पर्यावरणीय कृषिमा जोड :महासचिव, प्रमेश पोखरेल
पर्यावरणीय कृषिमा जोडदिदै आएको संसारभर सञ्जालको रुपमा फैलिएको संगठन लाभिया क्याम्पासिनाका युवा नेता, कृषि अभियन्ता, अखिल नेपाल किसान महासंघका महासचिव, आईसीसी नेपाल संयोजक प्रमेश पोखरेलसँग लाभिया क्याम्पासिनाले अख्तियार गरेको सिद्धान्त, कृषि पद्धति, समग्र नेपालको कृषिको अवस्था विषयमा धनबहादुर मगरले कृषि जर्नलको लागि गरेको कुराकानीको प्रस्तुत अंश ।
यहाँको परिचय दिनुहोस् ?
प्रमेश पोखरेल महासचिव अखिल नेपाल किसान महासंघ, सदस्य राष्ट्रिय किसान सञ्जाल, सदस्य नेपाल संयुक्त किसान संघर्ष समिति, संयोजक लाभिया क्याम्पासिना नेपाल,
विश्वभर सञ्जाल भएको संगठन लाभिया क्याम्पासिना स्पेनिस शब्द हो । यसको अर्थ ‘‘किसानको बाटो;’’ भनिन्छ । लाभिया क्याम्पासिना आजभन्दा ३० वर्ष अगाडि सन् १९९३ मा वेल्जियमको मोनस भन्ने शहरमा स्थापना भएको विश्वभरिका किसानहरुको संगठनको एउटा छाता संगठन हो ।
यसले विश्वका आदिवासीहरु, साना किसानहरु, मछुवार, पशुपालक किसानहरु अथवा फिरन्ते जीवन बिताई रहेका समुदायहरुको प्रतिनिधित्व गर्दछ ।
मुख्य गरेर यसको उद्देश्य नव उदारवाद पूँजीवादले सिर्जना गरेको खाद्य तथा कृषिका समस्याहरु, ग्रामीण क्षेत्रमा बसोवास गर्ने जनताहरु, हाम्रो जस्तो देशको वहुसंख्याक जनता कृषिमा आधारित जनताहरु, कृषिमा आवद्ध छन् । यी विषयहरुमा सम्वोधन गर्न लाभिया क्याम्पासिनाको स्थापना भएको हो । संक्षेपमा भन्ने हो भने नवउदारवादी पूँजीवाद, नाफामुखी कृषिको मोडल अपनाउछ, जसले अत्यन्त विषादीहरु प्रयोग गरेर हाम्रो स्वास्थ वातावरणलाई क्षति पु¥याउने कृषिको मोडल छ । त्यसको विरुद्धमा हामीले दिगो तरिकाले उत्पादन गर्नपर्छ । वहुसंख्याक किसान केन्द्रीत भएर उत्पादन गरिनु पर्छ उत्पादनका स्रोत साधानको विरुद्ध जो छ । यी कुरालाई सम्वोधन गर्ने गरि उत्पादनको प्रक्रिया अगाडि बढाउनु पर्छ भनेर खाद्य सम्प्रभुक्तामा आधारित पर्यावरणीय कृषिलाई पूरा गर्न अठोट बोकेर अगाडि आएको लाभिया क्याम्पासिना एउटा मजबुत संगठन हो ।
क्याम्पासिनाको उद्देश्य बताईदिनुहोस ?
विश्वमा साँढे २ अर्ब जनता कृषिमा निर्भर छन् । त्यसैबाट उनीहरुको जीविकोपार्जन भईराखेको छ र विश्वको ७० प्रतिशत खाद्यान्न आफैँ ग्रामीण क्षेत्रमा बस्ने, अर्काको खेतबारीमा कामगर्ने वा आफ्नै सानो खेतबारीमा खाद्यान्न उत्पादन गर्ने जस्ता किसानहरु विश्वमा ७० प्रतिशत खाद्यान्न उत्पादनमा सहभागी किसानहरु हुन् । यसै सन्दर्भमा लाभिया क्यापासिनाको मुख्य उद्देश्य, धेय भनेको त्यही साना त्यही साना किसानको आम्दानी र रोजगारीलाई प्रत्यभूति गर्ने गरि कृषिको रुपान्तरण गर्ने हो । यो राजनैतिक दृष्टिकोणबाट प्रेरित छ । हामीले यसलाई समाजवादी अर्थतन्त्रको रुपमा वकालत गर्ने नेटवर्कको रुपमा बुझ्न सक्छौं । यो विश्वको समाजवादीहरुको प्रगतिशील किसान संघ–संगठनहरु हुन्, त्यसको थलो भएकाले एकै वाक्यमा भन्ने हो भने खाद्य सम्प्रभुक्तालाई लागुगर्ने र कृषिलाई समाजवादी रुपान्तरण गर्ने यसको मुख्य लक्ष्य हो ।
नवउद्धारवादी नीतिले साना किसानहरुलार्ई नराम्रो प्रभाव पारेको छ । मूल्य पाएको छैन । बजार पाएको छैन । थोरै मुठीभर व्यक्तिहरुले लाभ लिइरहेका छन् । नवउदारवादी नीतिबाट किसानहरुलाई संरक्षण र सुरक्षित गर्नुपर्छ जलवायुको न्यायको कुरा गर्नुपर्छ ।
कृषि भनेको सँस्कृति पनि हो । ‘एग्रीकल्चर’’ भन्छौं ।’ हामीले यति लामो समयसम्म कृषि गर्दा प्राप्त गरेका ज्ञानहरु इण्डिजिनियस ज्ञान छ । कम्युनिटी विज्डम छ । यी सबैलाई संरक्षण गर्दै अहिलेका विज्ञान, प्रविधि र शीपलाई त्यो स्थान विशेष, त्यो समुदाय विशेष, अनुकुलन हुनेगरि सुधार गर्दै, रुपान्तरण गर्दे जाने । विकासको नेतृत्व गर्ने हो ।
साथ–साथै जलवायू परिवर्तनको कुरा गर्दा विश्वका ग्रामीण क्षेत्रमा बस्ने प्रकृतिसँग निर्भर भएका जनताहरु सबभन्दा बढी प्रताडित भएका छन् । नेपालको किसानहरुको यो विश्वमा भएको जलवायु परिवर्तन वातावरणीय संकट कुनै भूमिका छैन । त्यसको दोषी हामी होइन ठूला–ठूला सपना बोकेका नवउद्धारवादीहरुको सोच हो ।
सबभन्दा प्रताडित हिमालको काखमा बस्ने, पहाडमा बस्ने, नदि किनारमा बस्ने, जनताहरु जलवायू परिवर्तनको संकटबाट प्रभावित भएको छ । लाभिया क्याम्पासिनाले जलवायु न्यायको कुरा गर्छ । लाभिया क्याम्पासिनाले महिलाको हितको कुरा गर्छ । जनजातिका थातथलोको कुरा गर्छ । उनीहरुका वर्षौदेखि बसोवास गर्दै आएको भूमि, (टेरिटोरिएल राइट)को कुरा गर्छ । यो बाटोबाट लाभिया क्याम्पासिनाले किसानको मात्रै, खाद्यको विषयमा मात्रै कुरा गर्दैन प्राकृतिको कुरा गर्छ । किनभने अहिलेको खेती प्रणालीले सबभन्दा बढी प्राकृतिक स्रोत साधनलाई क्षति पु¥याई रहेको छ । यस पछ्याउदै र धर्तीमाताको संरक्षण गर्ने लाभिया क्याम्पासिनाको भिजन हो । व्यवस्था परिवर्तन मार्फत समाजवादका आधारहरु सिर्जना गर्दै नयाँ र समतामूलक समाजतर्फ अघि बढ्ने यो नै सही बाटो हो भन्दछ, लाभिया क्याम्पासिनाले ।
वातावरणको संरक्षण गर्दै पृथ्वीमा बाँच्न र बचाउने जुन लाभिया क्याम्पासिनाको लक्ष्य र उद्देश्य बताई सक्नु भएको छ । ३० वर्ष पहिले स्थापना भएको लाभिया क्यम्पासिनाको नेपाली किसानहरुको सम्बन्ध कहिले देखिे जोडियो भन्ने विषय बताई दिनुहोस् न ?
लाभिया क्यापासिनामा ८० भन्दा बढी देशका १८२ वटा संगठनहरु आवद्ध छन् । यसमा नेपालबाट अखिल नेपाल किसान महासंघ विगत २० वर्षभयो शुरु देखिनै अखिल नेपाल किसान महासंघका पूर्व नेताहरू क्याम्पासिनाको विभिन्न कार्यक्रमहरु शुरु देखिनै सहभागीता जनाउने भाग लिने गर्नुहुन्थ्यो । तथापी औपचारिक रुपमा सन् २००४ देखि सदस्यता पाएका छौं । यस्तै क्यूवाको किसान संगठन, भियतनामको एउटैमात्र किसान संगठन (भिएनएफ), ब्राजिलको किसान संगठनहरु आवद्ध छन् । हामी २० वर्षदेखि निरन्तर निर्णायक भुमिकामा रहँदै आएका छौं ।
म भन्दा अगाडि नेपालको तर्फबाट शान्ता मानवी यसको निर्णायक तह स्टेरिङ्ग कमिटी तथा इन्टरनेशनल कोर्डिनेशन कमिटीमा हुनुहुन्थ्यो । विगत ६ वर्षदेखि म पनि आईसीसी संयोजकको रुपमा लाभिया क्याम्पासिनाको ९ वटा क्षेत्रमा कामगर्ने गरि २२ जना मध्येको आईसीसीको प्रतिनिधित्व गर्दछु ।
यसरी लाभिया क्याम्पासिना दक्षिण एशियाको नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकाका किसान आन्दोलनका निर्णायक व्यक्तिहरु सदस्य छन् । यसको सञ्जाल विश्वभरि फैलिएको छ । यसको सदस्य बन्न लाभिया क्याम्पासिना साम्राज्यवाद विरोधी, पूँजीवादको नाफामूखी दोहन अथवा मानिसको पनि शोाषण गर्ने खालको नवउदारवादी नीतिको विरोध गर्ने पितृसत्मक विरोध गर्ने र अन्यायको विरोध गर्ने र न्याय र समानततामूलक समाजको व्याख्या गर्ने जुन किसान संघ–संगठनहरु छन् त्यस खालको संगठनहरु आवद्धता यस अभियानमा आवद्ध हुन सक्छन् ।
लाभिया क्याम्पासिनामा यहाँ आफै पनि सहभागी हुनु भएको छ । र किसान महासंघको पनि महासचिव भईसकेको नाताले नेपालको कृषिको मोडल, र लाभिया क्याम्पासिनाबाट गरिने कृषिको मोडलहरु थोरै बताई दिनुहोस् न ?
सन्दर्भ कोट्याइसकेको छ । यस अघि नै लाभिया क्याम्पासिनाले अहिले जुन विश्वभरि दवदवा भएको कृषिको मोडलहरु छन् । त्यो पूँजीवादी नवउदारवादी, वहुराष्ट्रिय निगममार्फत खेती गरिने ठूला–ठूला धनी किसानहरु प्रतिस्पर्धात्मक रुपमा खेती गरिने जुन मोडल छ । त्यो मोडलको विरुद्धमा लाभिया क्याम्पासिनाको जन्म भएको हुनाले यसले पूँजीवादी नवउदारवादी र निगमीय कृषि गर्ने जुन कृषि छ । त्यसले किसानहरुलाई सीमान्तकृत गरेको छ । त्यसले किसानलाई झन् गरिब बनायो । स्रोत साधनको पनि दोहन ग¥यो । उत्पादन गरिने खाद्यान्नलाई नाफाको वस्तुको रुपमा मात्रै लिएको हुनाले अखाद्य उत्पादन ग¥यो । हामी त्यसको विरुद्धमा छौं । हाम्रो जस्तो अर्थतन्त्र भएको देशलाई पनि नकारात्मक प्रभाव पा¥यो । डब्लुटिओ मार्फत खाद्यान्नहरु आयत हुँदा हाम्रो कृषि बजारलाई प्रभावित पा¥यो । यहाँको किसानहरुले मूल्य पाएन । यी सबै सम्वोधन गर्न लाभिया क्याम्पासिनाले कृषि खाद्यको क्षेत्रको रुपमा मोडल अगाडि सारियो १९९६ मा विश्व खाद्य शिखर सम्मेलन भईरहेको सन्दर्भमा लाभिया क्याम्पासिनाले कृषिलाई रुपान्तरण गर्ने, किसानलाई कसरी धनी बनाउने ? उत्पादनलाई नाफामा केन्द्रीत गरेर होइन । खाद्यान्नलाई स्वच्छ रुपमा उत्पादन गर्ने तरिकालाई केन्द्रमा राखेर गर्न सकिन्छ । प्राकृतिको सन्तुलनमा खेती गर्न सकिन्छ भन्ने मोडल छ । त्यसलाई खाद्य सम्प्रभुत्ता भन्छौं । नेपालमा क्याम्पासिनो सिद्धान्तलाई नेपालको विशेषतामा आधारित बनाई कृषिको मोडल कस्तो हुनुपर्छ भन्ने व्यापक छलफल गरेपछि खाद्य सम्प्रभुत्तालाई संविधानमा पनि सुरक्षित गरेका छौं । मौलिक हक त्यसको कानुन ? खाद्य सम्प्रभुत्ता ऐन २०७५लाई कार्यन्वयन गरि कृषि क्षेत्रको रुपान्तरण गर्नुपर्छ भनेका छौं ।
तपाईंले सोध्नु भएको लाभिया क्याम्पासिनाले कृषि क्षेत्रको कसरी रुपान्तरण गर्नुपर्छ भन्छ । प्रकृतिलाई हानी पुग्ने गरि होइन प्राकृतिको सन्तुलनमा गर्ने खेतीको रुपमा अगाडि बढाउन पर्छ भन्छ । स्रोत साधनको न्यायोचित वितरण गरेर मात्र उत्पादनको उत्पादकत्व बढाउन सकिन्छ । किसानलाई धनी बनाउने हो । कृषिलाई आम्दानी र रोजगारी प्रत्यभूति हुने गरि बिउविजन माथि किसानको अधिकार हुनु पर्छ भन्ने व्यापक विषय वस्तुहरुलाई प्रतिपादन ग¥यौं । अब खाद्य सम्प्रभुत्ता व्यवहारमा कसरी हुन्छ ? व्यवहारमा पर्यावरणीय कृषिको अभ्यास मार्फत गर्ने । दुखःको कुरा विगतका नीति निर्माता कुरा सुन्दा पर्यावरणीय कृषि भनेको वातावरणलाई ध्यानमा राखेर गरिने कृषि जस्तो लागे पनि राजनैतिक विषय पनि हो । पर्यावरणीय कृषि भनेको नवउदारवादी पूँजीवादी जुन कृषिको नमूना छ । त्यसको विरुद्धमा यसले किसानको अधिकारको विषयसँग सम्बन्धित छ । स्रोत साधान र सामाजिकीकरणको विषयमा कुरालाई समेत्छ । साथ–साथै पर्यावरणीय कृषिले खेती गर्ने जो कि किसानहरु छन् । तिनीहरुले आफ्नो रोजगारी र आम्दानी प्रत्याभूति गर्नु पर्छ है । सरकारले आफ्ना रोजगारी किसानको उत्पादनको न्यून् नाफाको ग्यारेन्टी गर्ने गरेर सरकारले खरिद र बिक्री गर्ने व्यवस्था गर्नु पर्छ । मूल्य निर्धारण र बजारको ग्यारेन्टी गर्न व्यवस्था गर्नु पर्छ । मूल्य निर्धारण र बजारको ग्यारेन्टी गर्नु पर्छ भन्ने विषयहरु कृषि नेपालमा पनि व्यापक बन्दैछ । विभिन्न तरिकाले व्याख्या गरेका छन् । कसैले जैविक कृषि मात्रै हो भन्नेर बुझ्छन् । कसैले प्राकृतिक प्राङ्गारिक मात्र होइन । अर्गानिक मात्र हो भनेर बुझ्छन् । परम्परागत कृषि र पर्यावरणीय कृषि भन्ने कुरा गर्छन । यसलाई हामीले राजनैतिक रुपमा बुझ्नु पर्छ । यो एउटा अभियान हो । आन्दोलन हो भनेर बुझनु पर्छ । यसलाई प्रकृतिसँगको समन्वयमा गर्दा पनि उत्पादन र उत्पादकत्व कमी हुन्न भन्ने सिद्ध गर्दै नवउदारवादी पूँजीवादी मोडलको विरुद्धमा गरिएको एउटा संघर्ष हो ।
लाभिया क्याम्पासिनाको सिद्धान्त खाद्य सम्प्रभुत्ता हो । अभ्यास पर्यावरणीय कृषि हो । छोटकरीमा बुझ्दा सर्वहारा श्रमजीविको वकालत गर्दै मुक्तिको आवाज उठाउँछ ।
यहाँले धेरै महत्वपूर्ण विषय बताई दिन भयो । लाभिया क्याम्पासिनाको विषयमा अथवा कृषिका विषयमा यहाँ कृषि क्षेत्रको विज्ञ, अभियन्ता पनि हुनुहुन्छ । अभियन्ता भएको नाताले विश्वमा गरिएका कृषिका अभ्यासहरु धरै पाइन्छ र नेपालमा गरिएको कृषिका अभ्यास कृषिका मोडलहरु सोचे जसरी अगाडि बढ्न सकिरहेको छैन । यहाँले यसलाई नजिकबाट हेर्दा कसरी समीक्षा गर्नु भएको छ ?
दुखःको कुरा विगतमा नीति निर्माताहरुका कदमको कारण अहिले नेपालको कृषि क्षेत्र अत्यन्तै खस्कँदो अवस्थामा छ । कृषि गरिरहेको मान्छेहरु पलायन हुनुपर्ने, भागा–भाग हुनुपर्ने कृषिबाट विस्थापित हुनु पर्ने । अझै पनि हाम्रा नीति निर्माताहरुले नेपाल कृषि प्रधान देश नै भनिन्छ । अब नीतिमा कृषि प्रधान देश छ, न जिडीपीमा कृषिको योगदानको, कुरा गर्ने हो भने रेमिटेन्सले प्रधान देश बनिसक्यो । यो अवस्थामा आउनका मुलभूत रुपमा नीतिहरु सही नभएकोले भएका हुन् । हाम्रो देशको भूगोल, भौगौलिक विशेषता, हावापानी यहाँको संरचना वेवास्ता गरेर नवउदारवाद नीतिहरु लाद्ने प्रयास गरे । नेपालको किसानहरुको चाहना नबुझी जुन कृषिलाई आधुनिकीकरण गर्ने, औद्यौगिकीकरण गर्ने नाममा प्रतिस्पर्धात्मक व्यवसायिक भन्ने खालको कार्यक्रमहरु ल्याएर अन्यन्त अदुरदर्शी मोडमा हाम्रो कृषि घचेटे । षद्यन्त्रमा सामेल भएर पूँजीवादी नवउदारवादी नीतिहरु नेपालमा लादेको कारण अहिलेको हाम्रो कृषि क्षेत्र ध्वस्त बनेको हो ।
हाम्रो देश साना किसान बाहुल्य भएको देश हो । हामो देशमा ठूला–ठूला प्लटहरु छैनन । तराई बाहेक हिमाल, पहाडका जग्गा जमीन कति भिरालो छन् हामीले देखेका छौं । भिरालो जमीनमा कस्ता खेती गर्नुपर्छ भन्ने नभएर बढी आधुनिक मोडलहरु घुसाउँदा कृषि क्षेत्र ध्वस्त बनेको छ । हाम्रो देशमा हाम्रो विशेषताको शुरुवात गर्नुपछ हामीले तत्काल गरिनु पर्ने केही कामहरुमा प्राथमिकताको आधारिमा किसानखेती गरेर घाटामा नजाने गरि बिउको उपलब्धता, पशुपालन, पशुको नश्ल सुधार गर्न सकेका छैनन् । प्राविधिकहरुले गर्ने सेवा सुविधाहरु पु¥याउनु कता हो कता पूर्वाधारको कमी छ ।
सिँचाईं छैन । हचुवाको भरमा काम भएका छन् । व्यवस्थित रुपमा सबभन्दा पहिले किसानलाई उत्पादन गरेको निम्नतम् मूल्यको ग्यारेन्टी गर्ने, किसानलाई चाहिने मल, बीउ उपलब्ध गराउने र तेस्रो ग्यारेन्टी गर्ने गरि उद्योगसँग जोडेर सम्मानित जीवन जिउछु, आम्दानी र रोजगारीको हिसावले म आत्मनिर्भर हुन्छु भन्ने खालको वातावरण सिर्जना गर्नुपर्छ । किसानलाई २५ वटा बाख्रा, १० वटा गाई पाल्नु पर्छ भन्ने होइन । हाम्रो जस्तो कृषिको संरचना र ग्रामीण क्षेत्रको रुपरेखा हेरेर राज्यले किसानहरुलाई कृषिमा सहभागी गराउनु पर्छ । आधुनिक र विकासे नीतिले केही मुठीभर व्यक्तिहरु लाभान्वित हुन्छन् । आम रुपमा सीमान्तकृत समुदाय, एकदुई वटा गाई पाल्ने सीमान्त वर्गलाई प्रोत्साहन गर्दै दिगो र पारिवारिक कृषिमा जोडदिनु पर्नेमा गलत दिशाहरु अपनायो ।
३२ अर्बको मलमा अनुदान दिएर हाम्रो देशको कृषिले धान्न सक्दैन । सरकारमा बसेका नीति निर्माण गर्ने ती व्यक्तिहरुले के सम्झनु आवशयक छन भने दिगो कृषि गर्ने सोँचमा आधारित हो भने १ चौथाई रकम मात्र प्राङ्गागारिक, जैविक तर्फ वजेट परिचालन ग¥यौ भने हाम्रो गोठहरु खोरहरुमा उत्पादन भएका मलले यही बोट विरुवालाई चाहिने विभिन्न पोषकतत्वहरु नाइट्रोजन, फसफोरस, पोटास जैविक तरिकाले वनस्पतिहरुलाई प्रदान गर्न सकियो भने ३०÷३२ अर्ब बाहिर गईरहेको छ बचाउन सकिन्छ । हाम्रो देशलाई आत्मनिर्भरता तर्फ लग्नु पर्छ । हाम्रो मोडल प्रतिस्पर्धात्मा होइन । तुलनात्मक लाभको पहाडिया कृषिलाई अपनाउनु पर्छ । यहाँ जे हुन्छ त्यसैमा राम्ररी ध्यान दिनुपर्छ । हामीले गर्ने कृषिको समस्या र समाधानको बाटोमा भनेको यही हो ।
मैले त यहाँलाई समीक्षा मात्रै भनेर सोधेको थिएँ, तर समाधानको विषयमा पनि सँगसँगै राखिदिनु भयो ।
अब नेपालको कृषि यहाँले भने जस्तै अनुदान भन्दा पनि व्यापारिकरण हो कि भन्ने भान हुन्छ । जुन हाम्रो प्रकिृतिक स्रोत साधनको विपरित छ भनिन्छ । त्यहीमाथि हामीले रासायनिक मल र रासायनिक विषादीहरु पनि ल्याइरहेका छौं । जसले हाम्रो देशको आदिवासी बिउविजनहरु, रैथाने बालीको मासिनमा बल पुगिरहेको छ । आयातित बिउहरुले प्रभुत्व जमाई सकेको अवस्था छ । बिउनै रहेन भने हाम्रो देशको कृषि कस्तो होला ? भन्ने हामीलाई चिन्ता लागिरहेको अवस्था छ । यहाँ लाभिया कयाम्पासिनाको विचार बोकेको किसान अभियन्ता हुनु हुन्छ । लाभिया क्याम्पासिनाले उत्पादन गर्ने पद्धतिहरु, बिउबिजन प्रयोग गर्ने प्रणालीहरु बताईदिनुहोस् न ?
लाभिया क्याम्पासिनाको जुन आधारभूत प्रणालीको कृषि छ किसानहरुमा बिउको सम्प्रभुत्ता ग्यारेन्टी गर्ने, आफ्नो रैथाने बीउ बिजनहरुको संरक्षण गर्दै त्यसैबाट सुधार गरेर उन्नत बनाउने हो । जिएमओ र हाइव्रिडहरु प्राकृतिक संरक्षणको हिसाबले जैविक विविधताको हिसावले ठीक छैनन् । किसानहरुलाई परनिर्भर बनाउने र लागत बढाउने ठीक छैन । बीउ विजनको संरक्षण गर्नु पर्छ भन्ने लाभिया क्याम्पासिनाको सिद्धान्त हो । हामीले बीउको सम्प्रभुत्ताको कुरा गर्छौं । नेपालमा पनि हामी लाभिया क्याम्पासिना मार्फत त्यही विषयहरुलाई नेपाल भर विभिन्न कार्यक्रमहरु मार्फत फैलाउने काम भएको छ । सिन्धुपाल्चोक लगायत विभिन्न ठाउँहरुमा सामुहिक बीउ बैंकको स्थापना गरेर बीउलाई आदान प्रदान गर्ने, स्थानीय रैथाने बीउहरु छर्ने, साथ–साथै खानेबानीमा पनि स्थानीय खाना प्रवद्र्धन गर्ने काम गरिरहेका छौं ।
अखिल नेपाल किसान महासंघले अन्तर्राष्ट्रिय स्तरको वायो इन्पुट विषयक कार्यक्रम भक्तपुर खरिपाटी नेपाल विद्युत प्राधिकरणको तालिम हलमा कार्यक्रम चलाई रहेका छौं । हामीले त्यसमा जैविक प्राङ्गारिक र प्राकृतिक तवरले पनि खेति गरेर उत्पादन र उत्पादकत्व घट्ने होइन बालीनालीलाई चाहिने पोषण पु¥याउन सकिन्छ ज्ञानहरु त्यस कार्यक्रममा बाँडेका छौं । साथ–साथै पर्यावरणीय कृषिलाई प्रवद्र्धन गर्नको लागि कर्णालीलाई जैविक प्रणाली प्रान्तको रुपमा घोषण गरिसकेका छौं । त्यसलाई बचाउनका लागि किसानले कसरी कम्पोष्ट मल, बोकासी कम्पोष्ट मल, टि कम्पोष्ट मल, भर्मी कम्पोष्ट र जैविक विषादी बनाउन सकिन्छ भन्ने ज्ञान बाड्ने छौं । तितेपाती, निमको पात, असुरो, गाईभैंसीको मल मुत्र जैविक विषादीको रुपमा प्रयोग गरेर धेरै रोगकीराहरुबाट बालीनाली बचाउन सकिन्छ । त्यसलाई प्रयोग गरेर रासायनिक विषादी कम गर्न सक्छौं । लाभिया क्याम्पासिनाको धेय भनेको कृषिलाई दिगो बनाउने हो ।
त्यसो गर्दा कृषिको विकासको साथसाथै समाजवादी रुपान्तरण सहितको वहुसंख्याक जनताको रुपान्तरण हुनसक्छ । किसानको हित हुने गरि न्याय र समानताको मोडल अपनाउने गरि गर्नुपर्छ भनेर लागेका छौं । यही हो समृद्धिको बाटो ।
हाम्रा नीति निर्माताहरुले गलत बाटोमा आधुनिकताको नाममा जग्गा जमीन र सारा वातावरण रासायनिक बनाएका छन् । खाद्यान्न भनेको पूरै व्यापारको वस्तु हो भनेर नजरअन्दाज गरेका छन् । त्यसको साटो हामीले गर्ने गरेको कृषि, दिगो कृषि हो । प्राङ्गारिक कृषि हो । प्राङ्गारिक कृषि भनेको जैविक विविधतामा आधारित हो । आदिवासी ज्ञानको प्रयोगको कुरा गर्नु पर्छ, रैथाने ज्ञानको कुरागर्नु पर्छ, बीउको कुरा गर्नु पर्छ भन्छौं ।
अन्तमा भन्नु पर्ने कुरो छुटेका छन् भने संक्षेपमा बताइदिनुहोस् ?
कृषिबाटै यो देशको उन्नती सम्भव छ । तत्काल गर्न सकिने साधान पनि कृषि हो । आज पनि स्थिति भयावह देखिए पनि वहुसंख्याक जनता कृषिमा छन् । कृषिबाट मूल्य पाउने सुनिस्चितता भयोभने कृषि गर्नको लागि मल, बिउ, सिँचाईं लगायत सेवा सुविधाहरुमा सम्वोधन गर्न सकियो भने हाम्रो उत्पादनबाट भारत चीन, लगायत देशबाट आउने खाद्यान्नलाई कम गरेर नेपालको आत्मनिर्भरताको मोडल अपनाउन सकिन्छ । भने वहुसख्यक जनताको आम्दानी र रोजगारीको माध्यम कृषि बन्न सक्छ । हामीले अर्बौ रुपैँयाको रासायनिक मल र खाद्यान्न आयतको लागि खर्च गरिराखेका छौं । देशमै थोरै मात्र भएपनि ध्यान दिने हो भने यो देशमा कृषिबाट समृद्धिको सम्भव छ । यसमा आम जनता, प्राविधिक, सरोकारवाला सबैको ध्यान जान आवश्यक छ । हाम्रो देशको रुपान्तरण माध्यम खाद्य सम्प्रभुत्तामा आधारित कृषि नै हो । जलवायु अनुकूलनका लागि पनि पर्यावरणीय कृषि आवश्यक छ । हामीले प्राकृतिसँगको समन्वयमा स्वास्थ खाद्यान्न उत्पादन गर्ने दिगो कृषि अपनाउनु पर्छ ।