कृषिमा १६४ विषादीको प्रयोग १२ को मात्र परिक्षण
कौशिला कुँवरको सहयोगमा
काठमाडौं भाद्र ८ किसानलाई कृषि बालीमा एकसय ६४ प्रकारका विषादी प्रयोग गर्न अनुमति दिएको सरकारले १२ प्रकारका विषादी मात्र परीक्षण गर्दै आएको छ ।
सरकारले विषादीका परीक्षणलाई व्यापक नबनाउँदा उपभोक्ताको भान्न्सामा विषादी युक्त खाद्य वस्तु तथा तरकारी र फलफूल पुग्ने गरेको छ । अधिक किसानले प्रयोग गर्दै आएको एकसय ६२ विषादी मध्य एकसय ५२ प्रकारका विषादी परीक्षण भएको छैन ।
ीकासनले प्रयोग गर्ने एकसय ६४ विषदी मध्ये सरकारले अहिलेसम्म तरकारी बालीमा प्रयोग गरिने कार्वामेट र अर्गानोफस्फेट समूहका विषादी मात्र परीक्षण गर्दै आएको छ । यी दुई समूहमा १२ वटा मात्र विषादी पर्छन । कृषि मन्त्रालयका एक अधिकारीका अनुसार सरकारले परीक्षण गर्दै आएको कार्वामेट र अर्गानोफस्फेट समूहका विषादी अहिले किसानले प्रयोग गर्न छोडिसकोका छन् । यी भन्दा घातक विषादीहरु किसानले प्रयोग गरेको छन् । पछिल्लो समय किसानले सिन्थेटिक पाइरोथ्रोइड कीटनाशक समूहभित्र पर्ने विभिन्न प्रकारका विषादी धेरै प्रयोग गरिरहेको ती अधिकारीले जानकारी दिए । तरकारी तथा फलफूलमा प्रयोग हुने यो समूहका विाषदी सरकारले हालसम्म परीक्षण गर्ने गरेको छैन ।
अहिले खाद्य वस्तु तथा तरकारी र फलफूलमा प्रयोग भइरहेको विषादी मध्ये अधिकांश स्वास्थ्यका लागि निकै हानीकारक छन् । कतिपय विषादी प्रयोग भएको कृषि उपज एक महिनादिनसम्म खानयोग्य हुँँदैनन् जुनसुकै विषादी प्रयोग भएपनि त्यस्तो विषादी हालेको कृषि उपज एक सातासम्म खान अयोग्य मानिन्छ । तर, किसानले विषादी प्रयोग गरेका वस्तु एक दुई दिनमै बजारमा पु¥याउँदा परीक्षण अभावमा ती सबै उपभोक्तको भान्सामा पुगिरहेको छ ।
बजारमा आउने दैनिक उपभोग्य वस्तुपमा उपयोग हुने विषादी परीक्षण गरी उपभोक्तालाई स्वच्छ वस्तु उपलब्ध गराउने सरकारको बजारमा उपस्स्थिति नहुँँदा उपभोक्ताको स्वास्थ्य नै जोखिममा पर्दै गएको राष्ट्रिय उपभोक्ताका मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । हरियो तरकारी तथा फलफूलमा मात्र नभएर माछामासुमा समेत औषधीजन्य विषादीको प्रयोग प्रर्याप्त मात्रमा हुने उनको भनाई छ । सरकारले यो विषयलाई वेवास्ता गर्दै आएको बताए ।
बजारमा आउने अखाद्य वस्तु, तरकारी तथा फलफूलमा देखिने विषादीको अवशेष परीक्षण गर्न जनताको पसिनाबाट करोडौं मूल्यमा खरिद गरेको ल्याबसहितको मोवाइल भ्यान सञ्चालनमा नल्याएर कवाडी बनाइएको छ । त्यो भ्यान मात्र बजारमा लगिदिएको भए केही हदसम्म बजार सुध्रिन्थ्यो । तर, त्यसलाई कवाडी बनाएको छ । विषादी परीक्षणका नाममा करोडौं खर्च भएको छ । तर उपभोक्ताको हितमा भएको छैन । बजारलाई स्वच्छ र गुणस्तरीय बनाउने बजारमा राज्यको उपस्थिति बलियो हुनु पर्छ ।
केन्दीय कृषि प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत राजीव दास राजभण्डारीका अनुसार कार्वामेट र अर्गानोफस्फेट समूहभिर १२ प्रकारको विषादी पर्छ । हालसम्ममा उक्त विषादीको मात्र परीक्षण हुने गरेको उनले जानकारी दिए । किसानले तरकारी तथा विभिन्न बालीमा प्रयोग गर्ने १ सय ५२ प्रकारका विषादीको परीक्षण हालसम्म नभएको बताए । बजारमा विषादीयुक्त हरियो तरकारी तथा फलफूल देखिन थालेपछि सरकारले कालीमाटीमा भित्रिएको तरकारीका नमूना विषादी परीषण २०७१ असार ४ बाट शुरु गरेको थियो अहिलेसम्म देशभरमा ७ स्थानबाट मात्र विषादी परीक्षण हुने गरेको छ । राजभण्डारीका अनुसार आर्थिक वर्ष २०८०÷८१ म थप ५ वटा नयाँ विषादी परीक्षण गर्ने प्रयोगशाला स्थापना भएका छन् । अब देशभर १२ वटा प्रयोगशालाबाट विषादी परीषण हुने जानकारी दिएर नयाँ प्रयोगशाला स्थापना भएपनि ओपचारिका रुपमा प्रयोगमा नआएको र हाल परीक्षण कालमा राखिएको राजभण्डारीले जानकारी दिए । उनको अनुसार नयाँ विषादी परीक्षण प्रयोगशाला सिन्धुली, धरान, महोत्तरी, कोढल्केवार नवलपुरको कावासोती र सुर्खेतमा स्थापना भएका हुन ।
अहिलेसम्म काठमाडौंको कालमिाटी झापाको विर्तामोड, सल्र्लाही, कास्की, बुटवल, नेपालगञ्ज, कैलाली, मा तरकारीको विषादी परीक्षण हुँँदै आएको थियो । केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख महेशचन्द्र आचार्यले कार्वामोट र अर्गानोफस्फेटसम्म दुईवटा विषादी परीक्षण हुँदै आएको र अब सरकारले नयाँ सिन्थेटिक पाइरोथ्रोइड कीटनाशनक कार्वामेट फन्जिसाइड्स विषादी पनि परीषण गर्ने प्रयासमा गरीरहेको अर्गानो फस्फेटसमूहको भित्रको १२ वटा विषादीको प्रकारको विषयमा मात्र परीक्षण हुने गरेको जनाएको छ ।
स्रोत साधान अभावका कारण विषादी परीक्षण गर्न नसकेको बताए । विषाद आएको विषादीलाई उपभोक्ताका भान्सामा केन्द्रसरकारले मात्र नभएर प्रदेश र स्थानीय तहसम्म काम हुनुपर्ने भनाई छ । विषादीलाई विगत समय किसान पनि विषादी प्रयोगमा सचेत रहेको बताए ।
सरकारले तरकारीमा विषादी बारेमा मापदण्ड निर्धारण गरेको कारण कति मात्रामा विषादको अवशेष मिल्ने त्यसैगरी ३५देखि ४५ प्रतिशत देखिए केही दिनलाई राखेर ४५ प्रतिशत देखि भन्दाबढी देखिए विषादी दखियो भने खान नहुने अर्थात नष्ट गनु पर्नेछ ।
अधिकृत राजभण्डारीको अनुसार १० देखि १२ वटा नमूना परीक्षण गरेको । आर्थिक वर्ष २०८१÷०९१ देशमा नमूना परीक्षण गर्दा २६ वटामा नमूना परीक्षण गर्दा खानाको लागि प्रयोग गर्न सकिने पाइएको थियो । नमिल्ने अवशेष मध्येको ।
साभार ः कारोवार राष्ट्रिय दैनिक