समाचार

चुरे उत्थानशील परियोजनाबाट समुदायलाई सहज

काठमाडौं १९ असार, १ जुलाई २०२४ मा चुरे उत्थानशील आयोजनाका सञ्चार विशेषज्ञ सेवा भट्टराईले परियोजना कार्यालयको तर्फबाट एक प्रेस विज्ञाप्ति प्रकाशित गरि समुदायका लागि वन जङ्गलको स्तरोन्नति, वन जङ्गल जान र घाँसदाउरा लिन सहज भएको जनाएको छ ।
चुरे क्षेत्रमा वनजङगल परियोजना मार्फत गरिएको कामबाट हरित क्षमतामा वृद्धि र समुदायलाई घाँस दाउरा गर्न समेत सहज बनेको कार्यालयबाट जारि गरिएको विज्ञाप्तिमा जनाएको उल्लेख छ ।
७८६ हेक्टर प्राकृतिक पुनर्उत्थान कार्यक्रम सञ्चालनमा छ ।
वनमा रहेका झाडी र काँडेदार बुट्यानहरू सफा गरिएपछि रूखका नयाँ बिरूवाहरू उम्रिन थालेका छन्, र उपभोक्तालाई जङ्गल जान र घाँस–दाउरा लिन सजिलो भएको छ ।
चुरे उत्थानशील परियोजनाका अनुसार २०८१ बैशाख २७ देखि चुरे उत्थानशील आयोजनाले ७८६ हेक्टर वनमा प्राकृतिक पुनरुत्थान सहयोग कार्यक्रम लागु गरेको छ । आयोजनाले यी क्षेत्रहरूमा रूखहरूको प्राकृतिक पुनरुत्थानमा बाधा पु¥याउने अनावश्यक झाडी सफाई गर्न मद्दत गरेको छ । जोखिममा रहेको चुरे क्षेत्रको जलवायु उत्थानशीलता बढाउने उद्देश्यले ती गतिविधिहरू गरिएका हुन् ।
केस स्टडीः कोइरालो खोला सामुदायिक वन, लहानमा प्राकृतिक पुनरुत्थान सहयोग
सिरहाको लहानमा रहेको कोइरालो खोला सामुदायिक वन आज रमणीय र सुन्दर देखिन्छ । हात्तीदह वा हात्तीपोखरी भनिने ठूलो पोखरीको छेउमा यो जङ्गल अवस्थित छ, र नजिकै एउटा सानो पार्क, जहाँ कहिलेकाहीँ जङ्गली जनावर र चराहरू पनि घुम्न आउँछन् । वन, पोखरी र पार्कले तराईको गर्मीबाट चिसो राहत दिन्छन् । काँडे भएका झाडीहरू हटाइएपछि ठूला रूखमुनि सालका साना बिरूवा पलाउन थालेका छन्, र जङ्गल खुला र फराकिलो देखिन थालेको जनाएको छ ।
दक्षिण एशियाली कडा काठको यो पूरानो जङ्गल सँधै त्यस्तो रमाइलो थिएन । सन् १९८० को दशकमा यो जङ्गल निकै ह्रास भइसकेको थियो । ३० वर्ष अघिको संरक्षणको प्रयासपछि वन फेरि बढेको भए पनि पछिल्लो वर्षमा काँडा भएका झाडी र पानी सुकाउने लताको प्रकोप बढेको थियो । हालै, चुरे उत्थानशील आयोजनाको सहयोगमा ५२ हेक्टर जङ्गलमा यी काँडादार झाडी र लता हटाइएका छन्, जसले गर्दा नयाँ–नयाँ बिरुवाहरू पलाउन थालेका छन् । “झाडीका कारण नयाँ रुखहरू उम्रन सकेका थिएनन्, तर अहिले धेरै नयाँ बिरुवा पलाउँदै गरेको छ ।
कोइरालो खोला सामुदायिक वनका अध्यक्ष रुद्रनारायण चौधरीले भने अब वन अझै घना हुनेमा हामी आशावादी छौं ।
चुरे उत्थानशील आयोजनाको एउटा उद्देश्य चुरे क्षेत्रको १२,७९२ हेक्टर वनमा प्राकृतिक पुनरुत्थान सहयोग कार्यक्रम लागु गर्नु हो । काठ र दाउराका लागि रुख कटानी, अत्याधिक चरिचरन, र अनियन्त्रित डढेलोले चुरे क्षेत्रको वनमा धेरै क्षति पु¥याएको थियो । खेतीपाती र बसोवासको लागि वन अतिक्रमण पनि वन विनाशको अर्को कारण हो । काँडे झाडीहरू, लताहरू र आक्रमणकारी प्रजातिहरू जस्ता समस्याहरूले पनि यी जङ्गलमथि दबाव बढाएका छन् ।
कोइरालो खोला सामुदायिक वनका सदस्य धनीलाल चौधरीले वनभित्र एउटा ठूलो सालको रूखको वरिपरि बेरिएको एउटा लता देखाउँदै धनीलाल भन्छन्, “यो अमरलती हो । यसले रुखलाई चाहिने पानी सोसेर ठूलो मात्रामा पानी जम्मा गर्छ । यो विस्तारै रुखको वरिपरि बेरिन्छ र यसले रूखलाई मार्छ । रूखको वरिपरि यो लता नभएको भए रूख अझ फैलिन पाउने थियो ।’’ जहाँ उनीहरूले त्यस्तो लता काटेका छन्, त्यहाँ रूखमा लताले बनाएको गहिरो डाम देखिन्छ । जसले यो लता रुखको वरिपरि कति कस्सिएर बेरिएको थियो र रूखलाई थिचेको थियो भने स्पष्ट पार्दछ ।
सालको बीउ प्राकृतिक रूपमा मात्र उम्रिने, र बीउ रोप्ने प्रयासहरू प्रायः असफल हुने हुनाले सालको जङ्गलमा प्राकृतिक पुनरूत्थान हुनु जरूरी रहेको छ । “सालको बीउको उमेर धेरै छोटो हुन्छ । सामान्य अवस्थामा, चार–पाँच दिन भित्रमा बिउको अंकुर निस्किन्छ । त्यसपछि, बीउले उम्रिनको लागि उपयुक्त ठाउँ पाएन भने बीउ ओइलाउँछ र मर्छ । त्यसैले, साल वनको लागि प्राकृतिक पुनर्उत्थान महत्वपूर्ण छ, र हामी त्यसमा अवरोध गर्ने कारकहरू हटाएर पुनर्उत्थानमा सहयोग गर्छौं,’’ चुरे उत्थानशील आयोजनाका रेञ्जर नीरज दाहाल भन्छन् ।
कोइरालो खोला सामुदायिक वन उपभोक्ता समूहमा ११७ परिवार रहेका छन्, जो घाँस र इन्धनका लागि वनमा निर्भर छन् । उनीहरू वन सरसफाई र वनको पुनरुत्थानबाट उत्साहित छ ।
वनको कार्यकारी समितिकी सदस्य सजनदेवी सदायको ६ जनाको परिवार छ, र उनले खेतीपाती र ६ वटा बाख्रा पालेर आफ्नो परिवारको पालनपोषण गर्छिन् । उनी बाख्राका लागि घाँस लिन हप्तामा दुई पटक, र दाउरा लिन हप्तामा एक पटक कोइरालो सामुदायिक वन जाने गर्छिन् । काँडे झाडीका कारणले जङ्गलका कतिपय भागमा मानिसहरू छिर्न पनि सम्भव थिएन, र यी मध्ये केही ठाउँ चुरे उत्थानशील आयोजनाको सहयोगले सफा गरिएका छन् ।
“जङ्गल सफा भएपछि मलाई बाख्राका लागि घाँस र खाना पकाउने दाउरा लिन जान सजिलो भएको छ,’’ सजना देवी भन्छिन् । “यो जङ्गल मेरो खाना पकाउने इन्धनको एक मात्र स्रोत हो, र अब जङ्गलमा मेरो पहुँच सहज भएकोमा म खुसी छु । म आशा गर्छु कि नयाँ बिरुवाहरू पलाउँछन् र ठुला रूख बन्नेछन्, जुन समुदायका लागि अमूल्य स्रोत बन्नेछन् ।’’
२०८१ असारसम्ममा चुरे उत्थानशील आयोजनाले चुरेका ३० भन्दा बढी सामुदायिक वनभित्र ७८६ हेक्टर वनमा प्राकृतिक पुनरूत्थान कार्यक्रम लागु गरेको छ । २१ वटा सामूदायिक वनमा थप ३२३ हेक्टर वनमा पुनर्उत्थान कार्य जारी छ । चुरे उत्थानशील आयोजनाको प्राकृतिक पुनरुत्थान सहयोग कार्यक्रमले वन विकास गर्न मात्र सहयोग नगरेर, स्रोतहरूमा स्थानीय समुदायको पहुँच सुधार्न पनि मद्दत गरिरहेको छ ।
चुरे उत्थानशील आयोजनाका बारेमा ः
चुरे उत्थानशील आयोजना (बीआरसीआरएन) हरित जलवायु कोष (ग्रीन क्लाइमेट फन्ड)ले लगानी गरेको नेपालको पहिलो परियोजना हो । नेपाल सरकारले वन तथा वातावरण मन्त्रालय मार्फत संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)को प्राविधिक सहयोगमा यो आयोजना कार्यान्वयन गर्दै आएको छ ।
चुरे उत्थानशील आयोजनाले जलवायु–उत्थानशील भू–उपयोगका अभ्यासहरू व्यापक रूपमा अपनाउने, वन फँडानी र वन क्षयीकरणका चुनौंतीहरूको सामना गर्ने, चुरे पहाडहरूमा वन–पारिस्थितिकीय प्रणालीलाई राम्रोसँग कायम राख्ने र जलवायु उत्थानशीलता बढाउने लक्ष्य राखेको परियोजनाले जनाएको छ ।
चुरे उत्थानशील आयोजनाले नेपालको मध्य र पूर्वी चुरे क्षेत्रमा जोखिममा रहेका २६ नदी प्रणालीमा काम गर्दछ । यो परियोजनाले आवासीय क्षेत्र र जलक्षेत्र बाहेक ७०२÷०११ हेक्टर जमिन समेटेको छ ।
आयोजनाका कामका बारेमा थप जान्नका लागि (एक्स) ट्वीटर खाता, फेसबुक पेज, र वेबसाइटमा हेर्न सक्ने चुरे उत्थानशीलबाट जारी विज्ञाप्तिमा जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close