कृषि विशेषसमाचार

रैथाने बालीकृषिलाई प्रथमिकता दिन्छौं ः मुख्य मन्त्री बागमति प्रदेश

काठमाडौं भाद्र १५, रैथाने हाट बजारको ५८ औं हप्ता पार गरेको छ । उक्त अवरसमा मुख्य अतिथिको रुपमा सहभागी हुनु भएका बागमति प्रदेशका मुख्यमन्त्री बहादुर सिंह तामाङले आफूपनि किसानको छोरो भएको बताउँदै भने ‘म पनि किसानको छोरो हुँ ।’ बच्चै देखि किसान गर्दै आएको छु । तपाइहरु धेरै किसानबाट आउनु भएको छ र तपाईहरुमाथि धेरै उत्तरदायित्व छ । तीन–चार वर्षको उमेरमा गाईभैंसी चराउनु पर्ने काम नगरीकन स्कुल जान पाउँदैथे । छुट्टीको दिनमा पनि काम गर्नु पर्दथ्यो । पानीमा रुझीविझी काम गर्दा कपडा भिज्ने मेरो आफ्नै ४० मुरी धान फल्ने खेत थियो ।
धान रोप्दा र भित्र्याउँदा सम्म धानको मूल्य ३१ हजार खर्च उठ्थ्यो । गोडमेलमा पनि लगाउने गर्दा ६० हजार खर्च हुन्थ्यो । नोक्सान भयो, लाले गोरु थियो । बालीबाट त्यति फाइदा नभए पनि रैथाने जातको बीउ विजनहरु बचाउने अभियानमा लाग्न सकेन भने खाद्य संकटमा पर्न सक्ने सम्भावना छ ।
सामुदायिक बीउ बैंक स्थापना गर्त बजेटको व्यवस्था गर्नु पर्छ । रैथाने भनेपछि सबैकुरा आउँछ । सरकारले धेरै प्रयास गरेको हो । तर सकेन । रैथाने हाट बजारले गरेको काम अगाडि बढेकोछ ।
प्रदेशमा सामुदायिक कृषि फार्महरु छन् र सामुदायिक फार्महरुमा कृषि हाट बजारको व्यवस्थापन त्यही स्थानमा स्थापना गरिनु पर्छ । आधा भन्दा बढी सामुदायिक कृषि बागमति प्रदेशमै छन् ।
एक हल गोरुले जोतेको ज्याला २५०० देखि ३५ सय पर्छ । जोतेर हिसाब ग¥यो भने १ हजार घटी काम नै गर्दैन । १ पाथीको ठाउँमा १५ पाठी दिनुपर्छ । यसको अनुसन्धान कसरी गर्ने ? तपाई किसानको मर्का कसले बुझ्ने ? नोक्सान भयो भनेर कसले काम गर्ने ? अहिले जतिपनि काम गरेको छन् । जबरजस्ती गरी खाइरहेको छ । उहिले हाम्रो पालामा किन्दा यसको सिद्धिएछ । बेसाएर खानु हुँदैन भन्थ्यो । सबभन्दा बढी परालको कुन्यु कसको छ भनेर हेरेर छोरी दिन्थ्यो । गाईवस्तु कति छ हेरेर छोरी दिन्थ्यो । ठूला–ठूला मकैको घोगा बीउको लागि छुट्याइन्थ्यो । किसानी गर्दा घाटा परेर अर्कै व्यवसाय गरे गरिन्छ । बिउ त नहुँदो रहेछ, बिउ त अन्तैबाट ल्याउनु पर्दो रहेछ ।
तोरी युक्रेनबाट बेसाएर पेल्दा सस्तो पर्छ । काठ मलेसियाबाट सस्तो पर्छ यहाँको काठ महँगो पर्दो रहेछ । मुर्ती बनाउने काठ भारतबाट ल्याएको रहेछ । हामीले पनि कृषिमा यति धेरै लगानी गरेका छौं प्रतिफल पाएको छैन । अनुदान असोजसम्म गर्नुपर्छ कार्यालयबाट सेटिङ्ग मिलाउँदो रहेछ । सुधार गर्नु पर्छ म लागिरहेको छु । गत आवमा बँगुर पालनका लागि अनुदान दिन लागेको थियो । अनुदान भन्दा दाना खुवाउनु महँगो पर्दोरहेछ । नगरेर पनि भएन ऐन बनाएर कसरी लागु गर्ने । अनुसन्धान विना फाइदा हुँदैन । विदेशीहरु ढाट्दैन भन्ने हुन्छ । सर्टिफाई चाहिन्छ । गलैँचामा जस्तो हुन्छ । स्वास्थ्यको लागि के गर्ने । पहिलो स्वास्थ खाना खानु पर्छ । पहिले स्वास्थ खाना बनाउने योजना बनाउनु पर्छ । किसानलाई डोमिनेशन गर्नु हुँदैन । विषादी नियन्त्रण गर्न लागौं । रैथाने बाली हराइसके पछि खोज्यौं । नेपालीहरु सकेपछि म किसानको छोरा हुँ ।
स्वास्थको लागि र जलवायू परिवर्तनसँग जुध्न कोदो ठिक रहेछ । अप्ठेरो पर्दा के हो र महत्व रहेछ । अरु सकेपछि त्यो चाहिन्छ अरु अन्नबाली भन्दा बढी टिक्दो रहेछ । रोजगारीको सिर्जना राजनीतिले गर्दैन । प्रशासनिक असुरक्षित महशुस भएपछि बाहिर जान्छ । लगानीकर्तालाई सुरक्षित चाहिन्छ । हामीले सुघ्रन वित्तीय अनुसन्धान चाहिन्छ । गाउँमा भएकालाई ठीक गर्नुपर्छ । ठग्ने मान्छेलाई ठीक भन्योभने देशमा कसरी कसरी सुधार हुन्छ ? मैले गर्नु पर्छ भन्ने मानसिकता भए एकदिन देश सुध्रिन्छ । त्यसको लागि बागमती प्रदेश सरकार सहयोग गर्न तयार छ ।
बागमती प्रदेशमा रैथाने कृषि संरक्षण प्रवद्र्धन र बजारीकरणमा अवसर तथा चुनौंती सम्बन्धी छलफल कार्यक्रममा स्वागत मन्तव्य राख्दै भने, रैथाने हाट बजारका सञ्चालक तथा ओरिन्ट क्याफेका प्रमुख उद्धव ढकालले रैथाने हाट बजार ५८ हप्तामा प्रवेश गरेको र किसानहरुको उत्पादन उपभोक्ता सम्म पु¥याउन पाउँदा खुशी लागेको बताए ।
कृषि मन्त्रालयका सहसचिव डा.रामकृष्ण श्रेष्ठले समग्र कृषि प्रणालीमा अभुतपूर्व संकट आउन सक्ने तर्फ सचेत गर्दै उपभोक्ताले पैसा भयो भनेर ढुक्क नहुन सुझाव दिएको छ । पहाड, तराई सबैबाट मेरो हातमा पेसा आउँछ कि आउँदैन । यथास्थितिमा खाद्य क्षेत्रमा ठुूलो संकट पर्ने देखिन्छ । संयुक्त राष्ट्र संघको अनुसार ३ वटा कुरोमा जोखिम रहेकोमा जलवायू विविधतामा यसको असर परिरहेको छ । ध्र्रवीय वर्षा, जैविक विविधता ह्रास, रैथाने बालीहरु मासिरहेको छ । पहिलो जलवायू परिवर्तन कारण खेती हुने नहुने, जलवायुूले असर परीसकेको छ । जग्गाको वर्गीकरणमा समस्या छ । १३० पालिकाले खेतीयोग्य जमिन सकिएको अभिलेखमा खडा गरेको बताइएको, श्रेष्ठले खाद्य उत्पादन हावा र पानीमा खेती गर्न नसक्न बताए ।
पहाडमा १० वर्ष पछि पूरै जङ्गल हुन्छ । तराइमा घरैघरले भरि सकेको छ ।
किसानहरु किन विस्थापित भएका छन् । खेती गरेपछि परिवार चल्नु पर्छ । १८७० किमि भारतसँगको खुल्ला सिमानाबाट आउने वस्तु बजार लिएको, नेपाली बजारको लागि ठूलो भएको छ । १०० मा ७० राज्यको अनुदान छ र नेपाल विश्व व्यापार संगठनको सदस्य भएकाले रोक्न सक्दैन । भारतको १ प्रतिशत आयो भने सुनामी आउँछ । नेपालको १०० प्रतिशत गयो भने पनि त्यसले केही पनि गर्दैन ।
संघीय सरकारले प्रतिफलमा आधारित लागत कम गर्न अनुदान सहयोग, कृषिलाई दिनु पर्छ । अब कृषिलाई अड्याई राख्न सकेनौं भने के हुन्छ ? मैले सरकारी अवस्थाको बजाउ गर्न आएको होइन । किसानलाई बचाउने सकेन भनेर मर्नु पर्छ ।
रैथाने बालीका विषयमा प्रवद्र्धनको लागि शुरुवातमा गर्न तिनवटा निर्णय गरेर काम गर्नु सकिन्छ । पालिकामा गएको पैसाले स्थानीय रैथाने बालीबाट उत्पादित खाजा खुवाउनु पर्छ । बच्चाहरूको कुपोषणको शिकार बनेका छन् । सरकारी बजेटबाट खाने खाजालाई स्थानीय रुपमै उत्पादित खाजा दिनुपर्छ । रैथानी खाद्य वस्तुमा प्रचुर मात्रामा पोषण भएकाले दिवा खाजाको व्यवस्था गरिनु पर्छ । रैथाने बालीलाई, सामुदायिक होम स्टेको प्रवद्र्धनको विकास गर्नुृ पर्छ । नेपालले रैथाने जातको बीउ बचाउन सकेन भने खाद्य संकटमा आउन सक्छ ।
सामुदायिक बीउको संरक्षणकादापथ सामुदायिक बीउ बैंकको स्थापना गर्न जरुरी छ । त्यसका लागि बजेट छुट्याउनु पर्छ । रैथाने भने पछि सबै कुरा आउँछ । सरकारले विगतमा पनि धेरै प्रयत्न गरेको हो । तर सकेन रैथाने हाट बजारको काम धेरै अगाडि बढेको छ । रैथाने हाट बजार प्रत्येक पालिकामा हुनसक्छ ।
नेपालमा सबै प्रदेशहरूमा कृषि फार्महरु छन् । सामुदायिक कृषिबाट हस्तान्तरण भएका आधा भन्दा बढी सरकारी फार्महरु छन् । सबैभन्दा बढी बागमती प्रदेशमा प्रर्दछन् । त्यसका अतिरिक्त सरकारी कार्यालय, विद्यालयको जग्गाहरु पर्दछन् ।
नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल १३ वटै जिल्लामा रैथाने हाट बजारको स्थापना गर्नुपर्ने बताए । किसानहरूका छोराछोरीसँग विवाह गर्ने मान्दैन । सामाजिक सम्मान पाउनुपर्छ, बसेर छलफल गर्न सक्छौं । केही जिल्ला दूधमा आत्मनिर्भर छौं । जनघनत्वको कारण बागमती प्रदेशमा दूधमा कमी हुन्छ । किसानलाई पूरै भुक्तानी गर्न नसक्नुको कारण धुलो दूध बनाएर राख्नु परेको थियो । हामी नेपाली हो दूध उत्पादनका विषयमा नकरात्मक ढंगले प्रचार नगरौं ।
बगमती प्रदेश सभासद याङकिला शेर्पाले बागमती प्रदेशले सर्टिफाई ग¥यो भने तपाइको उत्पादन बढ्छ । ए आईको जमाना छ । रैथानेको कुरामा मात्र सीमित नराखौं । लि शेर्पामा सञ्चालन हुने पसलमा खुट्टा टेक्ने ठाउँ हुँदैन । शुद्ध अर्गानिक भनेर विश्वास दिलाउने आधारको तयारी गर्नु पर्छ ।
रैथाने हाट बजारको लागि ठूलो सार्वजनिक ठाउँ चाहिन्छ । पालिकासँग हेटौडामा मुख्य मन्त्रीको कार्यालयमा आउनुस् । जलवायु परिवर्तनका कारण, भरखर थामेमा ग्लेसिएर भएर ठूलो क्षति पुगेको छ । नेपालमा त्यस्ता जोखिमहरु बढ्दै गएको छ ।
ढकालले स्वागत मन्त्वय व्यक्त गर्दै हाटबजार ५७ हप्ता पूरा गरी ५८ औं हाप्तमा प्रवेश गरेको, हाट बजारमा ४०० भन्दा बढी किसानहरुसँग हाटबजारमा सहकार्य गर्न पाएको बताए । हाट बजार परिवारको तर्फबाट खुशी व्यक्त गरेको छ ।
रैथाने हाट बजारका अध्यक्ष तिलक ढकालले रैथाने बालीका परम्परागत प्रविधिहरु हराउँदै गएको अवस्थामा ५ वर्ष अगाडि बनेको सोँचले १० औं हजार किसानसँग जोडिएको बताए । हँसिया, डोकाहरु यही बुन्थे, वहुराष्ट्रिय कम्पनीले बिउ दिएन भने कृषि संकटमा पर्ने समेत बताए । सिस्नु ५०० केजी अडर आएको छ । बजारको लागि ठाउँ साँघुरो भएको छ । किसान र उपभोक्ताको हितका लागि काम किन नगर्ने ।
डा.रामकृष्ण र बालकृष्ण जोशीले नभनेको भए सम्भवत थिएन । तपाईहरु प्रयास गर्नुस् । मिडियाबाट पूर्ण सहयोग पाइरहेको छ ।
बैकुण्ठ प्याकुरेलले रैथाने हाटबजार व्यवस्थापन नगरेको भए महँगो बजारमा जानुपर्ने बताए । हामी उद्यमीहरूले र स्थान पाउन सम्भव थिएन । किसानले भने अनुसार बजार पाउने गाह्रो छ । बागमती भरि रैथाने हाटबजारको व्यवस्थापन होस् भन्न चाहन्छु ।
कृषि कवि शिव आचार्यले आफ्नो कवितामा रैथाने बालीसँग सम्बन्धित कविता वाचन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close