समाचार

गुढ उद्योग स्थापना हुने भएपछि गुल्मीका किसान हर्षित

गुल्मी भाद्र २७, रोजगारीबाट फर्किएका गुल्मी रुरु गाउँपालिका वडा ४ का पूर्णप्रसाद पन्थले वार्षिक एक लाख ५० हजार भन्दा धेरैको गुण बिक्री गर्दे आउँनु भएको छ । आफनै घरको उत्पादन मात्र होइन स्थानिय स्तरमा उत्पादन भएको खुदो खरिद गरि गुढ बनाउने गर्नुभएको छ । रसायनिक पदार्थको मिसावट नभएको हुँदा वार्षिक ३ लाखसम्मको कारोवार हुने गरेको छ । परम्परागत उखु खेतीले नै बालबालिकाको शिक्षा दिक्षा र घर खर्च चलेको छ । साविकको जनवोध प्राविधिमा हेफर इन्टरनेशनल नेपालको र रुरु क्षेत्र गाउँपालिको सहयोगमा उखुबाट सिधै मिठाई बनाउने उद्योग स्थापनाको तयारीले स्थानिय हर्षित छन् । पूर्ण प्रसाद पन्थका अनुसार उद्योग चलेमा खेती गर्ने छाडिएका बाँझो बन्जर जमिनमा फेरी उखु खेतीले बढावा पाउँने छ । उद्योग सञ्चालन हुने खबरले वैदेशिक रोजगारीमा रहेका अन्य साथीहरु घर फर्किने योजनामा रहेका छन् ।
माघ महिनामै उद्योगको परिक्षण गर्ने तयारी
उद्योग चलाउनका लागि अहिले गाउँपालिकाले तयारी शुरु गरिसकेको छ । विद्युत भोल्टेज बढाउनका लागि नेपाल विद्युत प्राधिकरणसँग समन्वयको काम भइरहेको रुरु गाउँपालिका ४ का वडा अध्यक्ष शेषनारायण पौडेलले बताए । यो सिजनमा स्थानियले गोरु घुमाएर उखु पेल्नु पर्देन । झण्डै दुई सय वर्षदेखि स्थानियले कोलमा गोरु घुमाएर उखु पेल्ने र खुदो बनाएर बिक्री गर्दे आएका थिए । हामीले वैदेशिक रोजगारीमा गएका युवा र नेपालमै केही गरौं भन्ने युवालाई पुन कृषिमा जाड्ने प्रयास गरेका छौं अध्यक्ष पौडेलले सुनाए । उद्योग सञ्चालनका लागि हेफर इन्टरनेशनल नेपाल र रुरु क्षेत्र गाउँपालिको साझेदारीमा उद्योग सञ्चालन हुन लागेको हो । गरीवी र भोकमरी विरुद्ध काम गरिरहेको हेफर इन्टरनेशनलले उद्योग स्थापनका लागि ४० लाख रुपैँया भन्दा धेरै खर्च गरेको छ । त्यस्तै प्राविधिक सेवा पनि हेफरबाटै हुने स्थानिय जनप्रतिनिधिहरुले बताए । उद्योगको सफल सञ्चालन भएका रुरु क्षेत्र गाउँपालिका मात्र होइन रुरुसँग जोडिएका सत्यवती गाउँपालिका, मालिका गाउँपालिका र मदाने गाउँपालिका सम्ममा उखु खेती प्रवद्र्धन हुनेछ । नेपालमै पहिलो पटक स्थापना हुन लागेको हुँदा हामीले गर्ने उत्पादनमा सबैको चाँसो छ । मध्यपहाडी जिल्लामा त्यसमाथी हिमालको हावाले छोएको रैथाने अर्गानिक उत्पादनले क्षेत्रिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार लिने स्थानिय जनप्रतिनिधिहरुको विश्वास छ ।
उद्योगको सञ्चालन तथा बिक्री सहकारी मार्फत
रुरु बहुउदेश्य सहकारी संस्थाले उखुको खरिद देखि उत्पादित वस्तुको बिक्री वितरण सम्म गर्ने छ । किसानले सोझै सहकारीमा आएर आफनो उत्पादन राख्न पाउँने छन् । सहकारीका कोषाध्यक्ष समेत रहेका वेदप्रसाद पन्थले भन्नुभयो, किसानले उत्पादन मात्र गरे हुन्छ हामीले पर्दैन । रुरु क्षेत्र गाउँपालिका धेरै जसो वडामा झण्डै एक सय वर्ष देखि किसानहरूले उखु खेती हुँदै आएका थिए । थोर्गा, दार्सिङबास, पयक, ठानिडाडा उखु खेतीका लागि उर्वर मानिएका ठाउँ हुन् । सहकारीका प्रतिनिधिहरुले उद्योग सफल रुपमा सञ्चालन भएमा २ हजार हेक्टरमा भएको उखु खेती कम्तिमा ५० हजार हेक्टरमा खेती हुने विश्वास लिएका छन् ।
संघीय मन्त्रालयले समेत अनुदान दिने छ ।
उखु खेती गर्ने किसानहरूलाई प्रवद्र्धन गर्नका लागि नेपाल सरकारले प्रति क्विन्टल ७० रुपैंयाँ सम्म अनुदान दिने गरेको छ । मिल सञ्चालन भएका तराईका क्षेत्रमा मिलमा पठाएको विवरण हेरी र किसानले बिक्री गरेको विवरण रुजु गरि अनुदान दिने गरिएको छ । वार्षिक एक अर्ब रुपैँया भन्दा बढी अनुदान दिने गरेको छ । गुल्मीमा उखु उद्योग सञ्चालन भएपछि किसान थप प्रोत्साहित हुने छन् । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह–सचिव डा.राजेन्द्रकुमार मिश्रका अनुसार यो नीति उद्योग सञ्चालन भएका क्षेत्रमा प्रभावकारी रुपमा सञ्चालन भइरहेको छ । यो हुन सकेमा पहाडमा उखु लगाएका किसान पनि लाभान्वित हुने छन् । चिनीमा रहेको हाम्रो परनिर्भरता पनि घट्ने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close