समाचार

देशैभर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सक्रियता

काठमाडौं भाद्र २७, दैनिक रुपमा दुई वटा अनुगमन टोली खटाई काठमाडौं उपत्यका भित्र खाद्य पदार्थहरुको बजार अनुगमन कार्य गरिरहेको छ ।
बेकरी सर्टेनिङ्गलाई शुद्ध घ्यू भनी प्याकिङ्ग गरी बिक्री वितरण गरिरहेको भन्ने उपभोक्ताको गुनासो विभागमा प्राप्त भएकोमा सो सम्बोधन गर्न निरीक्षण अनुगमन टोली खटाईएको छ। यसै सिलसिलामा मिति २०८१÷०५÷२७ का दिन का.म.पा.–११, एकता मार्ग, नयाँ बानेश्वरस्थित अर्जुन डेरी प्रा. लि. नामको खाद्य उद्योग निरीक्षण अनुगमन गर्ने क्रममा केहीमा ढुसी लागेको, लेबल विवरण उल्लेख नगरेको बटर १५ केजी ब्लक १६ थान र १ केजीको प्याकमा राखिएको बटर १० प्याकेट एकै ठाउँमा फ्रिजरमा राखेको पाइएको, ढुसी लागेको २५ केजी चिज भण्डारण कक्षमा फ्रिजमा राखेको पाइएको, लेबल विवरण नभएको भएको घ्यू १ केजीको वट्टा ३० थान र १÷२ केजीको वट्टा २८ वटा भण्डारण कक्षमा रहेको पाइएको, बटरबाट घ्यू तयार गर्ने भाडो फोहोर अवस्थामा रहेको तथा घ्यू उत्पादनका लागि अनुमतिपत्र नलिएको पाइएकोले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको प्रतिनिधिको रहोवरमा उद्योगको भण्डारण कक्ष सिलबन्दी गरिएको छ ।
यसैगरी विभागको अनुगमन टोलीले टोखा नगरपालिका –४, काठमाडौं स्थित अक्वा एस.एस वेभेरेज प्रा. लि., र टोखा नगरपालिका–८, काठमाडौं स्थित पिस स्प्रिङ वाटर प्रा. लि., खाद्य उद्योगहरुको निरीक्षण अनुगमन गरी खाद्य स्वच्छता कायम गर्न आवश्यक निर्देशन दिनुका साथै लागि नमूनाहरु संकलन गर्ने कार्य गरेको छ ।
गुणस्तर परिक्षणका खाद्य स्वच्छता गुणस्तर ऐन, २०८१ को प्रावधान बमोजिम निषेधित कार्यहरु नगर्न नगराउन सम्पूर्ण खाद्य उद्योगी व्यावसायीहरुलाई जानकारी गराइन्छ। अन्यथा ऐन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।
यसैगरी विभागको अनुगमन टोलीले टोखा नगरपालिका–४, काठमाडौं स्थित अक्वा एस.एस वेभेरेज प्रा. लि., र टोखा नगरपालिका(८, काठमाडौं स्थित पिस स्प्रिंग वाटर प्रा. लि., खाद्य उद्योगहरुको निरीक्षण अनुगमन गरी खाद्य स्वच्छता कायम गर्न आवश्यक निर्देशन दिनुका साथै लागि नमूनाहरु संकलन गर्ने कार्य गरेको छ ।
गुणस्तर परिक्षणका खाद्य स्वच्छता गुणस्तर ऐन, २०८१ को प्रावधान बमोजिम निषेधित कार्यहरु नगर्न नगराउन सम्पूर्ण खाद्य उद्योगी व्यावसायीहरुलाई जानकारी गराइन्छ। अन्यथा ऐन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ा
खाद्य पदार्थको स्वच्छता र गुणस्तर सम्बन्धमा यस विभागमा प्राप्त मिति २०८१÷०५÷२८) गुनासो सम्वोधनका लागि मिति २०८१÷०५÷२९ गते शनिवारका दिन आकस्मिक बजार अनुगमन निरीक्षण (¥यापिड रेस्पोनस् मोडालिटिमा) गर्ने क्रममा अनुगमन टोलीले काठमाडौं–९, सिनामंगल स्थित प्राप्ति फुड प्रोडक्ट्समा अनुगमन गर्दा उद्योगको भण्डारण कक्षमा प्याक गरी लेवल नलगाएको अवस्थाको १ लिटरको ३० डब्बा घ्यू, करीव ३० केजी डीप फ्रजमा भण्डारण गरेको नौनी र करीव ५० लिटर तयारी घ्यू डूममा भण्डारण गरिएको पाइएको । उक्त घ्यूको गुणस्तरमा शंका लागेकाले बिक्रीवितरण नगर्न निर्देशन दिनुका साथै सो घ्यूको ऐन बमोजिम नमुना संकलन गरी परिक्षणका लागि प्रयोगशालामा पठाईएको छ ।
खाद्य तथा गुण नियन्त्रण विभागको निरीक्षण खाद्य स्वच्छता आउने विश्वास
काठमाडौ भाद्र २९, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहल, काठमाडौं खाउपत्यका भित्र खाद्य पदार्थहरुको निरीक्षण तथा अनुगमनका लागि विभागले दैनिक रुपमा दुई वटा अनुगमन टोली खटाई निरीक्षण अनुगमन कार्य गरिरहेको प्रेस विज्ञाप्ति मार्फत जानकारी दिइएको छ ।
खाद्य पदार्थको स्वच्छता र गुणस्तर सम्वन्धमा यस विभागमा प्राप्त (मिति २०८१÷०५÷२८) गुनासो सम्वोधनका लागि आकस्मिक बजार अनुगमन निरीक्षण (¥यापिड रेस्पोनस् मोडालिटिमा) गर्ने क्रममा अनुगमन टोलीले भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रा.लि., सातदोबाटोको तत्काल स्थलगत अनुगमन गर्दा खाद्य स्टोरमा (एएलकेइएन) ब्राण्डको उत्पादन मिति २१÷११÷२०२३, उपभोग्य मिति २१÷११÷२०२४ भएको ५५० ग्रामका स्विस स्टाइल एमयूइएसएलआई ८ प्याकेट तथा सोही ब्राण्डको उत्पादन मिति २३÷१०÷२०२३, उपभोग्य मिति २३÷१०÷२०२४ भएको ३७५ ग्रामका स्विस स्टाइल एमयूइएसएलआई प्याकेट रहेकोमा सो मध्ये एक प्याकेट खोली भित्रको खाद्य पदार्थको भौतिक अवलोकन गर्दा उजूरी गुनासो बमोजिम घुन किरा नदेखिएको र सोहि स्टकबाट अनुसन्धानका लागि १ थान नमूना संकलन गरिएको छ ।
यसैगरी विभागको अनुगमन टोलीले बुढानिलकण्ठ नगरपालिका वडा नं १२, शिव मन्दिर, कपनस्थित भक्तपुर दही पसलको निरीक्षण अनुगमन गरेको छ । पसलले दूध दही, घ्यू, पनिर विभिन्न उद्योगबाट खरिद गरी बिक्री वितरण गरेको पाइएको, प्याक गरिएका खाद्य पदार्थमा लेवल नराखी दुग्ध पदार्थ बिक्री गरेको तथा खरिद बिलसमेत पेश गर्न नसकेको, लेबल विवरण नभएको घ्यू ५०० मि.लि. को ६ वट्टा र २०० मि.लि. को ३ वट्टा पाइएकोमा हाललाई सो घ्यू –५०० मि.लि., को ६ डब्बा र २०० मि.लि., को ३ डब्बा) अर्को आदेश नभएसम्मको लागि बिक्री वितरण नगर्न निर्देशन दिएको साथै विश्लेषण परिक्षणका लागि सो घ्यूको १ थान नमूना संकलन गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close