कृषि विशेषसमाचार

तपाईंहरूलाई थाहै छ रैथाने खेती मिलाएर फलाउन सक्यो भने हाइव्रिड भन्दा बढी फल्छ: सभामुख घिमिरे

धनबहादुर मगर
काठमाडौं साउन १, प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेले देशको महत्वपूर्ण रैथाने बालीहरु विदेशीको हातमा पुगेको र त्यसको प्याटेन्ट राइट पनि विदेशीले नै लिइसकेको बताइएको छ ।
उक्त कुरा रैथाने हाट बजारको प्रथम वाषिकोत्सव समारोहलाई सम्वोधन गर्दै बताइएको हो ।
हामीले विगतमा भारत लगायत अन्य देशमा नेपाली उत्पादन निर्यात गर्ने गथ्र्यौंं । अहिले खाना पुग्दैन । भारतबाट आयत गरेको छौं । रैथाने बाली के हो ? यसको महत्व के छ ? सांस्कृतिक प्राकृतिक मूल्य मान्यता के हुन् भन्ने कुरा बुझ्न् पर्छ भन्ने कुरा जोडदिए ।
रैथाने उत्पादन सुपथ मूल्यमा पनि किन्न पाइने गरेको बताउँदै रैथाने हाटबजार व्यवस्थापनको समेत प्रशंसा गदैै भने, काठमाडौंको महँगीमा पनि सुपथ मूल्यमा उपभोक्ताहरुको लागि बजारको व्यवस्थापन गरेको पाइयो ।
घिमिरेले परम्परागत विधि, प्रविधि, धान लगायत बीउ विजनको जात । ढिकी जाँतो हिजोको अवस्थामा हाम्रो परम्परा थियो, तर आज हराउन लागेको छ । बितेको कुराको पछि किन लागेको होला भन्ने भन्दा पनि यसको महत्व बुझ्न जरुरी छ । आज देशमा मौलिक उत्पादनहरु कमी आएको छ । कृषिमा कानुन बनाएर मकै, धान, लगायत अन्य बालीहरुको संरक्षण र प्रवद्र्धनमा जोडदिनु पर्छ । नेपाली कृषिलाई बुझेन भने हाम्रो संस्कृतिलाई पनि बुझ्न सक्दैन ।
‘विदेशीहरुले हाम्रो बाली लगेर प्याटेन्ट राइट लिइसकेको छ ।’ आगामी रणनीतिक महत्वको योजना बनाउनुहोस् । लामो अनुभव राष्ट्रको लागि काम लाग्छ ।
राज्यको नीति निर्माणको अभावमा रैथाने बाली पछाडि प¥यो । वैज्ञानकि महत्वको कुरा हराउँदै गयो । राज्यले विद्यमान ऐन कानुन र नीतिका कुराहरु के हुन् अहिलेको समयमा आफ्नो ठाउँबाट भूमिको खेल्नु पर्ने के हो ? भनेर पहिचान गर्न सके सबै समस्याको समाधान गर्न सक्ने कुरामा सभामुख घिमिरेले जोडदिए । रैथानै बालीको संरक्षण, प्रवद्र्धन गर्न सकेको छैन । अनुदान पाउनु पर्नेले पाएको छैन । कागज मिलाउनेले अनुदान खाने गरेको पाइयो । तीनतहको सरकारले वास्तविक किसान को हुन् भनेर पहिचान गरी किसान सम्म पुगेर काम गन आग्रह गर्नुभयो । मेरो आफुनो अनुभवमा उत्पादन गरेको वस्तुको बजार कसरी बनाउने । त्यसतर्फ पनि ध्यान दिन सभामुखले आग्रह गरेको छ ।
पोल्याण्डको संसद भवनमा १ घण्टा रैथाने हाट बजार लाग्ने गरेको बताउँदै १ घण्टामा संसद भवन भित्रै पनि स्थानीय ग्रामीण दूरदराजबाट ल्याउन रैथाने बालीको हाट बजार लाग्दो रहेछ ।
नगरपालिकाले व्यवास्थित रुपमा शुल्क वा निशुल्क रैथानै बालीबाट उत्पादित वस्तुको बिक्री वितरण गर्ने स्थानको व्यवस्था मिलाउन भने । त्यस कार्यले रैथाने कृषि गर्नेहरुका लागि प्रेरना मिल्ने बताए ।
र तपाईंहरूलाई थाहै छ रैथाने खेती मिलाएर फलाउन सक्यो भने हाइव्रिड भन्दा बढी फल्छ । कृषि उत्पादनमा वृद्धि र वैज्ञानिक शिक्षा र व्यवहारिक ज्ञान उक्तिकै महत्व छ । भविष्यमा हाम्रो परम्परागत कृषिका औजारहरु कुटो कोदालो हराउने सम्भावना बढ्दै गएका छन् । त्यसको संरक्षण पनि हाम्रो कृषिलाई सम्झाउने माध्यम हुन सक्ने बताए । हाम्रो कृषि औजार आज पनि त्यतिकै उपयोगी छ । विगतको इहितहासलाई बिर्सन नहुने कुरा जोड दिए ।
बिमारी परेर पानी खान नसक्दा मही खाने ग¥यो भने पानीको काम पनि गर्छ । मिडियाका साथीहरुले रैथाने बालीलाई प्रवद्र्धन गर्न प्रचार प्रसारको माध्यमबाट सहयोग पु¥याएकोमा धन्यवाद ज्ञापन गर्न समेत सभामु पछि परेनन् । मिडियाका साथिहरुले सहयोग पु¥याएको छ, नीति भएपनि बेथितिबाट जोगाउन तपाईहरु लाग्नु पर्छ’ सभामुखले भने ।
बागमती प्रदेशका उप–सभामुख अप्सरा चापागाईले बागमती प्रदेश सरकार रैथाने कृषिका लागि धेरै अगाडि बढीसकेको बताए । चापागाईले भनिन् रैथाने हाटबजार कृषिका संस्कार, संस्कृति बचाउने सबै भन्दा ठूलो अभियान भएको बताइन् । रैथाने अभियान सबै लाग्नुपर्छ भनेर हामी पनि अभियानमा लागेका छौं । चापागाईले भनिन् ‘बागमती प्रदेशले सम्वोधन गर्न सकेको छ जस्तो लाग्छ ।’ मलाई मनैदेखि लागेको थियो, कहाँबाट शुरु गरौं भनेर लाग्यो र बागमती प्रदेशको क्याविनेटबाट शुरु गरेका छौं । यो अभियान भएकोले एक्लैले गर्न सक्दैन । काभ्रे, पाँचखाल नगरपालिकाले पनि शुरुवात गरेको छ । काभे्रेले शुरु गरेपछि यो अभियान सबैलाई थाहा भएको छ र देशभर जाग्छ भन्ने मलाई लागेको छ । यो अभियान उपत्यका थप विभिन्न ठाउँमा शुरु गरोस् भन्न चाहन्छु ।
बुढानिलकण्ठ नगरपालिकाको नगरप्रमुख मिठाराम अधिकारीले रैथाने उत्पादनको बजारीकरण शुरु भएपछि त्यहाँका जनतामा बुढानिलकण्ठ नगरपालिको राम्रो सन्देश गएको बताए । करिब करिब लोप हुन लागेको अवस्थामा पुगेको रैथाने हाट बजार नगरपालिकाकै प्राङ्गणमा स्टल राख्ने व्यवस्थापन मिलाएका छौं । ती स्टलहरु रैथाने हाट बजार व्यवस्थित सञ्चालन गर्नको लागि व्यवस्था गरेको हो ।
अधिकारीले भने रैथाने बालीको मृत्यभयो भनेर आउँदा दिनमा मानिसको पनि कुने अंगको पनि मृत्य भयो भनेर जान्नु पर्ने बताए ।
अहिले, वैदिक कृषि, रैथाने कृषिलाई संयुक्त रुपमा कसरी लैजाने भन्ने सम्बन्धमा सरकार मार्फत जान जरुरी भएको बताए ।
नेपाल सरकारको संघीय सरकारले रैथाने कृषिका लागि १ अर्ब वजेट छुट्याएको छ । र
वजेट विनियोजन भएर प्रदेश सरकार तहमा गईसकेको बताए । रैथाने बजारको विषयमा छुट्टै हाटबजारका व्यवस्थापन गरिनु पर्छ । कालीमाटी लगायत ११ स्थानमा राष्ट्रिय स्तरको रैथाने कृषि हाटबजार प्रवद्र्धन सके सबैको स्वास्थमा स्वास्थ रहन सहयोग पुग्ने बताए । रैथानेको आकर्षण कति हुन्छ भन्ने कुरा ध्यान दिएर रैथाने बालीका वंश संरक्षण गर्नुपर्ने बताए । रैथाने वशंहरु कमजोर भयो भने हाम्रै शरीरको कमजोर हुन्छ । सरकारले नीतिगत रुपमा सुधार गर्दै अब दिगो कृषिका लागि रैथाने बालीलाई रोज्नुपर्ने कुरामा पनि जोड दिए ।
डब्लु डब्लु एफका कार्यकारी निर्देशक घनश्याम गुरुङले रैथानेसँग सँस्कृति र प्रकृति जोडिएको बताए । प्रकृति बचाउने संस्कृतिलाई जीवन्त राख्नु पर्छ । सबैले आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने कुरामा जोड दिए ।
रैथाने हाट बजारका संयोजक राइबहादुर राइले रैथाने कृषि हाटबजार सञ्चालन गरेको वार्षिक उपलक्ष्यमा रैथाने हाटबजारको संक्षिप्त जानकारी दिँदै । नेपालीहरुको मौलिक संस्कृति बोकेका उत्पादनहरु गाउँगाउँबाट शहरमा ल्याएर बिक्री वितरण गर्न पाउँदा आफूहरुलाई निकै गौरवान्वित महशुस भएको बताए । स्थानीय उत्पादनहरु संकलन गरी ल्याएर बजारीकरण अवसर जुटेकोमा सरोकारवाला सबै प्रति हार्दिक धन्यवाद दिए । त्यसकार्यले आर्थिक अभियानमा पनि सहज भएको बताए । आर्थिक गतिविधीले उत्पादक, कृषक, उद्यमीहरु उत्साहित भएका बताए । उनले अहिले हुम्ला, जुम्ला, सोलू लगायत ठाउँबाट उत्पादित वस्तु आएको र विभिन्न पालिकाहरुमा पनि एमओयू भएको बताए ।
हाल ५५ जिल्लाबाट रैथाने कृषि वस्तु बजारमा आइपुग्न सफल भएको पनि बताए । रैथाने कृषि र ओरिएन्ट क्याफेको संयक्त सहकार्य सञ्चालन भएको रैथाने हाटबजारले छोटो समयमा उपलब्धी हासिल गर्दै गरेको पनि बताए ।
हाटबजार संयोजक राइबहादुर राइले सबै सरोकारवाला सँग संयुक्त रुपमा काम गरीरहेका छौं । बेला–बेला छलफल र अन्तरक्रिया गरेका छौं । मही हाम्रो, राम्रो संस्कृति हो भने,
नेपाल डेरी एशोसिएसनको आर्थिक सहयोगमा नियमित मही उपलब्ध गराउँदै आएको छ । उत्पादनहरु उपभोक्ताहरुले रुचाएको पाइयो । अझै पनि हामीलाई गाउँ–ठाउँको माया छ भन्ने आभास हुने गरेको छ ।
रैथाने हाटबजारका अध्यक्ष तिलक ढकालले आफू व्यवस्थापन पढेको मान्छे, अनुवांशिक स्रोत केन्द्रका प्रमुख डा.बालकृष्ण जोशी र जैविक बाली विविधता प्रम्ख रामकृष्ण श्रेष्ठ लगायतको प्रेरणाले त्यस अभियानमा जोडिन सफल भएको बताए ।
आगामी दिनमा नेपालको रैथाने बाली प्रवद्र्धन गर्न लागि रहने प्रतिवद्धता सहित अभियान स्वास्थ खाना खान, रैथाने उत्पादनलाई प्राथमिकता दिन, आग्रह गर्दै सबैको साथ र सहयोगले अभियान विस्तारै सफल बन्दै गएको विचार व्यक्त गरेका छन् ।
र प्रकृति र संस्कृति बचाउने यो अभियानले महत्वपूर्ण काम गर्दै जाने विचार राखेको छ ।
वार्षिक अवसरमा सभामुख देवराज घिमिरेले रैथाने हाटबजारको गतिविधि अन गरेर उद्घाटन गर्दै गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close