कृषि विशेषसमाचार

कृषि वैज्ञानिकहरू नार्कमा सुधारको माग राखेर आन्दोलनमा

काठमाडौं भाद्र ५, नार्कका आन्दोलनरत कर्मचारीहरूद्धारा एक विज्ञाप्ति प्रकाशित गरि नार्कसँग सम्बन्धित समस्या समाधान गर्नु पर्ने गरी माग पत्र अघि सारी धर्ना लगायत कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
विज्ञाप्तिमा जनाए अनुसार कृषि प्रधान देशमा कृषिको भूमिकालाई आत्मसाथ गरी कृषि अनुसन्धान तथा देश सुहाउँदो प्रविधि विकास गरी कृषि क्रान्ति मार्फत नेपालको आर्थिक समृद्धि गर्ने अभिलाषाका साथ वि.सं.२०४८ सालमा तत्कालिन नेपाल सरकार कृषि सेवामा कार्यरत कर्मचारीलाई थप सेवा सुविधा दिएर अनुसन्धानको विशेष कार्यभारमा समाहित गराउने गरी नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ मार्फत स्थापना गरिएको परिषद् नार्क विभिन्न व्यवस्थापकीय कमजोरीले गर्दा ओरालो लाग्ने स्थितिमा छ । अनुसन्धान कार्यलाई प्रभावकारी तथा द्रुत गतिमा सम्पादन गर्न आवश्यक विषयवस्तुलाई परिष्कृत बनाउने तथा संस्थागत हितका लागि संशोधन गर्नुको साटो केही व्यक्ति तथा समूहले गैर कानुनी तरिकाले विनियममा भएका विभिन्न पुर्ववत वैज्ञानिक व्यवस्थालाई अवैज्ञानिक बनाउने, समकक्षी लेखा÷प्रशासनका कर्मचारीको भन्दा वैज्ञानिक कर्मचारीहरुको तलव कम निर्धारण गरी नार्कको उद्देश्य प्राप्तिका लागि मुख्य जिम्मेवार वैज्ञानिक समुहको मानमर्दन गर्ने, वैज्ञानिकहरुको मनोवल गिराएर पलायन हुन बाध्य बनाउने तथा संस्थालाई धराशायी बनाउने स्थिति सिर्जना गरिएको छ ।
यसै सन्दर्भमा समस्या सामाधान गर्न विगतमा पटक–पटक सरोकारवाला समूहले मौखिक तथा लिखित रुपमा आवाज उठाउँदै आईरहेकोमा पछिल्लो पटक सम्मानित उच्च अदालत पाटनमा दायर गरिएको मुदा नं.०८०–डब्लु–१८५८ मा “नेपाल कृषि अनुसन्धान परिषद्को मूल कार्य (कोर फङ्गसन)सँग सम्बन्धित वैज्ञानिक पद÷तह को विगतमा भएका समकक्षी प्राविधिक÷प्रशासनिक कर्मचारीसँगको समान आधारभूत मासिक तलवमानलाई असमान कायम गर्नु विभेदकारी भएको ठहर गरी सम्वत् २०८१÷४÷०१ बाट लागु हुने गरी समकक्षी कर्मचारीहरुसँग समान हुने गरी तलवमान निर्धारण गरी कार्यान्वयन गर्नु गराउनु” भनी मिति २०८१÷०२÷०२ मा सम्मानित उच्च अदालतको परमादेश भई निरन्तर खबरदारी गर्दा पनि व्यवस्थापनले कार्यन्वयन गर्न आनाकानी गरेको प्रति हामी सम्पूर्ण वैज्ञानिक आक्रोशित भएका छौ । भद्र रुपमा गरिदै आएको आग्रहलाई बेवास्ता गरी वर्तमान नार्क व्यवस्थापनले अदालतको आदेश पालना गर्न नसक्ने तहसम्मको लाचारीपन देखाएको हुनाले २०८१ भाद्र ५ गते देखि चरणवद्ध विरोध तथा आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको सम्बन्धित सबैमा जानकारी गराउँछौं । विगतमा जस्तै झुठा आश्वासन र फेरि पनि झुक्याएर समय व्यतित गर्ने कुनै पनि प्रपञ्चको घोर भत्सना गर्दै अविलम्ब निकासका लागि सार्थक पहलकदमी लिन सम्बन्धित सबै पक्षमा आग्रह गर्दछौ । हाम्रो बिरोधका कार्यक्रमबाट अनुसन्धान तथा दैनिक प्रशासनिक कार्यमा पर्न जाने क्षति तथा असुविधाको सम्पूर्ण जिम्मेवार नार्क व्यवस्थापन नै हुने जानकारी गराउँदै हाम्रो आन्दोलनमा ऐक्यवद्धताको लागि सम्पूर्णमा हार्दिक अपिल गर्दछौ । विज्ञाप्तिमा उल्लेख छ ।
आन्दोलनको कार्यक्रम
मिति २०८१ भाद्र ५ गते बुधवारदेखि केन्द्रीय कार्यालय सहित यस नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतका सम्पूर्ण कार्यालयहरुमा अति आवश्यक गतिविधि जस्तै पशुपन्क्षी तथा माछाको दानापानी, बालीनालीमा सिंचाई, मलखाद तथा औषधी उपचार आदि बाहेक सम्पूर्ण कार्यालय कामकाज बन्द गर्ने ।
१. केन्द्रीय कार्यालयमा तालावन्दी ।
२. अन्य कार्यालयमा सम्पूर्ण दैनिक गतिविधि पुर्णरूपमा बन्द हुने गरी पेनडाउन ३. सम्पूर्ण कार्यालयका चार चक्के गाडी प्रयोग निषेध ।
४. आन्दोलनको एजेण्डामा केन्द्रीय कार्यालय परिसरमा छलफल ।
५. अविलम्ब माग पुरा नभएमा थप संघर्षका कार्यक्रम घोषणा गरिने ।
मागहरु
–सम्मानित उच्च अदालत, पाटनबाट “ने. कृ.अ.प. को मूल कार्य सँग सम्बन्धित सम्पूर्ण वैज्ञानिक पद÷तह को समान आधारभूत मासिक तलबमानलाई असमान कायम गर्नु विभेदकारी भएकोले सम्वत २०८१÷४÷०१ बाट लागु हुने तलबमान निर्धारण गरी कार्यान्वयन गर्नु गराउनु परमादेशको अविलम्ब कार्यन्वयन गर ।
–परिषद्लाई अनिर्णयको बन्दी बनाई अदालतको परमादेशको अपहेलना गर्ने असक्षम कार्यकारी निर्देशक, निर्देशकहरु र कानुनी सल्लाहकार तत्काल राजीनामा दे ।
–आन्दोलनको माग पूरा गरी परिषद्लाई अग्रगामी दिशानिर्देश गर्न सक्षम कार्यकारी निर्देशक तथा व्यवस्थापनको नियुक्ति गर ।
–मौजुदा विनियम तथा अन्य कार्यविधिमा गरिएको लेखा प्रशासनमुखी तथा व्यक्ति केन्द्रित चलखेलको छानविन गर ।
–ऐन, विनियम, सांगठनिक संरचना (ओ एण्डएम), हाल अलपत्र अवस्थामा रहेको पदपूर्ति प्रक्रियाको यथाशिघ्र निकास दे ।
–अदालतको आदेशअनुसार कायम हुने जेष्ठता बमोजिम सम्पूर्ण कार्यालयमा साधन स्रोत, सवारी साधन तथा अन्य सेवा सुविधा निर्धारण गर ।
–परिषद्को शाखलाई उच्च राख्दै अनुसन्धानमैत्री वातावरण कायम गर ।
मग राखि आन्दोलनको घोषणा गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close