नेपालमा सुन्ताला खेती प्रविधि र त्यसको प्रयोग
बोम बहादुर थापा
परिचय ः
नेपालमा सुन्तला खेतीको सुरुवात कहिलेदेखि भयो भन्ने यकिन तथ्य भेटिदैन । तथापि विदेशी लेखकहरूले नेपालको बुटवल सुन्तलाको नामले आफ्ना पुस्तकहरूमा उल्लेख गरेका पाईन्छ । एक अध्ययन अनुसार संखुवासभा जिल्लाको माङतेवा गाउँमा दशौं वर्ष पहिले उनीहरूका पुर्खाले जंगलबाट संकलन गरी घर बगैँचामा लगाएका थिए भनिन्छ । अन्य सुन्तला हुने कतिपय पकेट क्षेत्रमा १०० वर्ष भन्दा बढी उमेरका सुन्तलाका बोटहरू पाईन्छन् । पूर्व इलामदेखि सुदुरपश्चिममा डडेलधुरासम्मको मध्य पहाडी भू–भागको हावापानी, उचाई, वर्षा, आद्रता, भौगोलिक अवस्था र सूर्यको प्रकाश क्षमता आदि कारणले गर्दा सुन्तला उत्पादन उच्च गुणस्तरको मानिन्छ । सुन्तला उत्पादनका केही प्रसिद्ध पकेट क्षेत्रमध्ये दैलेखको दुल्लु, गुल्मीको भादगाउँ, तनहुँको बन्दिपुर, धादिङको स्यादुल, धनकुटाको खोकु सुन्तला उत्पादन हुने नाम चलेका पकेट क्षेत्रहरू हुन् ।
एक तथ्याङ्क अनुसार सुन्तला जात फलफूलको कुल क्षेत्रफल ३५,५७६ हेक्टर मध्ये करिब २२,८७२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भैरहेको छ । सुन्तला बालीको कुल उत्पादनशिल क्षेत्रफल मध्ये १४,९१३ हेक्टरबाट १,७९,४९४ मे.ट. फल उत्पादन भएको अनुमान गरिएको छ । बगैँचा व्यवस्थापनका विभिन्न कारणले गर्दा नयाँ बगैँचा जुन रूपमा विकास हुनुपर्ने हो त्यो रूपमा हुन सकेको छैन । अर्कोतर्फ पूराना बगैँचाहरू पनि रोग कीराको प्रकोप, व्यवस्थापन हेलचक्र्याई, अधिक पूराना बगैँचा, जलवायु परिवर्तनको प्रभाव, सामाजिक अवस्था आदि कारणले गर्दा भएका बगैँचाहरू पनि तिव्र गतिमा ह्रास हँुदै गएको पाईन्छ । तथापि नेपालमा सुन्तला जात फलफूल खेतीको व्यवसायिक सम्भावना भने छँदैछ ।
प्रमुख १० सुन्तला उत्पादक जिल्ला ः
सुन्तला फल उत्पादन र क्षेत्रफलको हिसाबले स्याङ्जा सबभन्दा अगाडि रहेको छ । बगैँचाको उत्पादनशिल क्षेत्रको विश्लेषण गर्दा दैलेख बाहेक अन्य सबै जिल्ला ६०–७० प्रतिशतको हाराहारी भित्र रहेको पाईन्छ ।
सुन्तला जात फलफूल उत्पादन क्षेत्र ः
मध्य पहाडी क्षेत्रका जिल्ला लगायत कुल ४२ जिल्लामा सुन्तला जात फलफूल व्यवसायिक कार्यक्रम सञ्चालन भइरहेको छ । यस बाहेक थप १२ जिल्लामा साधारण कार्यक्रम पनि सञ्चालन हुँदै आएकोले कुल ५४ जिल्लामा सुन्तला जात फलफूल कार्यक्रम सञ्चालन हुँदै आएको छ । तराईका केही जिल्ला मोरङ, सुनसरी, नवलपरासी, कपिलवस्तु र कैलाली तथा भित्री मधेश अन्र्तगत पर्ने मकवानपुर, चितवन आदि जिल्लामा पनि सुन्तला तथा कागती खेती विस्तार भईरहेको छ ।
विश्व मानचित्रमा सुन्तला जात फलफूल र हाम्रो अवस्था ः
विश्व मानचित्रमा सुन्तला जात फलफूल मध्ये सुन्तलाले जम्मा १३ प्रतिशत भाग ओगटेको देखिन्छ तर छिमेकी देश भारतमा सुन्तलाको भाग ४३ प्रतिशत छ भने नेपालमा यसले ६५ प्रतिशत स्थान लिएको छ । तसर्थ सुन्तला जात फलफूल मध्ये नेपालमा सुन्तला प्रमुख बाली हो ।
सुन्तला जात बाली विश्व मानचित्र भारत नेपाल कैफियत सुन्तला १३०० ४३०० ६५००
जुनार ७१०० २५ ०० १५००
कागती र निबुवा १००० २५०० १७०० १३.६ र ३.४०० रहेको छ ।
अन्य ६०० ७०० ३००
सुन्तलामा फूल लाग्ने विधि ः
सुन्तलामा फूल तथा फलोत्पादन सम्बन्धी जानकारी हुनु अति आवश्यक हुन्छ । सुन्तला खेतीको अन्तिम लक्ष्य भनेको गुणस्तरको फल उत्पादन गर्नु हो । वार्षिक कार्य तालिका अनुसार सुन्तला बगैँचामा गर्नुपर्ने कार्यको लागि बोटमा लाग्ने फूल तथा फल उत्पादन सम्बन्धी जानकारी भएमा उचित व्यवस्थापन गर्न सकिन्छ ।
पालुवा र फूलको विकास सुन्तला बोट परिपक्क अवस्थामा पुगेपछि फूल फुल्न शुरु हुन्छ । सामान्यतया सुन्तलामा वर्षमा तीन पटक नयाँ पालुवा आउँछ । यी तीनै पटकको पालुवामा फूल फुल्ने क्षमता भएतापनि यहाँको हावापानी अनुसार वसन्त ऋतुमा पालुवामा फूल फुल्दछ र त्यही फूलमा फल उत्पादन हुन्छ । तर विभिन्न कारणले गर्दा कहिलेकाहिँ गर्मी मौसममा आएको नयाँ पालुवामा पनि फूल फुलेको पाईन्छ तर हेमन्त ऋतुमा आएको पालुवामा भने फूल फुल्ने सम्भावना देखिँदैन तर कागतीमा भने यो ऋतुमा पनि फूल फुल्दछ ।
भारतको नागपुरमा अम्बे वहार र मृग वहार गरी दुई सिजनमा फल फलाईन्छ । अगौटे फल उत्पादनको लागि अम्बे वहार (वसन्त पालुवा) र पछौटे फल उत्पादनको लागि मृग वहार (गर्मी मौसमको पालुवा) मा फल उत्पादन गर्ने चलन प्रचलित छ । वसन्त ऋतुमा आएको पालुवा छोटो, मजबुत, रोग कीरा कम लाग्ने र अर्को वर्ष फूल फुल्नको लागि परिपक्क उमेर पुग्ने भएकोले यो सिजनको पालुवाको आर्थिक महत्व छ । यसैगरी गर्मी मौसमको पालुवामा पनि फूल आउँछ । तर हेमन्त ऋतुमा आएको पालुवा कमजोर, लामो र आर्थिक हिसाबले अनुत्पादक हुन्छ । तसर्थ सुन्तला बगैँचामा हेमन्त पालुवाको खासै महत्व रहन्न ।
फूल फूल्ने समय ः
हुन त बगैँचाको स्थान र हावापानी अनुसार फूलको कोपिला लाग्ने समय फरक पर्छ । तैपनि सामान्यतया फाल्गुनको दोश्रो हप्तादेखि बोटमा फूलको कोपिला लाग्न शुरु हुन्छ । बोटको चरित्र अनुसार जुनारभन्दा सुन्तला बोटमा करिब १२–१५ दिन
ढिलो फूल फुल्छ । चैत्रको मध्य तिर बोटमा पूर्ण रूपमा ढकमक्क फूल फुल्ने समय हुन्छ । यो अवस्था चैत्रको अन्तिमतिर पुग्दा फूलमा परागसेचन कार्य पूरा भई फल लाग्ने अवस्थामा पुग्दछ । त्यसैले फाल्गुन महिनामा फूलको कोपिला शुरु भई चैत्रभर फूल फुलेर परागसेचन र गर्भाधान क्रिया समाप्त हुने अवधि हो ।
फूल फुल्ने प्रकृया ः
पुस–माघको चिसो अवधि, छोटो दिन, तिख्खर घाम, सुख्खा मौसम र बोटको सुषुप्तावस्था भरीमा अघिल्लो वर्षको वसन्त तथा गर्मी मौसमको पालुवामा फूल फुल्ने कोपिलाको विकास भइसकेको हुन्छ । वसन्त पालुवाका हाँगा छोटो र अन्र्तगाठो नजिक हुने हुँदा फूल अलि बाक्लो लाग्छ । गर्मी पालुवा अलि लामो र अन्र्तगाँठो पनि अलि लामो हुने हुँदा फूल पनि अलि पातलो लाग्छ । नयाँ पालुवामा आउने फूलले पात पनि लिएर आउँछ तर पूरानो हाँगामा आउने फूलको कोपिलामा पात हुँदैन । फूल फुल्ने बेलामा पनि पहिले पूराना कोपिलामा आएका पात विहिन कोपिला फक्रिन्छ । र सबभन्दा पछि पात सहितको नयाँ पालुवामा आएका कोपिलाहरू खुल्दछन् ।
सुन्तलालाई फूल फुल्ने र फल लाग्न पनि प्रशस्त घाम चाहिने भएकोले बोटको भित्री तथा तल पट्टिका हाँगाहरूमा फूल एकदमै कम लाग्छ । यसैगरी हेमन्त मौसममा आएका पालुवामा फूल फल्दैन, यदि फूल लाग्यो भने पनि ज्यादै कम मात्रामा लाग्दछ ।
फल लाग्ने तथा झर्ने ः
माघ महिनामा फूलको कोपिला विकास भई फाल्गुन महिनामा कोपिला लागेपछि चैत्र महिनाको मध्यतिर ढकमक्क फूल फुल्ने समय हुन्छ । चैत्र महिनाको अन्ततिर पुग्दा परागसेचन भई फल लाग्ने अवस्थामा पुग्दछ । वैशाखको पहिलो हप्ताभरमा फल लाग्ने क्रम अन्तभई फलको वृद्धि अवस्थामा प्रवेश गर्दछ तर परागसेचन नभएका, बढी सुख्खाले प्रभाव पारेका, पात विनाका फूल यी सबै किसिमका फूलहरू झर्दछन् ।
सुन्तलामा फूल फुलेदेखि फल पाक्नसम्म विभिन्न कारणले गर्दा फल झर्ने समस्या आउँंछ । झुप्पामा फलेका फल, पात विनाका फल र रोग कीराको कारणले असर पारेका फलहरू झर्ने क्रम अत्यधिक रहन्छ । खासगरी फल भर्ने कारणमा लामो समय खडेरी प¥यो भने, फलको वृद्धि अवस्थामा फल झर्ने ९व्गलभ मचयउ०, अण्डा आकारमा पुग्दा फल झर्ने (हरियो पतेरोको कारणले, फल कुहाउने झिँगाले गर्दा फल झर्ने, फल पाकेको बेलामा लामो समयसम्म माटोमा पानी लछप्प भएमा फलको कुनै पनि अवस्थामा रोग वा कीराको क्षति आदि कुनै पनि कारणले गर्दा फल झर्ने समस्या आइपर्छ ।
पmल झर्ने अवस्था ः
एउटा परिपक्क बोटमा फूल फुलेर परागसेचन भएदेखि फल पाक्नसम्म प्राकृतिक, रोग कीरा तथा व्यवस्थापनको कारणले गर्दा विभिन्न अवधिमा फल झर्ने समस्या देखा पर्छ । फल झर्ने अवस्था र कारणहरू यस प्रकार छन् ः– पmलको अवस्था भmर्ने समय भmर्ने कारण पmलको चिचिला अवस्था चैत अन्तिम वैशाख दोश्रो हप्ता धेरे बाक्लो फलको कोपिला, परागसेचन भई गर्भाधान क्रिया असफल भएका चिचिलाहरू यस अवधिमा सबभन्दा बढी झर्छन् । यो प्राकृतिक प्रकृया हो ।
केराउ दाना अवस्था वैशाख तेस्रो हप्ता–जेठ तेस्रो हप्ता यस अवधिमा सुख्खा बढी हुनाले माटोमा चिस्यान कम हुन्छ र बोटले सबै फल धान्न सक्दैन । तसर्थ फलको भेट्नोमा एब्सीसिन तह बनेर छानिएका फलहरू झर्छन् ।
गुच्चा आकार अवस्था असार समयमा वर्षा भएन वा कहिले पानी पर्ने कहिले खडेरी पर्ने अवस्थामा फल झर्छ । यसका साथै बोटले आफूले धान्न सक्ने भन्दा बढी फल भएमा पनि फल झर्छ ।
स्थानीय अण्डाकार अवस्था असार अन्तिमदेखि साउन ठाउँ अनुसार असार अन्तिमदेखि साउनभर हरियो पतेरो कीराले फलमा बसी रस चुसेर खाँदा फल पहेँलो भई फल झर्छ ।
पmल परिपक्व अवस्था असोज–कार्तिक खास गरी जुनार र निबुवा फलमा फल कुहाउने झिँगाको क्षतिले यस अवधिमा फल पाक्नु अगावै पहेँलो भई झर्छ र फलबाट औंसा कीरा निक्ली माटोमुनि लुक्न जान्छ ।
पmल परिपक्क तथा पाकेको अवस्था ः
मंसिर–पुस यो समय माटोमा सुख्खा हुने र फल पाक्ने समय भएको अवस्थामा लगातार ५÷७ दिन लगातार प्रशस्त पानी परेर माटो पूरा भिज्यो वा ७÷८ दिन लगातार पानी लछप्प भिज्ने गरी सिँचाई ग¥यो भने पाकेका फल पनि झर्न थाल्छ ।
सुन्तला जात खेती प्रविधि तथा स्किम :
नेपालमा पाइने सुन्तला जात फलफूल उत्पत्ति स्थलको हिसाबले नेपाल पनि सुन्तलाको सम्भाव्य स्थल मानिन्छ ।
विश्व प्रसिद्ध सिट्रस विज्ञ तानाकाले लेखेको किताबमा पनि बुटवल सुन्तलाको बारेमा उल्लेख भएको पाईन्छ । पश्चिमाञ्चल क्षेत्रको बुटवल प्राचिन कालदेखि कै व्यापारिक नाका रहेको र पश्चिमाञ्चल क्षेत्रका पहाडी जिल्लाहरूमा उत्पादन हुने सुन्तला त्यही बजारमा पुग्ने भएकोले बुटवल सुन्तला भनि उल्लेख भएको हुनुपर्छ । हाम्रो स्थानीय जातको सुन्तला ज्यादै गुणस्तरको मानिन्छ ।
नेपालमा पाईने सुन्तला जात फलफूलका जातः
बाली जात :
सुन्तला स्थानीय सुन्तला, योसिदा पोङ्कन, ओता पोङ्कन, डेको पोङ्कन, हायाका, मरकट, फिउट्रल अर्ली, थाई तान्जारिन, क्लेमेन्टाईन, अर्लेण्डो तेन्जेलो, म्याडम भेनस, किन्नो सुन्तला, ओता, फिउट्रल अर्ली, उन्सु सुन्तला (ओकित्सुवासे, मियागावावासे, ओसिमा उन्सु, ओत्सु–४, मियाउची ईयो, ईमामुरा उन्सु ।
जुनार मौसम्बी, पाईनेपल, समौति, माल्टा ब्लड रेड, रुबी, जाफा, हेम्लीन, भेनिल्ले, लु–जिङ–गङ्ग, वासिङ्गटन नेभल, न्याभेलेन्सिया, जुनार, माल्टा कमन, स्थानीय जुनार, फष्ट भ्यालेन्सिया, ओल्ड भ्यालेन्नी, न्यु भ्यालेन्सिया, सेन्ट भ्यालेन्सिया, पि.आर.एन. भ्यालेन्सिया, भ्यालेन्सिया लेट, ओका अरेन्ज, सेमिनल, न्यु ताराक्को, योसिदा नेभल, फुकुहारा–१, फुकुहारा–४, कियोमि ।
भोगटे स्थानीय नेपाली, थाई भोगटे, बाम्प्यो, अमानात्सु, आताचिवाना, कावाचिवाना ।
निबुवा लिस्बन लेमन र युरेका लेमन ।
कागती चाक्सी (स्वीट लाईम), रङ्गपुर कागती, सुन कागती ।
मुन्तला लाम्चो र गोलो ।
तिनपाते सुन्तला
यु.एस.डि.ए., रुविद, रीच, पुमोरी ।
सिट्रेन्ज क्यारिजो, ट्रयोर ।
अन्य कर्नाखट्टा, सेभेरेनिया बोक्सिफोलिया, सिट्रस युजु, नाईटे ज्यामिर, काली ज्यामिर,
भोल्कामेरियाना ।
नेपालमा उत्पादित सुन्तला फलको गुणस्तर निर्धारणः
५९ भन्दा मुनि सुन्तला खेतीका चार खम्बा (Four Pillars of Citrus Cultivation)सुन्तला जात फलफूल बगैँचालाई उत्पादनशिल बनाउन विभिन्न चार विद्याहरूको अति महत्वपूर्ण भूमिका रहन्छ । ती ४ खम्बाहरू यहाँ दिईएको छ । स्वस्थ एवं गुणस्तर बिरुवा व्यवस्थापन ः बगैँचा स्थापनाको पहिलो पाईला मध्ये स्वस्थ एवं गुणस्तर बिरुवा रोप्नु हो । प्राविधिक दृष्टिले यदि बिरुवा रोग कीरा मुक्त छैन र गुणस्तरको भएन भने बगैँचामा फल ढिलो फल्ने, कम गुणस्तरका फल उत्पादन दिने र छोटो अवधिमै बगैँचा ह्रास हुने समस्या आईपर्छ ।
बगैँचा व्यवस्थापन प्रविधि प्रयोग ः
स्वस्थ र गुणस्तरको बिरुवा रोपेर मात्र पुग्दैन । एक पटक बगैँचा स्थापना गरिसकेपछि बिरुवाको उमेर र अवस्था अनुसार बगैँचामा गर्नुपर्ने विभिन्न प्राविधिक कार्यहरू गर्नुपर्छ । वार्षिक कार्य तालिका अनुसार बगैँचामा गनुपर्ने कार्यहरू गरिएन भने छोटो अवधिमै बगैँचा ह्रास हुने, उत्पादन कम हुने र कम गुणस्तरको फल उत्पादन हुने समस्या आईपर्छ ।
रोग कीरा व्यवस्थापन ः
सुन्तला बोटमा लाग्ने विभिन्न प्रकारका हानीकारक रोगहरू र कीराहरू मध्ये कतिपय अति नै विनाशकारी हुन्छन् । ती विनाशकारी कीरा र रोगको बेलैमा नियन्त्रण गरिएन भने स्वस्थ एवं उत्पादनशिल बगैँचा पनि छोटो अवधिमै ह्रास भई सखाप हुन्छ ।
बगैँचा ह्रास व्यवस्थापन ः बिरुवालाई आवश्यक पर्ने खाद्य–तत्व र पानी व्यवस्थापन यी दुई अति महत्वपूर्ण पक्षहरू हुन् । प्रकृतिमा उपलब्ध हुने खाद्य–तत्वको मात्राले मात्र अपुग हुन्छ । तसर्थ बगैँचामा आवश्यकता अनुसार थप व्यवस्था हुन अति आवश्यक हुन्छ । हुन त बगैँचामा रोप्ने बिरुवाको गुणस्तर, बगैँचा व्यवस्थापन, रोग कीरा व्यवस्थापन आदि सबै पक्षहरूको व्यवस्था नहुँदा उत्पन्न हुने एकीकृत समस्या नै बगैँचा ह्रास हो । तसर्थ सुन्तला जात फलफूल बगैँचामा यसको पनि अति महत्वपूर्ण भूमिका रहन्छ ।
(१) स्वस्थ एवं गुणस्तर बिरुवा व्यवस्थापन
सुन्तला जात फलफूल नर्सरी ः
आर्थिक वर्ष २०६६÷०६७ मा निजी तथा सरकारी नर्सरीहरूबाट उत्पादन गरिएको सुन्तला जात फलफूल बिरुवाको विवरण तल दिईएको छ । विभिन्न जिल्लाहरूमा स्थापना गरिएको निजी नर्सरीहरू मध्ये केही नर्सरीहरू मात्र वर्षेनी बिरुवा उत्पादन गर्ने तर अधिकांश नर्सरीहरूले थोरै मात्र बिरुवा उत्पादन गर्ने गर्छन् । यस मध्ये केही नर्सरीहरूले कुनै साल बिरुवा उत्पादन गर्ने त कुनै साल नगर्ने गरेका छन् ।
सुन्तला जात फलफूल बिरुवा उत्पादनको कूल परिमाण मध्ये करिब ९५०० भन्दा बढी निजी नर्सरीहरूबाट उत्पादन तथा बिक्री वितरण भइरहेको छ भने बाँकी ५०० मात्र सरकारी फार्म केन्द्रहरूबाट उत्पादन भएको छ । यसैगरी कागतीमा करिब शत प्रतिशत नै बिजु बिरुवा उत्पादन हुँदै आएको छ । तथापि ज्यादै न्यून परिमाणमा मात्र कागती कलमी बिरुवा उत्पादन हुन थालेको छ । सरकारी स्तरमा भएका नर्सरीबाट जुनारका शत प्रतिशत बिरुवा कलमी छन् भने निजी नर्सरीहरूबाट भने दुबै कलमी तथा बिजु बिरुवा उत्पादन हुँदै आएको छ ।
कृषकहरूलाई कलमी बिरुवा लगाउन प्राविधिक सल्लाह दिएतापनि सुन्तलामा कलमी बिरुवा उत्पादनको करिब १८.५०० मात्र कलमी बिरुवा उत्पादन हुन्छ भने बाँकी बिजु बिरुवा नै उत्पादन हुँदै आएको छ ।
स्वस्थ एवं गुणस्तर बेर्ना छनौंट ः
नर्सरी धनीले बिरुवा उत्पादन गर्दा नर्सरीमा ध्यान दिनुपर्ने कुराहरू ः
प्राविधिकले सिफारिस गरेको जातको फाउण्डेशन बेर्ना व्यवस्था गरी रसायनको लागि माउबोट स्थापना गर्ने । तिनपाते सुन्तलाको बिउ उत्पादन गर्न रुट–स्टक माउबोट ब्लक स्थापना गर्ने । प्राविधिक रूपले मापदण्ड पुगेका रुट–स्टकमा माउबोट ब्लकबाट सायन लिई कलमी गर्ने । गुज–नेक आकार र अल्बिनो (पात सेता भएका) बेर्नाहरू हटाउने ।
कम्तिमा १ पटक सुक्ष्म तत्वको सम्मिश्रण नर्सरी बेर्नामा स्पे्र गर्ने । बिरुवाको अवस्था हेरी गौ मुत्र संकलन गरी १ः५ अनुपातमा बेर्नाको पात लछप्प भिज्ने गरी स्पे्र गर्ने । बेर्ना बेच्ने वर्ष फाल्गुनदेखि नर्सरी तथा नर्सरी बेर्नामा कुनै पनि किसिमका रासायनिक मल प्रयोग नगर्ने ।
स्वस्थ एवं गुणस्तरको बेर्ना छनौंटका आधार ः
खुल्ला नर्सरीमा उमारेको बेर्ना छ भने १००० मिटरभन्दा माथिको उचाईमा नर्सरी हुनुपर्छ । सिफारिस गरिएको तिनपाते सुन्तला रुट–स्टक भएको । बेर्नाको उमेर एकदेखि डेढ वर्ष पुगेको । बेर्नाको उचाई कम्तिमा डेढ फिट अग्लो । मसिना जराहरू प्रशस्त भएको । हानीकारक रोग कीरा मुक्त । सकभर पोली ब्यागमा उमारेको बेर्ना लगाउने । भरपर्दो बिरुवा उत्पादन स्रोत केन्द्र । सकभर जिल्ला भित्रकै नर्सरी । सम्भव नभए सबभन्दा नजिकको नर्सरीबाट बिरुवा खरिद गर्ने (ढुवानी गर्दा बिरुवामा पर्ने असर र लाग्ने दिन कम होस् ।
नर्सरी स्थलमा बेर्ना प्याकिङ तथा ढुवानी ः
बेर्ना उखेल्ने, जरा काट्ने र ढुसी नाशक विषादीले उपचार गर्ने । जुट चट्टि वा प्लाष्टिकमा झ्याउ राखी बिरुवा प्याकिङ गर्ने । बढीमा बिरुवा प्याकिङ गरेको ७ दिन भित्र बगैँचामा रोपी सक्ने । ढुवानी गर्दा राति बिरुवा भण्डारण गर्दा सकभर प्याकिङ गरेको पोकाहरू एक–एक गरी अलग–अलग राखेर चिसो पानीले हल्का छम्किने । गाडीमा ढुवानी गर्दा गाडीको छत्मा सिधै हावाले नहान्ने गरी मिलाउने । बिरुवा ढुवानी गर्दाको समय नयाँ पालुवा पलाएको छ र टाढा ढुवानी गर्नु पर्ने छ भने नयाँ पालुवा सिकेचरले काटी हटाउने ।
(२) बगैँचा व्यवस्थापन प्रविधि प्रयोग ः
सुन्तला जात फलफूल बगैँचा स्थापना ः
हाम्रा अधिकांश सुन्तला बगैँचाहरू घरबारीमा सीमित रहेका छन् । तर अहिले आएर व्यवसायिक खेतीतर्फ क्रमशः वृद्धि हुन गएकोले व्यवसायिक बगैँचा स्थापनाले गति लिएको छ । क्षेत्रफल विस्तारको सन्दर्भमा वार्षिक सरदर १२०० हेक्टरको दरले वृद्धि हुँदै गएको छ । क्षेत्रफल विस्तार, फल उत्पादन तथा उत्पादकत्व वृद्धि भैरहेतापनि बगैँचा व्यवस्थापन प्रविधिको प्रयोग हुन नसक्दा पूराना तथा नयाँ फल फल्ने बगैँचाहरू पनि ह्रास हुँदै गैरहेका छन् ।
बगैँचा लगाएपछि प्राविधिक सल्लाह अनुसार वार्षिक कार्य पात्रो अनुसार व्यवस्थापनको काम गर्नुपर्छ । घरबारी बगैँचा लगाउँदा खासै फरक पर्दैन तर व्यवसायिक बगैँचा स्थापना गर्दा केही आधारभूत कुराहरूमा ध्यान दिनुपर्छ ।
व्यवसायिक बगैँचा स्थापनाका आधारभूत कुराहरू यहाँ दिईएको छः–
बगैँचा स्थल छनौंटः गाउँघरमा बुढापाकाहरू भन्छन् उत्तर फर्केको हिमाल देख्ने बगैँचामा रसिलो भरिलो फल फल्छ र बगैँचा पनि टिकाउ हुन्छ । यसको अर्थ के भने हाम्रा बगैँचामा सिँचाई सुविधा नभएकोले उत्तर मोहोडा गरेका बगैँचामा शित, वर्षा आदिको कारण र कम वाष्पिकरणले गर्दा तुलनात्मक रूपमा अलि लामो समयसम्म माटोमा चिस्यान रहने भएकोले यसो भएको हो ।
भौगोलिक उचाई ९०० देखि १४०० मि. सम्मका जग्गा छनौंट गर्ने । सिँचाई सुविधा र भने दक्षिण मोहोडा सबभन्दा उपयुक्त हुन्छ । सुन्तला जात फलफूललाई सबभन्दा बढी घाम चाहिने बाली हो । यसलाई अंग्रेजीमा क्गल ीयखष्लन एबिलत पनि भनिन्छ । माटो सकभर हल्का, कालो, प्राङ्गारिक पदार्थ भएको, पानी नजम्ने, करिब १ मि. गहिराईसम्म कडा भाग नभएको छनौंट गर्ने ।
बगैँचा स्थापना पूर्वाधार ः
वर्षाको पानी वा नजिकैको स–साना पानीको स्रोतबाट पानी संकलन प्लाष्टिक पोखरी निर्माण गर्ने । कम्पोष्ट मल बनाउन चाहिने कम्पोष्ट खाडल तयार गर्ने । प्रति हेक्टर कम्तिमा ४ घार मौरीको व्यवस्था मिलाउने । आवश्यक बागवानी औजार तथा सामाग्री व्यवस्था गर्ने ।
बगैँचा रेखाङ्कन ः
भौगोलिक बनावट अनुसार फलफूल बगैँचा रेखाङ्कन विधि पनि फरक पर्दछ । बिरुवाको किसिम, जात र बिरुवाको वृद्धि हुने प्रकृति अनुसार बिरुवाको दूरी पनि फरक पर्दछ । हाल हामीले प्रयोग गर्दै आएको रेखाङ्कन विधि यस प्रकार छ ः–
११ वर्गाकार तरिका ः यस तरिका बमोजिम रेखाङ्कन गर्दा एक बोटदेखि अर्कोे बोटको दूरी र एक लाइर्न देखि अर्काे लाइर्नको दूरी बराबर राखिन्छ । रेखाङ्कन शुरु गर्दा पहिले सडक वा बार बन्देजसँग समानान्तर हुने गरी बोटको बीचमा राखिने आधा दूरी छोडेर आधार रेखा खिचिन्छ र त्यसमा ३,४,५ को सुत्र प्रयोग गरी ९० डिग्रीको कोण बनाई आधार रेखा तानिन्छ । दुबै रेखाका बिरुवाको लागि राख्नु पर्ने दूरी बराबरमा किला गाडिन्छ वा चिन्ह लगाइन्छ ।
ठाडो रेखाको पहिलो चिन्ह र आधार रेखाको पहिलो चिन्हबाट बिरुवाको लागि कायम गरिएको दुरी बरावर दुईवटा डोरी लिएर तन्काउँदा दुई डोरीको छेउ जहाँ मिल्छ त्यहाँ किला गाडिन्छ । यो चिन्ह दाश्रो लाइर्नको पहिलो चिन्ह हुन्छ । यो तरिका प्रायः सम्म परेको जग्गामा गरिन्छ ।
गह्रा÷कान्ला तरिका ः
पहाडी क्षेत्रमा जहाँ खेत तथा बारीहरू गह्रा–कान्ला परेको हुन्छ त्यस्ता जग्गाहरूमा यो विधि अपनाईन्छ । यसमा एक लाईनदेखि अर्को लाईनको दूरी बरावर राखिन्छ तर एक गह्रादेखि अर्को गह्राको दूरी फरक हुने भएकोले एक लाईन भित्र बिरुवादेखि बिरुवाको दूरी फरक पर्दछ । यस तरिकाद्वारा रेखाङ्कन गर्दा सबभन्दा पुछार र सिरानमा डोरी टाँगी आधार रेखा बनाईन्छ । र बिरुवालाई आवश्यक पर्ने दूरीको फरकमा किला गाडी चिन्ह लगाईन्छ । सिरानको चिन्हबाट पुछारको चिन्हसँग मिल्ने गरी डोरी टाँगिन्छ र बीचमा पर्ने बोटहरूको लागि सीधा रेखामा पर्ने गरी अनुकुल ठाउँ हेरी चिन्ह लगाईन्छ ।
बिरुवा रोपण ः
आफूले चाहेको विधि अनुसार रेखाङ्कन गरिसकेपछि ३ फिटदेखि १ मि. सम्म माटोको अवस्था हेरी खाडल तयार गर्ने । खाडलको माथिल्लो आधा भाग माटो एकापट्टि र तलको आधा भाग अर्काे पट्टि राख्ने । खाडल पुर्दा १ खाडलको लागि १ डोको कुहिएको गोबर वा कम्पोष्ट मल, २ मुट्ठी कृषि चुन माटोसँग मिलार्इ खाडल खन्दा निस्केको माथिल्लो भाग माटो तल र तलको माथि पर्ने गरी खाडल पुर्ने । खाडल पुर्दा जमिनको सतहदेखि १ फिट माथिसम्म पुर्ने ।
यसरी तयार गरेको खाडलमा बिरुवा रोप्दा खाडलको बिचमा पर्ने गरी बिरुवाको जरा अट्ने गरी खाडलमा बिरुवा राखी एक बाल्टी पानी हाली बुको माटो हाल्दै पुर्ने । बिरुवा रोप्दा कहिल्यै पनि बिरुवालाई बढी पुर्नु हुँदैन । नर्सरीबाट बिरुवा उखेल्दा जति भाग माटोले छोएको थियो त्यति मात्र पुर्नुपर्छ । बिरुवा रोपेपछि बिरुवाको नजिकै १ मिटर लामो बाँसको भाटा गाडी त्यसमा सटाएर रोपेको बिरुवालाई डोरीले अंगे्रजी “डु आकारमा क्रसगरी बिरुवालाई बाँधिदिने ।
सुन्तला जात बगैँचा व्यवस्थापन प्रविधि ः
घरबारी होस् वा व्यवसायिक बगैँचा सबै किसिमका बगैँचामा राम्रो फल उत्पादनको लागि उचित स्याहार–सम्भारको आवश्यकता पर्दछ । बाह्र महिना, ऋतु अनुसार मौसममा हुने बदलावसँगै बिरुवाको हरेक कृयाकलापमा पनि परिवर्तन भैरहेको हुन्छ । सोही मुताविक बगैँचामा गरिने व्यवस्थापन कार्य पनि फरक–फरक हुन्छ । यसमध्ये मलखाद प्रयोग, सिँचाई र तालिम–काँटछाँट अति महत्वपूर्ण कार्य अन्र्तगत पर्दछ । त्यसैले यी विषयहरूलाई अलग–अलग उल्लेख गरिएको छ भने अन्य व्यवस्थापन गतिविधिको विवरण यहाँ दिईएको छ ।
बेसिन बनाउनेः बिरुवा रोपेको पहिलो वर्ष बिरुवाको १ मि. वरिपरि बेसिन बनाए देखि बिरुवा बढ्दै जाँदा बिरुवाले जति क्षेत्रफल ढाक्छ त्यति क्षेत्रमा बेसिन बनाउँदै जानुपर्छ । सुन्तला जात फलफूलको खाद्य तत्व र पानी तान्ने रेसादार जराहरू धेरै तल नजाने भएकोले बिरुवालाई सजिलोको लागि बेसिन बनाईन्छ । हरेक वर्ष यही बेसिनमा सिँचाई गर्ने र मलखाद दिने गरिन्छ ।
सकर हटाउनेः कलमी गरिएका बिरुवाको रुट–स्टकबाट बारम्बार सकरहरू पलाईरहन्छ । यी सकरहरूले सायनले भन्दा बढी खाद्य–तत्व लिने भएकोले यसको वृद्धि छिटो हुन्छ भने सायन बिस्तारै बढ्छ । केही समयपछि सायनले खाद्य तत्व पाउन नसक्दा मर्दै जान्छ र रुट–स्टकबाट पलाएको सकर मात्र हुर्किन्छ । कहिलेकाँही कृषकको बगैँचामा कलमी सुन्तला वा जुनार रोपेको बोटमा सायन मरी तिनपाते सुन्तलाको सकर हुर्किएको पाईन्छ । तसर्थ रुट–स्टकबाट आउने सकरहरूलाई तुरुन्त हटाई दिनुपर्छ ।
टप वर्किङ गर्नेः
कहिलेकाहिँ कुनै अमिलोजातको बोटलाई नयाँ जात बनाउन मन लाग्यो वा हुर्किसकेको बोटमा राम्रो फल लागेन भने वा एकै बोटमा विभिन्न जात फलाउन मन लाग्यो भने त्यस्ता बोटहरूमा टप–वर्किङ प्रविधि प्रयोग गरिन्छ ।
मौसम अनुसार टप वर्किङ गर्ने तरिका पनि फरक पर्दछ । तसर्थ बडिङ, भिनियर वा साईड भिनियर ग्राफ्टिङ विधिबाट टप–वर्किङ गर्न सकिन्छ । टप वर्किङ गर्दा बोटको हाँगा राम्ररी चिल्लो हुने गरी पु्रनिङ आरीले काटी हटाउनुपर्छ । टप वर्किङ गर्दा पेन्सिल साईजको गोलो सायन लिनुपर्छ । सायनलाई २ वटा आँख्ला रहने गरी टुक्रा पारी तल चित्रमा झैं गरी टप–वर्किङ गर्ने ।
नेचुगि÷एप्रोच ग्राफिटङ्ग सुन्तला जात फलफूलमा जरा तथा फेंद कुहिने रोगले गर्दा फल फल्ने वयस्क बोटहरू पनि अकस्मात् मर्न थाल्छन् । तिनपाते सुन्तलामा कलमी गरेका बेर्नाहरूमा यो समस्या आउँदैन । बिजु तथा ज्यामिरमा कलमी गरिएका बेर्नामा यी रोगहरू अत्यधिक देखिन्छ । यदि यी रोग लागेमा बेलैमा उपचार गर्न सके नियन्त्रण हुन्छ । यस बाहेक बोटको फेंदमा तिनपातेको रुट–स्टकले नेचुगि गरेर बोटलाई बचाउन सकिन्छ । नेचुगि गरेको रुट–स्टकले खाद्य–तत्व तथा पानी तानेर मूल बोटलाई आपूर्ति गर्ने काम गर्छ । पेन्सिल साईजको तिनपाते रुट–स्टकलाई बोटको फेंद नजिक रोपी २ से.मि. जति लामो छड्को काट्ने र बोटको फेदको उपयुक्त ठाउँमा चक्कुले बोक्रा र डाँठ समेत काटिने गरी छड्के पारेर काटी तिनपाते रुट–स्टक घुसाई बाहिरबाट प्लाष्टिक फित्ताले टम्म कसेर बाँधी दिनुपर्छ । आवश्यकता अनुसार एउटै बोटमा २÷३ वटासम्म पनि नेचुगि गरिन्छ ।
पmल छाँट्ने तथा व्यवस्थानः पmल लागेपछि विभिन्न अवस्थामा आफै पनि झर्छ । फल लागेपछि वैशाख महिनामा केराउ दाना र जेठमा गुच्चा आकारको हुँदा अत्यधिक मात्रामा फल झर्छ । यसपछि भने फल झर्ने क्रम रोकिन्छ । यदि बोटमा बाक्लो फल छ भने आषाढ अन्तिम वा श्रावण लाग्दै हात वा क्लिपरको सहायताले फल छाँट्नुपर्छ । फल फल्ने वर्ष धेरै फल उत्पादन हुँदा बोटले बनाएको खाद्य–तत्व अत्यधिक मात्रामा फलतिर जाँदा बोटमा जगेडा हुन पाउँदैन र बोट कमजोर भई फल टिपे पछि विस्तारै टुप्पो र झ्याङको बाहिरपट्टिका मसिना हाँगाहरू मर्दैै ह्रास हुन्छ । तसर्थ बोटलाई स्वस्थ एवं वर्षे उत्पादनशिल बनाई राख्न बढी भएका फललाई छाँट्नुपर्छ ।
मल्चिङ गर्ने ः
असारदेखि वर्षा शुरु भई भदौसम्म रहन्छ । यस अवधिमा तापक्रम पनि बढी हुने भएकोले वातावरण न्यानो र ओसिलो हुन्छ । यस अवधिमा मल्चिङको खासै आवश्यक पर्दैन । असोज–कार्तिकमा मल्चिङ गर्दा सुन्तला जात फलफूल बोटमा लाग्ने हानीकारक कीराको लागि लुकेर बस्ने आश्रय स्थल बन्न सक्छ । खासगरी पुसदेखि जेठसम्मको लामो सुख्खा समयमा माटोको चिस्यान बचाई राख्न मल्चिङको आवश्यक पर्दछ । भदौको अन्तिमदेखि वर्षा बन्दभई तापक्रम कम हुने र माटोको चिस्यान पनि सुख्खा हुँदा फल छिप्पिने र रङ्ग चढ्नको लागि उपयुक्त वातावरण बन्दछ ।
मंसीरदेखि फल टिप्न शुरु भई ढिलोमा माघको दोश्रो हप्तासम्म फल टिपी सुन्तला जात खेती प्रविधि तथा स्किम सकिन्छ । फल टिपीसकेपछि बोटमा काँटछाँट गर्ने, बेसिन खन्ने, मलखाद दिने, सिँचाई गर्ने र सुक्ष्म तत्व, झोल मल वा बोर्डो मिश्रण स्प्रे गरेपछि बोटको बेसिन वरिपरि सुकेको घाँसपात परालले मल्चिङ गर्न सके माटोको चिस्यान संरक्षण हुने हुँदा बोटलाई फाईदा पुग्दछ । तसर्थ उपलब्ध भएसम्म वर्षेनी मल्चिङ गर्नुपर्छ । पछि मल्चिङ कुहिएर माटोमै मिली मल बन्दछ ।
बोर्डो मिश्रण स्पे्र गर्ने ः
हिउँदमा गर्नुपर्ने बगैँचा व्यवस्थापनको सम्पूर्ण कार्य सकेपछि १ प्रतिशतको बोर्डो मिश्रण बोटको सम्पूर्ण भाग भिज्ने गरी स्पे्र गर्नुपर्छ । यस अवधिमा छरेको बोर्डो मिश्रणले बोटमा सुषुप्तावस्थामा बसेका ढुसीजन्य रोगलाई नियन्त्रण गर्छ । यसले माईट्स कीरा पनि नियन्त्रण गर्छ । यसका साथै यसले बोटलाई सुक्ष्म तत्वको पनि आपूर्ति गर्ने भएकोले यस अवस्थामा गरिने स्पे्र ज्यादै महत्वपूर्ण हुन्छ । यस बाहेक बैशाख महिनामा फल केराउ दाना अवस्थामा पुग्दा पनि १ प्रतिशतको बोर्डो मिश्रण स्पे्र गर्न सके अति लाभकारी हुन्छ ।
सुक्ष्म तत्व स्पे्र गर्नेः सम्पूर्ण फलफूल मध्ये सुन्तला जात फलफूलले कुनै पनि तत्वको कमी हुनासाथ लक्षण देखाई हाल्छ । सुन्तला जात फलफूल बगैँचा ह्रासको विभिन्न कारण मध्ये बिरुवाको सुक्ष्म खाद्य–तत्व पनि एक हो । तसर्थ
बोटमा सुक्ष्म तत्वको कमी हुनबाट बचाउनको लागि वर्षको एकपल्ट वैशाख महिनामा राम्ररी बोट भिज्ने गरी स्पे्र गर्नुपर्छ (सुक्ष्म–तत्वको मात्रा मलखादको भागमा दिईएको छ) ।
सिँचाई पानी निकास ः सुुन्तला जात फलफूलको जरा अति संवदेनशिल हुने भएकाले लामो समय माटोमा पानी लछप्प भयो वा जम्यो भने जरा कुहिन थाल्छ र बिरुवा मर्छ । तसर्थ वर्षामा सुन्तला बगैँचामा पानी जम्ने अवस्था भएमा तुरुन्त पानी निकासको व्यवस्था मिलाउनु पर्छ (सिँचाइको लागि सिँचाई प्याप्टरमा हुने हुनाले) ।
बगैँचा सरसफाई ः
बगैँचामा गर्नुपर्ने कार्यहरू समयमै गर्न सके बगैँचा स्वस्थ एवं उत्पादनशील रहन्छ । अनावश्यक झारपात गोडमेल गर्ने, झरेको फल जम्मा गरी माटोमा पुर्ने (खासगरी असोज–कार्तिकमा झरेका फल), बोटमा आएका ऐंजेरु, झ्याउ र आकाशबेली हटाउने, बोटको अवस्था ठिक छ छैन समयमै निरीक्षण गरी उपचार गर्ने, बोटको फेंदमा बोर्डो पेष्ट लगाउने आदि कामहरू गर्न सके लामो समयसम्म बगैँचा स्वस्थ र उत्पादनशिल रहन्छ ।
तालिम तथा काँटछाँट ः
बिरुवामा गरिने तालिम तथा काँटछाँटको सैद्धान्तिक ज्ञान भएपछि गरिने काम कृषक तथा प्राविधिकको सीप र कलामा निर्भर रहन्छ । बगैँचा स्वस्थ र उत्पादनशिल बनाई राख्न कलिलो अवस्थामा गर्नुपर्ने तालिम र वयस्क अवस्थामा काँटछाँटको अत्यन्त जरुरत पर्दछ । काँटछाँट नभएका बोट छिटो ह्रास हुन थाल्छन् साथै उत्पादन व्यवस्थित हुँदैन ।
मलखाद प्रयोग ः
बगैँचा व्यवस्थापनको अर्को महत्वपूर्ण काम मलखादको प्रयोग हो । बिरुवाको उमेर, अवस्था र सिजन अनुसार मलखाद प्रयोगको तरिकामा फरक पर्दछ । सुन्तला जात फलफूलको जराको प्रकृति पनि फरक भएकोले मलखाद प्रयोग गर्दा उचित तरिका पुगेन भने बोटले लिन सक्दैन –मलखाद सम्बन्धी जानकारी यसको प्याप्टरमा हेर्नुहोला) ।
तालिम तथा काँटछाँटः असल गुणस्तर र उत्पादनशील बनाई राख्नको लागि मानिस तथा जनावरलाई जस्तै बोट बिरुवालाई पनि तालिमको आवश्यकता पर्छ । बगैँचामा बिरुवा लगाएदेखि बोटको वृद्धि अवस्थासम्म तालिम र
फल उत्पादन लिने अन्तिम वर्षसम्म काँटछाँटको अति आवश्यक पर्छ । वर्षेनी काँटछाँट गरिएन भने बोटको उत्पादनशिल क्षमता र फलको गुणस्तरमा ह्रास आउँछ । बोटलाई आवश्यकता अनुसार निश्चित आकार दिन तालिम दिईन्छ ।
यसैगरी बोटले धान्न सक्ने र गुणस्तरको फल फलाउन अनावश्यक हाँगा हटाउने प्रविधिलाई काँटछाँट भनिन्छ ।
सम्पूर्ण फलफूल मध्ये अंगुर र किवीफललाई अति बढी काँटछाँट गर्नुपर्छ । त्यसपछि काँटछाँट गर्नुपर्ने फलफूलमा स्याउ र जापानी नास्पाती पर्छ । सदावहार फलफूल मध्ये सुन्तला जात फलफूलमा बढी काँटछाँटको आवश्यक पर्छ तर तालिम भने अधिकांश फलफूल बालीमा गर्नु पर्छ । सामान्यतया फलफूल बोटमा काँटछाँट गर्दा यी हाँगाहरूलाई हटाउनु पर्छ । अति बाक्ला एवं एकआपसमा जोडिएका हाँगाहरू । लाछिएका तथा लत्रिएका हाँगा । रोग तथा कीराले अति ग्रस्त पारेका हाँगा । पmल फलेर थाकेका हाँगा । पmल नफल्ने चोर हाँगाहरू ।
तालिम तथा काँटछाँट गर्ने तरिका ः
सुन्तला जात फलफूलमा काँटछाँट गर्दा मूल हाँगामा तिन वटा मुख्य हाँगा राखि बिरुवाको कलिलो अवस्थादेखि नै तालिम दिईन्छ । प्रत्येक मूल हाँगाबाट आएका सहायक हाँगाहरू एकआपसमा नजोडिने र नखप्टिने गरी दुई÷दुईवटा हाँगा बनाउनु पर्छ । यसै गरी नयाँ हाँगा बनाउँदै लैजानुपर्छ । पहिलो सहायक हाँगा जमिनको करिब ७० से.मि. उचाईमा रहने गरी र दोश्रो सहायक हाँगा पहिलो सहायक हाँगाको करिब १ मि. आसपास फरकमा रहने गरी राख्ने यसरी बनाउँदै लगि अन्तिममा मूल हाँगाको टुप्पोमा अन्तिम सहायक हाँगा बनाउनुपर्छ । कलमी बिरुवा भन्दा बिजु बिरुवाका पालुवा अझ बढी बढ्ने भएकोले बिजु बिरुवामा तालिम तथा काँटछाँटको झन् बढी आवश्यक पर्छ ।
१. बोटको वृद्धि अवस्था र तालिम काँटछाँट ः
पहिलो वर्ष बिरुवा रोप्ने बेलामा बिरुवामा आएका नयाँ पालुवा काटेर रोप्नुपर्छ । वसन्त पालुवा लाग्ने सिजनमा बढी सुख्खा हुने र प्रकाश अवधि पनि धेरै हुने भएकोले यस अवधिमा आएका पालुवा छोंटो र मोटो भई मजबुत हुन्छ । गर्मी मौसमको पालुवाको वृद्धि बढी हुन्छ । बिरुवा रोपेको एक वर्षपछि हिउँदमा तालिम तथा काँटछाँट गर्नुपर्छ । काँटछाँट गरी सकेपछि मूल हाँगालाई डोरीले तन्काएर किलामा बाँधी दिनुपर्छ । यसो गर्दा बोटको फैलावट र हाँगा मजबुट हुन जान्छ । बोटको भित्री भागसम्म घाम पुग्न र झोपिलो बनाउन खुल्ला केन्द्रिय प्रणाली विधि अनुसार बोटलाई टे«निङ दिनुपर्छ । गर्मी समयमा आउने पालुवामा ठुला काँडा पनि आउँछ, त्यसैले काँटछाँट गर्दा यसलाई पनि हटाई दिनुपर्छ । दोश्रो वर्ष मूल हाँगाको रूपमा राखेका हाँगाहरू अलि मजबुत र स्पष्ट भएर आउँछन् । मूल हाँगा बाहेक आएका हाँगालाई काँटछाँट गर्दा हटाउनुपर्छ ।
मूल हाँगा धेरै लामो भई काँटछाँट गर्नुपर्दा उक्त हाँगा नुहाउँदा जहाँबाट नुहिन्छ त्यही भागबाट काट्नुपर्छ । काट्दा खेरी हाँगाको टुप्पोमा भएको पलाउने मुना ९खभनभतबतष्खभ दगम० बाहिरपट्टि पर्नेगरी काट्नुपर्छ । निगाला वा बाँसको भाटा गाडी मूल हाँगालाई त्यसमा जुटको डोरीले बाँधी हाँगालाई फैलाउनु पर्छ । यी हाँगाबाट अर्को सहायक हाँगा कुन राख्ने भन्ने निश्चित नभएसम्म आएका अन्य हाँगाहरूमध्ये तल लत्रिएका र बाक्ला हाँगाहरू काटेर बाँकी हाँगाहरू सहायक हाँगाको लागि राख्नुपर्छ । शाखा हाँगाहरू मूल हाँगाको वृद्धिलाई रोकावट गर्ने गरी ह्वात्त बढेको पाईएमा त्यस्ता हाँगालाई काटेर हटाई दिनुपर्छ ।
बढी प्रुनिङ गर्दा बोटको भित्री भागमा चोर हाँगाहरू आउन सक्छन् । यस्ता चोर हाँगाहरू खासगरी गर्मी पालुवामा बढी देखिन्छ । बिरुवा दोश्रो वर्ष पुग्दा बोट फैलाउने र मूल हाँगाको दिशा निर्धारण गर्न तालिम–काँटछाँटको अति जरुरी हुन्छ ।
बिरुवा तेश्रो वर्ष पुग्दा राम्ररी बढेको छ भने एक मिटर भन्दा अग्लो भएको र हामीले तयार गरेको तिन वटा मूल हाँगा निश्चित भैसकेको हुन्छ । यसै वर्ष देखि मूल हाँगामा अर्को सहायक हाँगा निश्चित गरी तयार गरिन्छ ।
दोश्रो वर्षमा झैं तेश्रो वर्ष पनि मूल हाँगाको टुप्पा समाति तल झुकाउँदा जुन ठाउँबाट नुहिन्छ त्यहीदेखि काटि गएको सालमा जस्तै गरी हाँगालाई फैलाउनु पर्छ । हाँगालाई किला ठोकी डोरीमा तन्काउँदा ३० देखि ३५ डिग्रीको कोणमा ढल्किने गरी तन्काउनु पर्छ । यसो गर्दा हाँगाहरू बलियो हुन्छ । तेश्रो वर्षमा फल फलाउँदा बोट कमजोर हुने भएकोले फल नफलाई चौथो वर्षदेखि फलाउन सकिन्छ । तर घना विधिबाट लगाईएका बोटमा तेश्रो वर्षदेखि नै फल फलाईन्छ । बिरुवा चौथो वर्ष पुग्दा पनि तेश्रो वर्षमा गरिएको विधि नै गर्नुपर्छ ।
२. पmल फल्ने बोट र तालिम काँटछाँट ः
अवस्था र उमेर अनुसार सामान्यतया ५ देखि ७÷८ वर्ष उमेरको बोटलाई वयस्क बोट भनिन्छ । यही उमेरमा दोश्रो सहायक हाँगा निश्चित गरिन्छ । तिनवटा मूल हाँगा मध्य पहिलो सहायक हाँगाको ६०–७० से.मि. माथि अर्को सहायक हाँगा बनाउँदै लैजाँदा हाँगाको दिशा र कोण फरक गराएर अर्को हाँगासँग नखप्टिने गरी बनाउनु पर्छ । यसरी दोश्रो र तेश्रो सहायक हाँगा गर्दै हाँगा काँटछाँट गर्दै लैजानुपर्छ । यस अवधिमा फल फल्ने भएकोले काँटछाँट गर्दा सकभर वसन्त र गर्मी यामका हाँगालाई कम प्रुनिङ्ग गर्नुपर्छ ।
बोटको उमेर ८÷१० वर्ष पुग्दा बोट परिपक्क अवस्थामा पुगिसकेको हुन्छ । यो उमेरमा पुग्दा बोटको आकार प्रकार बनि सकेको र फल उत्पादन शुरु भइसकेको हुन्छ । वसन्त र गरम पालुवा मध्ये सिधा बढेका हाँगामा फूलको
कोपिला कम लाग्छ । फल फलेर थाकेका हाँगामा अर्को साल फल फलाउन फलेको फलको भेट्नोलाई काँटछाँट गर्दा हटाई दिएमा वसन्त पालुवा आउँदा फल फल्ने हाँगा बन्दछ । यस अवधिमा काँटछाँट (Prune) गर्दा ध्यान दिनुपर्ने कुराहरू यस प्रकार छन्ः–
बोटको भित्री भागमा पलाएका चोर हाँगाहरू हटाउने । यदि कुनै कारणले चोर हाँगा हटाउन बिर्सिएछ र अर्को साल उक्त हाँगामा केही फल लाग्ने अवस्था भएमा त्यो साल फल फलाई अर्को वर्ष हटाई दिनुपर्छ ।
हेमन्त हाँगा कमजोर भई फूलको कोपिला पनि नआउने र उक्त हाँगाबाट राम्रो वसन्त हाँगा पनि नआउने भएकोले हेमन्त हाँगालाई हटाउने ।
पmल फलेको भेट्नो रहेको हाँगामा नयाँ पालुवा मात्र आउने तर त्यही साल फूल नआउने भएकोले अर्को सालको लागि फल फल्ने हाँगा तयार गर्न फल टिपेको भेट्नो भन्दाकेही तलबाट काट्नु पर्छ ।
स–साना हाँगाहरू एकआपसमा खप्टिएका र धेरै बाक्लो भई घामको किरण छिर्न रोकिएका हाँगा पनि हटाउने । पmल फल्ने वर्ष अधिक फल्ने अवस्था भएमा फूलका हाँगा छिमल्ने र पत्ल्याउने । सुकेका, लत्रेका, निहुरिएका, लाछिएका र फल फल्ने आशा नभएका सबै हाँगाहरू हटाईदिने ।
रोग तथा कीरा व्यवस्थापन ः
रोग तथा कीरा व्यवस्थापन अन्र्तगत केही प्रमुख रोग तथा कीराहरू मात्र यहाँ उल्लेख गरिएको छ ः–
सुन्तला जात बालीमा लाग्ने रोग, रोगहरू विभिन्न तिन प्रकारका सुक्ष्म जीवहरू जस्तै ढुसीजन्य, ब्याक्टेरिया (जीवाणु र भाईरस (विषाणु लगायत निमाटोड (जुका) का कारणले गर्दा लाग्दछ । सुक्ष्म जीवहरूको आक्रमण नर्सरीका बेर्नादेखि फल फल्ने बोटका उमेर सबैमा लाग्दछ । सामान्यतया सुन्तला जात फलफूल बालीमा लाग्ने रोगहरू जीव अनुसार फरक–फरक छन्
१. जरा कुहिने रोग :
रोगको लक्षणः यो रोग लागेपछि पातहरू पहेँलिन्छ । जुन साईडको जरा कुहिएको छ त्यतैतिरको हाँगाका पातहरू मात्र पहेंलिन्छ । यदि बोटको वरिपरिको सबै जरा कुहिएको छ भने पूरै बोट पहेँलिन्छ । रोगले अलि बढी प्रभाव पर्न थालेपछि विस्तारै पात झर्दै जान्छ र हाँगाको टुप्पोबाट मर्दै गई पूरै बोट सुकी मर्दछ ।
नियन्त्रण विधिः तिनपाते कलमी गरेको बिरुवामा जरा कुहिने रोग लाग्दैन । तसर्थ तिनपातेमा कलमी गरिएका बिरुवा लगाउनु पर्दछ । यदि जरा कुहिने समस्या देखा परेका बोट फाटफुट मात्र छन् भने तिनपातेको बेर्ना तयार गरी
जरा कुहिने रोग लागेको बोटको फेदमा नेचुगी गर्ने । जरा कुहिएको बोटमा जुन साईडतिर पात पहेँलिएको छ त्यही साईडतिरको जरा खनेर हेरी कुहिएका जरा सिकेचरले काटेर हटाउने । कुहिएको जरा हटाईसकेपछि सबै जरा लछप्प भिज्ने गरी १ प्रतिशतको बोर्डो मिश्रण स्पे्र गर्ने । यो विधिलाई डे«न्चिङ भनिन्छ । यसरी उपचार गरेपछि २÷३ हप्ता भित्रै निको भई पहेँलिएका पात र हाँगाहरू हरियो हुन थाल्छन् ।
२. फेद कुहिने रोग :
यो रोगले खास गरी वर्षा मौसममा छोइसेकेको हुन्छ । वर्षा समाप्त हुँदै जाँदा रोगले पनि बढी असर पारिसकेको हुन्छ । त्यसपछि क्रमशः बोक्राका तन्तुहरू मरी लम्बाईतिर बोक्रा चर्किन्छ । यसरी बोक्रा कुहिँदै, चर्किंदै खुइलिँदै गएपछि भित्रको डाँठपनि देखा पर्छ । घाउमा गम जस्तो चोप पनि आउँछ । यसरी वरिपरिको बोक्रा कुहिएपछि पूरै बोट मर्दछ । यदि एक पाटो मात्र कुहिएको छ भने कुहिएको भागतिरका हाँगाहरू विस्तारै सुक्दै मर्दै जान थाल्छन् । केही गरी बोट तुरुन्त मरेन भने वसन्त पालुवासँगै प्रशस्त फूल पनि फुल्दछ । फूल फूली फल लाग्दै फल बढ्दै जाँदा बिरुवा पनि सिकिस्त हुँदै जान्छ र फलसँगै बोट पनि मर्दछ ।
नियन्त्रण विधिः तिनपाते रुट–स्टकमा कलमी गरिएका बेर्नाहरू लगाउने । बोटको बेसिन तथा फेद वरिपरि जैविक विधि अनुसार नियन्त्रण गर्न ट्राईकोडर्मा ढुसीको प्रयोग गर्न सकिन्छ । प्रत्येक वर्ष हिउँदमा फल टिपी काँटछाँट गरिसकेपछि बोर्डो–पेष्ट बनाई फेदमा दल्ने । रोगले हल्का असर मात्र पारेको छ भने जरा कुहिने रोगमा झैं नेचुगी विधिबाट बोटलाई बचाउन सकिन्छ ।
३. खराने÷धुले रोग ः
यो रोग नयाँ पालुवाको नयाँ पात र कलिलो मुनामा मात्र लाग्छ । तसर्थm बिरुवामा पालुवा आउने बेलामा यदि बढी चिसो–ओसिलो र तापक्रम न्यानो छ भने यो रोगले आक्रमण गर्दछ । खासगरी यो रोगले जेठ–आषाढको पालुवालाई बढी मात्रामा असर गर्दछ, यो समयमा वर्षा शुरु हुने र तापक्रम पनि न्यानो हुने समय हो । यो रोगले छोएपछि पातमा खरानीको धूलो छरेझैं देखिन्छ । कलिला फलमा पनि यसले आक्रमण गर्दछ । समयमै नियन्त्रण गरिएन भने यसले छोएको फल पनि झर्छ र पात पनि झरेर टुप्पोबाट मर्दै आई रोगले छोएको भागसम्म हाँगा मर्दछ तर यो रोगले पूरै बोट भने मार्दैन ।
नियन्त्रण विधिः हरेक वर्ष नयाँ पालुवा आउँदा र बढी ओसिलो भई पानी पर्दा यो रोगले आक्रमण गर्दछ । तसर्थ सुरुमै फाट्फुट् देखिनासाथ हाँगा हटाई दिएमा थप पालुवामा लाग्न पाउँदैन । यो रोगले बोटमा प्रशस्त आक्रमण गरेको छ भने पानीमा घुल्ने ८० प्रतिशतको सल्फर धुलो २ ग्राम प्रति लिटर पानीमा मिलाई पुरै बोट भिज्ने गरी छर्ने तर मात्रा मिलेन भने सल्फरको कारण बोटलाई असर गर्न सक्छ । गाईको गहँुत १ः५ अनुमातमा (१ भाग गहुँत ५ भाग पानी) नयाँ पालुवा आउनासाथ छर्ने । यसरी छर्दा खराने रोग पनि नियन्त्रण हुन्छ भने नाईट्रोजनको मात्रा पनि पातबाटै लिई आवश्यकता पुरा गर्छ । क्याराथेन १ एम.एल. प्रति लिटर पानीमा मिलाई छर्ने वा १ प्रतिशतको बोर्डो मिश्रण ८÷१० दिनको फरकमा छर्ने ।
४. पिङ्क रोग ः
सुन्तला बगैँचामा बढी ओसिलो र न्यानो वातावरण भएको मौसम आषाढ–श्रावण– भाद्र तिर बोटका हाँगामा यो रोगको ढुसीले आक्रमण गर्दछ । शुरुमा यो रोगले छोएको ठाउँमा पानीले भिजेको जस्तो देखिन्छ । विस्तारै रोगले ग्रस्त पार्दै जाने र वर्षा पनि सकिएपछि विस्तारै हाँगाको बोक्राको तन्तु मर्दै जान्छ र सुक्न थाल्छ अनि लम्बाईतिर बोक्रा चर्किन्छ । बोक्रा सुकेर चर्केको भागमा गुलाबी रङ्ग आउँछ । यसरी बोक्रा सुकेपछि जुन हाँगामा लागेको छ त्यो हाँगा सुकेर जान्छ ।
नियन्त्रण विधिः वर्षको कम्तीमा एक पटक नियमित रूपमा पुरै बोट भिज्ने गरी बोर्डो मिश्रण स्पे्र गरेमा यो रोग लाग्न पाउँदैन । रोग लागेर सुकीसकेको हाँगा काटेर जलाउने र शुरुको अवस्था छ भने रोग लागेको भाग चक्कुले खुर्केर
बोर्डो–पेष्ट लगाउने ।
५. एन्थ्राक्नोज÷वीदर टिप ः
यो रोगले पात र कलिला डाँठमा मात्र आक्रमण गर्छ । रोगले छोएपछि पातमा पानीले भिजे जस्तो देखिन्छ र पछि विस्तारै खैरो हँुदै जान्छ । कलिलो डाँठमा आक्रमण गरेको छ भने सर्वप्रथम पानीले भिजे जस्तो देखिन्छ । पछि खैरो भई चोप जस्तो गुँद पनि छोड्छ । बढी असर गरेपछि पात झर्छ र कलिलो बिरुवा भए बोट मर्दै आउँछ । ठुलो बोटको पालुवा भए पालुवा मात्र मर्दै जान्छ ।
उपयुक्त वातावरण भएमा नर्सरीमा भएका कलिला बिरुवा १ हप्ता भित्रै सखाप पार्दछ । नियन्त्रण विधिः कपरजन्य विषादीले लछप्प भिज्ने गरी ८÷१० दिनको फरकमा कम्तिमा २ पटक स्पे्र गर्ने तर कपरको मात्रा बढी भयो भने बोटलाई असर गर्छ । रोग लागेको शुरु अवस्था छ भने १ प्रतिशतको बोर्डो मिश्रण स्पे्र गर्ने तर बढी असर पारिसकेको अवस्थामा ब्लाईटक्ट–५० विषादी १.५ एम.एल.÷लि. पानीमा मिलाई छर्ने ।
७. गुँद निस्कने रोग (Gummosis):
सुन्तला जात फलफूलको ह्रास रोगमा असर पार्ने एउटा रोग गुँद निस्कने रोग पनि हो । यो रोग सुन्तला, जुनार र कागती सबै बालीमा लाग्छ । यो रोग बोटको हाँगा, फेद वा मोटो कापमा समेत लाग्छ । यसको असर अत्यधिक भएमा फलमा समेत देखा पर्छ । यो रोगले ग्रस्त पारेको छ भने विस्तारै बोट सुक्दै गएर मर्छ । बोट मर्ने अन्तिम वर्षमा बोटमा अत्यधिक मात्रामा फूल फुल्दछ ।
नियन्त्रण विधिः नियमित रूपमा बगैँचा व्यवस्थापन गर्ने र रोग लागेका हाँगाहरू काटेर जलाई दिने । वार्षिक कार्य तालिका अनुसार पूरै बोट लछप्प भिज्ने गरी बोर्डो मिश्रण स्पे्र गर्ने ।
८. कालो ध्वाँसे ः
नियन्त्रण विधि ः बोटमा लाग्ने कत्ले कीरा, लाही कीरा लगायत चुसेर खाने कीरा नियन्त्रण गरेमा कालो ढुसी रोग लाग्दैन । यदि लागि सकेको छ भने २ देखि २.५ प्रतिशतको चिनीको झोल बनाई सम्पूर्ण बोट राम्ररी भिज्ने गरी घाम लागेको बेलामा छर्ने । भिजेको पात घामले सुकेपछि गुलियोको च्याप–च्यापले गर्दा कालो ढुसी पाप्राको रूपमा उप्किएर सफा हुन्छ ।
९. क्याङ्कर (कोत्रे रोग) ः
कोत्रे रोगले सुन्तला जात फलफूल मध्ये सबभन्दा बढी कागतीलाई प्रभावित गर्दछ । रोगले बिरुवाको पात, फल र अन्तमा डाँठमा समेत असर पु¥याउँछ
यो रोग लागेको शुरुमा पातमा स–साना खैरो थोप्लाहरू देखा पर्दछन् । रोगले अलि बढीे गाँजेपछि थोप्लाहरू बढ्दै गएर ३–४ मि.मि. साईजसम्मका अलिकति उठेका, खैरा रङ्गका खस्रा खटिरामा रूपान्तरण हुन्छन् । अन्तमा रोगले अति नै गाँजेपछि पातहरू झर्ने र हाँगाका टुप्पाबाट सुक्दै जाने अनि फल लागेको छ भने फल झर्ने समस्या देखा पर्छ ।
नियन्त्रण विधि ः
वार्षिक कार्य तालिका अनुसार वर्षको २–३ पटक नियमित १ प्रतिशतको बोर्डो मिश्रण छर्ने गरेमा यो रोग नियन्त्रण गर्न सकिन्छ । पात खन्ने कीरा लिफ माईनर नियन्त्रणको लागि विषादी प्रयोग गर्ने । राम्ररी रोग
लागेका हाँगाहरू काँटछाँट गरी कासुगिमाईसिन ९प्बकग(द्य० २ एम.एल.÷लि. पानीमा मिलाएर छर्ने ।
१०. सिट्रस ग्रिनिङ वा होङलङवीङ ः
सुन्तला जात फलफूलमा लाग्ने सम्पूर्ण रोग मध्ये ग्रिनिङ रोग सबभन्दा विनाशकारी रोग मानिन्छ । शुरुमा यो रोग भाईरसबाट लाग्ने भाईरल रोग भनियो । पछि यो रोग ब्याक्टेरीयाबाट लाग्ने कुरा प्रमाणित भयो ।
बोटमा देखिने लक्षण ः
रोग लागेपछि शुरुको अवस्थामा २÷४ वटा हाँगामा मात्र देखिन्छ र क्रमशः पूरै हाँगामा फैलिन्छ । रोग लागेका पात पहेँला, मसिना, ठाडा र गुजुमुच्च परेका साथै पात पहेँलोमा छिर्केमिर्के देखिन्छ ।
रोगी बोट झट्टै मर्दैन तर मर्ने अवस्थामा पुग्दा फूल फुल्ने सिजनमा अत्यधिक मात्रामा फूल फुल्छ र मसिना फल लाग्दालाग्दै पूरै बोट मरेर जान्छ ।
पातमा देखिने लक्षण ः
पहेँलो पात, जिङ्गिीङ परेको बोट नजिक गएर हेर्नुभयो भने यस प्रकारको लक्षण देखियो भने ग्रिनिङ रोग हो कि ? शंका गर्न सकिन्छ । रोग लागेको पात पहेँलो–हरियो छिर्केमिर्के भएको, पातको बीचबीचमा पहेँलोमा हरियो टाटा देखिन्छ । यस्ता टाटाहरू बीचको नशाको दुबैतिर फरक–फरक किसिमका हुन्छन् । यो लक्षण जिङ्क रोग लाग्दा पनि उस्तेै देखिन्छ । जिङ्कजन्य सुक्ष्म तत्वको कारणले हुने पहेँला टाटाहरू पनि उस्तै–उस्तै प्रकृतिका हुन्छन् ।
यो रोग लागेको पातको साईज मसिनो, गुजुमुच्च परेको, मास्तिर फर्केको र मसिना हाँगाको अन्र्तगाँठोहरू एकदमै नजिक हुन्छन् । यो रोगले आक्रमण गरेपछि जिङ्क तत्वको बहाव रोकिने भएकोले यसको कमी त हुने नै भयो ।
तसर्थ नाङ्गो आँखाले हेर्दैमा यो रोग ग्रिनिङ नै हो भन्न कठिन पर्छ । फलबाट यो रोगको आँकलन गर्दा फललाई ठाडो काटेर हेर्दा एकापट्टिको पाटो ठुलो र अर्को पट्टिको पाटो सानो हुन्छ । फलमा भएका बिउहरू फोस्रा र खैरो रङ्गका
हुन्छन् । तसर्थ यसको भरपर्दो नतिजा भनेको प्रयोगशालामा गरिने पि.सि.आर. परीक्षण नै हो ।
ग्रिनिङ रोग नियन्त्रण विधि ः
(क) स्वस्थ बिरुवा उत्पादन तथा बगैँचा स्थापना (ख) प्लान्ट क्वारेन्टाईन (ग) सिट्रस सिल्ला नियन्त्रण (घ) रोगी बिरुवा नष्ट गर्ने ।
११. ट्रिस्टेजा भाईरस÷छिट्टो ह्रास रोग ः
यो रोग लागेपछि पालुवा आउने मौसममा नयाँ पालुवा आउँदैन । यो रोग चिन्नको लागि शंका लागेको हाँगा काटेर बोक्रा खुईलाएर डाँठमा हे¥यो भने खोपिल्टा र धर्साहरू देखिन्छन् । शुरुवातमा रोगी बोटहरू पहेँलिदै जान्छन् र बोट पनि जिङिग्रङ परेको देखिन्छ । विस्तारै रोग लागेका हाँगाबाट पातहरू झर्दै सिख्रा हुँदै जान्छन् । पात झरी नाङ्गै भएपछि हाँगाहरू मर्दै जान थाल्छन् ।
रोगले ग्रस्त पारेपछिको अति चरम अवस्थामा धेरै फूल फुल्ने, फलहरू स–साना लाग्ने र अन्तमा पूरै बोट नै सुकेर मर्ने हुन्छ ।
नियन्त्रण विधि ः
यो रोग लागि सकेपछि बगैँचा वा रोगी बोट नष्ट गर्नु सिवाय अर्को विकल्प हुँदैन । लाही कीरा देखिनासाथ सुर्तिपानी र गहुँत मिसाएर छर्ने । अत्यधिक मात्रामा लाही कीरा देखिएमा कीरा मार्न विषादी प्रयोग गर्ने । विश्वासिलो एवं भरपर्दो स्रोत केन्द्रमा उत्पादित गुणस्तर प्रमाणित स्वस्थ बिरुवा मात्र रोप्ने । बगैँचामा वार्षिक कार्य तालिका अनुसार बगैँचा व्यवस्थापन तथा स्पे्र कार्यक्रम सञ्चालन गर्ने ।
सुन्तला बालीमा लाग्ने कीरा ः
१. कत्ले कीरा ः
बगैँचा ह्रासमा कत्ले कीराले महत्वपूर्ण भुमिका खेल्दछ । नेपालमा ४÷५ किसिमका कत्ले कीराहरू पाईएका छन् । सामान्यतया नेपालको पूर्वी क्षेत्रमा हरियो नरम कत्ले कीरा, तिरे कत्ले कीरा, रातो कत्ले कीरा, खैरो कत्ले र भुवादार कत्ले कीरा पाईन्छ । यसैगरी पोखरा क्षेत्रमा रातो कत्ले कीरा, तारे कत्ले कीरा र कालो कत्ले कीरा पाईन्छन् । वसन्त ऋतुको फाल्गुनदेखि जेठसम्म हरियो नरम कत्ले कीरा, जेठदेखि असोजसम्म खैरो र कालो कत्ले कीरा तथा श्रावण भाद्रदेखि कार्तिक मंसीरसम्म तिरे कत्ले कीरा र रातो कत्ले कीराको प्रकोप बढी देखिन्छ । कत्ले कीरा आमाको खोलबाट निस्केको ४८–७२ घण्टासम्म यताउता हिड्डुल गर्छ । त्यसपछि एकठाउँमा टाँस्सिएर जिन्दगीभर त्यही ठाउँमा रस चस्दै खाँदै जीवन चक्र समाप्त गर्छ । यो कीराले रस चुसेर खाँदा यसका ¥याल बिरुवालाई बिषालु हुने भएकोले बिस्तारै बोटको शरिरभरि फैलिई बिरुवा रोगी
हुन्छ र अन्तमा मर्छ ।
नियन्त्रण विधि ः
यो कीरा बाक्लो कत्लाभित्र हुने भएकोले विषादी छरे पनि नियन्त्रण गर्न गाह्रो हुन्छ । तसर्थ यो कीराको हिड्ने (अचबधष्लिन) अवस्थाको समय पत्ता लगाएर विषादी छर्न सके मात्र नियन्त्रण गर्न सकिन्छ । यो कीरा नियन्त्रणको सबभन्दा भरपर्दो विषादी भनेको बजारमा पाईने खनिज तेल नै हो ।
यो खनिज तेल विभिन्न नाममा पाउन सकिन्छ । हाल नेपालको बजारमा पाईने तेलमा सर्वो र एट्सो तेल हो । यो तेल १० देखि बढीमा २० मिलिलिटर प्रति लिटर पानीमा मिलाई राम्ररी बोट भिज्ने गरी १०÷१२ दिनको फरकमा छर्न सके सम्पूर्ण कत्ले कीरा र सुलसुले पनि नियन्त्रण हुन्छ ।
२. हरियो पतेरो ः
यो कीराको प्रकोप खासगरी आषाढ अन्तिमदेखि सुरु भई भाद्र दोश्रो हप्तासम्म बढी क्रियाशील देखिन्छ । यस अवधिमा पतेरोले फलमा बसी रस चुस्तछ । रस चुस्दा यसले एक प्रकारको ¥याल छोड्छ जुन फलको लागि विषालु हुन्छ । फलमा बढी नै चुस्यो भने फल पहेँलो भै झर्छ । तत्कालिन बागवानी केन्द्र धनकुटामा गरिएको एक अवलोकन अनुसार २ जोडी पतेरोले १५ दिनमा करिब सबै फल झारेको पाईएको थियो । तसर्थ यसको क्षति भनेको फल झर्नु हो ।
नियन्त्रण विधि ः
पतेरोको फूल र बच्चा अवस्था पहिचान गरी संकलन गर्ने र नष्ट पार्ने । बगैँचामा पतेरोको फूल नष्ट पार्ने । तर बगैँचामा मित्रजीव पनि हुन्छ तसर्थ ती मित्रजीवको रक्षा गर्ने । बढी क्षति पार्ने अवस्था भएमा रोगर वा मालाथियन वा यस्तै प्रकारका बढी गन्ध आउने विषादीहरू स्प्रे गर्ने । विषादीको गन्धले पतेरो भाग्छ । विषादीको गन्ध हराएपछि पतेरो फेरि आउँछ तसर्थ ८÷१० दिनको फरकमा ४ स्पे्र जति दिएमा यसले क्षति पार्ने अवधि करिब करिब पार हुन्छ ।
३. सिट्रस सिल्ला ः
सिट्रस सिल्लाले पछाडिको भाग करिब ४५ डिग्रीको कोणमा ठाडो पारेर पातमा बसेको हुन्छ । यो कीरा धेरै टाढा उड्न सक्दैन । यसको फूल अलि गाडा पहँेला रङ्का हुन्छन् । बच्चा अवस्थाका सिल्ला कीरा हल्का हरियो वा हल्का सुन्तला रङ्गको हुन्छ । तर बच्चाहरू अति साना हुने भएकोले सामान्य हेराइमा यसलाई देख्न मुस्किल पर्छ ।
नियन्त्रण विधि ः
यसको नियन्त्रण माथि सिट्रस ग्रिनिङमा दिए अनुसार गर्नु पर्छ । सबैखाले चुसाहा कीरा नियन्त्रण गर्ने । मित्र जीवको संरक्षण गर्ने– स्त्री स्वभावका खपटे कीराले सिट्रस सिल्ला कीराको शिकार गर्दछ । एकखाल्का मसिना बारुला ९त्बmबचभहष्ब चबमष्बतगक० ले परजीविको काम गर्दछ । यसले सिल्लाको शरीर भित्र फूल पार्दछ र बच्चा निस्केपछि भित्री भाग खाई बाहिर निस्कन्छ । हाम्रो देशका विभिन्न भागमा रहेका सुन्तला जात फलफूल बगैँचामा पनि यी मित्रजीवहरू पाईन्छन् ।
४. फल कुहाउने झिँगा ः
लहरे तरकारी बाली र सुन्तला जात फलफूलमा लाग्ने झिँगा फरक–फरक जातका छन् । सुन्तला जात फलफूलमा लाग्ने फल कुहाउने झिँगा द्यबअतचयअभचब mष्लबह जातको भएको कुरा केही वर्ष अघि मात्र पत्ता लागेको छ । यो झिँगा द्यबअतचयअभचब mष्लबह जातका भएकोले मिथाईल युजेनलमा आकर्षित हुँदैन ।
पोथी झिँगाले शरीरको पछाडि भएको लाम्चो परेको तिखो अङ्ग फलमा घुसारी एक पटकमा १०–३०० सम्म फूल पार्दछ । फूलबाट औंसा निस्केपछि फलको गुदी खाँदै जान्छ र फल पहेँलो भई झर्छ । यो कीराले असर पारेको फल भदौको आखिरी देखि कार्तिक सम्म अति नै क्षति गर्दछ । भदौपछि क्रमशः
तापक्रम घट्दै जाने भएकोले भुईमा खसेको फलबाट प्वाल बनाएर औंसा बाहिर निस्केर माटोभित्र पस्छ । माटोको ४–५ से.मि. देखि १ फिटसम्म माटोभित्र गएर अचल अवस्थामा परिणत भै बस्दछन् । अचल अवस्था भर यसलाई खानाको आवश्यकता पर्दैन । यसरी हिउँदको चिसो अवधिभर सुषुप्तावस्थामा नै बस्छ । जब वसन्त ऋतुसँगै न्यानो मौसम शुरु भई पालुवा पलाउने र फूल फुल्न शुरु हुन्छ तब यो कीरा पूर्ण वयस्क अवस्थामा परिणत भै जमिन भित्रबाट बाहिर निस्कन्छ ।
कीरा नियन्त्रण विधि ः
विषादी स्पे्र गर्नेः तालिका अनुसार मालाथियन झोल १ एम.एल.÷लि. पानीमा १० ग्राम चिनी मिलाई बगैँचामा स्पे्र गर्ने । विषादी पासो थाप्नेः एक किलोग्रााम सख्खर पानीमा भिजाएर लेदो हुने गरि हल्का पकाउने र चिसो भएपछि १० एम.एल मालाथियन वा रोगर मिलाएर राम्ररी फिट्ने । यसरी तयार पारेको विषादी पासोलाई बोटको अलग–अलग
हाँगामा लेप दल्ने । गुलियोको लोभले वयस्क झिँगाले पासोको गुलियो खाँदा मर्दछ ।
माटो उपचार ः
हिउँदमा फल टिप्ने, तालिम–काँटछाँट गर्ने काम सकेपछि मलखाद दिने बेलामा मालाथियन धुलो बोटको बेसिन वरिपरि हल्कासँग माटोमा मिलाएर पुर्ने । ताकि माटोमा भएका कीरा बाहिर निस्कने क्रममा
विषादीको सम्पर्कमा आएमा मर्न सक्छ । झरेको फल व्यवस्थापनः फल कुहाउने झिँगाले झारेका सम्पूर्ण फल तुरुन्त जम्मा गरी खाडलमा हाली विषादीले उपचार गरी पुरी दिने ।
प्रोटिनयुक्त चारो प्रयोगः माटोबाट बाहिर निस्केपछि यो कीरा प्रोटिनयुक्त खानाको खोजिमा भौतारी रहन्छ । यो झिँगाको वयस्क हुने अवस्था तथा पोथीले फूल पार्ने समयमा प्रशस्त प्रोटिनयुक्त खानाको आवश्यकता पर्दछ । तसर्थ यो कीरालाई नक्क्ली प्रोटिन युक्त खाना दिई यसको नियन्त्रण गर्न सकिन्छ । यसरी दिईने प्रोटिनले एक किसिमको एमोनिया ग्याँस निकाल्छ र यही ग्याँसको गन्धका आधारमा झिँगाले नक्कली खाना पत्ता लगाउँछ । यसरी विषादीयुक्त प्रोटिन पासोमा आकर्षित भै खाए पछि मर्दछ । प्रोटिन पासो २ किसिमबाट प्रयोग गरिन्छ ।
(च) प्रोटिन पासो थाप्नेः यो विधि अनुसार कुनै प्लाष्टिक बट्टा वा बोतलमाप्र ोटिनको झोल सहितको विषादी पासो थापेर झिँगालाई आकर्षित गराई मारिन्छ । प्रोटिन झोल छर्नेः यस विधि अन्र्तगत प्रोटिनमा विषादी मिसाएर
रुखको अलि उज्यालो भागतिर पर्ने गरी थोरै भाग (१–२ वर्ग मिटर) मा पर्ने गरी छरिन्छ । यसको गन्धले झिँगा आकर्षित भै चुस्न खोज्दा मर्दछ ।
सुन्तला जात फलफूल बगैँचामा लाग्ने परजीवि ः
१. रुखमा लाग्ने ऐजेरु ः नियन्त्रण विधिः खासगरी ऐंजेरु हेरचाह नगरेको बगैँचामा लाग्छ । यसको नियन्त्रण भनेको बगैँचामा यो देखिनासाथ चक्कुले १.२५ देखि २ से.मि. तलबाट काटेर हटाई दिनु नै हो । बगैँचा वा बगैँचा नजिक कहिँकतै ऐंजेरु पलाएको छ भने फल नलाग्दै काटेर हटाई दिनुपर्छ ।
२. हाँगामा लाग्ने झ्याउ ः
यसको नियन्त्रणको लागि बगैँचा व्यवस्थापन नियमित रूपमा वार्षिक कार्य तालिका अनुसार गरेमा यो परजीविले दुःख दिँदैन । यदि बढी नै प्रभाव पारेको छ भने तालिका अनुसार वैशाख–जेठ, भदौ–असोज र पुस–माघमा बोर्डो मिश्रण छरेमा विस्तारै हराउँदै जान्छ ।
३. झ्याङमा लाग्ने आकाशबेली ः
जरा र पात नहुने भएकोले यसले मूल बोटमै टाँस्सिएर बोटले बनाएको खाना चुसेर लिन्छ । अति बढी भएमा यसले मूल बोटलाई तुरुन्त मार्दैन किनभने यसले पनि बाँच्न प¥यो तर अलि बढी असर परेमा विस्तारै बोट खिईदै जान्छ र अनुत्पादक हुन्छ । तसर्थ यो बगैँचामा देखिनासाथ हातले तानेर सफा गरेमा सजिलै नियन्त्रण हुन्छ ।
खनिज तेलको प्रयोग र कीरा नियन्त्रण ः
बोट बिरुवामा प्रयोग गर्न मिल्ने खनिज तेलको प्रयोगले सुन्तलामा लाग्ने विभिन्न किसिमका कीराहरू जस्तै माईट्स, लाही, सिल्ला, लिफ माईनर र कत्ले कीराहरूलाई प्रभावकारी रूपमा नियन्त्रण गर्दछ । यसको प्रयोगले कीरालाई श्वास–प्रश्वासमा समस्या उत्पन्न गराई दिन्छ । हालै गरिएको एक अध्ययन अनुसार यसको प्रयोगले कीराहरूको व्यवहारमा परिवर्तन ल्याई दिन्छ । जस्तै लिफ माईनरको पोथीले पातमा जहाँ तेलको प्रभाव रहेको छ त्यहाँ फूल पार्दैन ।
यसैगरी लाही कीराले भाईरस रोग सार्ने क्रम ज्यादै न्यून हुन्छ । यो तलको प्रयोगले जुन कीराहरू सिधै तेलको सम्पर्कमा पर्छन् तिनीहरूलाई प्रत्यक्ष असर पार्दछ । हामीले ख्याल गनुपर्ने कुरा के भने धेरै जसो कीराहरू पातको तल लुकेर बस्ने हुनाले तेल प्रयोग गर्दा यसलाई पनि ख्याल गर्नुपर्छ ।
खनिज तेल प्रयोगको फाईदा ः
विषादीको तुलनामा खनिज तेलको प्रयोग अति प्रभावकारी मानिन्छ । यो एक किसिमको राम वाण जस्तै हो । यसले अधिकांश कीराहरूलाई प्रभावकारी रूपमा नियन्त्रण गर्दछ । यसले ढुसीजन्य रोग जस्तै पातमा लाग्ने कालो थोप्ले र ग्रिजी स्पटलाई पनि निको पार्छ । यसले पुतली, माईट्स र लाही कीराका फूलमा समेत असर पार्छ । प्रयोग गर्ने किसानहरूको लागि यो तुलनात्कमक हिसाबमा सुरक्षित र प्रयोग गर्न सजिलो छ । रुख तथा फलमा लाग्ने जुनसुकै किसिमको अल्गीलाई मार्छ र बोटलाई निरोगी पार्छ ।
तेलको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी ः
तापक्रम अत्यधिक (१०० डिग्री फरेनहाईट) वा जिरो डिग्री भन्दा तल झरेको अवस्थामा खनिज तेलको प्रयोग गर्नु हँुदैन । बढी तापक्रम छ तर आद्रता प्रशस्त छ भने यसको प्रयोग त्यति हानिकारक हँुदैन । किनभने बिरुवा सुख्खाको असरबाट मुक्त रहन्छ ।
यसैगरी तापक्रम शून्यतिर छ भने पनि यसको प्रयोग वर्जित छ । वर्षादको समयमा यसको प्रयोग गर्नु हँुदैन । नयाँ पालुवा आईरहेको बेलामा यसको प्रयोग गर्नु हुँदैन । बोर्डो मिश्रण÷पेष्ट÷पेन्ट÷चोबत्तिया पेष्ट बनाउने प्रविधि
१. बोर्डो मिश्रण बनाउने तथा प्रयोग विधि ः
निलोतुथो, चुना र पानीको निश्चित परिमाण मिलाई बनाएको तत्वलाई बोर्डो मिश्रण भनिन्छ । यस विधिमा प्रयोग हुने चुना ढिक्कावाला हुनुपर्छ । हावामा भएको पानी अवशोषण गरी धुलो भैसकेको चुना गणस्तरको हुँदैन । यसैगरी निलोतुथो ढिक्कामा हुने भएकोले यसलाई मसिनो पिठो हुनेगरी पिस्ने वा पानी र निलोतुथोको परिमाण पातलो कपडामा पोको पारी पानीको भाँडोमा आधा मात्र डुब्ने गरी झुण्ड्याएर राख्ने । जतिसुकै परिमाणमा भए पनि केही समयमै निलोतुथो पानीमा घुलेर जान्छ ।
बोर्डो मिश्रण बनाउँदा १० ग्राम निलोतुथो, १० ग्राम काँचो चुना र १ लि. पानी मिलाएर बनाएको घोलबाट १ प्रतिशतको मिश्रण बन्दछ । यसरी बिरुवाको पालुवाको अवस्था अनुसार ०.५ देखि १ प्रतिशतसम्मको बोर्डो मिश्रण बनाएर छर्ने प्रचलन छ ।
फलफूल बगैँचामा बोर्डो मिश्रणको प्रयोग एक प्रकारको रामवाण जस्तै मानिन्छ । यसले अन्य विषादीले झैं प्रत्यक्ष रूपमा मानव स्वास्थ्य र वातावरणमा असर पार्दैन । यसले धेरै किसिमका रोगका साथै सुक्ष्म तत्वको पनि आपूर्ति गर्ने र माईट्स कीरा पनि मार्दछ ।
बनाउने तरिका ः
धातुको भाँडालाई तुथोको झोलले तुरुन्त खाने भएकोले प्वाल बनाई दिन्छ । तसर्थ बोर्डो मिश्रण बनाउँदा प्लाष्टिक वा काठ वा माटोको भाँडो प्रयोग गर्नुपर्छ । बोर्डो मिश्रण बनाईसकेपछि ठिक छ छैन भनि परीक्षण गर्नुपर्छ ।
परीक्षण गर्दा तयार भएको बोर्डो मिश्रणमा फलामको कुनै बस्तु १ मिनेट डुबाएर हेर्दा खिया देखिएमा पुनः थोरै चुना थप्दै घोल्दै जानुपर्छ र उसैगरी परीक्षण गर्दै जाने । जब फलामको टुक्रामा खिया पर्दैन तब बोर्डो मिश्रण छर्न लायक भयो भनेर जानिन्छ । यसरी तयार भएको बोर्डो मिश्रण २४ घण्टा भित्र प्रयोग गरिसक्नु पर्छ । परिक्षण नगरी खिया आउने अवस्थाको मिश्रण प्रयोग भएमा बिरुवाको पात जलाई दिन्छ । प्रयोग गरेपछि भाँडा राम्ररी पखाली घोप्टो पारेर राख्ने ।
१ लिटर पानीलाई दुईटा भाँडामा आधा–आधा पार्ने । १० ग्राम निलोतुथो आधा पानी भएको एउटा भाँडामा घोल्ने ।
अर्को आधा पानी भएको पानीमा धुलो पारेको चुना फिट्ने ।
तेस्रो भाडामा दुबै चुना र निलोतुथो घोललाई एकैसाथ विस्तारै खन्याउँदै काठले घोल्ने वा तेश्रो भाँडो नभएमा चुनाको घोलमा निलोतुथो विस्तारै खन्याउँदै काठले चलाउने ।
एकै पटक घ्वाल्ल खन्याएमा वा निलोतुथोको घोलमा चुना खन्याएमा बोर्डो मिश्रण फाट्छ र गिर्खा–गिर्खा बन्छ । यस्तो भयो भने काम लाग्दैन ।
२. बोर्डो पेष्ट बनाउने र प्रयोग विधि धुलो बनाएको निलोतुथो १०० ग्राम । धुलो बनाएको चुना १५० ग्राम । १ लि. पानी । यी तिन वस्तुलाई बोर्डो मिश्रण बनाए झैं अलग–अलग भाँडामा घोल्ने र तेस्रो भाँडोमा चुना र निलोतुथो घोल विस्तारै खन्याउँदै चलाउदै जाने । यसरी विस्तारै बाक्लो लेदो तयार भई बिरुवाको फेद, हाँगामा लेप लगाउन तयार हुन्छ ।
३. बोर्डो पेन्ट बनाउने र प्रयोग विधि, १ किलो धुलो पारेको निलोतुथो माटे कराई वा माटोको हाँडीमा सेतो
हुनसम्म राम्ररी भुट्ने ।
२ किलो ढिक्कावाला चुना फुटाएर फेरी हल्का भुट्ने ताकी चुनामा भएको पानीको मात्रा सबै उडेर जाओस् ।
३ लि. आलसको तेल एकछिन हल्का उमाल्ने र सेलाउन दिने ।
आलसको तेल सेलाएपछि आधा–आधा पार्ने र माथि भने झैं अलग–अलग भाँडामा चुना र तुथो राम्ररी घोल्ने । चुना र तुथो राम्ररी घोलीसकेपछि पुनः दुबैलाई अर्को भाँडामा विस्तारै खन्याउँदै घोल्दै जाने वा चुनाको घोलमा तुथोको घोल विस्तारै खन्याउँदै घोल्ने । यसरी बनाएको वस्तुलाई बोर्डो पेन्ट भनिन्छ । यो एक पटक प्रयोग गरेपछि त्यो बोटमा ४÷५ वर्ष सम्म प्रयोग गर्न पर्दैन ।
४. चौवत्तिया पेष्ट बनाउने तथा प्रयोग विधि ः
१ लि. आलसको तेलमा ८०० ग्राम रेड लिड र ८०० ग्राम कपर कार्बोनेट घोलेर बनाएको घोललाई चौबत्तिया पेष्ट भनिन्छ । यो एक पटक बनाईसकेपछि धेरै पछिसम्म पनि प्रयोग गर्न सकिन्छ तर कपर कार्वोनेट र रेड लिड महँगो
हुने भएकोले यसको प्रयोग उतिसारो व्यवहारिक छैन ।
(४) ह्रास बगैँचा व्यवस्थापन ः
सुन्तला जात फलफूल ह्रास रोग ः
यो रोग मात्र होइन । यो रोग, कीरा, खाद्य तत्व, माटो, हावापानी आदि सबैको कमीको सम्मिश्रणबाट उत्पन्न भएको जटिल समस्या हो । तसर्थ यसको नियन्त्रण एकल पक्षको नियन्त्रणले मात्र सम्भव हुँदैन । बगैँचा ह्रासको लक्षण बिरुवा हर्लक्क नबढ्नु । बगैँचामा भएका बोटका हाँगाहरू पहेँलिंदै पातहरू झर्न थाल्नु । विस्तारै बोटका मसिना र बीच–बीचका हाँगाहरू टुप्पोबाट सुक्दै तल झर्नु । पातमा विभिन्न लक्षणहरू देखापरि पातको आकार मसिना भई असामान्य आकारमा रहनु । फलेका फलको वृद्धि असामान्य गतिमा वृद्धि हुनु र विभिन्न समस्या देखा पर्नु । अर्को वर्ष अत्यधिक मात्रामा फूल फुल्ने र फल पाक्ने अवस्थामा पुग्ने बेलामा क्रमशः बोट पनि मर्दै जान थाल्नु । बिरुवाको जरा, बोटको वृद्धि अवस्था तथा फूल र फल उत्पादनमा आउने असामान्य अवस्थाले गर्दा बिरुवाका मसिना हाँगादेखि शुरु भई ठूला हाँगा हुँदै पूरै बोट मर्दै जाने र अन्तमा सम्पूर्ण बगैँचा ह्रास हुनु ह्रास रोगको लक्षण हो ।
सुन्तला बगैँचा ह्रासका प्रमुख कारण बगैँचा ह्रासको प्रमुख कारण वर्षेनी बगैँचामा आवश्यक सिफारिस मात्रामा
मलखाद प्रयोग तथा सिँचाई गर्न नसक्नु नै हो । यसबाहेक कम गुणस्तर एवं अस्वस्थ बिरुवा, समयमा गर्नुपर्ने बगैँचा व्यवस्थापन नहुनु र रोग कीरा तथा परजीविहरूले क्षती पु¥याउनु आदि कारणले गर्दा बगैँचाको उत्पादनशिल उमेरमै ह्रास हुन थाल्छ ।
बगँैचामा मलखाद प्रयोग ः
सामान्यतया हामीकहाँ सुन्तला बगैँचामा मल प्रयोग गर्ने व्यवहारिक चलन छैन । तैपनी व्यवसायिक रूपमा सुन्तला खेती गर्दा यहाँ उल्लेख भए अनुसार दुई तरिकाबाट मल प्रयोग गर्न सकिन्छ ।
१. माटोमा मलखाद प्रयोग (जराबाट खाद्य तत्व अवशोषण) मलखाद प्रयोग गर्दा बोट वरिपरि बेसिनमा पर्ने गरी प्रयोग गर्ने ।
रायासनिक मल दिनेबेला मूल फेदमा नपर्ने गरी फेददेखि करिब एक हात परबाट दिने ।
माटोको गुणस्तर कायम राख्न हरेक ३÷४ वर्षको अन्तरालमा कृषि चुन प्रयोग गर्नुपर्छ ।
सुन्तला जात फलफूलको खाद्य तत्व तान्ने जरा मध्ये करिब ८०–९५ प्रतिशत जरा जमिनदेखि १०÷१२ से.मि. तल हुन्छ । त्यसैले धेरै गहिरो खन्ने र धेरै तल मल दिनुहुँदैन ।
२. बोटमा झोल मलको प्रयोग (पातबाट खाद्य–तत्व अवशोषण) सूक्ष्म खाद्य–तत्व र युरिया मल (०.२५ प्रतिशत भन्दा कम बाईयुरेट भएको पानीमा मिलाएर स्पे्र गरेर दिईन्छ ।
जुनसुकै किसिमको मललाई पनि पानीमा घोलेर छर्न सकिन्छ तर ती मलहरू पानीमा सजिलै घुलनसिल रासायनिक प्रतिकृयामा मध्यम (Neutral) हुनुपर्छ ।
मललाई पातमा छर्दा पातको उमेर र नयाँ मुना कलिलो हुनुपर्छ । धेरै कलिलो वा धेरै छिप्पिएको हुनुहुँदैन ।
एक पटक मात्र छर्नुभन्दा उपयुक्त समय मिलाएर पटक–पटक तर कम मात्रा मिलाएर छर्नु राम्रो हुन्छ । बोटको उमेर अनुसार मल प्रयोगको सरदर सिफारिस मात्राः बोटको उमेर
मलखाद तथा रासायनिक मल प्रयोग गर्ने समय ः
मल दिने समय मल हाल्ने तथा प्रयोग विधि पुष–माघ फल्ने बोट भएमा सुन्तलामा फल टिपेपछि र नफल्ने बोट भए पनि यो समयमा बोटको काँटछाँट गर्ने, बगैँचा सफाई गर्ने र बेसिन बनाउने काम सकिनासाथ बोटको फेदबाट एक हात परबाट बोटको वरिपरि झ्याङले ढाकेजति भागमा कोदालोको एक चोईलीजति माटोमुनिबाट माटोसँग सिफारिस मात्राको राम्ररी पाकेको गोबर मल, कम्पोष्ट मल, पिना, हाडको धूलो, कृषि चुना यी चिजहरू मिलाएर मल दिनुपर्छ ।
वैशाख–जेठ केराउ दाना अवस्था पार गरेपछि खासगरी यो समयमा बिरुवाको सुक्ष्म– तत्व र रासायीनक मल तथा झोल मल माटो तथा झ्याङ दुबैमा प्रयोग गरिन्छ ।
सिँचाई तथा निकास ः
बिरुवाको अवस्था र समय अनुसार सुन्तलाजात फलफूल बगैँचामा सिँचाई गर्नुपर्छ । सिँचाई सम्बन्धी संक्षिप्त जानकारी तल दिईएको छ ः–
(क) फूल फुल्ने, फल लाग्ने र पाउलीने अवस्था ः
यो अवस्थामा बिरुवा ज्यादै संकटकालिन अवस्थामा रहेको हुन्छ । माटोमा अलिकति मात्र पनि पानीको मात्रा कम भयो भने नयाँ पालुवामा आएका पात मसिना हुने र पालुवाको लम्बाई छोटो हुन्छ । अझ यस अवस्थामा माटोको चिस्यान ज्यादै कम भयो भने त पातको वृद्धि एकदमै कम भई फूल फुल्ने अवस्था पनि अपुरो हुने, फल कम लाग्ने र अत्यधिक मात्रामा फूल र फल झर्ने गर्दछ ।
(ख) फल वृद्धि अवस्था ः
परागसेचन कार्य समाप्त भई फल सेट भएर झर्ने जति झरी बाँकी फलको वृद्धि अवस्था हो । सेट भएका फल केराउ दाना अवस्थामा पुगिसकेपछि फल विकासको अवस्था स्पष्ट पहिचान गर्न सक्छौँ । यस अवस्थामा नयाँ पात र पालुवा पूर्ण रूपमा विकास भइसकेको हुन्छ । यो दोश्रो अवस्था हो जतिबेला बिरुवालाई अत्यधिक मात्रामा पानीको आवश्यकता रहन्छ । यस समयमा माटो सुख्खा रहने र तापक्रम वृद्धि भइरहने अवस्था भएकोले बिरुवामा उत्स्वेदन (Transpiration) क्रिया उच्च गतिमा हुन्छ । चिस्यानको कमीले गर्दा प्रकाश संश्लेषण क्रियामा कमी आउँछ साथै फलको वृद्धि भइरहेको हुनाले पानीको आवश्यकता ज्यादै खट्िकन्छ
(ग) फल छिप्पिने अवस्था ः
यस अवस्थामा फलको संख्याभन्दा गुणस्तर अति महत्वपूर्ण हुन्छ । विभिन्न चरणमा फल झर्ने अवस्था पार गरी जे जति फल अडिएको छ ती फलहरू छिप्पिने प्रकृयामा प्रवेश गर्दछन् । यो अवस्था भनेको वर्षा समाप्ती पछिको अवधि हो । यस अवधिमा पनि लामो समय वर्षा भैरह्यो वा अन्य कारणले माटोमा बढी चिस्यान रह्यो भने बोट वानस्पतिक वृद्धिमा जान्छ । यस अवस्थाले गर्दा फलको गुणस्तर र आगामी सिजनमा आउने फूलको विकासमा प्रभाव पार्छ ।
तसर्थ फलको गुणस्तर वृद्धि गर्न, वानस्पतिक वृद्धि रोकी आगामी सिजनको फूल कोपिला विकास गर्न माटोमा सिँचाई नगरी हल्का सुख्खा अवस्थामा राख्नुपर्छ ।
(घ) फल टिपाई पछि ः
फल टिपाई पछिको बोटलाई हलुङ्गो जीउ भएको अवस्थामा हल्का तिर्खाको महसुस हुने भएकोले उपलब्ध भएसम्म हल्का सिँचाई दिनुपर्छ । उत्तर मोहोडा भएका सुन्तला बगैँचालाई शित र तुषारोको चिस्यानले पनि राहत पु¥याउँछ ।
यस समय (पुष–माघ) मा परेको वर्षा वा सिँचाईबाट लामो समय माटोमा बढी समय चिस्यान भएमा पुनः बोट वानस्पतिक वृद्धिमा जान्छ ।
बुढापाकाहरूको भनाई अनुसार उत्तर मोहोडा गरेको जग्गा सुन्तला खेतीको लागि उत्तम हुन्छ । उत्तर मोहोडा परेको जग्गामा सिधै सूर्यको प्रकाश नपर्ने हुनाले बढी ओसिलो हुने, हिउँदमा परेको शित लामो समयसम्म रहिरहने, हिमाल देखिने भएको कारणले गर्दा सुन्तला खेती सफल देखिन्छ । यसो भएतापनि यदि प्रशस्त सिँचाईको सुविधा छ भने दक्षिणि मोहोडा परेको जग्गा सुन्तला खेतीको लागि अति उत्तम हुन्छ । किनभने सुन्तला जात फलफूल बालीलाई सूर्यको प्रकाश सबभन्दा बढी चाहिन्छ । तसर्थ यसलाई कगल यखिष्लन उबिलत पनि भनिन्छ ।
सुन्तला जात फलफूलको जराले बढी पानी सहन गर्न सक्दैन । तसर्थ वर्षा वा अन्य मौसममा बोटको फेदमा लामो समय पानी जम्मा भयो भने जरा कुहिने रोग लागि बोट मर्दछ । तसर्थ बगैँचामा पानी बढी हुनासाथ निकाशको प्रबन्ध मिलाउनुपर्दछ । जेठ अन्तिमदेखि वर्षा हुन शुरु भई भाद्रसम्म वर्षा भईरहन्छ । भाद्र अन्तिमदेखि सुन्तला फल परिपक्क हुने, रस भरिने र बोक्राको रङ्ग विकास हुने भएकोले यस अवधिमा माटोमा हल्का चिस्यान मात्र भए पुग्दछ । यदि यस अवधिमा माटोमा चिस्यान बढी भयो भने फलमा रङ्ग चढ्न ढिला गर्छ साथै लामो अवधिसम्म आवश्यकभन्दा बढी चिस्यान भयो भने फल झर्ने झर्छ । सुन्तला बगैँचामा खास सिँचाई गर्ने समय तल दिईएको छः– सुन्तला बगैँचामा खास गरी सिँचाई गर्ने समय भनेको फल टिपाई पछि
काँटछाँट गर्ने, मलखाद दिने र विषादी छर्ने कार्य समाप्त भए पश्चात हो । पालुवा आउने समयमा पालुवा र फूलको कोपिला पनि साथै आउने भएकोले यस समयमा पनि सिँचाई गर्नुपर्छ । फूल फुली फल सेट भई वृद्धि हुने वैशाख–जेठ महिनामा फल केराउ दाना र गुच्चा आकारमा पुग्ने अवस्थामा बढी पानीको आवश्यक पर्ने भएकोले यस समयमा सिँचाईको अति आवश्यक पर्छ । सिँचाईको सुविधा नभएको खण्डमा तिर्खाको बोटलाई सफा पानी स्पे्र गरेमा पनि बिरुवाले पातबाट पानी सोसेर लिई तिर्खा मेट्छ । त्यसैले सिँचाई गर्ने समय भनेको पुसदेखि शुरु भई जेठसम्मको अवधि हो ।
पmल टिप्ने समय ः
बाली जात र स्थान विशेष अनुसार फल पाक्ने सिजन फरक हुन्छ । चितवन, मकवानपुर, सुनसरी जस्ता तराई, भित्री मधेश तथा चुरे क्षेत्रको न्यानो ठाउँमा श्रावणदेखि नै कागती फल टिप्न लायक भई सक्छ । तल्लो पहाडी तथा बेसी क्षेत्रमा भदौ–असोज र उपल्लो पहाडी क्षेत्रमा कार्तिक मंसीरदेखि कागती फल टिप्न लायक हुन्छ । यसै गरी सुन्तलाको जातमा उन्सु सुन्तला असोजमा पाक्छ भने नेपाली सुन्तला मंसीरदेखि पाक्न शुरु हुन्छ तर किन्नो सुन्तला भने पछौटे
जात भएकोले माघ फाल्गुनतिर फल टिप्न तयार हुन्छ । जुनारको पनि जात अनुसार पाक्ने समय फरक पर्छ । वासिङ्गटन न्याभेल जातको जुनार कार्तिक तिर पाक्छ भने अन्य जुनारहरू मंसिर–पुसमा टिपिन्छ तर भ्यालेन्सिया जातको जुनार भने माघ–फाल्गुनतिर टिप्न लायक हुन्छ ।
सुन्तला जात बालीमा खाद्य–तत्वको कमी तथा विषाक्तता नाईट्रोजन ९ल्ष्तचयनभल०ः नाईट्रोजनको कमी हुँदा पातका नशाहरू पहेँला छिर्केमिर्के हुने, पातको मूल नशा ९mष्मचष्द० र सहायक नशाहरू पहेँलो हुँदै जान्छ र पातको बाँकी भाग हरियै रहन्छ । यसको कमीको लक्षण पात बुढो हुँदाको अवस्थासँग पनि मिल्दोजुल्दो हुन्छ । यसको कमी भयो भने बोटको वृद्धिमा सुस्तता आउँछ । अति बढी भयो
भने बोटको वृद्धि अत्यधिक हुने र गुणस्तर फल (फल अमिलो हुने, फलमा राम्ररी रङ्ग नचढ्ने उत्पादनमा ह्रास ल्याउँछ । फल पाक्नमा पनि ढिलाई गर्छ ।
फस्फोरस (Phosphorus):
कमी ः फस्फोरसको कमी भयो भने हाँगामा वानस्पतिक तथा फूलको कोपिला राम्रोसँग बन्न पाउँदैन । फल सानो हुने, फलको बोक्रा खस्रो र बाक्लो हुने, फलमा रसमा मात्रा कम र अमिलोपना बढी हुन्छ । हाम्रो देशमा यसको कमी बिरलै हुने हुँदा यसको खास समस्या देखिँदैन ।
पोटास (Potas) :
तुलनात्मक रूपमा कमेरे माटोमा पोटासको कमीको समस्या देखिन्छ । यसको कमी भयो भने स–साना फल लाग्ने, फलको बोक्रा चिल्लो र पातलो हुने, फल फुट्ने र समय नपुग्दै झर्ने हुन्छ । तसर्थ गुणस्तर फल उत्पादनमा यसको प्रत्यक्ष प्रभाव पर्दछ ।
जिङ्क (Zinc)
यसको कमी हुँदा शुरुको अवस्थामा पातको हरियो नशाको बीचमा स–साना पहेँला छिर्केमिर्के धब्बाहरू देखिन्छन् । पछि यसको कमीको असर बढ्दै जाँदा पातको नशाका छेउका केही हरिया भागलाई छोडेर पूरै भाग पहेँलो देखिन्छ । अझ यसको असर अत्यावधिक भयो भने पात स–साना हुने र टुप्पातिरका पातका टुप्पा तिखा, साँघुरा र ठाडा हुन्छन् ।
आईरन (Iron)
यो पनि बढी मात्रामा कमेरे माटोमा देखिन्छ । बोटमा हल्का फलामको कमी हुँदा पातका नशाहरू अन्य अन्तर नशाहरू भन्दा हल्का गाढा हरियो हुन्छ । पछि अत्यधिक असर देखा पर्दा पातका नशाहरूको बीचको भाग पहेँलिने र पातको सबै भागहरू सेतो टल्कने ९क्ष्खयचथ० रङ्गका हुन्छन् । पातहरू भmर्दै जाँदा बोट अर्धनग्न देखिन्छ र ह्रास हुन थाल्छ ।
कपर (Copper)
हल्का कपरको कमी भएको छ भने लामा र च्याप्टा हाँगाहरूका केही पातहरू सामान्य भन्दा ठूला र गाढा हरियो रङ्गका हुन्छन् । नयाँ कलिला हाँगाहरू अंगे्रजी V आकारमा बटारिएका हुन्छन् । हाँगाको मसिना आँख्लामा स्पष्ट देखिने
गुँदका पोकाहरू देखिन्छन् । यसको असर अति भयो भने मसिना हाँगाहरू टुप्पोदेखि सुक्दै जान्छ र नयाँ आउने पालुवाहरू गुज्मुजिएर एकै ठाउँबाट धेरै संख्यामा आउँछन् । अंगे्रजीमा यसलाई बोक्सीको कुचो ९धष्तअजभक दचययm० पनि भनिन्छ । फलको सतहमा कडा, खैरा र काला धब्बाहरू देखा पर्दछन् ।
म्याग्नेसियम (Magnesium)
म्याग्नेसियमको कमी भयो भने छिप्पिएको पातको फेदतिर मुख्य नशा र पातको किनार बीचमा हरिया–पहेँला धब्बाहरू देखिन्छन् । यो समस्या बढ्दै जाँदा पछि पातको टुप्पो र फेदतिर मात्र हरियो रहन्छ र यसले अंगे्रजी (भी) आकार बनाउँछ र पातको रङ्ग हल्का काँसको जस्तो देखिन्छ ।
म्याङ्गानिज (Magnese)
यो पनि खासगरी कमेरे माटोमा देखा पर्छ । छिप्पिएको पातको मध्य नशा र मुख्य नशा वरिपरि गाढा हरियो रङ्गका धब्बाहरू देखिन्छन् र यसलाई छेउतिरबाट हल्का हरियो रङ्गले ढाकेको हुन्छ । जतिजति यसको कमीको असर बढ्दै जान्छ ती हल्का हरिया भागहरू पहेँला–चाँदी रङ्गमा रुपान्तरण हुन्छन्
मोलिब्डेनम (Molibden)
बोटमा यो तत्वको कमी बिरलै देखिन्छ । खासगरी वसन्त ऋतुमा पातका बीचबीचमा पहेँला रङ्गका दागहरू देखा पर्छन् । पछि गएर स–साना दागहरू एकापसमा जोडिएर प्रस्ट देखिने अलि ठूला पहेँला दागहरू आउँछन् ।
बोरोन द्ययचयल बिरुवाको सुक्ष्म तत्व बोरोन सुन्तलाजात फलफूलको लागि अति संवेदनशिल तत्व मानिन्छ । माटोमा यसको मात्रा १ पि.पि.एम. भन्दा बढी भएमा नकारात्मक प्रभाव पार्छ ।
गन्धक (Sulphur)
वसन्त ऋतुमा पलाउने नयाँ कलिला मुनाहरू नाईट्रोजन तत्वको कमीले हुने पहेँला रङ्ग जस्तै मुख्य नशा सहित सबै पात पहेँलिन्छ । पातमा तन्तुहरू मरेको घाउ जस्तो देखिन्छ । यस्ता पातहरू चाँडै झर्दछन् । जबकि पूराना पातहरू भने हरियै हुन्छन् । फल साना र बेरूपका हुन्छन् । फलको बोक्रा बाक्लो, रस कम हुन्छ । नेपालमा यसको कमीको लक्षण खासै देखिदैन ।बगँैचा स्थापना खर्च–आम्दानीको अनुमानित विवरण सुन्तलाको व्यवसायिक खेती गर्दा के कति खर्च लाग्छ भन्ने कुरा यकिन गर्न सजिलोको लागि यहाँ १ हेक्टर क्षेत्रफललाई आधार मानी खर्च अनुमान तयार गरिएको छ । बगैँचा लगाएको १० वर्षको अवधिमा बगैँचा स्थापना तथा व्यवस्थापन गर्दा लाग्ने आवश्यक ज्यामी तथा सामग्री खर्चको विवरण विश्लेषण गर्दा प्रथम वर्ष तुलनात्मक रूपमा लागत खर्च बढी हुन्छ । यसैगरी छैठौं वर्ष पुग्दा पावर स्पे्रयर खरिदले गर्दा लागत बढेको देखिन्छ । यसरी १० वर्षको अवधिमा बगैँचा व्यवस्थापन खर्च तर्फ करिब रु. ८ लाख खर्च हुने देखिन्छ ।
सन्दर्भ सामाग्री ः
तोमियासु युईची, सुरेश कुमार वर्मा, धन बहादुर थापा, (२०५५), नेपालमा सुन्तला खेती । Rajput, C.B.S. and R Sri Haribabu, 1995, Citriculture, Kalyani publisher, New Delhi.डा.कृष्ण प्रसाद पौड्याल, अनिल चन्द्र न्यौपाने, शोभा ढकाल (२०६७ जेठ), “सुन्तला जात फलफूल बालीमा रोग कीरा र अन्य समस्याहरूको व्यवस्थापन” नेपाल कृषि अनुसन्धान परिषद् खुमलटार र वल्र्ड भिजन ईन्टरनेशनल–नेपाल, लमजुङ । न्।क्। च्भममथ, ख्।म्।ःगचतष् ९ज्ञढडछ०, ऋष्तचगक म्ष्कभबकभक बलम त्जभष्च ऋयलतचयी, क्ष्लमष्बल ऋयगलअष् िया ब्नचष्अगतिगचब िच्भकभबचअज, ल्भध म्भजिष्।
डा. कृष्ण प्रसाद पौड्याल, डा.चिरन्जीवि रेग्मी (२०६५), सुन्तला जात बालीमा लाग्ने रोग र कीराहरू, नेपाल कृषि अनुसन्धान परिषद, बागवानी अनुसन्धान महाशाखा, खुमल्टार ।
. G.S. Reddy, V.D.Murti (1985), Citrus Diseases and Their ControL, Indian Council of Agricultural Research, New Delhi.
SP Ghosh (July 2007), Citrus Fruits, Indian Council of Agricultural Research, New Delhi.
Report: Seventh Five Year Plan (Asadh 2047), National Citrus DeveoLpment Programme, Nepal. Statistical Information on Nepalese Agriculture, 2066/67, Ministry of Agriculture And Cooperative, Singh Darbar, Kathmandu, Nepal. बागवानी फार्म÷केन्द्रमा गरिएको बिरुवा उत्पादन तथा बगैँचा व्यवस्थापन खर्च आम्दानी सम्बन्धी रेकर्ड तथा व्यवहारिक अनुभव ।