काठमाडौं साउन १५, नेत्रज्योती कृषी सहकारी संस्थाको १२आंै साधरणसभा सम्पन्न भएको छ । सहकारी संस्थाको साधरणसभा तथा खिरखाने कार्यक्रमका प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका कार्यबाहक नगरप्रमुख सिता थापाले कार्यक्रमको उद्घाटन गर्दै सहकारीका माध्यमबाट गरेको कामहरुमा पारदर्शीता र स्तरीयता हुने बताएकी छिन् । उनले सहकारीहरु नाफामुखी व्यापारमुखी हुनुभन्दा पनि सेवामुखी हुनपर्ने बताइन् । हरेक उत्पादनमा नगरपालिकाले अनुदान दिएको छ, हरेक क्षेत्रमा उत्पादनका लागि बिउ बिजन, मलमा अनुदान दिएको छ, तर पनि नगरका खेतीयोग्य जमीनहरु बाँझो रहेका छन्, यसतर्फ सबैको ध्यान जान जरुरी रहेका बताउँदै उत्पादनमुलक काममा सबै मिलेर अगाडी बढ्नु पर्ने बताइन् ।
प्राय कृषकहरुले पहिलो त आफैले खानका लागी खेती गर्ने गरेको भएपनि आफूले प्रयोग गरेर बाँकी रहेको सामाग्री बिक्री गरेर नगदमा परिणत गरेर अरु खाँचो टार्ने गरेको पाइएको धारण व्यक्त गरिन् । नगरपालिकाले यसवर्ष दूध उत्पादनमा दिइरहेको अनुदान र उत्पादनका आधारमा दिइएको अनुदान कृषकले पाउँदा के उपलब्धी भयो भन्ने तर्फ पनि सोच्न पर्ने बेला आएको बताइन् ।
संस्थाले विगतका दिनहरुमा जस्तै आगमी दिनमा राम्रो गर्न सकोस् यसका लागि नगरपालिकाबाट हुन सक्ने सहयोग गर्ने भन्दै शुभकामना व्यक्त गरेका थिए । उनले आम्दानीको एकमात्र स्रोत कृषि रहेको बताउदै कृषी उत्पादनमा सबै लागी पर्नु पर्ने बताउँनु भयो ।
कार्यक्रमका विशेष अतिथी १४ नं. वडाका अडाअध्यक्ष उद्धव नेपालले अनुदान लिनका लागि प्रतिस्पर्धा हुनुपर्छ प्रतिस्पर्धामा भएका कामहरुनै परिणाममूखी हुने छ भन्दै वडा र नगरबाट स्थानीय स्तरमा नै उत्पादन हुने सामाग्रीलाई प्रोत्साहन दिइरहेको बताइन् । आफ्नो गाउँमा रहेको कृषि सहकारीले ११ वर्ष पुरा गरी १२ वर्षमा प्रवेश गरेसँगै वडाले पनि कृषिसँग आवद्ध काम गर्ने र आम्दानीको मुख्य स्रोत कृषि भएकोले कृषिप्रति आकर्षित रहनुपर्छ बताइन् ।
नगर सहकारी सञ्जालका संयोजक नरमान श्रेष्ठले सहकारीहरुलाई व्यवस्थित र सुरक्षित तरिकाबाट सञ्चालन गर्नका लागि सञ्जालले विशेष भूमिका खेल्ने बताए ।
जनहित दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष बद्री प्रसाद नेपालले कृष्ीि क्षेत्रमा काम गरिरहेको नेत्रज्योती कृषि सहकारी संस्थाले गरेका कामहरुका बारेमा प्रशंसा गर्दै कामहरु शुरु गरेर मात्र हुँदैन स्थायीत्वमा पनि ध्यान दिनपर्ने बताए । डडुवा बचत तथा ऋण सहकारी संस्थाका सचिव तथा भेष बहादुर नेपालले नेत्रज्योती कृषि सहकारी संस्थाले नयाँ–नयाँ योजनाहरु ल्याएर काम गरिरहेकोमा विशेष धन्यवाद दिँदै आगामी दिनमा अगाडी बढ्न सकोस् भने । संस्थाका सहसचिव जयराम नेपालले स्वागत मन्तव्य राख्दै सहकारी संस्थाले गरेका कामहरु र आगामी वर्षमा गरिने कार्यक्रमका बारेमा जानकारी गराए । संस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालको अध्यक्षतामा भएको साधरण सभाको सञ्चालन भने संस्थाका व्यवस्थापक नेत्र बहादुर बस्नेतले गर्नुभएको थियो । सहकारी संस्थाको साधारण सभाले आव २०८०÷८१ को आयव्ययका साथै आगामी वर्षको नीति तथा कार्यक्रमहरु पारित गरेको छ । साउन १५ सँगै सहकारी संस्थाको वार्षिक साधारण सभाको अवसरमा उपस्थितिहरुलाई खिर खुवाइएका थिए ।