कृषि विशेषसमाचार

४३ औं विश्व खाद्य दिवस २०२३ विभिन्न कार्यक्रमका साथ सम्पन्न

धनबहादुर मगर

काठमाडौं १२ अक्टुर तथा असोज २५ गते ४३ औं विश्व खाद्य दिवस नेपालको विभिन्न कार्यक्रमकासाथ मनाईएको छ । संयुक्त राष्ट्र संघीय कृषि तथा खाद्य संगठनको स्थापना भएको दिनलाई विश्वका देशहरुले विभिन्न कार्यक्रम गरि मनाउँदै आएको छ ।
उक्त अवसरमा कृषि विभाग र विश्व खाद्य संगठनको संयुक्त आयोजनामा विश्व खाद्य दिवस मनाइएको छ । उक्त अवसरमा बाली विज्ञान महाशाखाका प्रमुख डा.रामकृष्ण श्रेष्ठले माटो र जलवायूमा ह्रासका कारण नेपाली कृषि समेत बच्न नसको बताउँदै विश्व विकसित प्रविधिको विकास भएको र छाता उल्टो ओढ्नु पर्ने अवस्था नेपालमा पनि आउन सक्ने सचेतता जगाउनु भयो । कार्यपत्रमा श्रेष्ठले माटो र पानीको चर्चा गर्दै यो अवस्थामा पानीको महत्व कस्तो हुन्छ भन्ने दिन आउन सक्ने बताए । अब पानीको संरक्षण गर्न प्रत्येक घरमा वैकल्पिक पानी टेङ्कीको व्यवस्थापन गर्नुपर्ने बेला आएको छ ।
कृषि क्षेत्रलाई केन्द्रीत गरेको साहित्य सिर्जना, कविता, हाजिरी जवाफ प्रतियोगिता, व्यवसायिक विद्याको विभन्न व्यक्तिहरुलाई मन्त्री तथा प्रमुख अतिथि डा.वेदुराम भुसालबाट सम्मान तथा पुरुस्कार प्रदान गरेका थिए । उक्त पुरुस्कार अभिशेक कार्की, पुरुषोत्तम बहादुर बानियाँ, मेघराज आचार्यलाई र
गंगाधर शर्मा नवलपरासी, दत्तराज अवस्थी डडेल्धुरा, शंकर सुवेदी चितवन, अकल बहादुर श्रेष्ठ, शंकर बुनी, सन्दीप कुमार लगायतलाई कृषि उद्यमी पुरुस्कारको रुपमा च्याउ, माछा, बिउविजनमा काम गरे वापत प्रदान गरेको थिए ।
पुरस्कृत हुनुहुनेहरुको तर्फबाट उद्यमी कृष्ण श्रेष्ठले किसानी कर्मबाट आफूहरु नहारेको बताउँदै ‘‘हामी हारेको छैनौं अझै हिम्मतका साथ काम गरिरहेको छौं ।’’ जमीन बाँझो हुने गईरहेको छ । बढी वर्षा हुने जिल्लाको रुपमा झापा जिल्लालाई लिइन्छ ।
वेमौसमीको वर्षाको कारण बाली विना काम भईरहेको छ । खेती पनि गरिरहेका छौं । हामीले कस्टम हाइरिङ्गको विकास गरेका छौं । हामी आफै बिउ विजन उत्पादन गरिरहेका छौं र बिउको लागि सहकार्य गरिरहेका छौं । ३ देखि ५ विगाह जमीनमा बीउ उत्पादन गरिरहेका छौं । सरकारले जमीन भूमी बैंक मार्फत व्यवस्थान गर्न गरियो भने खेतीको लागि चाहन्छ । तर खर्चको कारण हामीले लागत खर्च समेत उठाउने सकिरहेको हुँदैन । अनुदानको व्यवस्था गरियो भने अझै बिउ उत्पादन बढाउन सकिन्छ । वास्तविक किसानले अनुदान पाइरहेको छैन । मल, औषधी, युरिया मल, पेष्टिसाइट ५० प्रतिशत व्यवसायिक किसानहरुका लागि अनुदानको व्यवस्था गर्न आग्रह गर्दछु ।
खाद्यको लागि कृषि अभियानको पूर्व संयोजक कृषि विज्ञ डा.कृष्ण प्रसाद पौडेलले कृषिमा बिक्री बढी भन्दा बढी कृषि मल र औधषी डर लाग्दो गरि बिक्री गरिरहेको बताउनु भयो । प्रविधिमैत्री कृषिले मात्र त्यसको समाधान गर्न सक्छ । प्राकृतिमा आधारित कृषिले मात्र समग्र समस्याको समाधान गर्न सक्छ । तीन वटा कारणले नेपाल कृषि बिग्रेको छ ।
राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम दंगालले विश्व खाद्य दिवस मनाईरहँदा हजारौं किसानहरूको जमीन संख्या बढेको र छ । कृषि क्षेत्र घटिरहेको छ । विशेष गरि बिउमा जोखिममा बढेको छ ? पिउने पानी विना कुनै पनि जीवनको सम्भावना छैन । यद्यपी सिँचाईं प्राप्त गर्न नसकेको कृषि अझै बिग्रने बताए । सबै क्षेत्र बिग्रीएको छ । यसलाई नीतिगत तहमा सम्वोधन हुनु पर्छ । किसान मैत्री हुनुपर्छ । सरकारले के सुविधा दिईरहेका छन् । सुविधाहरु पु¥याउन सकिरहेका छैनन् । कृषि वजेट शून्य छ । पशुसेवा विश्तार, भ्याक्सिन उत्पादन गर्न सकिएको छैन । यसतर्फ हाम्रो विशेषगरि ध्यान जानु पर्छ । यान्त्रीकरण विना कृषि माथि उठ्न सक्दैन ।
खाद्य संगठनका नेपाल भुटान प्रमुख किमिची शिमिचोले पानी विनाको जीवन अगाडि बढ्न नसक्ने बताउँदै राष्ट्र संघको दिगो विकास लक्ष्य हासिल गर्न अगाडि बढ्नु पर्ने बताए । हामी मुख्य विषयमा भेला भएको छ । विश्वमा धेरै समस्याहरु भएपनि नेपालले दिगो विकासको लक्ष्यमा पुग्नका लागि राम्रो काम गरिरहेको बताए । शून्य भोकमरी, कृषि खाद्य प्रणाली म पनि रिफर गर्न चाहन्छु । कृषि क्षेत्रमा जस्तै अरु क्षेत्रमा पनि मिलेर काम गरेका छौं ।
कृषि विकास मन्त्रालयको कृषि सचिव रेवती रमन सुवेदीले पानी जीवन र खाद्यको आधार कृषि वितरण कसरी देखिन्छ गरि काम गर्न सकिन्छ भन्ने विषयमा कसरी संरक्षण हामी किन उत्पादनमा किन प्रर्याप्त मात्रामा उत्पादन गर्न सकिरहेका छैनौं । प्रयाप्त मात्रमा खान पुग्ने खाद्य उत्पादन कसरी गर्ने ? पहिलेको अवस्थामा कसरी ल्याउने ? केही करपोरेट, कोही पनि छैन । माध्यम किसान उत्पादन । आत्मनिर्भर तर्फ उन्नत बनाउन सकेको छैन । तिनीहरुलाई उच्च प्राथमिकतामा राखेर त्यसको उच्च प्रकारको लाभहरु लिन सकेका छैनौं । जलवायू परिवर्तनका कारण धानमा, समुदायमा पूरा काम गर्न सकिएनौ । पानीको बचाउने बढी महत्व राख्न हुनु पर्छ ।
कति किसानहरु कहाँ बिउविजन, मलमा सहयोग पु¥याउने ? कृषि विकासको रुपमा लागि कोभिड–१९ को उत्पादकत्वलाई लिन सकिन्छ । कृषि बाली र पशुपालनमा जाँगर बढाउनु पर्छ । उत्पादन प्रणाली बढाउन नसकेको कारण लाखांै टन खाद्य हामीले खाद्यमा आयत गरिरहेका छैं ।
हामी आफैले समस्याको खडा गरिरहेका छौं । कृषिमा यसलाई घटाउने सकिन्छ । हामीले आपूर्तिमा खाद्य संगठनबाट सहयोग प्राविधिक सहयोगको आशा गरेका छौं । प्राविधिको र प्रयोग पानीको सदुपयोग गर्न खोजिरहेका छौं । प्राविधिको प्रयोग गर्न सकेन भने कम पानीले पनि उत्पादनहरु लिन सकिदैन । खेती प्रविधिले मात्र देशको गरिबी घटाउने सकिन्छ ।
निम्नतम् क्षेत्रमा पानीको उपलब्धतामा आवश्यक छ । वन मन्त्रालय कृषिका लागि बढी महत्व छ ।
राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त झाले । योजना आयोग १६ योजना तर्जुमा लागेको बताए । आयोगले १६ योजना तयारी गर्न लागेको बताउँदै ४ दशक भन्दा बढी खाद्यको संगठनसँग मिलेर काम गर्दै आएको बताउँदै १९४५मा स्थापना पछि मनाउँदै आएको बताए ।
शून्य भोगमरी घटाउने लक्ष्य प्राप्त गर्न धेरै कठिनाई छ । हाम्रो असफलताको कारण कारण हामी असफल हुन नपरोस् भनेर थिम्याटिक पर्यत्न गर्ने र रासायनिक औषधीको प्रयोग र रसायनिक मलको प्रयोग बारे सोच्नु पर्ने बेला आएको छ । विशेष गरि ५ बालबालिकाको मृत्युको भएको छ । भोकमरीको कारण । अपर्याप्त खाद्यको हामीले प्रर्याप्त खाद्यन्नको उत्पादन गर्न गरेर मात्र त्यसको स्वरुप देखिरहेको बताए । कृषिमा केही गर्नु छ । र हस्तक्षेपकारी भूमिमार्फत कृषिलाई कसरी बाउने ? कृषि एवं कृषिको सच्याउनु पर्छ । नीतिगत चुनौती तल्लो तहमा पुग्नु पर्छ । यान्त्रीकरण लाई विस्तार र विकासमा सहयोग गर्न जरुरी छ । यसलाई एकसाथ बाटोमा अगाडि बढाउनु पर्छ । हाम्रो लक्ष्य बाँझो जमीन घटाउने । यस्तो समस्या नेपालमा मात्र होइन । त्यो विश्वको समस्या हो । १५ औं योजनामा यसलाई सम्वोधन गर्न नसके पछि १६ योजनामा पूरा गर्ने गरि भावी लक्ष्य प्राप्तीको लागि पर्ने छौं । जलवायू परिवर्तन मुख्यमा रुपमा चुनौंती आईरहेको छ । यदि हामीले समस्यालाई घटाएनौं । प्रवधिलाई बढाउँदै लग्यौ भने लक्ष्यमा पुग्न पुग्न सक्छौं ।
कृषि मन्त्री डा.वेदराम भुसालले विश्वका समस्याहरू भोगिरहँदा हामीले यस कार्यक्रममा सहभागी भएको बताउँदै । पानीको बचावत कसरी गर्ने भन्ने वहस विश्वका चलिरहेको छ । मुख्या समस्या विश्वव्यापी बढ्दै गएको छ । तर, हामीले के गर्ने ? गम्भीरतापूर्वक वहस हुन जरुरी छ । धानको विश्वका लागि परिवर्तन गर्नुपर्छ । मुख्य गरि धान र गहुँमा विशेष गरि छलफल गर्नु जरुरी छ । भारतमा धान नियार्त गर्ने देश आज आयत गरेर खानु परेको छ । यो वर्ष देखि १२ लाख हेक्टर क्षेत्रफलमा विस्तार गर्नु पर्छ । यदि हामीले त्यसरी व्यवस्थापन गर्न सक्यांै भने सिँचाई ७–८ लाख हेक्टरमा सिँचाईको क्षत्र विस्तार हुन्छ । सिँचाईको समस्या पनि कम हुन्छ । यदि राष्ट्रिय योजना आयोगले सरकारले लम्पी स्किन नियन्त्रण गर्न सफल भएका छन् । वर्षे धानको खेती बढाउन सकियो भने धेरै समस्या समाधान हुनेछ । विश्वव्यापी समस्या हामीले सिर्जना गरेको चाहीँ होइन । राष्ट्रिय गौरवको सिँचाईका आयोजनाहरु हजारौ नहरहरु वहुउद्देश्यका लागि योजना बनाउनु पर्छ । लाखौं हेक्टर जमीन प्रयोगमा ल्याउन सकिन्छ कृषिमै सम्भावना भएको क्षेत्र भएकाले कृषि क्रान्ति गर्नु जरुरी छ । यस प्रकारको योजनाहरू यदि हामीले पन्छाउने हो भने हामीले अगाडि बढ्ने सक्दानौं । हामी खाद्यबाट सुरक्षित हुनेछैनौं ।
मेरो विचारमा अब रसायनिक मल र रसायनिक विषादप् यसक्षेत्रको लागि कटौंती गर्नुपर्छ । किनकी माटोको गुणस्रतमा कमी आउन थालेनको छ । वातावरण ह्रास बनाएको छ । यसको सट्टा अगार्निक मल र जैविक विषादीको प्रयोग गर्न राम्रो हुन्छ । बिउको उत्पादन पहिलदेखिनै गर्दै आएको छ । रसायनिक मलको कटौंती, प्रविधिको विस्तार । यन्त्रको मर्मत सम्भार । कृषिको प्रविधिको विकास हुन सकेको खण्डमा कृषिलाई उठान नसकिने भन्ने कुार आउँदेन । विरगंज कृषि औजार कारखानाकालाई सञ्चालनमा ल्याउनु पर्छ ।
कार्यक्रमको सभापति पति म कृषि विभागका महानिर्देहका हरिबहादर केसीले गर्नु भएको थियो । साथै के.सीले सबै मिलेर आर्थिक रुपमा सहभागीता सहितको कृषि प्रणालीको केन्द्रीत हुन सक्यौं भने कृषिमा आत्मनिर्भर तर्फका समय नलाने बताउनु भयो । हामीले विगतको भूकम्प र कोभिड महामारीको बेलामा पनि उदाहरणय बनेर कृषि उत्पादनलाई बढावा दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close