कृषि प्रविधिकृषि विशेष

रैथाने बीउ उत्पादन र संरक्षण

परिचय ः
संसार भरिका आदिवासी समुदायसँग जैविक स्रोतको प्रशस्त ज्ञान हुन्छ । जसले तिनलाई प्रकतिबाट जीविकोपार्जन प्राप्त गर्न सक्षम बनाउँछ । तैपनि विविध पर्यावरण तथा परम्परागत जीवन पद्दती भएका धेरै ग्रामीण समुदायहरू लोप हुने खतरामा छन् । आधुनिकीकरण, औद्योगिकीकरण, कृषिमा हुने मोनोकल्चर, अधिक रासायनिक मलको प्रयोग तथा सहरीकरणले प्राकृतिक स्रोतहरूलाई खतरामा पार्ने काम गरेका छन् ।
खाद्य उत्पादनका लागि वानस्पतिक स्रोतहरु आवश्यक हुन्छ । यस्तो स्रोतहरूको प्रजनन् विविधताले प्रजातिहरूलाई नयाँ वातारणमा घुमिल हुन नयाँ कुराहरू बदलिंदो हावापानीमा बाँच्न सहयोग पु¥याउँछ । बीऊ बैंक जसलाई प्राय जीन बैंक पनि भनिन्छ । एक महत्वपूर्ण औजार हो जसले विविध विजनहरूलाई बचाई लोप हुनबाट संरक्षण गर्दछ । विजन संग्रहले अस्तित्वमा रहेको कृषि सम्पदाको महत्वपूर्ण अंशको प्रतिनिधित्व गर्दछ । जुन लगभग १० हजार वर्षको मानवीय प्रयोगका लागि भएको रोप्ने, जोत्ने र अन्नहरूको प्रजनन् गर्दै प्रकृयाको धरोहर हो । कृषि क्षेत्रमा नवीनता विकसित गर्न विधि अन्नको संकलनलाई महत्वपूर्ण मानिन्छ । यिनीहरूविना कृषि उत्पादनमा ह्रास आउने अनि किसानको खेतमा कीरा लाग्ने र रोगले सताउने कुरामा मात्र केही दशकको विषय हुन जान्छ ।
पूर्वी भारतमा ओरिसाको जेपोर ट्रेक्टमा उच्च उत्पादन हुने एचवाइभी भनिने नयाँ प्रजातिसँगै वनमा आएको ह्रासले स्थानीय वानस्पतिको प्रजातिमा नाटकीय ह्रास ल्यायो यो खतरासँग लड्न र खाद्य आपूर्ति सुरक्षित गर्न एमएस स्वामिनाथन अनुसन्धान संस्थालेसँगै काम गर्दै ६ वटा गाउँका आदिवासी समुदायले खेतीका परम्परालाई पुनर्जीवन दिने कार्यक्रम आरम्भ गरे । असल स्तरीय बीउ उत्पादन किसान किसान बीच बीऊ विनिमय प्रणाली सामुदायिक बीऊ सङ्ग्रह केन्द्र र सामुदायिक जैविक विविधताको दर्ताको स्थापनामार्फत प्राकृति स्रोतहरूको संरक्षण गर्दै आम्दानी बढाउन आफूलाई सक्षम बनाउन स्थानीय कृषकहरू वानस्पतिय स्रोतहरूको सहभागितामूलक व्यवस्थापनमा लागेका छन् ।
भारतमा कृषि जैविक विविधता ः
भारत जंगली तथा रोपिएका दुबै खाले अन्नहरूको विशाल विविधता भएको घर हो । तैपनि भारतमा बढ्दो क्रममा भइरहेको जैविक विविधताको क्षयीकरण ठूलो चिन्ताको विषय भएको छ । यसले दशौ लाख ग्रामीण जनता विशेषत ः आदिवासी कृषक समुदायलाई जीविकोपार्जनबाट वञ्चित गर्दछ । हरित क्रान्तिको प्रारम्भले बढी महत्व कृषि उत्पादन पट्टी दिएको छ । जसले गर्दा मात्र केही प्रजातिका धानहरूको प्रवद्र्धन भइरहेको छ ।
यस अनुसार उच्च परिमाणमा रासायनिक मल प्रयोग गरी धेरै उत्पादन दिने प्रजातिहरूलाई छानिन्छ । परिमाणस्वरुप धानका वंशाणुगत आधारहरू गम्भीर ढंगले घटिरहेको छ । र थुपै परम्परागत बीऊका प्रजातिहरूयदि संरक्षित भएमा कृषिका लागि ठूलो महत्व हुन र खाद्य सुरक्षामा सहयोग पुग्न जानेछ । साथै नयाँ बिरुवा प्रजनन् कार्यक्रमलाई वंशाणुगत आधार खडा गरिदिने छ । वानस्पतिक वंशाणुगत स्रोतहरूकिसान समुदायका लागि खाद्य उत्पादनका लागि मात्र होइन संस्कृति र परम्पराको भूमिका निर्वाह गर्न पनि महत्वपूर्ण हुन्छ । जब जैविक विविधता हराउँछ । मानिसको ज्ञान र सांस्कृतिक पहिचान हराएजस्तै कृषिको वंशाणुगत आधार पनि हराएर जान्छ ।
भारतको कोरापुत जिल्लामा स्थानीय मानिस परम्परागत धानको संरक्षण गर्नुपर्छ भन्ने विषयमा जागरुक छन् । यी परम्परागत प्रकारका धानहरूमा संस्कृतिक महत्व हुनुका अतिरिक्त नयाँ बढी उत्पादन दिने प्रजातिभन्दा धेरै फाइदाहरू छन् । जस्तै अति मीठो स्वाद र पौष्टिक महत्व बढी हुने ।
– कीरा तथा रोगसँग लड्न सक्ने ।
– अनावृष्टि तथा बाढीसँग लड्न सक्ने ।
– स्थानीय कृषि अवस्थासँग मिल्ने ।
– आर्थिक व्यवहारिकता थोरै रासायनिक तत्व र मल भए पुग्ने ।
– वातावरणीय दिगोपन हुने ।
– परिक्षण र प्रमाणित भएको हुने ।
परम्परागत ज्ञान ः
एक जमानामा ओरिसा धानको सबैभन्दा बढी विविध जातिहरू पाइने परम्परगत घर थियो । जहाँ एक हजार सात सय पचास बढी जातका धानहरू पाइन्थ्यो । तर अहिले मात्र लगभगएक सय पचास जातका धानहरू पाइन्छन् । यसको सबैभन्दा ठूलो समस्या भनेको उच्च उत्पादन दिने वर्णशंकर वा मिश्रित जाति धानको प्रयोग भएको छ । विभिन्न बालीको विशुद्ध बीऊको अप्राप्यता, कृषक परिवारमा पछिल्ला पुस्तामा वंशाणुगत सम्पदाको तथ्याङ्कको अभाव र अन्न अभाव वा विस्थापनको समयमा बीउको उपभोग वा विनाश जस कारणले यो क्षेत्र वंशाणुगत स्रोतहरु घट्दै गएको छ ।
यो क्षेत्रको आदिवासी कृषि समुदायहरूले विभिन्न परम्परागत प्रणालीहरूको बचाउ र संरक्षणमा ठूलो भूमिका खेलेको छ । यो समुदायलाई कस्तो जग्गामा कुन प्रकारको बाली नाली लगाउनु पर्छ भन्ने पूर्णज्ञान छ । यिनीहरूले गर्ने स्थानीय स्रोतहरूको प्रयोग र खाना खाने बानीले पनि यिनीहरूको वातावरण सम्बन्धी ज्ञानलाई प्रतिबिम्वित गर्दछ ।
सहभागितामूलक सामुदायिक कृषि मार्फत ओरिसाको कोरापुत जिल्लाको आदिवासी समुदायहरूले इन–सितु अर्थात खेतमै संरक्षण गर्ने परम्परालाई पुनर्जीवन दिएका छन् । परम्परागत धानको प्रकारलाई पृष्ठपोषण गर्न यी समुदायहरूलाई हौसला दिइएको छ र यहाँ खाद्य सुरक्षा तथा जैविक विविधताको संरक्षणका लागि बीऊ बैंकका स्थापना गरेका छन् ।
जैविक विविधता र गरिबी निवारण ः
कोरापुत जिल्लाको आदिवासी समुदायले जंगली प्रजाति र कृषि जैविक विविधताको आफ्नो ज्ञान र अनुभवको प्रयोग गर्दै र परम्परागत धानको प्रणाली र औषधीय वानस्पतिको प्रवद्र्धन गर्दै इन–सितु संरक्षणलाई पुनर्जीवन दिएका छन् । सामुदायिक बीऊ बंैकले समुदायलाई आवश्यक बीऊ प्राप्त गर्न जम्मा गर्न र व्यवस्थित गर्न सक्षम तुल्याउँदै जैविक विविधता र खाद्य सुरक्षालाई सुनिस्चित गरेको छ । त्यस्तै अन्य धेरै महत्वपूर्ण क्रियाकलापले जैविक विविधता संरक्षण गर्न सहयोग पु¥याएको छ ।
भारत सरकारले हालसालै पारित गरेको वानस्पतिक विविधताको संरक्षण तथा कृषकको अधिकार ऐनले जैविक विविधताको संरक्षणमा कृषकहरूको भूमिकालाई मान्यता दिएको छ । उनीहरूको पहिचान तथा मौद्रिक पुरस्कार कानुनी रुपमा नै व्यवस्था भएको छ ।
सामुदायिक जैविक विविधता दर्ताको व्यवस्था गरी त्यसमा प्राणी तथा वानस्पति सम्बन्धी सूचना राख्नाले गाउँलेहरूलार्ई मानिस जनवार र वानस्पतिको आपसी सहयोग प्रणालीको अन्तक्रियाले अझ राम्ररी बुझ्न समक्ष तुल्याउँछ । यो दर्ताले मानिसलाई लागिरहने रोगहरूको उपचारमा सहयोग पु¥याउन औषधीय वानस्पतिकहरूको पहिचान गर्न मद्दत पु¥याएको छ ।
सहभागितामूलक बिरुवा प्रजनन् कार्यक्रमले भेलियन नामक स्थानीय धानको प्रकारलाई भित्र्याएको छ । जुन दाना र माटोको संरक्षणका लागि राम्रो छ । यसले लगभग प्रतिएकड तेइस क्विन्टल बराबरको उच्च उत्पादन वा १ सय ७६ वर्ग मिटर बराबर एक क्विन्टल धान उब्जाउ हुन्छ ।
छिमेकी गाउ“लेहरूले पनि धानको जर्मप्लाज्मको संरक्षण, मुल्याङ्कन र अन्वेषण प्रकृयाको नक्कले गर्न सुरू गरिसकेका छन् । वरिपरिका जिल्लाहरूका धेरै गैर–सरकारी संस्थाहरूले जैविक विविधताको पृष्ठपोषण र संरक्षणका लागि बीऊ तथा अन्न बैंकिङ्ग तथा सामुदायिक औषधीय वानस्पति बग“ैचालाई अपनाएका छन् ।
औषधीय वानस्पतिको संरक्षणले मानिसलाई यस क्षेत्रमा स्वास्थ्य र वानस्पतिको बजार मूल्य बुझ्न समक्ष बनाएको छ। परिणामस्वरुप केही परिवारले यस्ता औषधीय वानस्पति र अन्य उत्पादन स्थानीय बजारमा बिक्रीगर्न सुरू गरेका छन् । तल दिइएजस्तै धेरै अन्य महत्वपूर्ण त्रियाकलापहरूले गरिबी निवारण गर्न सहयोग पु¥याइएको छ ।
चाडपर्वको समयमा संगठित ढंगले गरिने प्रदर्शनीहरूलाई तितरिफ मोहुआ र का“डेगुली जस्ता उत्पादन बेची यसबाट राम्रा आय आर्जन भएको छ।
उच्च उत्पादन र उन्नत वासना भएको विशुद्ध स्थानीय धानको बीऊको प्रयाप्तताले यसको माग बढेको छ भने केही किसानहरूलार्ई परम्परागत मलको प्रयोगबाट गरिने खेती विधि अपानाउन हौसला दिएको छ। यसले एचवाईभी धान उत्पादनमा गरेको परिवारको लागत खर्च पनि कम गरेको छ।
वर्षाको पानी संरक्षणले सामुदायिक मत्स्यपालनलाई प्रोत्साहन मिलेको छ । यसबाट प्राप्त आम्दानी सिधै सामुदायिक कोषमा जान्छ । जुन समुदायमा आधारित लघु उद्योग वा व्यवसायहरूमा प्रयोग गरिन्छ । स्वावलम्बी समूहले बागवानी, कुखरा पालन तथा माछाका भूरा उत्पादन जस्ता क्रियाकलापहरू सुरू गरेका छन् । यसबाट प्राप्त सबै फाइदाहरू समूहमा नै जान्छ ।
कृषिको प्रारम्भ भएदेखि नै कृषकले बीऊ एक उत्पादन ऋतुदेखि अर्काे एक उत्पादन ऋतुसम्म राख्दै आएका छन् । कहिले काहीँ धेरै वर्षाका लगि पनि राखेका छन् । सुख्खा वा अनावृष्टि र वाली विधि कारणले उत्पादन नहुने र गरिबीको कारणले वानस्पति स्रोत ह्रास हुँदै जाने ठाउँहरूमा घरायसी खाद्य सुरक्षाको लागि बीउ सम्मको पहुँच आवश्यकता हुन्छ ।
सामुदायिक बीउ बैंकले बीऊ जोगाउन र बिरुवा रोप्न आवश्यक सामग्रीसम्म कृषिको पहँुच पु¥याउने महत्वपूर्ण भुमिका खेल्छ । यसले किसानको उत्पादनलाई बजार सुविधा पु¥याउँछ । भने बीऊ मेलाले कृषिलाई आफूले उब्जाइरहेको बीउ छान्ने र परिवर्तन गर्ने वा नगर्ने अवसर प्रदान गर्दछ ।
बीऊ बैकमा जर्मप्लाज्मा भण्डार गर्ने कार्य सस्तो हुन्छ । यसले नगन्य स्थानमात्र ओगट्छ । न्युन् वंशाणुगत ह्रासमात्र हुनेगरी यसले सफलतापूर्वक ठूलो परिमाणमा बीऊको संरक्षण गर्दछ । बीउ बंैकले अुसन्सधानका लागि वानस्पतिको राम्रो स्रोतहरू उपलब्ध गराउँछ । प्राकृतिक प्रणालीमा अवरोध वा विनाश नगरी अनुसन्धानकर्तालाई बीऊ बैंकले दुर्लभ र खतराको सूचीमा परेको प्रजाति उपलब्ध गराउँछ ।
बीऊको छनौट ः
ईच्छुक घरपरिवारबाट निश्चित परिमाणमा बीउ छानिन्छ र ग्रामीण महिलाबाट यसको सफाई गरिन्छ । बीऊको बोक्राको रङ्ग, आधार र अन्य भौतिक विशेषताहरूको अध्ययन गरी बीऊ छानिन्छ । अशुद्ध वा अन्य प्रजातिसँग मिसिएको बीउ स्वीकार गरिदैन । परम्परागत बीउ परिक्षण विविधताको प्रयोग गरी केन्द्रीत गाउँ समितिको महिला तथा पुरुष सदस्यहरूद्धारा बीउको गुणस्तर प्रमाणीकरण, सुदृढीकरण सुकाउने र रेखदेख गर्ने कार्य गरिन्छ । सङग्रहित बीउलाई त्यसपछि उचित ढङ्गले जोखी यसको रेकर्ड राखिन्छ ।
बीउ भण्डारण ः
कोरापुतका आदिवासीहरूको आफ्नै मौलिक प्रकारका बीउ तथा अन्नको भण्डारण गर्ने विधि छ । यसलाई भण्डारण गर्नुअघि सुकेको नीम ९ब्शबलमष्चबअजतच ष्लमष्अब० को पात वा करानजा ९एयलनबmष्ब उष्ल लबतब० को धुलोसँग मिसाइन्छ । जसले बीऊलाई कीरा लाग्नबाट जोगाउँछ । धानको बीऊलाई ढुसी खानिकी भनिने स्थानीय भाँडामा राखिन्छ । लामो परालको डोरीलाई गोलकार आधारमा बाँटेर ढुसी बनाइन्छ । बीउलाई भित्र राखिसकेपछि यसको मुखलाई दह्रो गरी बाँधिन्छ । खानिकी भनेको भाँडा आकारको बाँसको टोकरी हो । जसलाई गोबरले लिपिएको हुन्छ ।
गाइको गोबरलेपनले कीरा भगाउने काम गर्छ । जसमा हावा नछिर्ने हुनाले न्युनतम मात्रामा ओसिलो हुन्छ । र कीराले खान वा ढाक्न सक्दैन यस्तो भण्डारण भाँडा वा टोकरीहरूलाई त्यसपछि सामुदायिक भवनमा राखिन्छ ।
साधारणतया बीउ बैंक भण्डारणका लागि तलका कदमहरू चालिन्छ ।
–संग्रह कार्य
–बीऊको तयारी
–सुकाउने कार्य
–पोका पार्ने कार्य
–भण्डारण कार्य
– कीरा लागे÷नलागेको आवधिक जा“च कार्य
–पुनः भण्डारण गर्ने कार्य
अभिलेख राख्ने कार्र्य ः
भण्डार गरिएको बीऊको उचित अभिलेखमा तपसीलका कुराहरूपर्छन । बीऊको प्रकार र अवस्थाको पहिचान, नमूना लिइकाको बीऊको स्थान र विशेषताको विवरण संग्रह प्रकृयाको विवरण भण्डारण अवस्था र कति गर्मीमा बाँच्छन् भन्ने जानकारी
बीउ, वितरण ः
गाउँको केन्द्रीय समितिले कुन परिवारलाई बीऊ एकदमै आवश्यक छ भनि पहिचान गर्दछ । बीऊ भण्डारको सचिवले कुन परिवारलाई कस्ता र कति बीऊ चाहिएको हो भन्ने जानकारी राख्दछ । यदि किसानले सामुदायिक बीऊ भण्डारका सबै शर्त मानेमा, बीऊ ऋणस्वरुप प्राप्त गर्दछ । न पछि बीऊ फर्काउदा लगभग १.५ गुणा बढी बीऊ भण्डारलाई बुझाउनु पर्छ ।
भविष्य ः
यो परियोजनाको सकारात्मक प्रभावस्वरुप यसले आदिवासी गाउँलेहरूको एचवाईभी प्रतिको निर्भरता, बाहिरबाट ल्याउने कुरा जस्तै रासायनिक मल कीटनाशक औषधीको माग पनिघटाएको छ । उत्पादनशीलता र किसान किसानबीचको बीऊ साट्ने कार्य पनि समुदायमा बढेर गएका छन् । त्यस्तै अन्य गाउँको निर्भरता बढिरहेको छ । परिणामस्वरुप शुद्ध पारिएको बीऊका प्रकारहरू रोप्नका लागि सबै प्रयोग गर्दछन् । महिलाहरूले आजभोली आधुनिक बीऊ अन्नका नाममालेखाजोखा गर्ने प्रणालीको प्रयोग गरी आफूलाई शोषित हुनबाट बचाएका छन् ।
यस जिल्लाको अन्य गैर–सरकारी संघ–संस्थाहरूले पनि सामुदायिक बीऊ भण्डारको अवधारणालाई अंगालेका छन् । यी कार्य मार्फत बचेको धानको प्रकारहरूको सुरक्षा भएको छ । र यस क्षेत्रको नास हुन लागेको जंगलबाट हटाइनुको सट्टा औषधीय वानस्पतिहरूको अति शोषण हुनबाट रोक्नका लागि सामुदायिक बगैँचा लगाएका छन् ।
शब्दावली ः
जर्मप्लाज्मः यसलाई वानस्पति वा नश्लको समूह हो भनेर सोच्न सकिन्छ । यस समूहमा विभिन्न विशेषता भएको वंशाणुगत समूह रहन्छ व्याड उत्पादनकर्ताले त्यही प्रकारका बीऊ छान्छन् । र आन्तरिक प्रजनन् प्रक्रियाबाट मुल्याङ्कन, बीऊ उत्पादन र बजार व्यवस्थापन किसानलाई उपलब्ध छ । त्यसैले बीउ, विजनबाट हने उत्पादन प्रगती उपयोग जर्मप्लाज्ममा भर पर्दछ । जर्मप्लाज्मको उदाहरणहरूमा व्यापारिक दृष्टिकोणले प्राप्त प्रकारहरू किसानले विकास गरेका प्रकार जसलाई ल्याण्डरस भनिन्छ । प्रजनन् कार्यक्रमबाट प्राप्त सामग्री पर्दछ । र भाइरस व्याक्टेरिया र अन्य सुक्ष्म जीवहरूबाट वंशाणुगत सार्ने प्रविधि साँच्चै लाभकारी भएका छन् ।
स्रोत ः नेफेज

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close