कृषि विशेषसमाचार

२१औं राष्ट्रिय धान दिवस देशभर मनाईंदै

संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय

धनबहादुर मगर
सरकारले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव पहिलो पटक उपत्यका बाहिर बनाउने भएको छ । ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नारासहित २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव वास्तविक कृषकहरुको उपस्थितिमा मनाउन लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालकाुमारी साहले बताइन् ।
धान नेपालको प्रमुख खाद्यान्न बालीको रुपमा रहे पनि यसको विकास र प्रवद्र्धन धान दिन नसक्दा अहिले आयात गरेर छाक टार्नु पर्ने अवस्था छ ।
‘नेपालमा धान खाद्य बाली मात्र नभएर यसको आर्थिक, सामजिक, सांस्कृतिक र धार्मिक महत्व छ । मन्त्रालयले विगत २० वर्षदेखि नियमति रुपमा धान दिवस मनाउँदै आएको छ । तर अहिलेसम्म पनि वास्तविक कृषकहरुसँग पुगेर धान दिवस मनाइएको छैन’, मन्त्री साहले भनिन्, ‘यस पटक हामी धान खेती गर्ने कृषक भएको स्थानमा पुगेर धान दिवस मनाउँदै छौं ।’
मन्त्रालयले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव असार १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल, कृषि मन्त्री ज्वाला साह, स्थानीय जनप्रतिनिधिहरु र कृषकहरुको उपस्थितिमा चितवन रत्ननगर बछौलीमा मनाउँदै छ । बछौलीमा करिब ढेड बिगाह जग्गामा धान रोपाई गरिनेछ ।
‘म स्वयम किसानको छोरी हुनुका साथै खेती गरेर हृर्केको हुँ । विगतमा हामी धानमा आत्मनिर्भर हुनुका साथै निर्यात पनि गथ्र्याै । तर अहिले धान आयात गरेर छाक टार्नु पर्ने अवस्था छ । अब यस्तो अवस्था अन्त्य गर्ने तर्फ सरकारले ध्यान दिइरहेको छ । आगामी आवको बजेट मार्फत सरकारले कृषि दशक पनि घोषणा गरिसकेको छ,’ मन्त्री साहले भनिन् ।
सरकारले कृषि उपजको उत्पादन बढाउन तथा कृषि कर्ममै लागेर स्वदेशमै समानिन्त जीवन जिउने आधार तयार गर्ने गरी काम गरिरहेको उनको दाबी छ ।
कृषि विभागले हालसम्म मुलुकभर १ लाख ३६ हजार बढी हेक्टर जमिनमा धान रोपाइ सम्पन्न भएको छ । विभागका अनुसार अघिल्लो वर्षको तुलनामा असारको दोस्रो सातासम्म यो वर्ष ९ प्रतिशत भन्दा बढी धान रोपाई भएको हो । नेपालमा करिब १३ लाख ९८ हजार ८ सय ३६ हेक्टर जमिनमा धान रोपाई हुने गरेको छ ।
विभागका अनुसार अहिले सम्म सबै भन्दा बढी सुदूरपश्चिम प्रदेशमा धान रोपाई भएको सरकारी तथ्यांक छ । सो प्रदेशमा अहिलेसम्म ४३ हजार ६ सय ३४ हेक्टर जमिनमा धान रोपाई भएको छ ।
सबै भन्दा कम मधेश प्रदेशमा २.९ प्रतिशत धान रोपाईं भएको छ । सो प्रदेशमा हाल सम्म ११ हजार ४० दशमलव ३ हेक्टर जमिनमा धान रोपाई भएको विभागको तथ्याङ्क छ ।

बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय
कृषि विकास कार्यालय धुलीखेल, पशुसेवा कार्यालय धुलीखेल, मन्दनदेउपुर नगरपालिका–धाइटार, काभ्रेपलाञ्चोक र राष्ट्रिय किसान आयोग कीर्तिपुर, काठमाडौंको संयुक्त आयोजनामा बागमती प्रदेश कृषि तथा पशपन्छी विकास मन्त्रालयका मन्त्री माननीय राजेन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यमा ‘जलवायू जलवायूमैत्री कृषि, धान उत्पादनमा वृद्धि’’मूल नाराका साथ २१औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउने तयारी गरेको जनाएको छ ।

ललितपर खोकनामा धान रोपाई
‘र’ को आयोजना, ललितपुर महानगरपालिकाको सहकार्यमा रोपाई गरी राष्ट्रिय धान दिवस मनाउने जनाएको छ । उक्त अवसरमा
राष्ट्रिय धान दिवस तथा विश्वको पहिलो कृषि रियालिटी गेम शो ‘र’को आवेदन आव्हान गर्ने सन्दर्भमा खोकना ललितपुर–२१, ठैपुमा धान रोपाईंको आयोजना गरिएको जनाएको छ ।

राष्ट्रिय धानदिवसको तयारीमा कृषि विभाग
कृषि बिभागका महानिर्देशक डा नरहरि प्रसाद घिमिरेले २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१, अवसरमा असार १३ गते बिभागको हलमा पत्रकार सम्मेलनको आयोजना गरि जनाएको छ । पत्रकार सम्मेलन वितरित विज्ञाप्ति “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’’ भन्ने मूल नाराको साथ धानदिवस मनाउने जनाएको छ । प्रमुख खाद्यान्न बाली धान हाम्रो खाद्य सुरक्षाको प्रमुख आधार हो । हाम्रो सन्दर्भमा धानले आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक महत्व राख्दछ । यसर्थ, धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्दति पनि हो ।

धानमा अन्तर्निहित यिनै विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने हेतुले वि.सं.२०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने गरिएको छ । यसै सन्दर्भमा यस वर्ष “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि“ भन्ने नाराका साथ २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ विभिन्न कार्यक्रमहरु सहित मनाउन लागिएको जनाएको छ । जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकरात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलव्ध प्रविधिहरुको प्रचार प्रसार गरी तिनको अवलम्वन गर्न कृषक र अन्य सम्वद्ध पक्षहरुलाई सचेत र जागरुक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनु पर्ने सन्देश यस वर्षको नाराले दिएको छ ।

यस वर्षको २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको उपलक्ष्यमा आषाढ १४ मा नेपाल कृषि अनुसन्धान परिषद् परिसर खुमलटारमा राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने माननीय सदस्यज्यूको प्रमुख आतिथ्यतामा अन्तराष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरी)का प्रतिनिधिहरु एवं अन्य सरोकारवालाहरुको सहभागितामा धान विशेष अन्तरक्रिया कार्यक्रम (राइस सिम्पोजियम) सञ्चालन हुने तय गरिएको छ भने असार १५ मा चितवनको बछौलीमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा रोपाईं मूल समारोह गरी राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाइने कार्यक्रम रहेको जनाएको छ । त्यसै गरी यसै उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय कृषि मन्त्रीको सन्देश प्रकाशन एवं प्रसारण, पत्रकार भेटघाट कार्यक्रम, टेलिभिजन परिसम्वाद लगायतका क्रियाकलापहरु पनि सञ्चालन गरिने छन् जनाएको छ ।

धानको महत्व एवं जलवायु परिवर्तनले उत्पादनमा पार्न सक्ने असर एवं तिनको न्यूनीकरणका उपायहरु लगायत धानको विविध पक्षहरुबारे प्रचार प्रसार र छलफल एवं वहस गरी २१औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव सफल पार्न सम्वद्ध सबैमा हार्दिक अनुरोध गरेको छ ।

डेरी एशोसिएनसन दही चिउरा खाने कार्याक्रम
असार १४, असार १५ धानदिवसको उपलक्ष्यमा नेपाल डेरी एसोसिएसनको आयोजनामा दही चिउरा खाने एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षता एवं राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवको प्रमूख आतिथ्यतामा भएको उक्त दही चिउरा खाने कार्यक्रम सम्पन्न प्रेस विज्ञाप्ति मार्फत सार्वजनिक गरेको छ ।
कार्यक्रममा विशेष अतिथि एवं अतिथिका रुपमा पशु सेवा विभागका पशु विकास अधिकृत सिताराम ओली, केन्द्रिय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा डेरी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष दिप प्रसाद धमला, मनोज कुमार घिमिरे, सह कोषाध्यष रामभक्त दाहाल, सदस्य रमेश सञ्जेल, बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, सचिव श्याम घिमिरे, ललितपुर दुग्ध व्यवसायी संघक उपाध्यक्ष दिपक सञ्जेल एवं विभिन्न संघ संस्थाबाट प्रतिनिधित्व रहेका थिए । रोटरी क्ल्ब अफ कपनका सदस्यहरु, अप्टिमेस्टिक क्लब नेपालका सदस्यहरु, प्याब्सन र एन प्याब्सनका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको जनाएको छ ।

अखिल नेपाल किसान महासंघको गागलफेदिमा धान दिवस 
जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराकासाथ २१ औ राष्टिय धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघ काठमाण्डौ जिल्ला कमिटीले नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा कागेश्वरी मनहरा नगरपालिका–१मा धान दिवस तथा रोपाँइ महोत्सव साँढे ११ बने गागलफेदिस्थित हने उपमहासचिव सरिता भुसालद्धारा कार्यालय मार्फत जानकारी गराइएको छ ।

वैदेशिक वर्ण शंकर बीउका कारण, रैथाने बीउविजन संकटमा ः अभियान
खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले एक प्रेस विज्ञाप्ति प्रकाशित गरि नेपालमा धानको महत्व कति छन् भन्ने कुरा जनाएको छ ।
विज्ञाप्तिमा भनिएको छ २१ औं धान दिवसको संघारमा विं.सं २०६१ मा संयुक्त राष्ट्रसंघले अन्र्तराष्ट्रिय धान दिवस वर्ष घोषणा गरेसँगै कृषि तथा सहकारी मन्त्रालयले असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउन शुरु गरेको जनाएको छ । धान दिवसलाई औपचारिक बनाउन विगत २१ वर्षदेखि नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अगुवाइ गर्दै आइरहेको छ । पछिल्लो समयमा तिनै तहका सरकारहरूले पनि यो दिवसलाई उल्लासमय वातावरणमा मनाउने गरेका छन् । यद्यपी किसान समुदायले असार १५ लाई विशेष पर्वको रूपमा मनाउने चलन भने हजारौं वर्षदेखि विद्यमान छ । हामी यसलाई खेतीपातीको उत्सवको रुपमा सम्मान गर्दछौं ।
नेपालमा खेती भएको जमिनको आधा क्षेत्रफलमा खेती गरिने धान मुख्य खाद्यान्न बाली हो । धान उत्पादनले नेपालको कुल ग्राहश्थ उत्पादनको ५.१६ प्रतिशत र कृषि ग्राहस्थ उत्पादनको २४.१ प्रतिशत हिस्सा ओगटेको छ । तर तीन दशक अघिको तुलनामा हाल धानको खेती गर्ने जमिन, कुल ग्राहश्थ उत्पादन र कृषिमा धानको हिस्सा निरन्तर घटिरहेको छ । सरकारी तथ्याङ्क अनुसार पछिल्लो बर्ष मात्रै धानखेती हुने ३० हजार हेक्टर जमिनमा सिँचाईको अभावमा रोपाईं हुन पाएन । योसँगै जलवायु परिवर्तन, एकल बालीको प्रोत्साहन, प्रकृतिको अन्धाधुन्द दोहन, पर्यावरणको ह्रास, जथाभावी रसायन र विषादीको प्रयोगबाट माटोको निर्जिविकरण जस्ता कारणले अन्य बालीसँगै, धानको उत्पादन र उत्पादकत्व घट्दै गएको छ ।

करिव ५६ प्रतिशत उपभोग हुने नेपाली खानाको महत्वपुर्ण हिस्सा रहेको धानबालीको उत्पादन केन्द्रित योजना निर्माण गर्न थालेको छ दशक बितिसक्दा समेत यसको उत्पादकत्व ३.७९ मेट्रिक टन प्रति हेक्टर भन्दा बढ्न सकेको छैन । यसो हुनमा प्रविधि र बीउ सुधारको विस्तार, स्थानीय खोज, अनुसन्धान र प्रसारमा सरकार र सरोकारवालाको पर्याप्त ध्यान नपुग्नु र प्रर्याप्त सिँचाईको व्यवस्था नहुनु नै मुख्य कारकहरू हुन । यो सँगै जथाभावी भित्रिएका वैदेशिक वर्ण शंकर बीउ, हराउँदै गइरहेका रैथाने बीउविजन, सुक्दै गइरहेका पानीका स्रोतहरू र बिग्रदो माटो आदिका कारण उत्पादनको अवस्था झनै प्रतिकुलता तिर धकेलिरहेको छ ।

तसर्थ, यो खेतीपातीको उत्सवले यि सबै कुरामा ध्यान दिदै समग्र कृषि उत्पादन र खाद्यान्न वितरणका सम्पूर्ण आयामहरुमा सबैको ध्यान पुगोस् भन्ने कामना गर्दछौं । अन्त्यमा, धान लगायत सबै खाद्यान्नको उत्पादन प्रणाली र उपभोगको रैथाने सँस्कृतिको प्रवद्र्धन गर्ने विवेक बढाओस् भन्न चाहेको विज्ञाप्तिमा जनाएको छ भने यस अवसरमा मानो रोपी मुरी उब्जाउने किसान दिदीबहिनी, दाजुभाई र यस कार्यमा सघाउने सबैलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौ विज्ञाप्तिमा जनाएको छ ।

धानदिवस सफल पार्न डेरी एशोसिएसनको आव्हान 
नेपाल डेरी एसोसिएसन अध्यक्ष प्रल्हाद दाहालले प्रेस विज्ञाप्ति प्रकाशित गरि २१औं धान दिवस २०८१को अवसरमा नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रूपमा लिइएको बताइएको छ । यो दिन परापूर्वकालदेखि नै दही–चिउरा खाने र मानो रोपेर मुरी फलाउने दिनको शुरूवाती दिनको रुपमा लिइन्छ । यस दिनलाई विगत २० वर्षदेखि धान दिवसको रुपमा पनि मनाउने गरिएको जनाएको छ ।

यस वर्ष “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’’ भन्ने नाराका साथ २०८१ को राष्ट्रिय धान दिवस मनाउने सरकारले निर्णय गरेको छ ।
दाहालले विज्ञाप्ति मार्फत किसानको मनोवल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार १५ गते राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको जनाएको छ ।

यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ । त्यसैले हरेक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरि धान दिवस मनाइन्छ ।सन् २००४ मा संयुक्त राष्ट्रिय संघले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको हो । त्यसै गरी नेपालमा पनि कृषि प्रधान देशमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्व दिँदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको हो ।सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा हरेक वर्ष धानखेती हुँदै आएको छ । सरकारले असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आए पनि आधुनिक प्रविधि र सिप आम किसान माझ अझ पुग्न नसकेका कारण खेती योग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि विज्ञहरूको भनाई छ ।

नेपाली सँस्कृति अनुसार असार १५ मा दही चिउरा खाने प्रचलन छ । खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा लिने गरेको पाइन्छ ।
वर्षा याममा हिलाम्य भएको शरीरमा दहि खाँदा उर्जा दिने भएकाले दही चिउरा खाने चलन रहेको विज्ञहरू बताउँछन् ।
यो दिन अधिकांश नेपालीले दही चिउरा खान्छन् । दहिको महत्व धेरै छ । यो दिन अरू दिनको तुलनामा धेरै दही खपत हुन्छ र यसका लागि डेरी व्यवसायीहरूले एक हप्ता अघिबाट दहिको जोहो गरेर राख्छन् । दही नपाइएला भनेर ग्राहकहरू अघिल्लो दिनदेखि नै दही खरिद गरि राख्छन् ।

यस दिन मानिसहरू दही र चिउरामा केरा र आँप पनि मिसाएर खान्छन् । गाउँघरमा पनि सबैले घर घरमा आफैले दही जमाएर खान्छन् । शहरी क्षेत्रमा कसै कसैले आफै जमाए पनि धेरै जसोले भने किनेरै खाने चलन छ । हिजोआज यस दिनमा राष्ट्रिय स्तरका कार्यक्रमहरू गरेर पनि यसको महत्व बढाइएको छ । पोखरामा प्रत्येक वर्ष पर्यटकका लागि रोपाइ महोत्सव भनेर विगत १७ वर्षदेखि मनाउँदै आइएको छ । यसले गर्दा आन्तरिक र बाह्य पर्यटकहरुको संख्या पनि बढ्ने गरेको छ।

कृषि क्षेत्रको महत्वपूर्ण क्षेत्र मध्ये दुग्ध क्षेत्र एक महत्वपूर्ण क्षेत्र हो । हाल ८० प्रतिशत माग स्वदेशी उत्पादनले धानेको अवस्था रहेको, आधुनिकता, अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्ने भन्नेतिर लाग्न आवश्यक भइसकेको जनाएको छ । नेपाल कृषि प्रधान देश हो भनी जुन नाम छ त्यो नामलाई बचाउन लाग्न पर्ने बताइएको छ । र कृषि क्षेत्रको विकास नभइ अरू कुनै पनि क्षेत्रको विकासले देशलाई समृद्ध बनाउन सक्दैन भन्ने मुख्य कुरा बुझी अगाडि बढ्न आग्रह गरेको छ । र कृषिका उपजहरु आयात रोकि अब निर्यात तर्फ लाग्न ढिला भइसकेको समेत विज्ञाप्तिमा जनाएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close