कृषि विशेषसमाचार

निजी क्षेत्रको सहकार्य विना कृषि विकास सम्भव छैन ः मन्त्री अधिकारी

धनबहादुर मगर
काठमाडौं भाद्र १४, मुक्तिनाथ कृषि कम्पनीको छैंठौं वार्षिकोत्सव तथा साधारण सभाको अवसरमा ‘लगानी दशका सफल बनाउने जिम्मेवारी, सार्वजनिक निजी सहकारीको साझैदारी’ नारासहित कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अभिकारीको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको छ ।
कृषि मन्त्री रामनाथ अधिकारीले मलाई पनि गाउमै बसेर कृषि गर्ने र गाउँमै बसेर चामल बेसाउने पर्न उद्देश्य बोकेको छु । मुक्तिनाथ कम्पनीलाई अग्रणी भुमिका खेलेकोमा धन्यवाद दिन चाहन्छु । काम गरेर देखाउनु पर्ने ठाउँमा पुगेको छु । इमान्दारिताका साथ किसानको पक्षमा काम गर्ने प्रतिवद्धता बोकेको छु ।
धेरै जसो मन्त्रीहरु थिए । गरीब व्यक्तिहरुलाई माथि उठाउने प्रयास भएको छ । ग्रामीण कृषकहरुमा रहेको गरिवी न्यूनिकरण गर्ने, पेटको भोक मेटाउने मन्त्रालय र किसान बिच भेट गर्नु पर्ने जरुरी छ । कृषिको व्यवसायीकरण, प्रविधिको विकास, बजारीकरण, कृषिमा पूर्वाधारको विकास र लगानी राम्रो अवसर, आवश्यकता, कर्तव्य पनि हो । लगानी दशक घोषणा गरेको छ । बजेट यही आवमा ३ प्रतिशतको हाराहारीमा रहेकोको छ । बजेट प्रर्याप्त छैन । लगानी बढाउन सहजीकरण आवश्यकता देखिन्छ । कृषि क्षेत्रको व्यवसायीकरणका लागि आधुनिकीकरण र निजी क्षेत्रको सहभागीता विना कृषि दशक सफल हुने सम्भव छैन । करार खेती, लगानी किसानमैत्री र बजारीकरणलाई सहकारी निजी क्षेत्र स्थानीय तह, प्रदेश, संघीय मन्त्रालय कृषिमा लगाउने लगानी गर्न तह पहिचान गर्न जरुरी छ । कृषि लगानी दशक कार्यन्वयन गरि सार्वजनिक निजी सहकारी तयारी गर्न आवश्यक छ । तयारी समिति गठन भएको छ । निजी क्षेत्रको रुपमा समेत तयारीका साथ मुुक्तिनाथ कृषि कम्पनी अगाडि आएको छ । यसले संघ–संस्थाहरु, ग्रामीण क्षेत्रका किसानहरुको स्रतरीकरण हुने समेत विस्वास लिएको छ । सवाल जवाफ भन्दा पनि काम गरौं ।
उक्त अवसरमा कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालले ६ वर्षको अध्ययन अनुसन्धानको प्रतिफल स्वरुप सरकारसँग साधन स्रोतको भएको कारण सहकार्य गरेर अगाडि बढ्न लागेको बताए ।
समुदायमा आधारित कृषि क्षेत्रको विकास र विस्तार हुन नसक्दा सरकारले घोषण गरेको लक्ष्य हासिल हुन नसकेको बताए । ‘कृषि विकासमा संस्थागत सिकाइको अभावको कारण देखिन्छ । छरिएको कृषिलाई एकीकृत गर्ने कृषि मन्त्रालयको प्राविधिक सहयोगमा किसानको उत्पादनको उचित मूल्य र निजी क्षेत्रलाई जिम्मेवारी बनाई, किसानले उत्पादन गर्न नसक्नाले समस्या आएको छ । युवालाई कृषिमा टिकाउन ७ प्रकारको नीतिलाई प्राथमिकता दिएर सहकारी, साझैदारी कार्यक्रमलाई अगाडि बढाउनु पर्ने बताए । खाद्य साक्षरता अभियान, जलवायू परिवर्तन, रासायनिम मल, सिँचाई लगायत कार्यक्रमलाई जोडदिनुपर्ने बताए ।
खाडी मुलुकमा निर्यात, पशुपालन, नश्ल सुधार गर्ने । कृषिलाई अगाडि बढाउन साना भन्दा सानो काम पनि अगाडि बढाउनु पर्छ ।
कम्पनीले नेपालमा सुन कागती फस्टाउने भएकाले स्याङ्जा, जिल्लाको पानी नजम्ने ठाउँमा लगाएको बताए । साथै मौसमी, वेमौसमी खेती गर्नु पर्ने कुरामा जोड दिए ।
कम्पनीका महाप्रबन्धक रामशरण तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गर्दै ‘कृषिमा लगानी दशक सफलताका लागि सार्वजनिक, निजी, सहकारी, साझेदारी सम्बन्धी कार्यपत्र सीमक्षा’ को प्रस्तुत गरेका थिए ।
कार्यपत्रको सार संक्षेपःमा नेपालको भूगोल, हावापानी, उत्पादन कृषि सम्बन्धी क्षेत्रगत तथ्याङ्कहरु सरकारी क्षेत्र, सहकारी क्षेत्र, निजी क्षेत्र गैर सरकारी क्षेत्र, कम्पनी ६२ हजार कृषि सम्बन्धी उद्योगमा दर्ता भएकोमा ६ प्रतिशतमा ३ खर्ब ६० अर्ब लगानी सहकारीमा ४ खर्व ३६ अर्ब ५० प्रतिशत लगानी कृषिमा भएको, २०० भन्दा बढी आइएनजिओ र ५० हजार एनजीओले दर्ता भई उत्पादन कार्यमा सहभागी रहेको जनाएको छ ।
अन्नबाली कोदो, दलहन, तेलबाली, प्रविधि र परामर्शमा न्यून् लगानी, सतह सिँचाई, उत्पादनको साधनहरुको कमी, खाद्य टिकाउयोग्य खाद्य बालीको विकास, बजारको ग्यारेन्टी सुनिस्चित गर्न कम्पनीले काम गर्ने जनाएको छ । ३ खर्बको आयत भएकोमा आयत घटाउन समेत कम्पनीको जोड रहने जनाएको छ ।
संविधानमा खाद्यान्न, भूमि, निजी क्षेत्र र सहकारी कृषिमा लगानी सरकारको प्राथमिकता १६ वटामा ८ वटा संविधानमा खाद्या सुरक्षा, भूमि, निजी क्षेत्र र सहकारी कृषिमा लगानीमा सरकारको प्राथमिकता, १६ वटा कृषि क्षेत्रसँगै सम्बन्धित कार्यक्षेत्र सहभागीता आदिलाई कार्यपत्रमा जोड दिइएको छ ।
उद्याोग वाणिज्य महासंंघका उपाध्यक्ष हेमराज ढकालले उद्योग क्षेत्रमा बजेट बढ्यो । भुटान र बंगलादेशमा जस्तै कृषि प्रवद्र्धन नगर्ने हो भने कृषि पछि पर्छ । कृषिको योगदान २७ प्रतिशत छ । आज पनि अर्थतन्त्रलाई डो¥याउने कृषि नै हो । कृषिमा बजेट हुनुप¥यो । कृषि मन्त्रालयको शसक्त गर्ने रणनीति गरौं । ८० प्रतिशत अनुदान दिएर औजारहरु वितरण भयो । औजार छ एक चोटी चलाएपछि फाल्नु पर्छ । मुक्तिनाथ टिमले आफ्नो उत्पादन विस्तार गरेको छ ।
गाउँपालिका महासंघका अध्यक्ष मीना पाण्डेले गाउँको उत्पादन शहरमा ल्याउन र शहरको पैसा गाउँमा पु¥याउन राम्रो कुरा हो । यसका लागि ४६० गाउँपालिकामा मैले पु¥याउन सक्छ । नागरिकसँग जोडिनु पयर्टनको विकास गरिनु पर्छ । नागरिककलाई सहयोग पु¥याउनु मञ्चमा भाषण गर्ने जस्तो काम होइन । संघीय कृषि मन्त्री आम नागरिकसँग जोडिएको छ । पहिला बाँच्ने र निरोगी हुने हो । कृषि अभियानको रुपमा शुरु गरियन भने भोली ठूलो चुनौंती आउनेछ ।
नगरपालिका महासंघका अध्यक्ष तथा निलकण्ठ नगरपालिकाका अध्यक्ष …….. ढुंगानाले आधार स्तम्भनै सहकारी हो । ८१÷८२ को बजेटमा सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ । तालिम र उत्पादनको क्षेत्रमा मुक्तिनाथ कृषि कम्पनी अगाडि छ । अनुदान कृषकको खातामा पु¥याउने राम्रो काम गरेको छ ।
खाद्य सुरक्षा, पौष्टिक खाद्य, संविधानमा उल्लेख भएअनुसार सार्वभौमसत्ता सम्पन्न जनतामा पुग्नु पर्छ ।
योजना आयोगको नीतिहरु कार्यन्वयनमा लग्नेकी नलग्ने ? दुःखको कुरा योजना आयोगले के गरेको छ ? मन्त्रीले चित्तलाई फराकिलो बनाउनु पर्छ । कृषिलाई आधुनिकीकरण, बेज्ञानिकीकरण, यान्त्रीकीकरण गर्नु पर्छ भनेको छ । त्यस विषयमा जोडदिनु पर्छ । आयतमा आधारित गर्ने कुराहरू बोर्डरमा चेक हुन्छ कि हुन्न ?
२४ घण्टा ल्याव टेष्ट टिक्न सकेन । यताबाट पठाएको वस्तु ल्याव टेष्ट गर्नुपर्ने, उताबाट आउने वस्तुको ल्याव टेष्ट गर्नु नपर्ने !
गोर्खाको गण्डकी गाउँपालिकाको ६१ जना किसान परिवार क्यान्सरको विरामी देखिएको छ । रैथानेबाली कहाँ पु¥यायो ? १९ वर्षदेखि सञ्चालनमा छैन यदि रैथानी बाली पु¥याउन सक्ने योजना बनाउन सकेन भने हामी बोइलर हुन्छ । त्याव टेष्ट नगरिकन नेपालमा भित्रीनु दिन्न भनेर निर्णय गर्नु पर्छ । २० वर्षे कृषि रणनीति खोज्नु दफा अनुसार कार्यन्वयन गरेको छ कि छैन । कृषि अनुसन्धान परिषद् अनुसन्धानको क्षेत्रमा के गर्दैछ ? ५ वर्षभित्र जनप्रतिनिधी भएर कृषिलाई रिएक्टीभेट गर्न जरुरी छ । रैथानेका स्रोतहरु मसिदै गएका छन् । ठूला फाँटहरु घरेडीका डल्ला भएका छन् । त्यहाँका फाँटहरु उत्पादन विहिन भए भने के गर्ने ? होलिस्टिक, भनेर जानुपर्छ । २०७१ भाद्र २४ मा आनन्द प्रसाद पोखरेलको रिपोर्ट बनाएको थियो त्यसलाई कार्यन्वयन गर्ने की ।
१० वर्षको स्थानीय बजार गएको छ । स्थानीय प्रदेश र संघीय सरकार नीतिगत तहमा एकाकार भएर जान सकेनौं भने ठूलो समस्या आउन सक्छ ।
राष्ट्रिय किसान आयोगका सदस्य पुष्पा भुसालले लगानीको लागि पहिलो कुरा उठेको छ । विकास साझेदारी पालिकाको समन्वयमा बजेटलाई समग्र रुपमा हे¥यो भने कम भएपनि त्यति सानो होइन । कृषि क्षेत्रामा सम्भावनाको विषय छ । लगानी आकर्षण कसरी गर्ने भन्ने विषयमा सोच्नु पर्छ ।
कृषि विकास मन्त्रालयका सहसचिव डा.राजेन्द्र मिश्रले कृषि मन्त्रलायमा पहिलो कुरा हामीले खोजेको विषय त्यही थियो । सरकार सहजीकरण मात्र हो । कृषि विकासको प्रणालीमा पूर्व प्राचीन माटोको स्वाद अन्न उत्पादन गरेर खान पाउँदा हरेक हिसाबले राम्रो हुन्छ । समय व्यापारको आवश्यता सम्पन्नताको घरपरिवार, जिल्ला, देशमा व्यापार छन् । कुनैपनि देश व्यापार भएन भने सम्पन्नता हुन्न । साना माध्यम वर्गको लागि कृषिमा लगानी गर्नु अवसर छ । यो अभियान परियोजना होइन । एक पालिकामा म १ वटा फलफूल बगैँचा ७५३ वटा हुन्छ । हिमालको फेदीसम्म बाटो पुगेको छ । आज हाम्रो उत्पादनले भरिनुको सट्टा विदेशी उत्पादनले भरिएको छ । हामी यही अवस्थामा रह्यौं भने तहसनहस हुन्छौं । लगानी गरा,ैं पैसा फल्ने गरि, विदेशी पस्ने लगानी गरौं । विदेशी पस्ने कोही छैन । गाउँ छोड्ने, नबनाउने हो । बैंककमा जाने हो । जापान लगायत देशमा समेत एडीएस कार्यन्वनममा छ । एडीएस संघीय मन्त्रालयको मात्र होइन । कृषि अनुसन्धान परिषद् नयाँ सोँचका साथ आगाडि बढेको छ ।
संघीयता मन्त्रालयको चिन्ता गाउँ पालिकाहरुले घरेडीकरण गर्ने होइन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले राम्रो काम गरेको छ । धेरै राम्रो होइन, ६५ प्रतिशत फार्म स्थानीय प्रदेशले गर्छ ।
राष्ट्रिय योजना आयोगको सदस्य ६०÷७० शाहले बजेट रासायनिक मलमा खर्च गरिरहेका छौं । निर्वाहमुखी कृषिबाट परम्परागत कृषिबाट अगाडि बढ्न सकेनौं भने र प्याराडिग्म सिफ्ट हुन्छ र साना तिना सुधार बाहेक कृषिमा अरु देखिने छैनौं ।
वि.सं. २०८१–९१लाई सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ । आज सवा १ करोड युवा विदेशमा छन् । फिलिपिन्समा पनि त्यतिनै धेरै युवाहरु विदेशमा काम गर्न गएका छन् । उनीहरुको देशपनि त्यतिधेरै अगाडि बढ्न चाहीँ सकेको छैन । भएको संरचना हेरेर एग्री फरेष्ट्रीमा पनि जोडदिनु पर्ने हो । टुरिजम अर्गानिक फोरममा लानु पर्छ । कृषि प्राविधिकको परिकल्पनामा जानुपर्छ । कृषि मन्त्रालयको एक्लो कार्यन्वयन गर्न सकेन भन्ने लाग्छ । कृषि दशक सफल बनाउन हाम्रो गरिबी घटाउने र रोजगार बढाउने हो । रोजगार सिर्जना गर्ने कृषि हो । कृषिलार्य अगाडि बढाउनु पछ ।
प्रचुर सम्भावना भएको क्षेत्र कृषिनै हो ।
१० लाख हेक्टर खेतीयोग्य जमिन बाँझो छ । उपभोक्ताको माग बढ्दो छ । जलवायू परिवर्तन सम्भावना छ ।
नेपालमा प्रमुख समस्याहरु
एकीकृत नीतिको अभाव, निजी क्षेत्रको न्यून् लगानी र संस्थागत संरक्षणको विकास भएको छैन । युवाहरुलाई आकर्षण गर्न सकिन्न ।
कृषि दशक घोषणा
नीति सुधार
अन्तरमन्त्रालय बीच समन्वय र सहकार्य आधारमा लगानी गर्न सक्छ । कृषिको लगानी दशकमा
नीतिगत सुधार अन्तरमन्त्रालयको अन्तरसम्बन्ध जरुरी छ ।
परिणाम र आउटपुटको आधारमा लगानीको गर्न सक्छ । भूमि बैंक, केराखेती र खाद्य बजार सञ्चालन ऐन संस्थागत कृषि मुल्य श्रँृखला व्यवस्थापन निजी क्षेत्रको सहभागीता कृषि मूल्य क्षेत्रमा खाद्य व्यवसायमा निजी क्षेत्रको संस्थागत आवद्धता ।
‘सरकारीमा आधारित कृषि क्षेत्रहरु स्रोत केन्द्रमा आधारित साना किसानलाई सहकारी मार्फत किसान परिचय पत्र वितरण ।
स्थानीय संरचना र कृषि परियोजनाको स्थानीय बाली रैथाने बालीका लागि प्राथमिकता ।
स्थानीय, प्रदेश र संघस्तरीय परियोजना, कृषिमा लगानी र प्राथमिकता नीतिगत उत्पादन, उद्योग बजार लगानीको वातावरण
ठूलो सिँचाई औजालाई निजी क्षेत्रको सहभागीता गर्नु पर्छ ।
जुडिबुटीबाट ठूलो आर्थिक परिवर्तन, साँढे ५ अर्ब निजी क्षेत्रमा आउनु पर्छ ।
सहकारी महासंघका अध्यक्ष ओम देवी मल्लले नगरपालिका र गाउँपालिका महासंघका अध्यक्ष कार्यक्रम स्वयम् उपस्थिति भएकाले उहाँहरूलाई ध्यानाकर्षण गराउनु पर्ने जोडदिए । सहभागीता कृषि दशकको आकृर्षित दशकको अभियानको सफलताको लागि सहकारी महासंघ तत्पर छ ।
संघीय सविधानसभा सदस्य कहिल्यै पूर्व हुँदैन कतिपयले पूर्व भनिन्छ ।
संसद र सडकदेखी सदनसम्म कुरा उठेको छ । सहकारीले यसो ग¥यो उसो ग¥यो भनेर समस्या समाधान हुँदैन । संकट आउँदा यो दिन के नेपाललाई किन आयोग चाहियो ? ग्राउण्ड रुटमा जान नसकेसम्म अगाडि बढ्न सक्दैन । सहकारीको नाममा केही वजेट दिने अपचलन भएको भएपनि सबैले त्यसो गरेको छैन ।
संविधानमा सहकारीलाई अर्थतन्त्रको ३ खम्वा भनिएको छ । तर हास्यास्पद रुपमा लिएको छ । जापानको ए देखि जेडसम्म कृषि सहकारी महासंघलाई दिइएको छ । १ वर्षसम्म उत्पादन गर्ने उत्पादनहरु स्तरीकरण गर्ने सकेन । १८ वटा केन्द्रीय सहकारी छन् । १४ हजार सेभिङ्ग क्रेडिट छ । हामी बचत तथा ऋण सहकारी बन्द गर्ने अवस्थामा छौं । १५ प्रतिशतमा कमर्शियल बैंकलाई कृषिमा लगानी गर भन्दा को लगानी गर्न जान्छ ।
कृषि भनेको सहकारी मार्फत गर्नुपर्छ । खरिद सुनिश्चितता हुनुप¥यो । सहकारी पछाडि पर्नु युवा पलायन पनि हो । एकदुई प्रतिशत खराब गर्नेलाई मात्र नहेरी साझेदारी समग्रमा हेर्नु पर्छ । अनिमात्र कृषि क्षेत्र अगाडि बढ्न सक्छ ।
मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सीताराम काफ्ले अध्यक्षतामा सम्पन्न भएको उक्त साधारणसभाको प्रमुख अतिथि रामनाथ अधिकारीले गरेका थिए ।
कार्यक्रम सञ्चालन नेपाल मिस सुगारिका केसीले गरेको थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close