२०८१ फाल्गुन २९

सहकारी क्षेत्रको समस्या समाधान गर्न अपिल

काठमाडौं जेष्ठ २७, खाद्यका लागि कृषि अभियानको संयोजक उद्धव अधिकारीले एक प्रेस विज्ञाप्ति प्रकाशित गरि सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न अनुरोध गरेको छ ।
अधिकारीले सहकारी संस्थासामुदायिक सहकार्य सामुहिक उद्यमशिलताको गतिशील र राष्ट्रिय शानका इमान खुलापन, सामाजिक उत्तरदायित्व र एकतालाई महत्व गर्नु सहकारी संस्थाका नैतिक मूल्य हुन् । यो संस्था स्वैच्छिक रुपमा एकजुट भएका समान हक राख्ने सदस्यहरुद्वारा लोकतान्त्रिक आचारणका आधारमा संयुक्त स्वामित्वमा सञ्चालन हुन्छ । सहकारी संस्थाले स्थानीय उत्पादनमूलक अर्थतन्त्र चलायमान बनाउने लघुवित्त तथा लघुउद्यम प्रवद्र्धन गर्न सघाएको छ । प्राथमिक उत्पादनका क्षेत्र जस्तै कृषि, वन, जलस्रोत लगायतका अन्य सामाजिक विकास क्षेत्रमा यसको महत्वपूर्ण योगदान रहेको छ । सामूहिकता र सहकार्यबाट स्वचालित हुने यस्तो सहकारी क्षेत्र अहिले ठगी, अपचलन र भष्ट्रचारको अखडाको रुपमा बदनाम भएको छ जसले यसप्रतिको मर्ममा गम्भिर प्रहार त भएको छ नै आम जनमानसमा सहकारीको अवधारणाबारे समेत नकरात्मकता भित्राएको छ ।
हाल, नेपालका कुल २१.२०३ सहकारीमा ७३ लाख ८१ हजार सदस्य संग्लन रहेका छन् संस्थाहरु मध्ये ११९ प्रतिशत प्रदेश प्रतिशत स्थानीय सरकारको नियमन क्षेत्र भित्र पर्दछन् । संघको अधिकार क्षेत्रभित्र रहेका १४५ सहकारी मध्ये २० सहकारीमाई सरकारले संकटग्रस्त घोषणा गरिसकेको छ तर तीनै तहका २००० भन्दा बढी सहकारी रहेको समाचार प्रकाशनमा आएको छ । यि संस्थाहरुमा साना किसान, श्रमिक र साना तथा मझौला उद्यमीका रगत पसिनाले जम्मा भएको सहकारी रकम बचत गरेका घटना छन् ।
ताकि साना तथा श्रमिक किसान आन्दोलित छन् समस्या सम्वोधन गर्न सरकारले आश्वासन दिए पनि समस्या समाधान गर्ने पहल भने भएको छैन । अहिले फेरी माईतीघर मण्डलामा सहकारी बचतकर्ताले रिले राखेका छन् । कतिपय ठाँउमा दिने ज्यादती सहन नसकेर किसानहरूले आत्महत्याको बाटो अपनाउनु परेको तितो तथ्यहरू बाहिर आएका छन् । संघीय संसदमा समेत बाराबार छलफलको विषय बनेको यो समस्या सम्वोधन गर्ने तर्फ सार्थक पहल नहुनु खेदजनक छ ।

सामाजिक, आर्थिक र वातावरणीय बहुआयमिक समस्या झेलिरहेका आम जनसमुदायको जीवन कष्टपूर्ण बन्दै गएको छ । माथि जलवायु परिवर्तन, खाना र खेतीपातीमा अत्याधिक कृत्रिम रसायन र विवादको प्रयोगले माटो र मानव स्वास्थ्यमा गम्भिर संकट रहेको छ । आमजनमानसको जीविकोपार्जनसँग जोडिएका यस्ता संकट सम्वोधन गर्ने दायित्वको सरकार सत्ताको आडमा भ्रष्टाचार, आर्थिक अपचलन र ठगी गर्नेहरुको संरक्षण गर्नमै व्यस्त देखिएको छ ।
यसै सन्दर्भमा सहकारीमा भएको अनिमियता, भ्रष्टाचार अपचलन गरि यस्तै प्रतिक घटनामा संलग्न सबैलाई कानूनीलाई कारबाही गर्न र सहकारी नियमनलाई प्रभावकारी बनाउन लागि कृषि अभियान जोडदार माग गर्दछ । साथै पतिको आन्दोलनमा हाम्रो ऐक्यवद्धता जनाएको विज्ञाप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain