कृषि विशेष

पशुधनको सुरक्षामा वैकल्पिक तयारी गर्नुपर्ने विषयहरु

धनबहादुर ममगर
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागको पशुसेवा विभागबाट जारी गरिएको पशुधनको क्षतिमा आधारित विवरणहरु यस रिपोर्टमा समावेश
लम्की स्किन, गाईभैंसीमा भाइसरसबाट लाग्ने संक्रामक रोग हो । यो रोग लामखुट्टे, डा“स, भुसुना, किर्ना । लगायत टोक्ने किराको टोकाईबाट र संक्रमित पशुको प्रत्यक्ष सम्पर्कमा आएका पशुमा सर्ने गर्दछ ।
यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा÷गा“ठाहरु देखिने, ¥याल, सिंगान बग्ने, चिप्रा÷कचेरा लाग्ने, खुट्टा÷जोर्नी सुन्निने जस्तो लक्षणहरु देखिन्छन् ।
वि.सं.२०७९ सालको चैत्र महिना देखि कोशी प्रदेशबाट रोगको प्रकोप शुरु भई हालसम्म ७७ जिल्लामा रोग पुष्टि भएकामा मनाङ र मुस्ताङ्ग जिल्लामा यो रोग पूर्ण रुपमा नियन्त्रणमा आईसकेको छ ।
यस रोगबाट कर्णाली, सुदुरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका मध्य पहाडी क्षेत्रमा रहेको पशुहरु बढी प्रभावित भएकामा प्रदेशहरुबाट प्राप्त पछिल्लो जानकारी अनुसार यो रोग पहाडी जिल्लाहरुमा कमश ः घट्दो क्रम रहेको र मधेश तथा बागमती प्रदेशका केही जिल्लाहरुमा यो रोगको संक्रमण देखा परिरहेको छ ।
प्रदेशहरुबाट पालिकास्तरमा समन्वय गरि तथ्याङ्क अध्यवधिक गर्ने कार्य भइरहेको र यस क्रममा विगतमा संक्रमण भएका तथा रिपोटिङ्गमा छुट भएका तथा दोहोरो गणना रिपोटिङ्ग भएका तथ्याङ्कहलाई अद्यवधिक गरि पठाइएको पछिल्लो रिपोर्टिङ्गको आधारमा हालसम्म संक्रमित १३ लाख ५ हजार ३ सय ६१ पशुवस्तु मध्ये १० लाख ८२ हजार १५९ निको भईसकेका छन् भने ४७ हजार ६४९ पशु मरेको तथ्याङ्क प्राप्त भएको छ ।


हाल १ लाख ७५ हजार ५५३ पशु सक्रिय संक्रमति छन् । र संक्रमणको दर क्रमशः घट्दै गएको छ । यस क्रममा हालसम्म १३ लाख ६९ हजार डोज खोप आयात भई सातवटै प्रदेशका विभिन्न देशमा देखापरेको लम्पी जिल्लाहरुमा ४ लाख ४५ हजार ९४५ पशुहरुमा खोप कार्य सम्पन्न भएको छ ।
कुन रोगको प्रकोप रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा मिति २०८० साउन १५ गते सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को समुपस्तिथिमा कृषि तथा पशुपन्छि विकास माननीय मन्त्री वेदुराम भुसाल सम्वद्ध सचिवहरु तथा पदाधिकारीहरुको बैठकबाट विगतमा छिमेकी मुलुकहरुमा फैलिएको लम्की स्किन रोग नियन्त्रण गर्न अवलम्वन गरिएका अनुभवहरु समेतलाई आत्मसाथ गर्दे लम्पी स्किन रोग लगायतका अन्य सीमाविहिन पशुपन्छीका रोगहरुको नियन्त्रण गर्न सतर्कता अपनाई पूर्व तयारी सहितको प्रतिकार्य योजना कार्यन्वयन गर्ने विविध पशु स्वास्थ्य संगठनले लम्पी रोग रोकथाम नियन्त्रणका लािग सिफारिस गरेको तथा छिमेकी मुलुकहरुमा समेत प्रयोग गरिएका खोप प्रकोप नियन्त्रणका लागि प्रयोगमा ल्याउने, लम्की रोगको दीर्घकालीन नियन्त्रण गर्न स्वादेशमै खोप उत्पादन गर्न आवश्यक तयारी गर्ने तथा रोगबाट प्रभावित कृषकहरुलाई राहत सुविधा उपलब्ध गराउने निर्णय भएको छ ।
सोही वमोजिम रोग नियन्त्रण सम्बन्धी कार्ययोजना तयार गरि कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत स्विकृतिका लागि कार्ययोजना तयार गरि कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत स्विकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिमा पेश गरिएको हो भने प्रभावित किसानहरुलाई राहत प्रदान गर्ने सम्बन्धी मापदण्ड तयारीको क्रममा रहेको छ । त्यसै गरि नेपालमा नै खोप उत्पादन गर्न आवश्यक मास्टर सिड भाइरस खोपको उत्पादन प्रविधि उपलब्धताको लागि विभिन्न मुलुक तथा दातृ निकायस“ग समन्वय समेत गरिएको छ ।
लम्पीस्कित न रोगको हालको प्रकोप नियन्त्रणका लागि नेपाल कृषि अनुसन्धान परिषद् लगायत अन्य क्षेत्रका विज्ञ प्राविधिकहरु समेतको उपस्थितिमा पशु सेवा विभागमा गरिएको छलफलबाट नेपालका छिमेकी मुलुकहरुमा रोग नियन्त्रणको लागि प्रयोग गरिएको र विश्व पशुस्वास्थ संघ–सगठनले प्रकोप नियन्त्रणको लागि वैकल्पिक उपायको रुपमा सिफारिस गरेको गोट पक्स खोप प्रयोग गर्न सकिने विकल्प प्रयोग गर्न सहमति प्राप्त भएको छ । (निथ्लिङ स्ट्रेन) खोपको अतिरिक्त खोपको अतिरिक्त गोट पक्स खोप प्रयोग गर्न सहमत प्राप्त भएको छ ।
यो रोग नियन्त्रणका लागि पशु सेवा विभाग र मातहतका निकाय प्रदेश सरकार मातहतका निकाय तथा स्थानीय तहमा कार्यरत पशु स्वास्थ्यकर्मीहरु परिचालित रहेका छन् । पशु सेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना सहित प्रदेश तथा स्थानीय तहस“ग समन्वय गरि प्रभावकारी रुपमा रोग नियन्त्रण कार्य सञ्चालन गर्न सह–सचिवको नेतृत्वमा टोली परिचालन गरिएको थियो । रोग फैलिएका क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि प्रदेशस“ग समन्वय गरि प्राविधिक टोली परिचालन गरिएको छ ।
यस क्रममा अन्य सरकारी निकाय, निजी क्षेत्रमा कार्यरत पशु स्वास्थ्यकर्मी लगायतका सरोकार वालास“ग समन्वय गरि रोग रोकथाम तथा नियन्त्रणका उपायहरु अवलम्बन गरिएका छ । यो रोगको रोकथाम तथा उपचारमा खटिने पशु स्वास्थ्यकर्मीहरुलाई प्राथमिक उपचारको जानकारी सहित सूचनामूलक सामाग्री प्रकाशित र प्रसारित गरिएको छ । यस रोगको उपचार विधि र यस बारे बारम्वार सोधिने पश्न उत्तरको सङ्गालो तयार गरि सरोकारावालाहरुलाई जानकारी गराइएको छ ।
प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति (Focal Person) तोकी नियमति रुपमा समन्वय गरि रिपोर्टिङ्ग हुने व्यवस्था मिलाइएको छ । प्रश्नहरुबाट अभियानमुखी खोप कार्यक्रम सञ्चालन गरिएको छ । संघीय निकायहरुबाट अनुगमन, प्राविधिक पृष्ठपोषण सहित आवश्यकता अनुसार टेवा प्रदान गरिएको छ । चालु आव २०८०÷८१ का लागि प्रत्येक स्थानीय तहमा आकस्मिक रोग नियन्त्रण गर्न संघीय सशर्त अनुदानको साथै प्रदेश र स्थानीय तहबाट समेत रकम विनियोजन गरिएको छ ।
यो रोगको शंका लागेमा तत्काल प्राथमिक उपचारको लागि नजिकैको पशु सेवा निकायमा सम्पर्क राख्न र प्रदेश तथा स्थानीय तहबाट उपलब्ध भएको खोप स्वास्थ पशुहरुमा मात्र प्रयोग गर्न सम्पूर्ण कृषकहरुमा अनुरोध गर्दछौं । यस प्रकोपको नियन्त्रण कार्यमा सक्रियतापूर्वक सहयोग गर्नुहुन सम्पूर्ण कृषक, व्यवसायी, प्राविधिक, सञ्चारकर्मीका लगायत सम्पूर्ण सरोकारवालाहरुबाट सक्रिय सहयोग, समन्वय तथा सहकार्यका लागि पशुसेवा विभाग हार्दिक अपील गर्दछ ।

लम्पी स्किन रोगबारे बारम्वार सोधिने प्रश्न र समाधान गर्न अपनाइएको उपायहरु ः
१. लम्पी स्किन कस्तो किसिमको रोग हो ?
लम्पी स्किन रोग पक्सपाभाइरस (poxviridae) परिवार अन्तगर्तको कारण अत्यधिक संख्यामा गाई भंैसीमा संक्रमण गराउने सीमाविहिन पशु रोग हो ।
२. लम्पी स्किन रोग कुनु–कुन पशुमा लाग्छ ?
लम्पी स्किन रोग विशेषगरि गाईगोरु राँगा–भैसंी, पाडा–पाडी, बाच्च्छा–बाच्छीमा लाग्छ ।
यो रोगबाट उन्नत नश्लका बढी उत्पादन दिने पशुमाबढी प्रभावित हुन्छन् ।
३.भेडा बाख्रामा लम्पी स्किन रोग लाग्छ की लाग्दैन ? हालसम्म तथ्याङ्हरुको आधारमा यो रोग भेडा बाख्रामा लागेको देखिएको छैन ।
४. लम्पी स्किन रोग कुन पशुमा लाग्छ ?
लम्पी स्किन रोग विशेष गरि गाई, गोरु राँगा भैंसी टोक्ने रगत चुस्ने, डाँस किर्ना भुसुना सर्ने गर्दछ । संक्रमित पशुको प्रत्यक्ष सम्पर्कमा आएको अन्य पशु लसपस भएका दानापानी, सोत्तरबाट समेत यो रोग सर्न सक्छ ।
५. लम्पी स्किन रोगका लक्षणहरु के के हुन् ?
लम्पी स्किन रोग लागेको पशुमा निम्नअनुसारको लक्षणहरु देखिन्छ । उच्च ज्वरो (१०४ डिग्री फरेनहाइट भन्दा बढी) आउने । दानापानी कम खाना दुूध उत्पादन घट्ने । छालामा साह्रो गोलो गाँठाहरु देखिने गिर्खाहरु केही सम्म पछि हराउने कहिलेको काँही गिर्खाहरु फुटेर गहिरो घाउ हुन्छ । औंसा पर्ने । नाक मुनी कल्चौडा र घाउ हुनु ।
अनुसार चिप्रा ¥याल सिंगान आउन चिप्रा कुचेर लाग्ने । खुट्टा जोर्नी सुन्निने ।
–गोवर तथा पिसाबमा आलो रगत देखिन सक्ने । केही पशुमा लक्ष्य नदेखिनु पनि सक्ने ।
गोवर तथा पिसाबमा आलो रगत देखिन सक्ने, केही पशुमा लक्षण देखिन सक्ने ।
६. के लम्पी स्किन रोग लागेको सबै पशु मर्छन ?
लम्पी स्किन रोगले संक्रमित मध्ये सामान्यतया २ देखि ३ प्रतिशत पशु मर्न सक्छन् । विरामी
विरामी पशुलाईको व्यवहार स्याहार सुसार उपचार नपाएमा मृत्युदर बढ्न पनि सक्छ । सामान्यतया यस रोगका कारण बाच्छा–बाच्छी, जोत्ने गोरु, उन्नत जातको बढी दुध दिने दुधालू र दुधालु गाईभैंसी मर्न सक्छन् ।
७. लम्पी स्किन रोग मानिसमा सर्छ कि सर्दैन ?
हालसम्म यो रोग पशुबाट मान्छेमा सरेको प्रमाण भेटेको छैन ।
८. लम्पी स्किन रोग लागेको पशुलाई चराउन, आहालमा बसाउन, बिक्री वितरणका लागि हाट बजारमा लैजान हुन्छ कि हुँदैन ?
लम्पी स्किन रोग संक्रामक र प्रत्यक्ष सम्पर्कमा आउने अन्य पुशलाई सजिलैसँग सर्न सक्ने किसिमका भएकाले रोग देखो परेको क्षेत्रमा पशुलाई सामुहिक चरन÷खर्चमा चराउन सँगै आहालमा बसाउने, हाटबजारमा लान र लैजान हुँदैन ।
९. लम्पी स्किन रोगको उपचार के हो ?
लम्पी स्किन रोग भाइरसबाट लाग्ने रोग भएकाले यसको खासै उपचार छैन रोगी पशुले देखाउने लक्षण अनुसार उपचार गर्नुपर्छ । सामान्यतया ज्वरो घटाउने । चिलाउने कम गर्ने, घाउ सुकाउने, घाउमा झिँगा बस्न नदिने, चिकित्सकको सल्लाह अनुसार उपचार गर्नु पर्छ । उपचार बाहेक विरामी पशुलाई प्रशस्त मात्रामा पानी कुँडो नरम घाँस चिल्लो पदार्थ झोलिलो पदार्थ शख्खर, गुँड । इलेट्रोलाइट खुवाउनु पर्छ ।
१०. लम्की स्किन रोग लागेको पशुको दूध खान हुन्छ कि हुँदैन ?
हालसम्म भएका अध्ययन अनुसन्धानका अनुसार एकपटक लम्पी स्किन रोग लागेर निको भएको पशुले अन्य पशुलाई रोग सारेको देखिएको छैन ।
११. लम्पी स्किन रोग लागेको पशुको दूध खान हुन की हुँदैन ?
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशुसेवा विभाग लम्पी स्किन रोगको संक्रमित पशुको दूध खाँदा नदेखिएका संक्रमित पशुको दुध बजारमा आउन सक्ने हुँदा दूध राम्ररी उमालेर सुरक्षति गर्नु उपयुक्त हुन्छ । विरामी पशुमा एण्टिवायोटिक प्रयोग गरिएको भएमा पशुमा एण्टिवायोटिक औषधी प्रयोग शुरु भएदेखि प्रयोग गर्न छोडिएको दिनबाट कम्तिमा एक हप्ता अवधिसम्म दूध सेवन गर्नु हुँदैन ।
१२. लम्पी स्किन रोगबाट आफूले पालेको पशुलाई कसरी सुरक्षित राख्ने ?
यो रोग फैलिएको अवस्थामा रोग लागको क्षेत्रभन्दा बाहिरको ३ महिनाभन्दा बढी उमेर समूहका गाई भैसीलाई खोप उत्पादन मात्रामा लम्पी स्किन रोग विरुद्ध १ वर्षे खोप लगाउने । नयाँ पशु गोठमा भित्र्याउँदा वथानमा नमिसाई कम्तिमा २८ दिन अलग्गै राखी रोगको लक्षण नेदेखिएमा मात्र वथानमा ल्याउने गोठमा नियमित रुपमा सरसफाई गरि फिनेल छर्ने । जैविक सुरक्षाका औषधीको विधी पालना गर्ने ।
१३. लम्पी स्किन रोग विरुद्धको खोप नेपालमा उपलब्ध छ कि छैन ?
लम्पी स्किन रोग विरुद्ध यो खोप नेपालमा उपलब्ध छ । हालसम्म नेपालमा यस रोग विरुद्ध खोप उत्पादन नभएको हुँदा पशुसेवा विभागबाट आयत अनुमति प्राप्त गरे अनुसार विभिन्न विदेशी कम्पनीबाट उत्पादित लम्पी स्किन रोग विरुद्ध प्रयोग गर्ने खोप नेपाली बजारमा पाइन्छ ।
१४. गर्मीणी व्याउने पशुलाई लम्पी स्किन रोग विरुद्धको खोप लगाउन सकिन्छ की सकिदैन ?
गर्मीणी व्याउने पशुलाई लम्पी स्किन रोग विरुद्ध खोप लगाउन सकिन्छ । यसरी खोप लगाइएमा गर्भीणी रहेका बाच्छा–बाच्छीलाई समेत जन्मेको तीन महिनासम्म यो रोगबाट बचाउन सकिन्छ ।
१५. लप्पी स्किन रोग लागेको पशुलाई लम्पी स्किन रोग विरुद्ध खो लगाउन लगाउने कि नलगाउने ?
लम्पी स्किन रोगबाट संक्रमित पशुलाई लम्पी स्किन रोग विरुद्ध खोप लगाउनु हुँदैन । यद्यपी रोग लागेर निको भएको पशुलाई १ वर्ष पछि खोप लगाउनु पर्छ ।
१६. लम्पी स्किन रोग लागेको पशुलाई तत्काल लम्पी स्किन रोग विरुद्ध खोप खोप लगाउने कि नलगाउने ?
लम्पी स्किन रोग लागेको भए पशुलाई लम्पी स्किन रोग विरुद्ध खोप लगाउनु पर्दैन । यति पशुमा यो रोग विरुद्धको खोप लामो समय प्रतिरोध क्षमता कायम रहने हुँदा खोपको आवश्यकता पर्दै तर रोग लागेर निको नभए पछि खोप लगाउनु पर्छ ।
१७. खोप विरुद्धको खोप लगाएमा लम्पी स्किन रोगबाट पशु सुरक्षित हन्छ कि हुँदैन ?
लम्पी स्किन रोग विरुद्ध प्रभावकारिता खोप लगायतका पशुलाई अवधि सम्म यस रोगबाट बचाउन सरकारले अनुदान दिएको लम्पी स्किन विरुद्धको खोप (निथिङ्ग, स्ट्रेन)मा प्रयोग गर्न उपयुक्त, हुन्छ ।
१८. लम्पी स्किन रोगको विरुद्ध खोप लगाई सकेपछि कुनै नराम्रो असर हुनसक्ने हुँदा कुनै नराम्रो असर हुन्छ कि हुँदैन ?
लम्पी स्किन रोग विरुद्ध खोप लगाइएको पशुमा कहिलेकाँही यो यस रोगसँग मिल्दाजुल्दा लक्षण देखिन सक्छ । सामान्यतया यो रोग विरुद्ध खोप लगाएको दश दिनभर सामान्य ज्वरो आउने, शरीरमा गाँठा गुठी आउने जस्तो लक्षण देखिन सक्छ र यसको लक्षण केही दिन आफै कम भएर जान्छन् ।
१९. लम्पी स्किन रोग विरुद्धको खोप लगाइसकेको अवस्थामा समेत गाईमा लम्पी स्किन रोग देखिएमा यसको सम्भव छ ?
लम्पी स्किन रोग विरुद्ध खोप लगाइएको पशुमा रोग विरुद्धको प्रतिरोधात्मक क्षमताको विकास हुनु करिव तीन हप्ता लाग्न । यो अवधिमा संक्रमित पशुको सम्पर्कमा आएका वा संक्रमित किराले टोकेमा रोग लाग्न सक्छ । त्यसैले खोप लगाएत पश्चात समेत तीन हप्तासम्म रोग सर्न नदिन विशेष ख्याल गर्नु पर्छ ।
२०. एकपटक वा लम्पी स्किन सम्बन्धी खोप लगाए पनि कहिलेसम्म रोग लाग्दैन ?

लम्पी स्किन रोगपछिका सरोकारवालाहरुका मागहरु ः

१–खोप लगाइसकेको तीन हप्तापछि कम्तीमा एक वर्षसम्म यो रोग विरुद्धको प्रतिरोधात्मक क्षमता रहन्छ ।
२. लम्पी स्किन, अफ्रिकन स्वाइन फिवर र वर्ड फ्लुबाट प्रभावित किसानहरुलाई तत्काल राहतका कार्यहहरु घोषणा गर्र्ने ।
३. पशुपन्छी संक्रामक रोगहरु नियन्त्रणका लागि तत्काल कानुनी व्यवस्था गरि किसानका लागि निशुल्क खोप तथा औषधी उपचारको व्यवस्था गर्ने ।
४. प्रत्येक स्थानीय तहमा कम्तिमा एकजना पशु चिकित्सक र प्रत्येक वडामा पशुसेवा प्राविधिकहरु पठाउने । व्यवस्था ततकाल गर्ने ।
५. एक स्थानीय तह एक भेटरीनरी अस्पतालको स्थापना गर्नको लागि आवश्यक वजेट, जनशक्ति र नीतिगत व्यवस्था गर्ने ।

लम्पी स्किल रोग संक्रमित पशुहरुको उपचारको लागि प्रयोग गर्ने उपचार विधि ः

लम्पी स्किन रोग गाई, गोरु, राँगा, भैसीमा क्याप्रीपक्स भाईरस अन्तगर्तको लम्की स्किन डिजिज भाइरसका कारण लाग्ने रोग हो ।
यो रोग सामान्यतया टोक्ने रगत चुस्ने, डाँस, झिँगा, लामुखट्टे, किर्ना, भुसुना जस्ता किराहरुको टोकाईबाट संक्रमण हुन्छ । पशुहरु संक्रमित एक स्थानबाट अन्यत्र लैजान पशुका संक्रमित पशुको सम्पर्कमा आएका अन्य पशुमा सजिलै सरी अन्य पशुमा सजिलै गरि छिटो समयामा धेरै वथानमा फैलन सक्ने प्रतिकूल भएकोले यस रोगको शिघ्र पहिचान तथा नियन्त्रण गर्न आवश्यक छ ।
हाल नेपालमा अधिकांश जिल्लामा यो रोग देखा परेको सन्दर्भमा फिल्डस्तरमा कार्यरत प्रविधिकहरुको संक्रमति पशुहरुको उपचारको लागि निम्नासारको उपचार विविधको प्रयोग नगर्न सक्ने जानारी गराइन् छ ।

रोग देखिएका पशुलाई गरिने उपचार विधि ः
१.रोगी पशुलाइइ निरोगी पशुबाट छुटाई अलग्गै राख्ने
२. रोगी पशुलाइृ प्रशस्त मात्रामा पानीकुडो नरम घास चिल्लो पदाथ्ृ सख्खर झोलालि पदार्थ सख्खर÷गुड पानी इलेकटाइट खुवाउने ।
३. ज्वरो आएको पशुलाई आराम गराउने । जोत्ने काम र गाडा तान्ने काममा नलगाउने ।
४. रोगको लक्षणका आधकार देहाय अनुसारको उपचार गर्ने ।
ज्वरो घटाउनका लागि बजारमा उपलब्ध हने पारासिटामोल । १५०० मिलि ग्राम र र मेलोसकेम, १०० ग्राम भएको बोलस केम वा इन्जेक्सन ठूला पशुलाई ः २ बोलस हरेक ८ घण्टाको फरकमा खुवाउने । १ एमएल १० केजी अनुसार सुई लगाउने पाडा–पाडी, बाच्छा–बाच्छी ः
१ बोसल हरेक ८ घण्टाको फरकमा मुखबाट खुवाउने । एएमएल १० पन अनुसार सुई लगाउने ।
–घण्टाको फरकमा औषधी दिँदा ज्वरो कम नभएमा ४ देखि ६ घण्टाको फरकमा पुनः प्रयोग गर्ने । शरीरमा सञ्चो पानी पट्टी लगाउने । कपडामा भिजाई पट्टी लगाउने ।
गाठो गिर्खा चिलाउने कम गर्नका लागि Chlorpheniramine maleate वा Pheniramine maleate: ठूलो पशुलाई १०–१५ एमएल २४ घण्टाको फरकमा सुई लगाउने पाडा–पाडी बाच्छा–बाच्छी ३ देखि ५ एमएल २४ घण्टाको फरकमा सुई लगाउने ।
दाना–पानी खाना नसकेको र अत्यन्तै कमजोर पशुमा २० प्रतिशत रेन्टोज स्लाइन दिने उच्च ज्वरो नभएको अवस्थामा Ivermectin 1%-1.ml/50 kg bodyweight अनुसार १ पटक सुईबाट प्रयोग गर्ने फुटेको तथा आलो घाउ सफा गरि एन्टिसिप्टिन झिँगा नबस्ने (fly Replant) मलहम वा को प्रयोग गर्ने, भिनिसेलियन मिसिएको बोलस खुवाउने वा सुई लगाउने ।
छाला फोक्सो, पाँचन प्रणाली र मुत्र प्रणालीमा संक्रमित भएमा गर्भीणी वा दूध दिने बाहेककका पशुमा Oxytetra cycline plain 1ml/5 kg body weight दिनको २ पटक वा ३ देखि ५ सुई लगाउन वा Oxytetra cycline Long Acting 1ml/ 10kg bodyweight ७२ घण्टाको फरकमा दुई पटक सुई लगाउने वा, Tetracycline Bolus 500 mg: ठूलो पशुलाई ः २ बोलस दिनको को २ पटक

खुवाउने पाडा–पाडी बाच्छ–बाँच्छा ः
१ बोलस दिनको २ पटक खुलाउने गभीर्णी वा दूध दिने पशुमा Procaine Penicillin 1ml/20kg body weight दिनको २ पटक ३ देखि ५ दिनसम्म सुई लगाउने वा Procaine Penicillin Long Acting 1ml/20kg body weight ४८ घण्टाको फरकमा दुई पटक सुई लगाउने । माथि उल्लेखित औषधी नपाएमा Amoxicillin वा Ampicillin पनि प्रयोग गर्न सकिने ।

संक्रमण रोकथामका उपाय ः
उमेर समूहका पशुलाई उत्पाददकले तोकेको मात्रामा लम्पी स्किन विरुद्ध खोप वर्षेनी लगाउने ।
१. संक्रमित क्षेत्र भन्दा बाहिरका ३ महिना भित्रभन्दा बढी
२.गर्भीणी संक्रमित पशुबाट जन्मेको बाच्छा–बाच्छी, पाडा–पाडीलाई ४ महिना पछि खोप
लगाउने ।
३. संक्रमणबाट निको भएको पशुलाई १ वर्ष पछाडि मात्र खोप लगाउने ।
४. गोठमा झिँगा, लामखुट्टे, भुसुना, लाग्न नदिन गोठ वरिपरि धुवा लगाउने ।
५. गोठमा अनावश्यक व्यक्तिलाई अनावश्यक आवतजावत गर्न नदिने, रोगी पशुलाई
सामूहिक चरन÷खर्क नलैजाने ।
६. संक्रमण क्षेत्रबाट पशुको ओसारपसार नगर्ने नगराउने ।
७. संक्रमित साँढे, राँगोको रोग निको नभएसम्म प्रजनन्को लागि प्रयोग नगर्ने÷नगराउने
८. गोठ, खोर सफा राखी नियमित सफा पानी फिनेल पानी छर्कने ।
९. नयाँ पशु गोठमा भित्र्याउँदा वथानमा नमिसाई कम्तिमा २८ दिन अलग्गै राख्ने ।
१०. मरेको पशु लसपस भएको सोत्तरलाई गहिरो खाडलमा पुर्ने ।

नेपालमा कृषि सँग सम्बन्धित कृषि, पशुपन्छी, मत्स्य लगायत संघ–संगठन र कर्मचारीहरूले सरकारको कदम प्रति सुधार गर्नुपर्ने सुझावहरु दिएका छन् ।
नेपाल पशुपन्छी क्षेत्र दूधमा करिब आत्मनिर्भर र मासु तथा अण्डामा पूर्ण रुपमा आत्मनिर्भर भईकूल ग्राहस्थ उत्पादनमा करिव ११.५ प्रतिशत योगदान दिँदै निर्यातको चरणमा प्रवेश गरेको छ । दिन प्रतिदिन नेपालमा व्यवसायिक पशुपन्छी तथा मत्स्या पालक किसानको संख्यामा उल्लेख्य वृद्धि भै पशुपन्छी क्षेत्रको नियमन तथा प्रवद्र्धनको दायित्वमा भारी वृद्धि भएको छ ।
सन् २००१ मा करिव १३ लाख मेट्रिक टन दूध र मासु उत्पादन गरेको नेपालले हाल करिव ३२ लाख मेट्रिक टन उत्पादन गरि नेपालको एकमात्र आत्मनिर्भर क्षेत्रको रुपमा स्थापित भईसकेको छ । यस विषम् परिस्थितिमा पशुपन्छी क्षेत्रको आयात, निर्यात, पशु रोग नियन्त्रणमा प्रत्यक्ष काम गर्ने पशु सेवा विभागका सरकारी संरचनाहरु खारेजी तथा पुन संरचना गर्ने नाममा सम्बन्धित सरोकारवालाहरुको राय सुझाव नदिई सुनियोजित ढंगबाट गरिएको निर्णय प्रति हाम्रो गम्भीर आपत्ती रहेको छ ।
लम्पी स्किन रोगबाट नेपालमा १३ लाख भन्दा बढी गाईभैंसी संक्रमित भएको, करिब ५० हजार गाईभैसीको मृत्यु भई किसानको ६४ अर्ब बराबर क्षति भइसकेको अवस्थामा नेपाल सरकारद्धारा वि.सं. २०८० साल जेष्ठ १५ गते संघीय संसदमा प्रस्तुत गरिएको वजेट वक्तव्यबाट पशुपन्छीसँग सम्बन्धित विभिन्न निकायहरु, पशु क्वारेन्टाइन कार्यालयहरु, पशु रोग अन्वेषण प्रयोगशालाहरु, केन्द्रिय रेफरल पशु चिकित्सालय, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, भेटरीनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशाला, खोरेत तथा सिमाविहिन पशु रोग अन्वेषण प्रयोगशाला, सार्क क्षेत्रीय सहयोग इकाई कार्यालय, पशु अनुवांशिक स्रोत केन्द्रहरु, राष्ट्रिय दूग्ध विकास बोर्ड मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन केन्द्रहरु लगायत अन्य कार्यालयले हरेक चालु आ.व. पहिलो महिना बितिसक्दा समेत वजेट शुन्य हुँदा पशु रोग नियन्त्रण, पशु आनुवांशिक र स्रोत तथा मत्स्या प्रजातिको संरक्षण, खोप उत्पादन पशुरोगको सर्भिलेन्स तथा रोग निदानका कार्यहरु बन्द हुँदा समेत सरकार जिम्मेवार पूरा नगरेको माग राखेको थियो ।
यस क्षेत्रका सरोकारावाला निकायहरूसँग छलफल नै नगरी नियोजित रुपमा गरिएको षद्यन्त्रपूर्ण निर्णयका कारण नेपाल सरकारले आवश्यक सेवाको रुपमा सूचीकृत गरेको भेटरीनरी सेवा, क्वारेन्टाइन तथा निम्न सेवा बन्द हुने अवस्थामा पुग्दा समग्र कृषि र पशुपन्छीसँग सम्बन्धित व्यवसायी तथा उद्योगीहरुले पाउने सेवा समेत प्रभावित हुने पुगेको छ ।
हाल पशु वस्तुहरुमा महामारीको रुपमा देखिएको लम्पी स्किन, अफ्रिकन स्वाइन फिवर, खोरेत, रेविज लगायतका अन्य पशु रोगहरुका कारण आक्रान्त बनेको छ । जसकाकारण किसानहरुको खर्बौंको क्षति हुँदा पनि पशुपन्छीको रोग नियन्त्रण र उपचारमा सक्रिय रुपमा परिचालित हुनुपर्ने निकायहरूमा शून्य बजेट काम काजनै ठप्प गरि बस्नु पर्ने अवस्थाको सिर्जना हुने कार्यले पशुपन्छी क्षेत्रको उत्पादनलाई संकुचित पार्ने र फेरि पनि नेपाललाई दूध, मासु, माछा र अण्डाको डम्पिङ्ग साइड बनाई नेपालको पशुपन्छी उद्योगहरु घरासायी बनाउने र देशको समग्र अर्थतन्त्र र मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको ञ । यस नदोहोरिने गरि मागहरु तत्काल पूरा नगरिए तपसिलका आन्दोनलका कार्यक्रमहरु गर्न वाध्य हुने जानकारी गराउँदछौं ।
स्रोत सामाग्री ः पशु सेवा विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, किसान संघ–संगठनहरुको प्रेस विज्ञाप्ति तथा मागपत्रहरु

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close