आर्थिक समृद्धिको आधार रेशम खेती गरौं
नेपाल कृषि प्रधान देश भएपनि वन क्षेत्रको पनि त्यतिकै महत्व छ । वनबाट हामीले घाँस दाउरा मात्र पाइदैन । वहुउपयोग वस्तुहरु हामीलाई प्राप्त हुन्छ । हरियो वन नेपालको धन त्यतिकै प्रसिद्ध भएको होइन । यद्यपी वनले वातावरण जोगाई राख्न अहंम भूमिका खेलेको हुन्छ ।
वनको कुरा गरिरहँदा रेशम खेती सम्झाना गराउँछ । काभ्रेको खोपासीमा रहेको रेशम खेती केन्द्र अहिले लगभग व्यवसायिक रुपमा अगाडि बढ्न नसके पनि रेशम खेतीको कारण नेपालमा प्रशस्त आयआर्जन गरेको पाईन्छ ।
रेशम खेती परापूर्वकालदेखि नै गर्दै आएको पाइन्छ । रेशमी खेती कपडाको लागि उत्तिकै प्रसिद्ध छ । यतिबेला यति महत्वपूर्ण खेतीका विकास र विस्तार सन्तोष जनक अगाडि बढ्न नसको गुनासो पाइन्छ । यतिबेला नेपालको विभिन्न जिल्लाहरुमा किसानहरू रेशम खेतिबाट आकर्षित हुन सकेका छैनन । विशेष गरि स्याङ्जा, गुल्मी र अर्घाखाँची देशैभरका जिल्लाका कृषकहरू रेशम धागोको मुल्यमा कमी आएको भन्दै रेशमको खेति नै छाड्न थालेका छन् ।
स्याङजा, गुल्मी र अर्घाखाची लगायतका पश्चिमका जिल्लामा रेशम खेतिलाई बढावा दिने उद्देश्यले खुलेको थुप्रै कार्यालयहरु बन्द मात्र भएका छैनन् खेती गर्ने किसानहरु मा आकर्षण तथा प्रचारप्रसार बढ्नुको सट्टा क्रमश घट्दै गएको देखिएको छ ।
कुनै बेला विदेशी डलर सहज र सरल तरिकाबाट देशमा भित्र्याउन सकिन्छ भनेर रेशम खेति गर्न अत्यन्तै आकर्षित भएका कृषक हाल आएर त्यसप्रति टाढिदै गएका छन् । कृर्षकको संख्या शून्यनै भैसकेको छ ।
कार्यक्रम सुरू हुँदाको समयताका रेशम धागो अमेरिका तथा छिमेकी मुलुक भारतमा निकासी भए पनि हाल यसको उत्पादन नै गर्न छाडिएको अवस्था छ । रेशम धागोको मूल्य अत्यन्तै कम भएकाले पनि कृर्षक त्यसप्रति कम आकर्षित भएका हुन् । तयारी रेशमको मूल्य अत्याधिक महँगो भए पनि कृर्षकले एक किलो ‘कोकुन’को मूल्य ५० देखि २ सय २५ रुपियाँसम्म पाउने गरेका छन् । उहाँले भन्नुभयो ‘तीन किलो ‘कोकुन’बाट एक किलो धागो उत्पादन हुन्छ ।’ कृर्षकले उत्पादन गरेको रेशम ‘कोकुन’लाई सरकारले तोकेको मूल्यमा कार्यालयले खरिद गर्दै आएको छ । रेशम खेति विकास कार्यक्रमका निम्ति अत्याधुनिक भवनहरू बने पनि हाल ती भवन जीर्ण बन्दै गएका छन् । सल्यान, दाङ लगायत जिल्ला र विशेष गरि श्याँङजाका रत्नपुर, चापाकोट, खिलुङदेउराली, वालिङ्ग नगरपालिका, छाङछाङदी गाविसलाई रेशम खेतिका लागि पकेट क्षेत्र घोषणा गरिएको छ ।
सी वान टु र एन वान नामका रेशम कीरा पाल्नका लागि उपयुक्त मानिएको छ ।
रेशम कीराका लागि मुख्य खाना किम्बुको घाँस भएकोले पाल्नुभन्दा अगाडि किम्बुको बगैँचा बनाउन आवश्यक हुन्छ । कृषि निर्देशनालयबाट रेशम खेतिको तालिम तथा सर्वसाधारणलाई आकर्र्षित गर्ने कार्यका लागि खर्च गर्ने भए पनि त्यो पैसा बालुवामा पानी हालेजस्तै भएको छ । यी समस्या आउनुमा सरकारको कमजोरी र बजारको कुनै प्रबन्ध नहुनु कम जिम्मेवार छैन । किसानहरुको उत्साह मात्र भएर पुग्दैन । किसानलाई प्रोत्साहनमूलक कार्यक्रम नहुँदा समस्या आएको विज्ञहरुको सुझाव रहेको छ ।
नेपालको आयआर्जन गर्न र प्राकृतिक स्रोतबाट सजिलै उपलब्ध हुने आशा र भरोसायुक्त क्षेत्र वन पनि हो । यसले हामी नेपालीहरुको जनजीवनलाई मात्र धानेको छैन । समग्र पृथ्वीलाई सन्तुलनमा राख्न समेत सहयोग पु¥याएको छ ।
हामी सँगै वनको ४१ प्रतिशत भाग भन्दा बढी जमीन छ । वनको विना विनाश रेशम खेती गर्न सक्ने सम्भावना अत्याधिक रहेको छ । यस वनलाई उपयोग गरेर नेपालको अर्थतन्त्रको सुधार गर्न सक्ने फराकिलो माध्यम बन्ने देखिन्छ ।
कृषि र वन मिलेर नयाँ खालको अवधारण बनाएर एकीकृति प्रकारको खेती प्रणालीमा लान सके नेपाल र नेपाली जनताको सुख र समृद्धिका सम्भावना अत्यन्तै नजिक छ ।
हामीले रेशमखेतीको कच्चा पदार्थ उत्पादनबाट मूल्यवान कपडा, कागजको उत्पादन बढाई विश्वबजारमा दिनसके विदेशी मुद्रा आर्जन गर्ने सक्ने बाटो पनि बन्न सक्छ ।
प्रचुर मात्रामा सम्भावना हुँदा–हुँदै पनि हामीले यसलाई प्रवद्र्धन गर्न नसक्नु हाम्रो कमजोरी हो भन्दा फरक पर्दैन ।
नेपालको कृषि क्षेत्रलाई प्रभावकारी बनाउनु पनि यसको एउटा अचुक माध्यम भन्न सकिन्छ ।
यसको लागि राज्य आफैपनि आम किसानलाई अगाडि बढाउन माध्यम खोलेर सुवर्ण अवसरको सिर्जना गर्न सके रेशम खेतीबाट ठूलो आय आर्जन गर्न सहज बन्न सक्छ । नेपालको बिग्रदो आर्थिक अवस्थालाई सुधार गर्न यसले ठूलै मद्दत गर्दछ ।
भौगौलिक रुपमा हामी अझै पनि कृषिमै निर्भर भएको देश हो । खाद्य प्रणालीमा सन्तुलन ल्याउन नसक्दा हामीले अर्बौंको खाद्यन्नबाली आयत गर्नु परेपनि निराश हुने ठाउँभने हामीसँग छैन । जमीन र वन क्षेत्रको आवादी हामीसँग अझै पनि बचेको छ । व्यवस्थित र व्यवसायिक रुप दिनु नसक्नु राज्य र हामी सबैको कमजोरी रहेको छ ।
कृषिले नै हाम्रो प्राण धानेको छ । कृषिलाई मायाँ गर्नु पर्छ भन्ने संस्कारको सिर्जना हामीले नै गर्नु पर्छ । कृषि विना कोही पनि बाँच्न सक्दैन । यो हाम्रो संस्कृति हो । यो हाम्रो जीवन धान्ने आधार हो । चाहे हामीले बारी कान्लाबाट उब्जाउ किन नगरुन् चाहे वन जंगलबाट यसको उपयोग गर्ने स्रोत भनेको हामी मानव जाति नै हुन् । चाहे उ चन्द्रमा किन नबसुन । हामीलाई कसैसित प्रतिस्पर्धा गर्नु छैन । कसैको नक्कल गर्नु पनि पर्दैन । किनकी हामीसँग प्रशस्तै स्रोत साधान छन् । छिटो परिणाम खोज्दा पछि परेका हुन् ।
अभिभावकीय भूमि निभाउन नसकेको हाम्रो राज्य र हामी दुदै जिम्मेवार छौं । इमान्दारीपूर्वक मिहिनेत गरे समृद्धिको सम्भावनाको ढाको धेरै नजिक छ । जोस जाँगर गरौं आफ्नै देशमा रमाऔं । आफ्नै देशको खाऔं ।
आफ्नै देशको प्राकृतिक स्रोत साधानको उपयोग गरौं । यसमो रेशम खेती एउटा समृद्धिको माध्यम हो । रेशम खेतीलाई हाम्रो खेतबारी वनजंगल सबैतिर विस्तार गरि आर्थिक समृद्धिको माध्यम बनाऔं ।