व्यावसायिक रूपमा खेती गर्नका लागि रोगनाशक विषादीको सुरक्षित प्रयोग गर्ने विधिहरू
चेतना मानन्धर
परिचय ः
नेपालमा विषादीको आयात सर्वप्रथम सन् १९५० मा भएको हो । वर्तमान अवस्थामा रसायनिक विषादीको प्रयोग गढ्दो क्रममा छ । व्यावसायिक कृषि क्षेत्रमा विषादीको प्रयोग राष्ट्रिय औसतभन्दा यही देखिए पनि यसको प्रयोग दक्षिण एसियाका अन्य देशहरूभन्दा कम भएको पाइएको छ । निशेषतः विषादीको दुष्प्रभाव हामीले आवश्यकताअनुसार बालीको अवस्था हेरेर रोगको क्षतिको स्तर हेरेर, उचित समयमा उचित मात्रामा सकेसम्म सुरक्षित विषादीको मात्र प्रयोग गर्नुपर्छ । यसका अलावा वनस्पति तथा जैविक विषादीको प्रयोग, व्यावहारिक व्यवस्थापन प्रविधि पनि अपनाउनुपर्छ । यी स–साना कुराहरुमा ध्यान दिन सक्यौं भने हामीले जैविक विषादीको प्रयोग प्रविधि, उपयुक्त नातावरणमैत्री प्रविधिहरु निकास गरी बालीबिरुवामा रोगबाट हुने नोक्सानलाई न्यूनीकरण गरी उत्पादन र उत्पादकत्वको गुणात्मक र परिमाणात्मक वृद्धि गर्न सहयोग साथै रोगको व्यवस्थापन गर्न सकिन्छ । सकेसम्म कमभन्दा कम रसायनिक विषादीको प्रयोग, चाहिएको बेला र चाहिएको मात्रामा विषालुपनाको मात्रा कम भएको विषादी छानेर प्रयोगका सुरक्षित उपायहरु अपनाउनुपर्छ । कृषि क्षेत्रमा बोटबिरुवालाई क्षति गरेर उत्पादन घटाउने प्रमुख कारण रोग भएकोले यसको उचित व्यवस्थापनका लागि निमपानीलाई प्रमुख रुपमा प्रयोग गरिएको छ । गाली रोगनाशक विषादीको प्रयोगविधिहरु बीउ उपचार, माटो उपचार र माउ तथा बोटको उपचार गर्नका लागि प्रयोग गरिन्छ । बीउ रोप्नुभन्दा अगावै सबैभन्दा शुरुको अवस्थामा नै गरिने सजिलो र सस्तो भएकोले यो उपचार विधि ज्यादै व्यापक छ । त्यसैगरी माटोमा पनि माटो जनित रोग लाग्ने भएकोले र कहिलेकाहीँ बीउ र माटोको उपचार गर्दागर्दै पनि रोग लागेमा बिरुवाकै उपचार एक मात्र विकल्प रहन आउँछ । त्यसै विषादीको उपयोग सही तरिकाले गर्नुपर्छ ।
असल वाली रोगनाशक विषादीमा हुनुपर्ने गुणहरु असल बाली रोगनाशक विषादी भन्नाले मुख्यतया विषादीहरुले बिरुवा, मानिस र पशुलाई कम असर गर्ने र बिरुवाको रोगको जीवाणुलाई गढी असर गर्ने खालको हुनुपर्छ । विषादीको भण्डारण गर्दा विषादीको गुणमा र विषादी प्रयोग गर्ने बेलामा विषादी मिलाउँदा विषादीको प्रभावकारितामा फरक नआउने सस्तो र सुलभ हुनुपर्छ । बाली रोगनाशक विषादी प्रयोग गर्दा तल चित्रमा जस्तै विषादीको बोत्तल वा बट्टामा लेखिएका निर्देशनहरु पालन गर्नु आवश्यक छ ।
Trade name
Formulation
Active ingredient
Quantity & description
Precautions
चित्र १ विचारीको भोल
यालीरोगनाशक निपारीको वर्गीकरण
रोगनाशक विषादी भन्नाले मूख्यतया ढुसीनाशक (Fungicide). किटाणुनाशक (Bactericide) र जुकानाशक (Nematicides) विषादीहरु हुन् । विषादीको कार्यक्षमाताको आधारमा विषादीलाई संरक्षक (Protectant) र निको पार्न सक्ने (Therapeautant) रुप गरि दुई भागमा वर्गीकरण गरिएका छन् । संरक्षक विषादी भन्नाले रोग लाग्नुअघि ना रोग लाग्न नविन प्रयोग गर्दा प्रभावकारी रुपमा नियन्त्रण गर्ने विषादी जस्तै विरामीजन्य, गन्धकयुक्त विषादी तुलनात्मक रुपमा कम विषालुलाई बुझाउँछ । त्यसै गरी निको पार्न सक्ने भन्नाले रोग लागिसकेपछि प्रयोग गर्दा पनि आफ्नो असर देखाउन सक्छन् । जस्तै कारवक्सिन, एन्टिवायोटिक आदि । यसमा रोकथाम गर्ने सामर्थ अरु रोगनाशक विषादीभन्दा बढीनै हुन्छ ।
दैहिक (Systemic) र स्पर्श वा अवैहिक सी दानेदार विष (Granules)
दानेदार विष तयार गर्दा पनि खास निमलाई अन्य पदार्थजस्तै चिम्टाइलो माटोमा मिसाएर दानावार आकारमा बनाइन्छ । यो विषादी खास गरी माटोमा प्रयोग गरिन्छ । जस्तै सेडार ।
घुनाउने विष (Fumigants)
धुमाउने विषादी उड्ने खालको हुने हुनाले हावा बन्द ठाउँमा जुन माटोभित्र छरिन्छ जहाँ यसले विषालु ग्याँस निकाल्दछ । जस्तै फिप्रोनिल ।
निमपानीको सम्पर्क कसलाई खतरा गर्छ त ?
विषादीको विषालुपना र प्रयोगकर्ताको विषादीसँगको सम्पर्कको अवधिको संयुक्त असरलाई नै खतरा भनिन्छ । यसको खतरा न्यूनीकरण गर्नका निम्ति यदि बिषादी धेरै नै भए पनि कम सम्पर्कको माध्यम र अवधि घटाएर गर्न सकिन्छ । सबैभन्दा पहिला त विषादी प्रयोग गर्दा विषादीको प्रकार अनुसार धुलो झोल आदिको रुपमा प्रयोग गर्दा सम्पर्कमा आउने व्यक्तिले विषादी छर्ने, विषादीलाई चलाउने, पानीमा घोल्ने आदि काम गर्दाखेरि त्यो व्यक्तिलाई बढी खतरा हुन्छ । त्यसपछि उपभोक्ताहरु जसले विषादीको प्रयोग गरिसकेपछि यसको असरबाट बच्न निमपानीको पनि समय Pre-Harvest Interval, PHI) को मापदण्ड पलना गरेको छैन भने उसलाई गढी खतरा हुन्छ । विषादीको प्रयोगपछि खेतबारीमा जानका लागि पुनरागमन अवधि Re-Entry Interval, REI) (निश्चित) समय पर्खनुपर्ने मापदण्ड पलना गरेको छैन भने । यसको नियम÷मापदण्ड पालना गरी कामदारहरुलाई वा अरु कसैलाई उक्त खेतबारीमा जानबाट रोक लगाउनुपर्छ । मान्छेजस्तै जनावर गाईवस्तुलाई पनि स्वास्थमा प्रतिकूल असर पर्ने र पशुजन्य उत्पादनको गुणस्तरमा कमी आउँछ । विषादी बिक्रेताहरुले पनि विषादीको लेवल हेरेर सावधानीपूर्वक विषादीहरुको किनमेल गर्नुपर्छ । जस्तै ः विषादीको बोतलको बिर्को राम्ररी बन्द भएको हुनुपर्छ । निषादीको प्लास्टिक÷खोल टम्म बन्द भएको हुनुपर्छ ।
प्लास्टिक÷खोल टम्म बन्द भएको हुनुपर्छ ।
विभक्तताको आधारमा विषादीलाई विभिन्न रङ्गमा वर्गीकरण गरिएका
निषादीको प्याकेटमा
लेवलको र हरियो, नीलो, खतराको सीमा, कम खतरा, पहेँलो, रातो, खतरा, बढी खतरा, ज्याने मढी खतरा
विषादीको लेवलअनुसार विषादीको वर्गीकरण गरिए पनि त्यस अलावा सुरक्षाकवच (Personal Protection Equipment, PPE) जस्तै पञ्जा, पानव नभिज्ने ज्याकेट वा एप्रोन, ट्राउजर, बुट÷जुत्ता, फेसिअल मास्कको प्रयोग गर्नुपर्छ । विषादीको सीधै सम्पर्कमा आउनु हुँदैन र छुनु हुँदैन । सुरक्षित नचुहिने, सफा नोजल भएको स्प्रयेर तथा विषादीको भाँडोमा प्रयोग गर्नुपर्छ ।
घ. विषादी छरिसकेपछि
कुनै पनि खेतबारीमा विषादी प्रयोग गरिसकेपछि खेतबारीमा वा विषादी प्रयोग गरिएको स्थानमा मानिस तथा जनावरको प्रवेशमा रोक लगाउनुपर्छ । जुन विषादीको असर कम भइसकेपछि मात्र उक्त ठाउँमा आवतजावत गर्नुपर्छ । छर्दा विषादी गढी भएमा सोही अनुसारको रोग व्यवस्थापनमा उक्त विषादी प्रयोग गर्ने निकास गर्नुपर्दछ । यदि यसो गर्न सम्भव छैन भने उक्त बढी भएको विषादीलाई पानी मिसाएर पातलो बनाई अनिवार्य रुपमा सुरक्षित ठाउँमा खाल्डो खनी पुर्नुपर्छ । त्यस्तै स्प्रयेरलाई सफा गर्दा निस्किने विषादीलाई फाल्न सुरक्षित सावधानी अपनाउनुपर्छ । विषादी छर्दा प्रयोग गरिएका सुरक्षाकवचहरुलाई सुरक्षित ठाउँमा धुवाले अर्को पटक विषादी छर्दा यसको प्रयोगले कुनै हानि गर्दैन । यदि Disposable हो भने सुरक्षित तरिकाले व्यवस्थापन गर्नुपर्छ । विषादी प्रयोगपछि रित्तिएका बट्टा राम्रोसँग पखालेर पनि केही मात्रामा विषालुपन गाँकी हुन्छ । त्यसैले त्यस्ता खाली सिसीलाई कुच्च्याएर÷फुटाएर खाल्डोमा पुरिदिनुपर्छ । यदि कागजको मट्टा भए जलाइदिनुपर्छ । र अन्त्यमा विषादीको प्रयोगपछि राम्रोसँग डेटोल र साबुनपानीले नुहाउने र कपडा धुने काम गर्नुपर्छ ।