समाचार

कृषिमा महिलाहरूको योगदान ठूलो छ ःअध्यक्ष दंगाल

काठमाडौं भाद्र १५, महिला किसान संघ नेपाल बागमती प्रदेश कमिटीको प्रथम सम्मेलन अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालको अध्यक्षतामा सम्पन्न भएको छ ।
सम्मेलनमा प्रमुख अतिथि अखिल नेपाल किसान महासंघका अध्यक्ष डा.प्रेम दंगालले किसानहरुको इतिहासमा महिलाहरूले ठूला–ठूला योगदान दिँदै आएको बताए । दंगालले १० औं हजार वर्ष अघि मनुस्मृतिमा जहाँ महिलाहरुको पुजा हुन्छ त्यहाँ देवताहरूको बास भनेर स्पष्ट कितान गरेको बताए । हरितालिका तीजको शुभकामना आदान प्रदान कार्यक्रम बताएको हो । कार्यक्रममा नारीहरूले आँटे भने संसार जित्न सक्छ । माता सृष्टिको सर्जक हो ।
महिलाहरू शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक हिसाबले पछि परेको छन् । अब महिलाहरूको सहभागीता हरेक क्षेत्रमा ५० प्रतिशत घोषणा गरिनु पर्ने बताए । कृषि क्षेत्रमा झन् महिलाहरूको ठूलो योगदान छ । पार्टी योजना अनुसार मिशन ८४ मा बहुमत ल्याएर कायापालट गर्ने हो । तपाईहरू सम्मेलनबाट फर्केर नयाँ सदस्यता बनाउनु होस् । राजनीतिक रुपमा तथस्थ, कृषि कर्ममा सक्रिय नयाँ महिलाहरूका लागि २ लाख नयाँ सदस्यता टोल–टोल र घर–घरमा गएर पु¥याउनु होस् ।
अब किसानहरुको सूचीकरण गरेर परिचय पत्र दिदै छ । वडा वडामा गएर सूचिककरण गर्नु, मल अनुदान छ । बीमा, कर्जा लगायत श्रमजीविका किसानसम्म पु¥याउनु पर्छ । भूमिहीन र सीमान्तकृत किसानहरुलाई संगठित गर्नु पर्छ । केपी ओलीको नेतृत्वको सरकारले ४१ लाख मध्ये २० हजार कार्ड वितरण गरेर ४१ लाख किसानलाई सूचिकृति गरिसकेको छ । कृषिको सुशासनको कुरा किसानको उत्पादनको मूल्य पाउने गरी गरिनु पर्छ । महिला किसानहरुलाई नीति निर्माण गर्ने तहमा पु¥याउन जरुरी छ ।
दंगालले किसानलाई पेन्सन उपलब्ध गराउनु पर्ने, देशको जनतालाई पाल्ने किसानहरुलाई नदिए कसलाई दिने ?
किसानको बीमा, स्वास्थ्य कोष, सामाजिक सुरक्षामा आवद्धता गर्ने अभियान लिएर मात्र फर्कन्छौं । कृषि ऐन बनाउन लागेका छौं ।
सम्मेलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सरस्वती दाहालको अध्यक्षता, सचिव सुनिता अधिकारीको सञ्चालनमा भएको थियो ।
किसान महासंघ २००८ सालमा गठन किसान थोरै जग्गा किसानको थोरै जग्गा जमिन धेरै थियो । प्रदेश सम्मेलन पछि ।
अखिल नेपाल किसान महासंघका महासचिव सरिता भुसालले महिला किसानहरूलाई आय आर्जनमा जोड्दै महिला शसक्तिकरणमा जोडदिनु पर्ने बताए ।
सम्मेलनले पछि रामशरण आले, कृष्णहरी पौडेले, सावित्रा थापा, शंकर काकी लगायत निर्वाचन कमिटीले प्रतिभा पाण्डेको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति गठन गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close