लिची खेती प्रविधि
परिचय ः
लिची खेती नेपालको तराईमा मात्र हुने भएकोले यसको फल केही हप्ता मात्र बजारमा देखिन्छ । यसको मागअनुसार फल उत्पादन हुन सकेको छैन । यो फल सापिन्डेसि (क्बउष्लमबअभबभ) परिवारमा पर्दछ । लिचीलाई लिची चाइनेन्सिस (ीष्तअजष् अजष्लभलकष्क) भनिन्छ । लिची बोट होचो भएकोले छाप्रोमा प्लास्टिक घर बनाएर पनि खेती गर्न सकिन्छ ठूलो बोट भएपछि तुषारोले त्यतिको नोक्सान गर्दैन । यो फल बोक्रा छोडाएर खान सकिन्छ भने जुस बनाउन उपयुक्त हुन्छ ।
हावापानी ः
लिची खेती समुद्रसतहबाट ८०० मिटरको उचाइसम्म उपयुक्त हुन्छ । तापक्रम १५–३०ड्ढ से. चाहिन्छ भने यो सुक्खा र तुषारो सहन नसक्ने हुन्छ ।
माटो ः
मलिलो माटो हुनुपर्छ । पिएच ५.५–७० सम्म भएको र पानीको । निकासको राम्रो व्यवस्था हुनुपर्छ । माटोमा केही बालुवा मिसिएको गहिरो । माटो चाहिन्छ । अमिलो (ब्अष्मष्अ) माटो, चून भएको राम्रो हुन्छ ।
जात ः
लिची जातमा अगौटे देशी, अलिबेदना, मुजफ्फरपुर छ भने मध्य ।
जातमा शाही, पूर्वी, चाइना, रोजसन्टेड छ । पछौटे कसवा, लेट बेदना,
कलकतिया छन् ।
लगाउने समय र रोप्ने तरिका ः
लिचीको बिरुवालाई जेठको चौथो हप्तादेखि असारको चौथो हप्तासम्म गुदी (एयर लेटिङ) र हाँगालाई नछुट्टयाई ढल्काई माटोले पुरिएको हाँगामा जरा आउँछ । यो तरिकाबाट पनि बिरुवा उत्पादन गर्न सकिन्छ । यसरी तयार भएको बिरुवा अर्को वर्ष जेठ–साउनसम्म लगाउन सकिन्छ । बिरुवा लगाउनुभन्दा पहिले लेआउट गरी खाल्डो खन्नुपर्छ । खाल्डोको साइज १ मिटर गहिरो र चौडाइ भएको, १ बोटबाट अर्को बोट १० मिटर फरक गर्नुपर्छ । खाल्डोमा पतझड, धुस्नो राखी बालिदिनाले माटोमा भएको रोग र कीरा नियन्त्रण हुन्छ । यसरी तयार भएको खाल्डोमा पाकेको कम्पोस्ट २०–३० केजी राखी माटोमा मिलाई खाल्डोमा राखी सुक्खा माटो राखी बीचमा बिरुवा रोप्नुपर्छ, हल्का किसिमले खुट्टाले कुल्चिसकेपछि ८ सेमि पर लट्ठी गाडी सुतलीले अंग्रेजीको आठ (ड) तरिकाले बाँध्नुपर्छ । जसले गर्दा हावाबाट हल्लन नसक्ने र बोट सोझो भई हलक्क बिरुवा बढ्न मद्दत गर्छ । बिरुवामा पानी दिँदा कुनै बाक्लो वस्तु या सानो ईंटा राखी त्यसमाथि पानी दिनुपर्छ । लिचीको बोट ठूलो नभएसम्म ४–५ वर्ष अन्तरबाली लगाउन सकिन्छ । तरकारी हिउँदे र वर्षे साथै भइँकटहर, अदुवा र मेवा लगाई फल नफलेसम्म आर्थिक लाभ लिन सकिन्छ । बोटको वरिपरि मल हाली गोडमेल भई बाली लगाएको बगैँचामा बोटलाई समेत गोडमेल हुन्छ । मलको तत्व केही मात्रामा पाई बोट हलक्क बढ्ने, स्वस्थ हुनुका साथै रोग र कीरा लागेको पनि हेरविचार हुँदा ३–४ सालमै फल उत्पादन गर्न सकिन्छ ।
काटछाँट ः
लिची बिरुवालाई काटछाँट गर्न जरुरी हुँदैन, रोग र कीरा लागेको, सुकेका हाँगाहरू भने काटी निकाल्नुपर्छ ।
रोग र कीरा ः
लिचीमा रोग कम लाग्छ । अरू बिरुवामा जस्तो रोग नलाग्ने । कारणबाट नै बढी फल उत्पादन हुन्छ । तर लिचीमा लाग्ने प्रमुख कीरा माइट हुन् ।
माइट (ःष्तभ) कीराले पातको तल्लो सतहमा बसी पातको सतहमुनिको भाग खान्छ र एक प्रकारको खैरो मखमली सतह देखा पर्न थाल्दछ । कीराले पात गुटमुट्याई नोक्सान गर्छ । पात सानो गाँठोमा परिणत हुन्छ र अन्त्यमा पातको आकार नै बिगारिदिन्छ । पातमा बसी रस चुस्नाले पछि पात सुकेर जान्छ ।
रोकथाम र उपचार ः
कीरा लागेका हाँगाहरू र पात बटुली जलाइदिनाले कीरा नियन्त्रण हुन्छ ।
कीरा लागेको बोटमा हप्ता दिनको फरक गरी २–३ पटक नुभान, ड्ड डिमाक्रोन, ब्लुम, डोममध्ये कुनै एक विषादी १ लिटर पानीमा २ मिलि राखी छर्नाले कीरा नियन्त्रण हुन्छ । यो विषादी फल पाक्नुभन्दा २५–३० दिनअगाडि छर्नुपर्छ