छौं । विज्ञाप्तिमा भनिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close