कृषि विशेषसमाचार

पृथ्वी पराजुलीको नेपाली ‘सातु’ उत्पादन

काठमाडौं । भृकुटीमण्डमा तीन दिने ‘जीएआई फूड एण्ड वेभरेज एण्ड हस्पिटालिटी २०२३’ सम्पन्न भयो । खाद्य, पेय पदार्थ र आतिथ्यमा केन्द्रित ‘जीएआई फूड एण्ड वेभरेज एण्ड हस्पिटालिटी २०२३’ मेलामा प्रदर्शनी हलको पश्चिमपट्टीको ढोका छेउमा छ, पोसिलो फुडको स्टल ।
शुद्ध नेपाली नाम ‘पोसिलो’को, प्रडक्ट पनि शुद्ध नेपाली नै । त्यो पनि उच्च पहाडी क्षेत्रमा फलेको अन्नबाट बनेको चार थरी ‘सातु’ । विशुद्ध अग्र्यानिक ‘पोषिलो’ सातुको प्रवद्र्धन गर्न आफैं बसेका छन्, पोसिलोका ब्रेनचाइल्ड अर्थात् संस्थापक पृथ्वीकल्याण पराजुली । पृथ्वी आफैं पोषिलोका म्यानेजिङ डाइरेक्टर हुन् ।
पोषिलोका प्रवद्र्धकहरुले स्टल अवलोकन गर्न आउनेहरुलाई सातु घोलेर कपमा पिउन लगाइहाल्छन् । साथै उनीहरु प्रडक्टका विशेषता र गुणस्तरबारे निर्धक्क बताउँछन् ।
पोषिलोले उमेर समूह अनुसार म्याच हुने गरी मल्टिग्रेन, प्रोटिनप्लस, न्यूट्रिडिलाइट र न्युट्रिप्लस गरी चार थरी सातु उत्पादन गरिरहेको छ । ब्राण्डिङ र बिक्रीका लागि सामाजिक सञ्चालदेखि इ–कमर्श दराजलाई उपयोग गरिरहेको छ ।
जुम्लाको दाल र मुस्ताङको कोदो समावेश गरेर १२–१३ वटा थोक मिसाएर बनाइएको ‘सातु’ खेलाडी र फिटनेश इन्डस्ट्रीमा खुब रुचाएको बताउँछन्, म्यानेजिङ डाइरेक्टर पराजुली । नेपाली मौलिक उत्पादनलाई प्रवद्र्धन गर्न पनि आफुले न्यूट्रिशनलाई रोजेको त्यसमा पनि ग्रामीण भेगमा उत्पादन हुने खाद्य बालीहरुलाई प्रवद्र्धन गर्ने काम गरिरहेको बताए ।
२५ वर्षे ठिटो सातु प्रेमी ?
कास्की जिल्लाको नगरी पोखरामा जन्मिएका पराजुली उमेरले बल्ल २५ वर्ष लागे । बीबीए सक्नासाथ कोरोना महामारी आयो । सन् २०२० र २०२१ को कोरोना कालमा न्यूट्रिशनकै बारेमा धेरै चर्चा भएको र मानिसहरुले त्यसलाई बढी फोकस गरेको देखे । र, त्यो बेला अन्य सबैथरी व्यवसाय बन्द भए पनि खाद्य आपूर्ति सम्बन्धी व्यवसायहरु बन्द भएनन् । यो सब नजिकबाट नियालीरहेका पृथ्वीले आफ्नो रुचिको विषय न्यूट्रिशनको खोज अनुसन्धान थाले ।
कोरोनाकालभरि सुरक्षित स्थानमै रहेर अध्ययन गरे भने कोरोना महामारी सामान्य भएपछि उनले देशका विभिन्न स्थानमा आफैं गई फुड टेष्ट गरेर रिसर्च गरे । सन् २०२१ मा उनले फुड सम्बन्धी काम गर्ने निधो गरेर कम्पनी दर्ता गरे । त्यसको वर्ष दिन मै उनले तीनथरी सातु उत्पादन गर्न थाले । तीनथरी सातु उत्पादन गरेको २ महिनाको अन्तरालमै उनले अर्को प्रडक्ट थपे ।
आफु पहिल्यैदेखि अग्र्यानिक खाद्य वस्तु मन पराउने भएका कारण सातु नै बनाएर बेच्ने सुर कसेको उनले बताए । उनले पोखरा महानगर १८ मा यसको फ्याक्ट्रि राखेका छन् भने ललितपुरको झम्सिखेलमा कम्पनीको कर्पोरेट कार्यालय राखेका छन् । ६ स्थानमा उनले वितरक राखिसकेका छन् ।
५ लाख लगानीमा शुरु गरेका उत्पादन तथा वितरण अहिले २ करोडको पूँजी निर्माण गरिसकेका छन् । विजनेश पढेको भएकै कारण उनी आर्थिक व्यवस्थापनको पाटोमा पनि उत्तिकै स्मार्ट छन् । उनले व्यवसायको बीमा गराएका छन् भने स्थानीय तथा प्रदेश सरकारसँग पनि यसबारे समन्वय गरिरहेका छन् । ९ औं राष्ट्रिय खेलकूदमा पोसिलोले नयाँ उचाई पाएको र गण्डकी प्रदेशले पोषिलोलाई अहिलेसम्म माँया गरिरहेको पराजुली अहिले पनि सम्झिन्छन् । ९औं राष्ट्रिय खेलकूदमा खेलाडी र व्यवस्थापक दुबैले पोषिलोको सातु खुब खाए । अहिले पनि त्यो क्रेज उत्तिकै छ ।
कसरी छानियो ‘पोसिलो’ नाम ?
कम्पनीको नाम के राख्ने भनेर खोज्दै जाँदा, पराजुलीले झण्डै २०० वटा नाम नोट गरे होलान् । त्यो दुई सयबाट उपयुक्त नाम छान्न सकेनन् । २०० मध्ये कुनै पनि नाम उनलाई चित्त बुझेन ।
नामकै खोजीमा उनी घरी सोसल मिडिया चाहर्छन्, घरी किताब र शब्दकोषहरु, एक दिन उनी खाद्य सम्बन्धको एउटा आर्टिकल पढ्दै जाँदा ‘पोसिलो’ शब्दमा नजर अड्कियो । उनले आर्थिकल पुरै पढे तर, मात्र ‘पोसिलो’लाई त्यसबाट झिके । अहिले त्यसैबाट बजारमा बिक्री भइरहेका छन्, उनी । कोरोनाले पृथ्वीलाई ‘पोसिलो’को मालिक बनाइदियो ।
छुट्टा–छुट्टै प्याकको प्रबन्ध ः
नेपालमा सबैभन्दा तीव्र बृद्धिदर भएको यस क्षेत्रको एकमात्र बृहत एक्स्पो हो ।
हाल खाद्य, पेय पदार्थ, होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेसहरूका लागि नाफा तथा राजस्वको राम्रो केन्द्र बन्दै गर्दा यिनीहरुको संख्यामा भारी वृद्धि भएको देख्न सकिन्छ । विगत २० वर्षलाई मात्र नियाल्ने हो भने होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेसहरू, टेक–अवे फूड आउटलेटहरू, सड़क खाना बिक्रेताहरू र किराना पसलहरू हाम्रा वरपर अनगिन्ती खुलेका छन् ।
एक–दुई वर्षमा ३ देखि ५ तारे श्रेणीका २५ भन्दा बढी होटल सञ्चालनमा आउनेछन् । सन् २००६ र २०१९ को अवधिमा वार्षिक ७.३ प्रतिशत वृद्धिदर का साथ खाद्य तथा पेय पदार्थ उद्योग तिव्र रूपमा बढेको छ जुन समग्र उत्पादन उद्योगको तुलनामा निकै उच्च हो । नेपालको समग्र अर्थतन्त्र ३ प्रतिशतदेखि ४ प्रतिशतको दरले बढेको बेला एफएमसीजी उद्योग २० प्रतिशतले वृद्धि भएको देखिन्छ जुन निकै उल्लेखनीय मानिन्छ ।
सन् २०१७–१८ मा नेपालले १३ हजार ५५१ करोड बराबरको खाद्य तथा पेय पदार्थ आयात् गरेको थियो साथै ३ अर्ब २० करोड रुपैयाँ बराबरको निर्यात गरेको थियो ।
नेपालमा खाद्य तथा पेय पदार्थ उद्योगको कुल संख्या २५,५०० रहेको छ जसमध्ये २४ हजार ९४० खाद्यान्न उत्पादनमा संलग्न छन् भने बाँकी ५६० पेय पदार्थ उत्पादनमा संलग्न छन्। साथै खाद्य र पेय पदार्थ उद्योगमा संलग्न व्यक्तिहरूको संख्या ९३.८०६ छ जसमध्ये ८४ हजार २ सय १७ जना खाद्यान्न उत्पादन क्षेत्रबाट र ९ हजार ५८९ व्यक्ति पेय पदार्थ उत्पादन क्षेत्रमा संलग्न छन् ।
यस मेला मार्फत् आगन्तुकहरुले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाहरूको बारेमा विस्तृत रुपमा बुझ्न पाएका थिए । साथै गत वर्षको तुलनामा यस वर्ष २५% ले प्रदर्शकहरुको सख्यामा पनि वृद्धि रहेको आयोजकले बताए । मेलामा ५००० उत्पादन सेवाहरू, २०० कम्पनीहरू रहेका थिए भने १८०० वर्ग मिटरभन्दा माथिका १५० स्टलहरू सञ्चालन थिए ।

कार्यक्रममा सहभागी कम्पनीहरुले आफ्ना उत्पादनहरुको विशेषता, स्किम वा अफर्स, स्वाद आदि को बारेमा विस्तृत जानकारी दिने भएकाले आगन्तुकहरुका लागि नयाँ खाना र पेय पदार्थहरूको स्वाद लिन यो एक उत्कृष्ट अवसर पाएका थिएन । साथै यो कार्यक्रम खाद्य, पेय र आतिथ्य बारे अवलोकन गर्न, अन्तरक्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी प्राप्त गर्न आगन्तुकहरूका लागि एउटा महत्पूर्ण स्थानको रुपमा रहेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close