कृषि प्रविधिसमाचार

चितवनमा नामियाको दश दिने कृषि यन्त्र मर्मत तालिम सम्पन्न

काठमाडौं भाद्र २१, कृषि यान्त्रिकरणमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यहि मिति २०८१ भाद्र १८ गते देखि दशदिने कृषि यन्त्र मर्मत तथा सम्भार तालिम चितवनको भरतपुरमा सम्पन्न भएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) र फिड द फ्युचर नेपाल युएसएआईडी एग्रिकल्चरल इनपुट्सको सहकार्यमा स्थानीय प्राविधिकहरूका लागि कृषि तथा सिंचाइका यन्त्रहरूको मर्मत तथा संभार तालिम सञ्चालनमा आएको हो ।
तालिममा वारा, पर्सा, मकवानपुर, धादिङ, चितवन र नवलपरासी पश्चिम जिल्लाबाट २५ जनाको सहभागिता रहेको छ । तालिमका सहभागिले कुल ४० वटा सत्रमा सिप सिकेका थिए । जसमध्ये १० सैद्धान्तिक र ३० वटा प्रयोगात्मक सत्रहरु थिए । विदेशबाट फर्किएका, महिला, सिमान्तकृत समुह तथा मेशिनरी सम्बन्धी सामान्य ज्ञान भएका युवा जनशक्तिलाई सहभागिको रूपमा छनांैट गरिएको थियो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नामियाका उपाध्यक्ष सुनिता न्हेमाफुकीले स्थानीय स्तरमा प्राविधक तयार गर्दै दिगो कृषि यान्त्रिकरणमा टेवा पुग्ने बताइन् ।
नामियाका अनुसार फिड द फ्युचर नेपाल युएसएआईडी एग्रिकल्चरल इनपुट्सको प्रयोजनमा अझ दुई तालिमहरु नेपालगञ्ज र धनगढीमा आयोजना हुँदैछ । उक्त तालिम मार्फत थप ५० मेकानिकहरुले आफ्नो क्षमता विकास गर्नेछन् ।
सरकारी तवरबाट पनि प्रविधि विस्तार प्राथमिकतामा परेको तर दक्ष प्राविधिक उत्पादन उपेक्षामा परेकाले निजी क्षेत्रबाट पहल शुरू गरिएको कुरा न्हेमाफुकीले जोड दिनुभयो । एक पालिका एक कृषि मेशिनरी वर्कशव स्थापना गर्ने योजना अनुसार दक्ष जनशक्ति उत्पादनमा केन्द्रीत भएको नामियाका अध्यक्ष कृष्ण शर्माले बताउनुभयो । शर्माले भन्नुभयो, “दुई दशकदेखि नेपालमा कृषि प्रविधि विस्तार भइरहेको छ तर कृषि यन्त्र सम्बन्धी प्राविधिक उत्पादनले गति लिएन । यसै अभावलाइ पूर्ति गर्न शुरूवात गरेका हौं । कृषि यन्त्र मर्मत सम्भारका लागि यो कार्यक्रमले थोरै भए पनि भूमिका खेल्ने विश्वास लिएका छौं ।“
कार्यक्रमको उद्घाटन सत्रमा बागमति प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि तालिम केन्द्रका प्रमुख नारायण कुमार श्रेष्ठले सरकारले यस्ता कार्यक्रमसँग सहकार्य गर्ने प्रतिवद्धता जनाउँदै गाउँ स्तरमा तालिम दिएर कृषिमा योगदान गर्न सहभागीलाइ अनुरोध गर्नुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका परियोजना कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मीले परियोजनाले भावी दिनहरुमा यान्त्रिकरण विस्तार गर्दै जाने बताउनु भयो । जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलक कँडेलले चितवन जिल्ला उर्वर भूमि रहेकाले प्राविधिक विस्तारले कृषि क्षेत्रमा टेवा पुग्ने बताउनु भयो ।
चितवन उद्योग संघका अध्यक्ष सुर्य प्रसाद न्यौपानेले कृषि उद्मशीलताका लागि कृषि प्राविधिकको भूमिमा माथि जोड दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close