कृषि प्रविधि

रूखकटहर लगाउने तरिका

परिचय :
रूखकटहर खेती नगण्य रूपमा भइराखेको छ । जो मासु खाँदैन त्यसले बढी तरकारीको रूपमा खाने गरेको देखिन्छ । कलिलो अवस्थामा यसलाई बोक्रा ताछी टुक्रा गरी झोल नराखीकन तेलमा भुटेर खान साह्रै मीठो हुन्छ । पाकेको फलबाहिरको बोक्राभन्दा भित्रको भाग फल खाई बियाँ भुटेर खान स्वादिलो हुन्छ ।
हावापानी :
यसको खेती समुद्रसतहबाट १,२०० मिटरसम्ममा गर्न सकिन्छ । तुषारो र सुक्खा सहन नसक्ने भएकोले माथि उल्लेख भएको उचाइमा खेती गर्न उपयुक्त हुन्छ ।
माटो :
मलिलोपन, कम मलिलोपन भएको, पानी जम्न नहुने निकासको व्यवस्था हनपर्ने र पिएच ५.५–७० सम्म भएको माटो राम्रो हुन्छ ।
बिरुवा रोप्ने समय :
यसको बिरुवा बीउ र गुदीबाट मात्र उत्पादन गरी बिक्रीवितरण भइआएको छ । जति हाँगाहरू फैलिएका छन् ती हाँगाहरूमा इनारचिङ गरेर बिरुवा उत्पादन गर्न सकिन्छ । यसरी तयार भएको बिरुवा एक बोटबाट अर्को बोट १२–१५ मिटर फरक गरी खाल्डो खन्नुपर्छ । पाकेको
कम्पोस्ट १५–२० केजी माटोमा मिलाई खाल्डोमा राख्नुपर्छ । खाल्डोको मुख्य बीचमा प्लान्टिङ बोर्डको सहायताले यसरी तयार भएको खाल्डोमा जेठअसारमा बिरुवा रोप्नुपर्छ । वर्षात सुरु हुने समयमा रोपिने भएकोले रोपेको दिन पानी झारीबाट दिएमा अरू दिन वर्षात हुने भएकोले पानी दिन आवश्यक छैन । यो बिरुवा रोपेको बगैँचामा घुसुवा बाली अदुवा, कफी, अलैँची आदि लगाउन सकिन्छ ।

गुटीबाट बिरुवा तयार गर्ने तरिका :
१) हाँगामा ३ सेमि सबै बोक्रा झिकेको,
२) बोक्रा झिकेको हाँगामा सफा गरेको,
(३) प्लास्टिकमा झ्याउ बिछ्याई त्यसमाथि मलिलो माटो राखेको,
४) प्लास्टिकले गोलो बनाएको,
५) प्लास्टिकको तलमाथि सुतलीले बाँधेको,

रोग र कीरा :
कलिला हाँगाहरूमा लाही कीराले आक्रमण गर्ने भएकोले धनवान या फेनफेन विषादी एक १ लिटर पानीमा २ मिलि राखी स्प्रे गर्ने ।
प्वाल पार्ने कीरा :
हाँगामा लाग्ने कीराले नोक्सानी गर्ने भएकोले तार या मट्टितेलमा कपास डुबाई प्वालमा राख्ने वा कीरा लागेको हाँगा सिकेचरले काटी बालिदिने या डोम, फेनफेन यीमध्ये कुनै एक विषादी १ लिटर पानीमा २– ३ मिलि राखी छर्नाले कीरा नियन्त्रण हुन्छ ।
रोग :
फल कुहिने रोगले केही मात्रामा आक्रमण गर्ने भएकोले फूल फुलिसकेपछि र फल आँपजस्तो भइसकेपछि पोलिराम एक लिटर पानीमा ४ ग्राम राखी छर्नाले रोग नियन्त्रण हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close